12/5/10

गूगल adsense को कमाइ समाजसेवालाई

गुगल adsense कमाइको बारेमा मैले धेरै ईमेल पाउने गरेको छु र मेरो ब्लगमा सबै भन्दा बढी हेरिएको पोस्ट पनि "गूगलले साच्चै पैसा पठाउछ" हो। अब देखी ब्लग र अरु मेरो साइट http://www.tiger.com.np बाट आएको पैसा समाज सेवाको लागि जानेछ। हुन त मलाई यसरी राम्रो काम गर्दै छु भनेर बाजा बजाउन त मन थिएन । गोप्य रुपमानै गर्न मन थियो तर यसो सोचे जुन रकम मैले पाउछु त्यस्मा मेरो भन्दा तपाईंहरुको बढी हक लाग्छ किन कि गूगल adsense क्लिक त साच्ची भन्दा आफ्नो साइटमा मैले कहिले नि गर्दिन। त्यसकारण गूगलको कमाइ के कस्तो ठाउँमा लगानी गर्ने भनेर हजुरहरुकै जिम्मामा छोडेकी छु।

मेरो गूगल कमाइ बारे जानकारी
१) गूगलबाट $११० भन्दा माथि कमाइ भयो भने जानकारी गराउने छु
२) हरेक गूगलको कमाइ कुनै सामाजिक सेवा गर्ने सस्था अथवा ब्यक्ती लाई दिनेछु
३) रकम हस्तान्तरण गरे पछी प्रमाण सहीत कुन सस्था अथवा ब्यक्ती लाई के प्रयोजनको लागि दिए जानकारी दिनेछु।

हुन त मेरो गूगल बाट आउने पैसा ठुलो रकम हुँदैन तर पनि थोरै नै भएपनि कसैको जीवनमा केही मद्घत गर्न सकिन्छ।
मेरो आफ्नो interest चाँही अनाथ शिक्षा तथा बुढेसकाल को मानिस हेरचार हो तर पनि थोरै पैसा हुने हुनाले कसलाई दिदा ठीक हुन्छ कृपया तपाईं लाई थाहा भएको राम्रो social worker or social organization को नाम तथा contact number/email address पठाउनु होला।

यो पालीको कमाई AUD$113.32
गुगलले मलाई पठाउन साथ म यो रकम कुनै social worker or social organization दिनेछु :
thanks for clicking my google adsense. click can make difference. :)

पारिवारिक समय


अहिले मेरा बा आमा अष्ट्रेलिया आउनु भएको छ। म घुमाउनमा बेस्त छु। सानोमा बा आमाले हात समातेर नेपालको उकालो, ओरालो, देउराली-भञ्ज्याङ घुमाउनु भयो अहिले मैले हात समातेर लिफ्ट, पानी जहाज, समुन्द्र तिर घुमाउदै छु। सानोमा म यो खान्न त्यो खान्न भन्थे तेस्तै समयको चक्रले घुमाउदै आमा बा पनि छि यो चिज त कती नमिठो, त्यो त छ्या खान्न भन्नु हुन्छ। तर यि दिनहरु रमाइलो छ, सधैं यस्तै रही रहोस् जस्तो। गएको हप्ता Canberra र Sydney गएको थिए । यात्रामा कर्णाली ब्लुज पढ्न सकियो। मलाई त राम्रो लाग्यो यस्तै यस्तै किताब बजारमा आउन थाल्यो भने नेपालीको पढ्ने बानी अझ धेरै बिकास हुने छ।

बुद्धीसागरजिले कर्णालीको सम्बन्धमा जुन चित्रण गर्नु भएको छ त्यो हिसाबले त्यो भेगको जनताले न्याय पक्कै पाउन पर्छ अनी बिकासको स्वाद अवस्य चाख्न पाउन पर्छ। आफु सररर गाडीमा हुक्किदै किताब पढि रहेको बेला किताबको पात्र सात दिन लगाएर कालीकोट हिडि रहेको चित्रणले मन कुटुक्क खान्छ। कथामा पात्रले बाबुलाई सुख दिने दिन देखाउन कोशीस भए जस्तै म पनि आफ्नो बाबु आमालाई भरपुर सुख दिने कोशीसमा छु। आशा छ मेरो ब्लग पढ्नेहरुले पनि कुरा बुझी दिनु हुनेछ छ आक्कल झुक्कल ब्लगमा आउँदा गाली गर्नु हुने छैन।

मेरो आमालाई जता ततै गोरुको मासु पाएको देखेर नफरत छ। कतै बाहिर गए पनि खादा भ्या गरेका छन कि भनेर चनाखो हुनु हुन्छ तर के भित्र के के गर्छन् के के आफुले देख्न पाइन्न। अनी लिफ्ट प्रयोग गर्दा फनफनी घुमाउने रोग त छ्दै छ। जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ। अनी काम बाट छुट्टी हुँदा घुम्ने रमाइला दिनहरु पनि छ्दै छ।

11/3/10

बेकसुर फासी

अहो नेपाल सरकार कती जाती दुनियाँका छोरा छोरी बिग्रिन्छन भनेर भएभरका जम्मै साइट लाज मर्दो भयो भनेर बन्द गरेछन। त्यो हुलमा आफ्नो भाको टाइममा अपडेट नहुने साइट पनि नखुल्ने रैछ। मेरो नाथे ब्लग नखुलेर त के नै लछार्थ्यो र? तर मेरा साथीहरुको साह्रै सुचना दिने उपयोगी ब्लग जुन ब्लगस्पटमा होस्ट थियो, तिनिलाई पनि बेकसुर फासी लाइदिए कठै।

नेपाल आँफैमा कला र सस्क्रितीले भरिएको देश हो, तपाईंहरु हनुमान ढोकातिरका मन्दिर जानु भयो भने जबर जस्त मुर्तीहरु देख्नु हुन्छ। ति कलात्मक मुर्तीले पनि त मती भ्रस्ट बनाउलान ति पनि उखेलेर फाली दिए भयो, उखाल्न नमिल्ने भए हेर्ने जतीको आँखा फुटाली दिए भयो।

कुनै भैंसीलाई रोग लागेको छ भने त्यस्को उपचार पो खोज्न पर्छ त भैंसीलाई नै मारेर त समस्या समाधान हुँदैन। यदी कुनै वेबसाइटहरुले बिक्रिती नै फैलाएको भए त्यसलाइ अर्कै तरिकाले सुल्झाउन सकिन्थ्यो।

अहिले सुचना तथा प्रबिधी युगमा कुनै साइट बन्द गर्नु भनेको दिनलाई रात देखाउन कालो चस्मा लगाए जस्तै हो। यदी साइबरमा यस्ता साइट हेर्थे भने साइबरमा १८ बर्ष भन्दा माथिका मान्छेले मात्रा यस्ता साइट हेर्न हुने भनेर कडा नियम कानुन बनाएर कडा रुपले निगरानी राखेको भए हुन्थ्यो।

घरमा त्यस्तो छोरा छोरीले हेर्छन भने कम्प्युटर सबैले देख्ने ठाउँमा राखेको भए हुन्थ्यो। खैर अब म के भनु हेर्नेले ईमेल, डि.भि.डि , सि.डि र अन्य उपाए गरेर हेरी हाल्छन बेकारमा किन जान्ने भएका होलान प्रभु मैले बुझ्न सकिन।

म कसरी लेखु लेख्दा लेख्दै मलाई लज्जा महसुस भई रहेको छ। अमेरिका, अष्ट्रेलिया, यूरोप बडे बडे देशका विद्वानले पत्ता नलाएको कुरा स्वर्ग भुमी नेपालमै पत्ता लाग्यो। त्यो महान बुद्धीलाई म कुन हातले नमस्ते गरु जस्ले दुनियाँका छोरा छोरी बिगारने यही वेबसाईटनै रहेछ भनेर पत्ता लागायो।

9/22/10

आलुप्याज टुइट

कहिले खशी उपहार, कहिले दशैको लुगा उपहार, कहिले जन्म दिनको केक उपहार, कहिले फार्म भिल्लामा अन्डा भेट्टाउने, कहिले साबेल भेट्टाउने, अहिले कस्को गाई फुकेर एक्लै हराउने, फेसबुकले त तपाईंको दिमाखमा के छ भनेर सोधेको छ । तर मान्छेले प्रचन्डदेखी , अल्बर्ट आइन्स्टाइन र ओबामा देखी गोबामा सम्मका दिमाखका कुरा राख्छन् । फोटोको कुरा त के गरौ बाउ, बाजे, बाराजु खिचेको भए सात पुस्ता अगाडि देखीको राख्थे होला।

कमेन्ट हेर्न पर्छ केही न केहीको कालो चस्मा लगाएर ठिङ्ग २ खुट्टे प्राणी मात्र हुन पर्छ अहो बिसौवटा कमेन्ट हुने । क्या handsome, क्या beautiful रे बाइ!!! कहिले काही जे होस फेस बुक हेर्न नि रमणिय हुन्छ।

!!!!!! जे भन्छु भनेर ब्लग लेख्न बसेकी तेही भुसुक्क बिर्सेंछु फेसबूकको गाना गाउदा गाउदै। कुरो के भने, आज देखी आलुप्याज टुइटरमा छु www.twitter.com/aalupyaj मेरो नामको सबै बुक भै सकेछ लौ जा त आलु प्याज खान नि मिठो हुन्छ।

टुइट पनि मिठो नै गरौला नि!!!!

7/26/10

keep on going..

थाकेको छैन हिड्दै छु। समस्या आइ राख्छन सुल्झाउदै छु। ईंग्लिशमा भन्छन नि keep on going हो ठ्याक्कै तेस्तै । मान्छेले आफुलाई पहिला चिन्नु पर्नेरहेछ । त्यस पछी दुनियाँ जगतले जे भने पनि असर नपार्ने रहेछ। पहिला पहिला टिन एज हुँदा म सार्है ठुस्की रिसाहा, कसैले नराम्रो भन्यो कि रिस उठि हाल्थ्यो । कसैले अर्ती उपदेश दियो भने त झन त्यस्को धज्जी उडाइन्थ्यो। बिशेष गरेर मेरो हाइट सानो थियो, सबैले फुच्ची, डल्ली भन्ने, त्यो सुन्यो कि मलाई त सनक चढेर आउथ्यो ।

कहिलेकाहि आफ्नो पागलपन र आडेपन सम्झदा हासो उठ्छ। । तर अहिले चाँही अली कती भए पनि आफुलाइ चिन्ने कोशीसमा छु त्यसैले सिमाना भन्दा बढाइ चढाइ गरेनि फरक पर्दैन र झुर काम नलाग्ने भनेर भुइमा थचारे पनि फरक हुन्न। समय र उमेर सँगै मान्छेको बिचार परिवर्तन हुदो रहेछ। यो परिवर्तन पनि कोहीमा आफ्से आफ आउछ भने कोही अरुको बिचार र प्रेरणाबाट र कोही असल गुरुको ज्ञान पाएर भने, कोही आँफै पढेर।


म तेस्तै १९ बर्षको हुँदा मैले You Can Win भन्ने किताब पढ्न पाएको थिए जिबनमा धेरै किताब पढे पनि मैले यो किताब बाट धेरै सिकेको थिए। हुन त यो किताबलाई अरु किताबबाट चोरेर लेखेको पनि भन्छन तर चोरे पनि जे गरेको भएनि मलाइ त मन पर्यो है। तपाईंले पढ्नु भएको छैन भने पढ्नुस् है त।

7/17/10

Lover's Corner

प्रेम पार्क चहियो भनेर रानीपोखरी/रत्नपार्क एकाइलाई प्रेमी-प्रेमिकाले चिट्ठी लेखे रे। पैसो नभएर भुक्का भएको बेला लभ पार्कमा डन्डुली मार्न ठिकै हुन्छ नि।

लभपार्क चाहिने कुरा हासो ठ्ट्टामा मेरो ब्लगमा धेरै चोटि कुरा उठि सकेको छ। अनी के त सिङ्ल पनि के कम तिनलाई पनि पार्क चाहियो रे अर्काको माया पिरती हेरेर किन डाहा गर्नु, सिङ्ल सिङ्ल एकातिर भएसि तिन्लाई नि चान्स हुन्छ नि जोडी बनाउने। म त पूर्ण मायाबादी!!! देशनै पुरै लभै लभ पार्क पारे नि हुन्छ

कमसेकम हाम्रो देशको छबी त मायालु अनी राम्रो हुन्छ। युद्ध लडाईं मार काट पो गर्न भएन माया गर्न के को लाज। आज यती जना मरे आज एती जना अपहरणमा परे भनेर न्युजमा पढ्नु भन्दा आज यती जनाको लव पर्‍यो, आज यती जोडी मायामा बाधिए भनेर पढ्न नै रमाइलो नि, हैन र ?

You may like the related post>>

7/15/10

ICT:start here go anywhere

I have been receiving heaps of email regarding IT career and IT education. I am going to share the things which I know.

Q1. Is IT good to study?
Yes education is good either you study ICT(Information Communication Technology) or Cookery or
Hairdressing or Doctor. But being IT professional I can say it has a bright future. Now everything connected through ICT and wherever you go, It has same language and techniques. You can sell your skills globally.

Q2. What to study to be an IT professional?
Any IT Related bachelor/masters degree or short term professional course. You need to figure out your interest, if you love creative job you may go for web/graphic designing course. If you love animation, you may go for multimedia course. If you love hardware things, you may go for hardware, networking course. In Nepal most of the IT related bachelor degree have all subject basic course but later on you can specialized on your favourite one.

Q3. Is it easy to get job after study?
There are so many IT Company in Nepal and if you are skilled, smart, hardworking and if you can demonstrate well, you can easily get the job.

And don’t think you will get job as soon as you finish your study, you need to have professional knowledge to get good job. As Nepal’s IT college doesn’t provide much professional techniques, you can apply for part time volunteer work while you study so that you can secure the job after you finish your study. Remember the harder you work , the more luck you have. :)

Q4. What kind of Career opportunities will I get?
career in the IT sector has no limits anymore. There are a large number of job roles available for eg. Web/graphic designer, web developer enterprise systems application developer, quality assurance analyst, project manager, multimedia developer, systems architect, business requirements analyst, technical writer, application integration specialist, user interface analyst, contract manager, data warehouse architect, data mining specialist, hardware, network, software and help desk manager etc.

Q5.How much will I earn?
In Nepal most of the IT company’s starting salary is around 8K it goes up to 50K+ per month as per your skills and experience. You can
click here for International salary range.

Q6. So how much salary I can expect in the beginning of my career?

When I did Data Entry job after 10+2 in 1998, I got Nrs1500 per month. I was very happy to get that money because that was my first job. In the beginning of your career do not go for money just try to learn as much as you can. After you get few year experiences you can demand your salary in fact you can write your own cheque. ;)

Q7. How do I get job in Nepal?
You need to make professional resume, you can find resume samples in google and you can try apply thru different advertisement published in Newspaper as well as try applying online through jobsnepal.com, merojobs.com, jobvacancynepal.com.np and www..bmjobs.com etc

Q8. What should I do If I do not get job in Nepal?
Do not get dipressed and do not panic. You need to know to sell your skills in global market. There are so many website which provide the home based job. Similarly you can bid the project from www.rentacoder.com, www.elance.com, www.freelance.com etc.

Q9. Will I be successful?
Albert Einstein says "Try not to become a man of success but rather try to become a man of value." Well success has so many definitions. Some people think earning so much money is success, some people think owing big company, big house, luxuries car and getting name and fame is success. But In my view success is satisfaction you get in life. If you are happy and satisfied, you are successful.

Q10. What should I do to be a good IT Professional?
Positive attitude, smart, can do attitude, always willing to learn new things, honest, patience, good communication skills, time calculations, hardworking and team player. Personally I like fun loving and full of humorous people.

At last,
I have some web developer opportunity available, If you are eligible you can apply from here.

Good Luck.

7/4/10

अर्जेन्टिना र ब्राजिलले हारे पछी वर्ल्डकप सकियो रे

अर्जेन्टिना र ब्राजिलले हारे पछी कत्ती नेपालीको मुटु दुखेको छ। वोर्ल्ड कपको दाबेदार मानिएका यि दुई देश हारे पछी यो दुई देश को सपोर्टरहरु अरु गेम नहेर्ने भन्छन नि त हो। अर्जेन्टिनाको हार पछीको फेसबुक का केही रमाइला स्टाटस.......

- मेरो लागि आज बाट वर्ल्डकप सकियो आज बाट मैले वर्ल्डकप हेर्दिन


- Argentina what u did, very bad gift on my B-Day !! sorry for u guys, still cheers for u guys!Argentina

- now holland have to win woldcup.............................????

- Huna ta ma argentina supporter hoina, tara aja malai argentina ko ekdum maya lagi ra cha

- I was not supporting Argentina. It's because simply, I don't want to see Maradona.. naked anymore :)

- I am in a shock... Com'on messi do some magic with your left leg.guys pray for Argentina..

- 4 goals was not ènough . Sud have attempt 11 for each player n 1 more complimentary for maradona ...

- Australia gayooo......Brazilll gayoooo......Aurgerntina gayooo......aba ma pani gayeee ...... Bye bye world cup.....!!!!!!!!

- My Boys are so dissappointed Argentina lost!!! They are sulking, mad, oozing out bad attitude...Hubby didn't even want to speak to me from far far away....How can this game of football have so much effect on my loved ones????

6/30/10

Fruits facebook status

Its always fun for girls to keep secret code in facebook. There was a time when girls used to post there bra color for Breast cancer awareness. The same aspect has caught on as a fun thing and the latest trend has been the inclusion of fruit names as facebook status. :)

I think boys also can use as a facebook status. No gender discrimination ;)


Strawberry- Deeply in love
Lichee- Having a strong crush
Cherry-Adore someone’s looks n personality
Chickoo- Hate your ex
Mango- Happy being single
Apple- Just suffered from a breakup
Pineapple- Hate love

अष्ट्रेलिया पढ्न आउने कि नआउने

यार कुकुरले पनि भिसा अप्लाई गरेको भए पाउथ्यो होला । एक ताका अष्ट्रेलिया आउन त्यस्तो सजिलो थियो भनेर केटाहरु गफिन्छ्न्। हुन पनि हो २ बर्ष अगाडि सम्म अष्ट्रेलिया आउन यति सजिलो थियो कि खासा जान नपाए अष्ट्रेलिया जानु भन्थे। बैंकहरुको सजिलो लोन तथा अष्ट्रेलियाको खुकुलो नितीले त्यो बेला पढ्न आउने, पढ्न भनेर काम गर्न साच्चै बिहा गरेर आउने, नक्कली बिहा गरेर आउनेको ताती नै थियो।

बाँदर दुगुर्ने भिरमा banana farm, tomato farm, strawberry farm भनेर नक्कली कागजात बनाउने देखी लिएर, गोठलाई २ तले भवन भनेर गाबिसले कागजमा सही हान्दे पछी बैंकले सजिलै लोन देखाइदिन्थ्यो। तेती गरेर अष्ट्रेलिया पढ्न आए पछी PR लिएर आफु तथा नेपालमा रहेका आफन्तको भबिस्य बनाउनेमा विद्यार्थीहरु ढुक्क थिए।

हाल साल मात्रै अष्ट्रेलियन सरकारले सर्वाधिक माग भएको कम्युनिटी वेलफेयर, हेयर ड्रेसर, सेफ, लगायत पढेका विद्यार्थीलाई समेत पीआर नदिने भएपछि यि बिषय पढिरहेकाहरु आफ्नो टाउकोमा बज्र परेको अनुभब गरेका छन्। यसबाट बिदेशी विद्यार्थीको अष्ट्रेलियाको निती नियम प्रती सम्पूर्ण विश्वाश उठेको छ र बिदेशी विद्यार्थी यो कुरामा नराम्रो सँग ठगिएका छन्। कलेजहरुले टन्न पैसा कुम्लाएर तथा अष्ट्रेलियाले टन्न ट्याक्स सोहोरेर मैले तिमीहरु लाई पढ् भनेको हो र? भन्या जस्तो गरेर पानी माथिको ओभानो हुन खोजेको छ। यस्ले गर्दा विद्यार्थी तथा परिवारहरुलाई मानसिक तथा आर्थिक चिन्ता परेको छ ।

तेही माथि यो बर्ष मात्रै थुप्रै कलेज र ईन्स्टिच्युट- मलाई था भए अनुसार नेपाली पढ्ने यि कलेज एक्कासी बन्द भए National Australia College, Layas, Sterling, Austech, Meridian यसले गर्दा, यहाँ पढि रहेका नेपाली विद्यार्थीको मनमा आफ्नो पनि कलेज कहिले झ्याप्प बन्द हुने भन्ने त्रास त छदै छ।

अर्को कुरा नेपालमा पत्र पत्रीकामा छापि रहन्छ। काम पाइदैन !! काम पाइदैन !! म त भन्छु काम गर्ने भए मलेसिया, कतार, दुबइ र कोरिया जानु । मलाई त कहिले काही अजिब लाग्छ। न राम्रो सँग अङ्रेजी बोल्न आउछ न त हातमा कुनै सिप छ अनी कसरी काम पाईन्छ त। धेरै विद्यार्थी जो सँग सिप छ, उनीहरु राम्रो काम गरेर बसेको पनि देखिएको छ ।

यदी तपाईं पढ्दै मज्जाले धेरै पैसा कमाउने सपना देखी रहनु भएको छ भने तेस्ता सपना देख्न छोडे हुन्छ। यदी तपाईं राम्रो युनिभर्सिटीमा पढ्नु हुन्छ भने रेगुलर क्लास जानु पर्ने हुन्छ, असाइन्मेन्ट गर्नु पर्ने हुन्छ फेरी फीस, बस्ने, खाने खर्च उठाउने पिरलोले यसरी थिच्छ कि तपाईंले टन्न पैसा कमाएर नेपाल पठाउन हम्मे हम्मे पर्छ।

अब के त?

अष्ट्रेलिया लाई जती गाली गरे पनि यहाँ सकारात्मक कुराहरु नि धेरै छन्। तपाईंले राम्रो शिक्षा लिएर राम्रो भबिस्य बनाउने ढोका खोल्न सक्नु हुन्छ। जो अष्ट्रेलियामा हुनु हुनुहुन्छ उहाहरुलाई त राम्ररी सबै कुरा थाहा छ। तर जो नेपालबाट आउन खोजी रहनु भएको छ। बिषय र कलेज छान्ने बेला एकदम ध्यान पुराउनु होला। कन्सल्टेन्सी तथा साथी भाईहरुले ए!! ल यो कूकरी पढ् एकदम राम्रो हुन्छ PR पाईन्छ भनेर आफुलाई पट्ट्क्कै मन नपरेको बिषय पढ्न आएर समय र पैसा नाश नगर्नु होला किन कि अष्ट्रेलियाले कुन बेला नियम चेन्ज गर्छ त्यो कसैलाई था हुँदैन।

त्यसैले यदी तपाईं साच्चैनै पढ्न आउन लाग्नु भएको छ भने आफु लाई interest भएको बिषय र आफ्नो भबिस्य बन्ने बिषयलिनु होला। हावा हावामा उस्ले यस्तो भन्यो, उस्ले उस्तो भन्यो भनेर पछाडि जानु भन्दा आफ्नो मनले के भन्छ तेही सुन्नु होला र सके सम्म युनिभर्सिटीमा पढ्न आउननै राम्रो किन कि यिनीहरु बन्द हुने सम्भावना कम र पढाई पनि राम्रो हुने हुन्छ। यदी कलेजनै पढ्न आउने भए पनि आफु पढ्न आउने कलेजको बारेमा गूगल गरेर राम्रो सँग छनोट गर्नु होला।
Good luck.


you may like related article:
- नेपालमा बिहेको लागि दुलही खडेरि
- बिदेशी भुमिमा बिधार्थी

- मैले सपना देखेको छु

6/19/10

फुट्बल जती राती आएर निन्द्रा हराम

मुख्य मुख्य समाचार:
- हिजो जर्मनीले हार्दा australian हरुले बल्ल खाइस खुच्चिङ अस्तिन हाम्लाई ४ गोल खुवाउने होइन ठीक्क पर्‍यो भने

- तर आज घाना सँगको खेलमा गोल गर्छ गर्छ भन्नेमा पुरा पुरा विश्वाश
- हारे पनि हामी त क्रीकेट र रग्बीमा अगाडि नै छौ नि भनेर मनलाई शान्ती पार्ने प्रयास

- फुट्बल जती राती आएर निन्द्रा हराम

- सुत्ने कोशीस हुँदा हुँदा पनि श्रीमानजिले आवाज ठुलो पारी फुट्बल हेर्दा भुभुजेलाको साउन्डले फिटिकै निन्द्रा नलाग्ने

- काममा हाइ हाइ आएर, आँखा पोलेर टट्टाएर कम्प्युटर हेर्नै बाधा

- समरीमा चाँही अबको एक महिनामा भुभुजेलाको साउनड नसुनी निन्द्रा नलाग्ला जस्तो छ

- किनकी बिस्तारै बिस्तारै अब सुत्ने बेलामा यसैको बानी पो त लागेको छ।

6/12/10

जस्ले जिते नि हाम्लाई के?

जाउलाखेलमा बसे पनि खेल तेती हेरिन्न। बिस्वकप फूटबलमा नेपालमा तथा अरु देश का बासिन्दाको निन्द्रा हराम गर्देको छ। नेपालले भाग लिन नपाए पनि सबैले आफ्नो आफ्नो मन पर्ने देश छानेका छन्। मलाई चै हिजो कोरियाले जितोस जस्तो भाथ्यो ठ्याक्कै जित्यो।

फूटबल हेर्नेमा कोही कोही साचिकै खेलाडी र टिम बुझेर सपोर्ट गरेको देखियो भने कोही कोहि चाँही जुन टिमले जित्ला जस्तो लाग्छ, तेही टिमको गाना गाएको देखियो तर नेपालमा जस्तो घर घरमा ताम झाम चै मैले अष्ट्रेलियामा देखिन। एउटा बुद्दिजिबिको फेसबुकमा लेखेका थिए, नेपालीको भाग्य भन्नु नै अरु देशको प्रगती देख्न पाउनु हो रे। हुन पनि हो नेपाली सार्है दिलदार अर्काकै जितमा पनि दङ्ग परी दिन्छम ।

४ बर्ष अगाडि को विश्वकपको म्याच भै राथ्यो आफु तेती घोरिएर फूटबल नहेर्ने हुनाले बहिनी अष्ट्रेलिया आउने सप्पिङ् गर्न न्यू रोड तिर निस्केका थियौ। बिदेश जाने भन्यो कि एक सुट्केस सामान त किन्नै पर्‍यो। जाडोमा लाउने, गर्मीमा लाउने, भित्री, बाहिरी आदी इत्यादी। सस्तो होलसेलमा पाईन्छ भनेर रन्जना गल्ली तिर छिरियो धेरै जसो पसल त बन्द थिए कोही कोही खुल्ला थिए हामी गल्ली गल्ली हिड्डै थियौ। गो।।।।ल को आवाज सबै घरतिरबाट आयो ह्वआरररर पानी त् झ्यालबाट पो खनाए। ए बाबा होली त अगाडि पछाडि कतै थिएन किन यसरी भिज्ने गरेर पानी खनाए होलान ह ? फेरी अर्को गोल भएछ गो।।।।ल ढ्याङ् ढ्याङ् ढ्याङ् केही ठोकेको जस्तो आवाज…फेरी अर्को झ्यालबाट पानी ह्वआरररर…. हा।।। अब यो बेमौसमको होलीले हामीलाई टेनसन दियो र अब यो गोलको सुरमा बाटोमा पानी खनाउदा हामी घर सम्म पुग्दा पुरै भिज्ने पक्का थियो तेसैले नजिकैको रेस्टुरेन्टमा छिरेर तातो तातो म.म खाँदै बाँकी म्याच हेरेर सके पछी घर तिर फर्कियो।

हुन त जुन देशले जिते नि हाम्लाई के हुन्छ र? तै पनि रमाइलो र बुझ्न सजिलो भएकोले नेपालमा धेरै जसोले हेर्ने गर्छन्। मलाई नि आSSSS कोरिया ले नै जितोस जस्तो भएको छ ओर्ल्ड्कप ।के त हैन सपोर्ट गर्दैमा के बिग्रियो र? ब्राजिल , स्पेन, फार्न्स, अर्जेन्टिना यिनलाई सपोर्ट गर्ने त धेरै होलान।

ल ल हेर्नुस् मजा लिनुस् तर रन्जना गल्लीको मान्छेहरुले पानी बाटोमा नखनाउनुस् नि । बाटोमा मान्छे नि हिड्छन नि हो।

6/10/10

बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे


नेपालमा दिन दिनै लोप हुँदै गएको जङली जनावर बाघको बारेमा वेब साइट बनाउदै थिए हुन यो नाथे वेबसाइटले के बाघ बचाउथ्यो ? तै पनि सानो तिनो इन्फर्मेसन दिनको लागि डाटा खोज्दै थिए। एक दिन अनलाइन मेरा साथी पिटर भेटिए। उनी Philadelphia, US का लोकल कबि हुन। मलाई बाघ मन पर्ने नेपाल तथा विश्वबाटनै लोप हुन लागेकोले बाघ बचाउको अभियानको नारा सहीत वेबसाइट बनाइ रहेको कुरा पिटरसँग गरे।

उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबिता लेखेर सहयोग गर्ने बाचा गरे त्यो अनुरुप बर्ष अघी उनले थुप्रै बाघ सम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
बन्यो।

यो काम मैले पैसा वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागि कबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेर टन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो किताब समर्पित भनेरनै निकालेर सरप्राइज नै दिए।

अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।

उनले किताब तथा बिक्री गर्न राखेको वेब साइटमा नेपालको बाघ बचाउनको लागि समर्पित कबिता भनेर
राखेका छन।

नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छुपिटरलाई तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै धन्यवाद!!

Peter we would like to thank for writing tiger poems to save the tiger of Nepal :)


6/5/10

अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो रे


“हेर्नुस् बाहिनी हामी मागरको बुद्धी हुन्न आरु जातका धेरै जसो काती ठुला ठुला ठाउँमा पुगिसके तर हाम्रा जात उही पलटनमा बन्दुक पड्काउने मात्रै ठुलो काम भो। हन् है बाहिनी हामी आफ्नै फुपु चेलीको छोरी बिहा गरेर बिज्ञाननै बिग्रेको हो। आलिक पर परको जातको नानी सँग बिहा गरे पो चल्ला चल्ली राम्रो निस्किन्छ गाठे"
एउटा मगर अंकलले यो कुरा भन्दा उनले साच्चै कती बैज्ञानिक कुरा गरे है भनेर खुशी साथ सुने।

- पचास नागेका ति अंकलको कुराले हौसिएर, कत्तिनै ठुलै काम गरेको जस्तो भनी हाले मेरो र मेरो केटाको जात पनि मिल्दैन अंकल भने ।

- ए तापाईं त भैंसी खान्छ हइन? अंकलले अली नाक खुम्चाउदै सोधे ।

- भैंसी त होइन रागो खान्छु, तपाईं पनि खानु हुन्छ होला नि छोएला? भैसि भनेकोले कड्किएर मैले सोधे

फेरी रागो बिना मो.मो को जीवन अधुरो नै हुन्छ नि ;)

- खान्छ नि किन खाँदैन। त्यो सोर्ह खुट्टे ओरालोको छोयला त आसाध्य मिठो छ। मुखै रसाउदै पो ति अंकल ले भने

- अनी बाबु कुन जात को राइछ त?? अलिक चासो देखाउदै सोधे।

- शर्मा हो नि मैले भने

- ए आच्छा!! भन्दै टाउको हल्लाए

- अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो निस्किन्छ हो अंकलले भने

हुन त एउटै जातकोबाट पनि बच्चा बच्ची नराम्रो निस्किने होइन। तर यो जात भातको कुरा नेपालमा अहिले पनि ठुलै रुपमा हेरिन्छ। यदी तपाईं पौड्याल हुनु हुन्छ र विश्वकर्मा बिहा गर्नु भएको छ भने काण्ड पुग्यो। यो नेपालको चलन देखेर म वाक्क, ब्याक्क, प्याक्क भैइ सके । सबै लाई राजनिति ह्य्यान त्य्यान कै पिरलो छ तर समाजमा यस्तै खाले भाईरसलाई जोडतोड सँग बचाउने अभियान हुन्छ। मैले एती सम्म देखेको हुँ कि आजको युबा पुस्ताले आफुले प्रेम गरेको प्रेमी र प्रेमिका पनि अन्तरजातिय हुनाले समाज र बाउ आमाको करकापले छोडेको पाएको छु।

बाउआमा समाजको इज्जत गर्नु पर्छ तर त्यस्को साथ साथै आफ्नो आमा बाबुलाई मायाले सम्झाउने र समाज परिवर्तन गर्ने जिम्मेवारी पनि युवायुवतीकै हातमा हुन्छ। मेरो पनि अन्तर्जातिय बिहा हो। मलाई पनि अली अली बाधा आए होलान तर हामीले बिचार पुराउनु पर्ने कुरा के हो भने, बाउ आमाले भनेको मान्नु पर्छ तर जिन्दगी बिताउने कुरामा चाँही निर्णय तपाईंले नै लिनु पर्छ। कसै सँग डराएर आफ्नो निर्णय बदलनु त्यो कायरता मात्र हो।

p.s कृपया यो मगर जातिको फुपु चेलीको छोरा छोरी सँग विवाह चल्ने कुरा नेपालमा अहिले पनि हुन्छ? जानकारले प्रस्ट पारी दिनु होला।



5/18/10

तपाईंले खाना खानु भयो त?

Hi how are you? - आफु लाई कस्तो दु:ख छ। पैसो कमाउन सकिएको छैन, दिन प्रती दिन उमेर ढल्कदै छ। यो नेपालमा पनि संबिधान बनाउन सकेका छैनन् । मनको बह कसैलाई नकह भने झै सबैका आ-आफ्ना दु:खका फर्सी छन। तर पनि I am good, yourself? भनेर डिच्च हास्नै पर्ने। दिनको एक चोटि हो र? बारम्बार यो प्रकृया दोहोराइ रहन पर्ने।

पहिला पहिला अष्ट्रेलिया आउँदा त जहाँ जादा पनि आफ्नो आराम बिरामीको कुरा सोध्दा खुशी लाग्थ्यो। तर कहिले काही त आ#$$ दिनमा एउटै कुरा दोहोराउदा दोहोराउदा वाक्स पनि लाग्थ्यो। तर ठिकै छ आफ्नो आफ्नो देशको चलन हो भनेर सोच्थे । मेल्बर्नमा तपाईं पसल, अफिस बैंक अथवा काही पनि जानुस् तपाईंलाई कस्तो छ आज भनेर सोध्छन अनी मौसमको कुरा हुन्छ। आज कस्तो गर्मी दिन है, भोली त पानी पर्ने वाला छ नि, अनी खेलकुदको बारेमा पनि कुरा गर्छन् । ए भोली त यो म्याच छ नि? आफु फेरी खेलकुदमा जिरो। यस्तै yea, no, surely , really मै टारिन्छ।

नेपालमा SLC दिने ताका कौसीमा किताब छरपस्ट पारेर पढिन्थ्यो। पढ्ने भन्दा किताबको शो बढी हुन्थ्यो। यो पढ्ने काम संसारमै सबै भन्दा गाह्रो काम जस्तै लाग्थ्यो।
कौसीमा आमा पनि सङ्गै घाम ताप्दै बस्नु हुन्थ्यो। उता अर्को कौसीबाट मगर्नी आन्टीले
ए अर्चनाको मामी भात खायो?
यता कौशी बाट : खाए, तपाईंले खानु भयो?
उता कौशी बाट : छैन नमिताको बाबालाई कुरेको।

कौसीमै बस्दा बाटोमा हिंड्ने छिमेकीले आमालाई बिहान छ भने चिया खानु भयो, १० बजे तिर छ भने खाना खानु भयो र दिउसो छ भने खाजा खानु भयो भनेर सोध्थे।

एक दिन दुई दिन भए पो त दिन दिनै खानाको कुरा सुन्दा सुन्दा वाक्क लाग्थ्यो कहिले काही प्वाक्क पछाडिबाट भनी हाल्थे सोमालियाबाट आयातित प्राणिहरु!!! आमा मुसु मुसु हाँस्दै भन्नु हुन्थ्यो, अब के गर्ने सोधे पछी भन्नै पर्‍यो।

हाम्रो चलन पनि गजब कै छ है। सन्चो बिसन्चो गोली मारो। खाना खाएको र नखाएको नै पहिला सोध्ने। ठिकै छ आफ्नो सस्क्रितीलाई नै जोगाउ न त।

अनी तपाईंले खाना खानु भयो त? ;)

5/9/10

हिसाब किताब

अस्ती अस्ती दिनभर दिनभर सगरमाथा टि.भी लाईभ हेरेर राती त प्यानाडोल(सिटामोल जस्तै) खाएर सुत्न पर्‍यो। दिनभर जुलुस र आमसभा हेर्दा हेर्दा राती त टाउको दुखेर औषधीनै खान पर्‍यो। अब टि.भी हेर्दा त टाउको दुख्ने, झन साचिकै आन्दोलनमा हिंड्ने र भोग्नेलाई टाउको मात्रै होइन, के के दुख्यो होला।

साथीले भन्थ्यो, फेसबुकमा जे पायो तेही नलेख है माउदाईले सबैको हिसाब किताब राख्छन रे। मलाई त काठमाडौंबाट पोखरा बसमा जादा खलासि दाइले आधा बाटोमा पुगे पछि हिसाब किताब गर्न ओर्लनु होस् है भन्थे। सबजनाले बुझेर दिसा पिसाब गर्न झाडी तिर पुग्थे। तर यो चाँही हिसाब किताब त मैले बुझिन यार।

राखुन राखुन अन्याय बिरुद्ध ईन्द्र कै बाउ चन्द्रको बारेमा नि लेखिन्छ नि । अब हिसाब किताब राख्नलाई साना तिना कापी अथवा नोट बुकले अथवा साना तिना हार्ड डिस्कले पुग्दैन ठुलै सर्भरनै चाहिन्छ। ल अब तपाईं आँफै हेर्नुस् त सात कक्षा पढ्ने सानी नानीले फेसबुकमा यस्तो स्टाटस राखेको देखेर त म दङ्ग खाए।






चुनाव
ताका मैले एउटा पोस्टमा लेखेकि थिए - “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दललाई एक एक मौका दिनेछन् , दिएको मौकामा पनि गतिलो काम गरेनन् भने जनताले घोक्राउने छन् र नयाँ दल/नेता एंवम रुपले चुन्ने छन् ।

अब यार कस कसका हिसाब राख्ने तिमिनै राख, आफुले बोलेको पनि हिसाब, राख प्रधानमन्त्रीको कुर्चीमा पनि तिमिनै बस, देशको नाम पनि तिमीनै राख, जनताको मनमा पनि तिमीनै बस।

A man's country is not a certain area of land,
of mountains, rivers, and woods,
but it is a principle; and patriotism is loyalty to that principle. - George William Curtis

5/6/10

बन्द - करेला जस्तो पोशिलो तितो होइन, बिष जतिकै हानीकारक

आहा!! कती नेपाल मात्रै बन्द हुन्छ, कहिले काही यो अष्ट्रेलिया नि बन्द हुनु नि । मरी गए हुन्न यार २०१२ सम्मको सार्वजनिक बिदा फिक्स छ। कस्तो देशमा आएछु न बन्द हुन्छ न हड्ताल हुन्छ। आहा!! नेपालनै राम्रो!! ;)

नेपालमा सप्पै भन्दा त स्कूललाई सन्चो विद्यार्थी न आएनी फी किर्दिन्छन क्यार सर मिसलाई झन हाइसन्चो, घर मै बसी बसी तलब आउछ अब बन्द हड्ताल भयो त के गर्नु केटाकेटीको पढाई सकिदैन । लास्टमा फास्ट फरवार्ड् गर्दै पढाउछन् नि। भबिस्य अन्धकार भए केटाकेटीकै हुन्छ नेताजिउहरुलाई छु मतलब। एनी हाउ कुर्ची पाउ ।

केटा केटी नि बन्दका सुरुका दिनमा खुशीका स्टाटस फेसबूकमा देखिन्थे। अहो स्कूल जान नपरेको दिन बडो रमाइलो हुन्छ नि तिनलाई पढ्न त वाक्क हुन्छ नि ।

माउदाईले गरेको बन्दले स्कूल नि बन्द क्या मज्जा आखिर बाउआमाले त जसो तसो फी तिर्देकै छन् तर वास्तविकता करेला जस्तो पोशिलो तितो होइन, बिष जतिकै हानी कारक छ। अब त केटाकेटीले पनि क्या बोरिङ्ग स्कुल जान मन लागि सक्यो भनेर फेसबूकमा स्टाटस राख्न थालि सके । यो जस्तो ब्यङ्ग अरु के होला ?

केटा केटी साना अबुझ तिनलाई राजनिती था नहोला तर मैले पढ्न पाउनु पर्छ, मैले फी तिरेको छु र यो मेरो अधिकार हो भन्दा नि किन कुर्ची मोहले आँखा ट्याप्पै पारेको होला। जनताको पार्टी रे । जनताको लागि लड्ने पार्टी रे । अनी जनताकै टाउकोमा बजाउने कस्तो बुझी नसक्नु मनोबैज्ञानिक बिचार धाराका पार्टी??? आफुले त देश राम्रो चलाऊन सकेनन होला तर भबिश्यका हुने वाला होनाहार देशका नेता तथा राजनेताको भबिस्यलाई किन गोल हान्देका होलान्? जुन भाबी सन्ततीको लागि लडी रहेको भन्छन र तिनै सन्ततीको टाउकोमा बन्चरो हाने पछी अब के होला? तपाईं आँफै सोच्नु होला। मेरो त दिमाखले भ्याउदैन् । आ सुत्छु बरु।

my beloved i love you. love is my message and let it be your message too.
love is my color, climate and to me love is the only religion.
my world is love and i would like you to feel whole world with love......

4/29/10

उहा मेरो पोइ

दुइजना जोडी जोल्टिएर हिंड्नै नहुने अलिक परका नाताका आफन्त बाटोमै भेटिए । हात समातेर हिंडेकोले होला, उहाचाँहीको भनेर सोधे । ति आफन्त सार्है अड्बाङ्गे थिए । मैले नि उहा मेरो पोइ भनेर देखाए । भोज खान पल्केकालाई नबोलाएकोले होला, विश्वाश मानेनछ्न् फेरी मेरो पोइलाईनै सोध्न खोज्दै थिए, उनले कुरा बुझेर जवाफ दि हाले अली जिस्किदै, उनी मेरो पोइनी। तिनी हासेर झन्डै मुर्छा परेनन्। तिनी आफन्त हाँस्दै थिए, हामी आफ्नो बाटो लाग्यौ ।

पोइनी होइन नि श्रीमती अथवा स्वास्नी भन्न पर्छ नि। यस्तो पुरा पुरा गलत वाक्य भन्यो भने हाम्रा नेपाली भाषाका ज्ञाताहरु धुरु धुरु रुन्छन् नि भनेर आफ्नो मान्छेलाई सम्झाए।

अब
तपाईंहरुले पनि बुझ्नु भै सक्यो होला, के भन्न खोज्या भनेर खासमा मेरो पद girlfriend बाट जोइको रुपमा प्रमोसन भयो । साथीभाई कसैलाई बोलाइन साधारण तरिकाले आफन्तमाझ मात्रै बिहा भयो । तेसैले ठुला ठुला धम्की र खप्की खान पर्‍यो । बिहाको भोज नखुवाएकोले झन्डै ज्यान जोखिममा परेको। ;)

यो सप्पै कुरा लेखी रहदा मेरा पतीजीले घरको आन्तरिक कुरा जम्मै ब्लगमा छाप्यो भनेर ठुलै मुद्दा हाली बक्सदै छ । अब त्यो पनि खप्नै पर्‍यो। ;)

आजलाई इती
Mrs.Sharma

"A successful marriage requires falling in love many times,
always with the same person."

4/24/10

प्रचण्ड भन्दा काले कुकुर राम्रो रे

कहिले दसैंको शुभकामना नपठाउनेहरुले यसपाली घोर्ले खशी र नयाँ नाना पठाए। नेपालीको २०% आमाहरुले नि फेसबूक हेर्छन कि हेर्दैनन् था छैन तर फेसबूक भरी आमाको मुख हेर्ने दिनको शुभ-कामना प्रचार प्रचार भएको थियो । सबैभन्दा मलाई हासो उठेको त फ्यान पेज हो ।

यार जे को पनि फ्यान पेज हुने अब कलाकार, नेता, कबी, लेखकको त हुने नै भो । ताल न बेतालका कुरामा पनि हजारौ मान्छे फ्यान हुने । जस्तै यसपाली पनि कलेजमा झुर केटी आए , के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ, कस्तो भोक लाग्यो के खाजा खाने होला, मलाई प्रचण्ड भन्दा काले कुकुर मन पर्छ, ओए भोक लाग्यो मो:मो खान जाम न आदी इत्यादी

कहिले काही त हासेर मर्नु हुन्छ, तेही पारा देखेर होला, फ्याननै शब्दको बेज्जत गरे भनेर होला फेसबुकले Be a Fan हटाएर Like भन्ने बटन मात्रै राखेको छफेसबुकको फाईदा नि छ है, हिन्दी फिल्ममा जस्तो शुरुमा छुट्टीएर अन्तमा भेटेजस्तो कैले कैले स्कुलका साथी ट्याक्क भेटिदा त दङ्ग पो परिन्छ गाठे । साथी मात्रै होइन साथीका पती र छोरा छोरीको फोटो ड्याम्म देख्दा त happiness double पो हुने रैछ ।

सुन्छु यो फेसबुकले नि धेरैको समय बर्बाद पारी सक्यो रे। अफिसमा काम धन्दा छोडेर उही फेसबुकमै बेस्त हुन लागे भनेर धेरै जसो अफिसमा त आज भोली फेसबुकनै ब्लक गर्दिन्छन् । काम गर्ने नि के कम, फेसबुक चलाऊन नदिने भे काम गर्दिन भनेर बिरोध गरेको समाचार अस्ती भर्खर पढेकी थिए।

म पनि आज देखी जम्मा १० मिनेट मात्र फेसबुकलाई टाईम दिने कसम खाइ सके , आलुको कसम्!! ;)

3/19/10

छ्यास् छ्यास् छुस छुस हररर

यतिका दिन ब्लग अपडेट नगरदा यो ब्ल्गर्नी कता दमपच् भैछ भन्ठान्नु भएको होला। नेपाल गएकै दिन घरमा झोला फालेर न्यूरोड घुम्न गै हालियो। भोलीपल्ट देखी त रुघा खोकी सुरु। अनी त बाँदरको...…जस्तो रातो नाक लिएर भए पनि घुमियो । मेरो नेपाल पुग्ने बित्तिकै ३ वटा कुरा गर्ने टार्गेट थियो।
एक न्यूरोडको सि मो.मो खाने, दुई मुङ्लिङको चना चट्पट खाने, अर्को नेवारी खाना खाने । यि सबै कुरा त पुरा गरे। आमाको गन गन बाँकी नै थियो। एक दिन घर बसेन लखर लखर हिडि राख्ने। यसो गफ पनि गर्न पाइएन भन्ने। धन्न सोमबारको दिन थियो राप्रपाले त नेपाल बन्द गरिदियो अनी त घरमै जोमसोमको सम्झना लेखेको गलैचा माथि घाम ताप्दै आमासँग गफ मार्दै ढाड्को पाता सेकाउदै आमाको इच्छा पनि पुरा गरियो।

काठमाडौंजादै हुनु हुन्छ भने ४ कुरा सम्झनु होला।

१. काही कसैलाई भेट्न जानु छ भने १ घण्टा अगाडि निस्किनु होला अथवा तपाईंको घडी जाम अनुसार चलाए पनि हुन्छ।

२. एअरपोर्टबाट ओर्लने बितिकै मास्क लगाउनु होला नत्र भने रातो नाकको पिडा तपाईंले पनि खप्नु होला।

३. यती पैसा भए त पुगी हाल्छ नि भनेर डलर convert गर्दै मक्ख नपर्नु होला महङीले आकाश छोएको छ पैसा अली अली कोप्चे खल्टीमा पनि जगेडा राख्नु होला।

४. बिदेशमा दिन दिनै सावर लिने बानी छ भने, काठमाडौंमा त्यो सपना नदेख्नु होला, perfume र bodyspray छ्यास् छ्यास् छुस छुस पारेर हररर बासना आउने भएर हिंड्नु होला।

इती


pic: c momo :)

2/6/10

आमाको रेस्टुरेन्टको भात मिठो बाउको होटेलमा निन्द्रा प्यारो

म अष्ट्रेलिया आएको दुई महिना पछी मेरो आमाले ईन्टरनेट चयट् पारिदिनु भएछ। घरको वरीपरी झ्यालट्याङ झुल्टुङ सेतो तार, घरमा छोरी छन्जेल पो ए!! छोरीले बिदेशी प्रोजेक्टमा राती घरबाट काम गर्छे नि तेसैको लागि तार हो भनेर गर्वका साथ लाग्छ कि छोरीले सगरमाथानै चढेकी हो जस्तो गरेर कौसीबाटै बाटोमा हिंड्ने छिमेकीले सोधि हालेको खन्डमा भन्नु हुन्थ्यो। म चाँही किन त्यस्तो भन्न पर्छ र भनेर आँखा तर्दै चिढिन्थे।

आज राती सपना देखेकै भरमा मेरो बिहान नेपाल जाने टिकेट १५ मिनेटमा फिक्स भयो। नेपालमा सरपराइज दिने प्लान थियो। आफुसँग नेपाली रुपैयाँ खोतल खातल गर्दा २०० मात्रै भो। नेपालमा यस्तो महङ्गी बढेको बेला २०० रुपैयाँले त मलाई माथि एअरपोर्ट बाट तल ठुलो बडेमानको गेट सम्म पुराउछ होला । अस्ती साथीले एअरपोर्ट बाट चाबेल गएको सात सय तिरे भनेको पनि बिर्सेंको छैन नि। यस्तो बिचल्लीमा पर्न भन्दा अब यो सरपराइज दिने प्लानलाई गोलखाडी खुवाउदै घरमा फोन हाने। नेपालमा टेलकमको आशिर्बाद र मेरो आमाको माधको घाम ताप्ने सेडुवल मिलाउदा मिलाउदा ३ घण्टा सम्म फोनसँग फाइट गरे पछी बल्ल मेरो आमाको हेल्लो सुनियो।

-> ल भगवान भेटे जस्तो भयो मैले भने

->मेरी आमा उताबाट हेल्लो कस्लाई खोज्नु भयो होला..? रे।

->ममी.. छोरीलाई चिन्न छोड्नु भयो? अली आफ्नो हक जमाउदै कड्किए।

-> ए कस्तो अर्कै स्वर सुनिएको घाटी बसेको छ क्या हो। चिसोमा डुलिस कि क्या हो

उताबाट सधैं झै हावामा तिर हान्दै गरेको उत्तर आयो।

यहाँ आफु मर्ने गरेर कराउदा नि घाटी बसेको सुनिने फेरी यता त गर्मी यस्तो छ कि लगाएको लुगा नि कता फालेर हिडु जस्तो मौसममा कता चिसो अब यि सब कुरा प्रस्ट पार्न मलाई आधा घण्टा लाग्थ्यो जुन रिस्क मैले लिन चाहिन् ।

-> सिधा कुरा गर्न लागे, म नेपाल आउँदै छु पर्सी मलाई लिन गाडी पठाइ दिनु।

-> उता बाट जवाफ आयो ईन्टरनेट छैन।

-> ईन्टरनेटबाट आउने हो र ? प्लेन बाट आउने हो।

आडे छोरीको आडे जवाफ ;)
यो अर्थ न बर्थमा बिचमा ईन्टरनेटको कुरा गरेर मेरो ३ घण्टा सम्मको फोन सँगको लडाईंको रिस तेही पोखी राखेको थिए।

-> फेरी उताबाट जवाफ आयो होइन क्या, मैले अस्तिन घर राम्रो देखिएन तार नै तार भयो भनेर काटी दिए अब तिमी आउने भयौ फेरी भाई लाई भनेर जोड्न लगाइदिउ?

उता बाट मेरी आमाले आफ्नै हजुर बुवा को isp भएझै भन्नु भो।


-> पर्दैन पर्दैन ल… अब यो…टाइममा लिन पठाइ दिनु। ल राखे।
घड्याप्प्!!

बाउ आमालाई छोराछोरीलाई के चाहिन्छ भनेर कस्तो प्रस्ट था हुन्छ। हुन पनि त्यो महिना को २५०० तिरेर त्यो ईन्टरनेट घरमा पालेर केही काम थिएन। कहिले काही भाईले porn site हेर्दो हो नत्र भने आमाले भनेको जस्तो, म नभए पछि तारले घरको सोभा मात्र बिगारेको थियो।

यस्तै बाउ आमा गर्दानै छोरा छोरीलाई तान्ने गर्छ अनी सपनामा देखेकै भरमा उडेर जान मन लाग्छ । उही कलेज ताकाकै बेरोजगारि भाषामा
आमाको रेस्टुरेन्टको भात मिठो, बाउको होटेलमा निन्द्रा प्यारो !!
जहाँ गए पनि आमा बाउनै प्यारो। (यो चाँही मैले पछी थपेको है)

2/4/10

लब गरेको था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला

यो मौसमनै रोमान्टिक तर नेपालमा जस्तो यहाँ भ्यालेन्टाइन डे को चहल पहल देख्दिन। बाइकमा केटीले केटालाई कहाँ लौ है फुत्केला र फुत्क्यो भने चान्स छैन जस्तो गरि चेपेर हिंड्ने, माइक्रोमा पनि लास्टको सिटमा अरुको वास्तानै नगरेर एक दुई चुम्मा दन्काइ हाल्ने । अनी खुले आम अङालो हालेर हिंडेको सिन कहाँ देख्न पाउनु, देखे पनि खै किन हो मलाई यहाँको जोडीमा रस भेट्दिन।

माया गर्नु कुनै पाप होइन झगडा पो गर्न भएन भनेर अरुले देखाउछन् भने आँखा छोपेर गान्धरी बन्न सकिन्न क्यारे। भ्यालेन्टाइन डे आउँदै छ मलाई पनि आफ्नो दिन हरु याद आयो। २००० साल तिर म र मेरो bf कलेज पढ्दै थियौ। कलेज बिहानको 7 बजे देखी सुरु हुन्थ्यो तर म ५ बजे नै घर बाट हिड्थे। जाउलाखेलबाट मैती देवी जान पर्थ्यो। सिधा बाटो गयो भने २ वटा माइक्रो चेन्ज गरेर करिब ३० मिनेटमा ठ्याकै कलेज पुगिन्थ्यो। तर म कहाँ सिधा बाटो हिडथे र?

छोरीको लब पर्-या छ भनेर बाउ आमा लाई कहाँ था' हुनु, था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला। घरबाट पढ्न भनेर बिहानको ५ बजे हिंडेपछी, एकान्त कुनाबाट रिङ्ग रोड घुम्ने बसबाट ५ रुपियामा चाबेल पुग्थे र त्यहाँ दुबै जना भेट भएर हिड्दै मैतीदेवी पुगिन्थ्यो । यो सबै चाँही पैसा बचत अनी दुई जना सगै भेटेर गफ गर्दै हिंड्ने अनी चिया/कोकको लागि पैसा बचाउ अभियान थियो। मेरो दैनिक घर बाट आउने बजेट २० रुपैयाँ थियो। तेहीबाट सबै म्यानेज गर्न पर्थ्यो। २००० को भ्यालेन्टाइन डे मा पनि यसरी नै आइयो। अब यो गिफ्ट सिफ्ट दिने लिने चलन झन्झटिलो र खर्चालु भएको हुनाले, दुबै जनाले यो कुरा लिन र दिन मनाही थियो । लाग्छ कि घुसनै लिए जस्तो। अब यो नियम तोड्ने लाइ सजाय पनि कडा नै थियो। त्यो हो १००० चोटि किस गर्न पर्ने बाफरे बाफ एक दुई गरेर सय गन्दा त अल्छि लाग्ने हुन्छ हजारौ चोटि त मरी हालिन्छ नि। यि सबै कुरा बिचार गर्दा, हाम्रो लब इकोनोमिकल थियो lets say affordable थियो। :)

त्यो दिन पनि चाबेलमा भेटेर मैती देवी तिर लस्कियो। खुइ खुइ हिड्यो भने १५ मिनेट लाग्थ्यो होला तर हाम्लाई घडी हेरेर ३० मिनेट देखी ४५ मिनेट लाग्थ्यो। लसर पसर गर्दै कलेज पनि पुगियो। हाम्रो जस्तै अरुको पनि लब परेको थियो। जस्तै ज्ञान्नेद्र र श्रीजना। राजा ज्ञान्नेद्र होइन नि । कलेज अगाडिको पसलमा बसेर त्यो दिन ज्ञान्नेद्रले kit kat बाढ्दै थियो। हर्रो नपाउने लाई जाइफल भने जस्तै ओरेन्ज बल नपाउने लाई किट क्याट। ल है केटोले लब परेको खुशीयालीमा चकलेट खुवायो भनेर सबै दङ्ग परे। मेरो हातमा पनि चकलेट आइ पुग्यो । पाइयो, खाइयो पुछ्नीनै भएन पछी पो श्रीजना ले आज उस्को birthday हो भनेर लजाएर भनिन् । ए हो कस्तो आजको दिनमा जन्मे को तिमी लाई धेरै माया गर्छ है भन्दै क्लास तिर लागियो।

११ बजे तिर सबै क्लास सकियो अरु कता कता गए था’ छैन हामी रातो पुल हुँदै पशुपती तिर लागियो । त्यो दिन मेरो गेट अप अली भिन्न थियो । पहेलो टीसर्ट त्यसमा burning Love लेखेको, मलाई पहेलो कलर मन परेर किनेको अब त्यस्तो लेखेको छ भन्ने अत्तो पत्तो छैन । धेरै पछी पो त त्यो टीसर्ट लगाएको फोटो हेरेर लाज पो लाग्यो त। अनी तेही टिसर्ट तल जिन्सको क्वाटर प्यान्ट अनी ५ इन्चको हिल भएको बुट, प्रभु त्यो हिल लगाएर पशुपतीको सिढी चढ्दा धन्नै प्राण जाला जस्तो भएको।

अब यस्तो रोमान्टिक दिनमा मरेको मान्छे पोलेको हेर्न ल्याएको भनेर म गन गन गरी रहे। पशुपतीको लास जलाउने opposite तिर माथि रुख नै रुख छ र त्यहाँ लहरै मेचहरु छ । त्यसलाई सबैले beautiful भन्थे। अकसर हामी त्यहाँ जान्थ्यो र हाम्रो जन्म पछी मृत्‍यु अवस्य छ है भनेर, त्यो जली रहेको पशुपतीको लाशले पाठ पढाई सकेको थियो। अब मन पर्छ भन्दैमा जहिले पनि यही आउन पर्छ र आफुलाइ हिंड्न कस्तो गार्हो भएको बेला भनेर फत्फताइ रहे।

खै मेरो प्रेमीले के सोचेछन मलाई जुरुक्क बोकेर सिढी उक्लन थाले । खैरेहरु नि यही हो मौका भनेर फोटो खिच्न थाले। झ्याइकुटी पार्दै बस्ने मेच सम्म पुराए पछी महारानीको गाथमा अली आराम मिल्यो। ;)
त्यहाँ पुगे पछी पसुपतीको घन्टी, सुमधुर भजनले मन नै आनन्दित पार्यो। हामी पशुपती तिर हेर्दै थियौ । सधैं जस्तो एक किसिमको रमाइलो थियो। त्यो ठाउँमा पुगे पछी यति आनन्दित फील हुन्थ्यो कि हामी एक आपसमा सार्है कम बोलिन्थ्यो। मैले तेतिकैमा भने aanu I got something for you.

मैले कार्ड दिए जुन मैले आँफै art गरेको थियो जसमा केटा र केटी अङालोमा थिए। कार्डको रङले उस्को मुहारमा ल्याएको उज्यालो छर्लङ्ग झल्कन्थ्यो। फेरी मैले झोला भित्र हात हाले र this is for you भन्दै फोटो album दिए। अल्बमको बाहिर दुई वटा केटा केटी र फुल भएको राम्रो चित्र थियो। त्यो अल्बम महँगो मध्य सबै भन्दा सस्तो थियो। त्यस लाई ५० रुपैयाँ तिरेकी थिए जुन मेरो १० दिनको चिया खर्च थियो।

अली रिसाए जस्तो गरेर, I have nothing for you, हामी पहिले भनेको होइन केही नदिने भनेर ईंग्लिश मा फत् फत् गर्न लाग्यो तर फेरी उसलाई झल्यास्स मेरो सजाय याद आएछ त्यसपछी त उता पसुपति नाथ तर यता मेरो नाथको खुशीले तीन नेत्र बली सकेको थियो।

सजाय तुरुन्त पाउनु पर्छ भनेर आदेश आयो म पनि के कम र!! विवाहपछीको एक महिना भित्र साहु ब्याज सहित अवस्य तिर्ने आश्वासन दिदै गूड् बाइ शिव जि भन्दै त्यो दिन आफ्नो आफ्नो घर तिर लागियो।

Read the similar story: प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा

1/19/10

डाडु पन्योउ भन्दा माउसनै चलाऊन सजिलो लौ जा

करिब २ बर्ष अगाडि सापको प्रायोजनमा १० जना महिलाहरुलाई निसुल्क कम्प्युटर पढाउने जिम्मा पाएकी थिए। दिदिबहिनिहरु थ्यौरी क्लास सकेर प्रयाक्टिकल कोठामा बेस्त थिए। यतिकैमा मैले एउटा ग्रुप लाई सोधे “भात पकाउन सजिलो कि कम्प्युटर चलाऊन? ” उनिहरुको एउटै स्वर आयो कम्प्युटर चलाऊन । ए तेसो भए तपाईंको बुढाहरुले दु:ख पाउने भए । हा हा हा हासोले कोठानै गुन्जायमान हुन्छ । तेतिनै बेला अर्का सर आइ पुगेर भन्छन् यो अर्चना मिस पनि सार्है जोक गर्नु हुन्छ । मैले भने कहाँ जोक गर्नु, म केटीहरुको मनको कुरा बुझ्दैछु । फेरी म अर्को ग्रुप भएको तिर लाग्छु र तेही प्रश्न तेर्साउछु। मेरो प्रश्न सकिन नपाउदै एउटिले जवाफ फर्काइन् कम्प्युटर चलाऊन नै सजिलो.. भात पकाउदा यस्तो रमाइलो कहाँ हुनु । तरकारीमा नुन धेरै हालेर अन-डु (Undo) गर्न मिल्छ र?

मैले पनि भने मलाई नि कम्प्युटरनै सजिलो लाग्छ, तातो डाडु पन्योउ समात्नु भन्दा माउसनै चलाऊन सजिलो अनी तरकारी पाक्यो कि पाकेन भनेर हातनै डाम्ने ढोकन उठाएर चियाउनु भन्दा कम्प्युटरमा ईन्टरनेटको झ्यालबाट संसारलाई चियाउनु नै रमाइलो।

नेपालको जनसंख्याको ४% महिलाहरुले मात्रै अहिले कम्प्युटर चलाऊन र सिक्न पाएका छन् । यो डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा पनि रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम धेरै गर्ने छन् । हुन त धेरै महिलाहरु टेक्निकल बिषय हो भनेर यो क्षेत्रमा आउन डराउछन् । महिलाहरु फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो झट्टै आउन सहज महसुस गर्दैनन् र टेक्निकल विषय केटाहरुले मात्र पढ्ने हो भन्ने सामाजिक संरचनाले गर्दा पनि महिलाहरु हिचकिच्उछन्। त्यस बाहेक अशिक्षा, सहि स्रोत, साधन र सूचनाको अभाबमा पनि यो क्षेत्रमा महिला पछाडि परेको देखिन्छ।

नेपाल मात्रै होइन मैले केही महिना अगाडि अष्ट्रेलियाको मेल्बर्नमा अष्ट्रेलियन कम्प्युटर सोसाइटिले(Australian Computer Society) अर्गनाइज गरेको सेमिनारमा भाग लिदा विश्वभरनै यो क्षेत्रमा लाग्ने महिला कम रहेछन । विश्व सामु सूचना तथा प्रविधि क्षेत्रमा बढी भन्दा बढी महिलालाई कसरी अगाडि ल्याउन सकिन्छ भनेर पहल हुँदै रहेछ।

म आफु पनि यो पेशामा भएकोले मेरो अनुभबमा, यो पेसा महिलाहरुको लागि सजिलो, धेरै हिड्डुल गर्न नपर्ने, आफ्नो सिप तथा दक्षता एकै ठाउँमा बसेर देश तथा बिदेशमा देखाउन मिल्ने र ईन्टरनेटबाट पनि कार्य गर्न मिल्ने हुनाले गर्भवती र अरु बिशेष अवस्थामै पनि घरमै बसेर काम पुरा गर्न सकिन्छ।

बिल गेट्सले भनेका छन् “गरिब जनतालाई राम्रो स्वास्थ चाहिन्छ कम्प्युटर होइन"
तर विक्ट बूकले भनेका छन “कोही महिला हो र गरीब पनि हो भने उस्ले दुई गुणा दु:ख पाउछ यदी तिनले सहि स्रोत र आवाज पाइनन् भने।“

"Poor People need good health, not computers" said Bill Gates.
But Wict Book says “poor women face a double disadvantage in access to resources and voice as they are both poor and they are women.”


जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन ।


मेरो आशय भातनै पकाउन छोडेर कम्प्युटर सिक्न जानु भन्ने पनि होइन तर कम्प्युटरको ज्ञान द्वारा तपाईंहरु पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन सकिन्छ। त्यस्तै गरेर आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि माध्यमबाट अत्यन्त सजिलो हुन्छ।

1/10/10

नेपाल बन्दले छेक्यो लब गर्नी लाई

नेपाल बन्द साना स्कुल जाने भुरा भुरीलाई काइदा
राजनीतिक पार्टीलाई फाईदा
काम गरेर खानेलाई मरीजा
अनी लब परेकोलाई पिडा

त्यो एउटा गीत नै छ नि "माया ले बोलायो नेपाल बन्दमा"अब बन्द को बेला बोलाए पछी परेन त फसाद। हो मलाई पनि यस्तै फसाद परेथ्यो। २००० तिर मेरो खुब जोडदार लब परेको थियो। अहिले पनि परी रा छ है :) तेती बेला बिशेष भन्नु पर्‍यो। दिन दिनै भेट्नु पर्ने एकदिन भेटेन भने पनि त्यो दिन निन्द्रा नलाग्ने , छटपट्टि हुन्थ्यो। अब अरु त के कुराले रोकथ्यो र भेट्नलाई तर यो नेपाल बन्द चाँही हाम्रो लागि दुश्मन नै थियो। तेती बेला पनि बन्द कहिले लगातार ३ दिन, कहिले अनिस्चितकाले हुन्थ्यो।

एकदिन त हाम्रो हिंडेर बिच बाटोमा भेट्ने प्लान भयो ललितपुर र काठमाडौंको बिचमा । तर भेट्न आउने बेलामा त जोश हुन्छ खुइ खुइ हिडिएला तर फर्केर आउने बेला त लुखुर लुखुर झ्याउनै हुन्छ नि त्यसैले घरमै सडेर बसिन्थ्यो।

आज भोली पनि लब गर्नी लाई नेपाल बन्दले रोकेको छ कि छैन तपाईंहरु भन्नु होला तर गरी खाने सोझा, पढ्ने विद्यार्थी र देशको प्रगती पथलाई चाँही पक्कै रोकेको छ । ।

Please politicians STOP this dirty game now.

1/8/10

Bra color facebook status-the bras are back in town


One of my dijju(sister) sent me message in facebook like this:
” In your FB status post the color of the bra you are wearing. Just the color, nothing else. Then send this message on to the girls in your life that you care about, leave the guys out of it, will be fun to keep them guessing when all they see are names of colors in our statuses! Do this for Breast Cancer Awareness and don't forget: FEEL YOUR BOOBIES(Girls)!!!!!


I just checked my facebook and its really colorful.
Ex Miss Nepal Payal Shakya Writes: Hot Pink

Other my friend writes: white & blue, Black, slateblue, off-white, white with silver polka dots, spotted pink on black, light blue with pink flowers, multicolor, net black etc but the popular color seems white, black and beige . :)

But who’s actually behind the bra color campaign, and what they’re trying to accomplish, remains a mystery. A Detroit blog suggests that the color update craze was started by women in Detroit who are trying to raise awareness around Breast Cancer (though October is Breast Cancer Awareness Month).

If this campaign about about breast cancer awareness then its about me, all mothers, sisters, daughters, wifes and I will not hesitate to write in facebook status the color of my bra …~~~***Beige***~



All About Breast Cancer Symptoms, prevention, treatment, support, online forums, & more.