4/22/09

काँचो कचिलो, पचाउन सजिलो

चाउचाउ
काँचो कचिलो, पचाउन सजिलो
भोली बिहान toilet गर्न सजिलो
नेपालको सबै भन्दा लोकप्रिय
खाना खान दात उदाउनु होस् ।

काचै खानुस वा पकाएर खानुस,
तर पक्कै खानुस् , उपहारको लोभमा
चाउचाउ कम्पनीलाई धनी बनाउनुहोस् ।

अनी साथसाथै
आफ्नो हड्डि नि कम्जोर बनाउनुस्
पेटको पाचन शक्तिनि गुमाउनु होस् ।

I got the related below's post in theprincesdiaries.wordpress.com.

चाउचाउमा उपहार

चाउचाउ खाएँ मैले हिजो
पर्‍यो हिराको हार
धनी हुने सपना मेरो
हुने भयो साकार ।।


चाउचाउमै पर्‍यो मलाई
बुलडग र डाईनो
चाउचाउसित बस्यो मेरो
कहिल्यै नटुटिने साइनो ।।

चाउचाउमै पर्‍यो मलाई
दुई वटा खसी
कुखुरा र नयाँ लुगा
छाने कम्मर कसि ।।

फेरि पनि चाउचाउ खाएँ
लखपति भइयो
पाएको पैसाले
विदेश घुम्न गइयो ।।


चाउचाउमै पर्‍यो मलाई
मोबाईल सेट
खाएँ त्यो दिन
चाउचाउ भर पेट ।।

टि.भि र रेडियोमा
सधैँ मेरो नाम
जता हेर्‍यो त्यतै
बढ्‍यो मेरो शान ।।

उपहार पाउँदा
मख्ख म परेँ
झसँङ्ग भई उठ्‍दा
खाटबाट लडेँ ।।

Related Links:
- Instant Noodles bad for health?
- Instant Noodles can cause Cancer
- it's harmful to eat instant noodles often
- Correct way cooking instant noodles

4/16/09

मैले सपना देखेको छु।

आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।

दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।

बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।

छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।

नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।

पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।

Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।

नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।

छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।

धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर
पो बालेको छु।

चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न
असल काम मिहेनत गरेर खान पो जानेको छु ।

Kfc खान्छु mc Donald खान्छु
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।

this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.

4/7/09

काठमाडौंको घर जग्गा मेल्बर्न भन्दा नि महँगो

नेपालमा बस्ने लाई त था नै होला काठमाडौंको घर जग्गाको भाउ कसरी उर्लेको छ भनेर । बिस्व बजारमा मन्दी आइरहे पनि नेपालमा घर जग्गाको भाउले आकाश छोइरहेको छ। साधारण जागिर खाने मान्छेले काठमाडौंमा घर जग्गा जोड्छु भन्ने सपना मै मात्रै सिमित हुने भो। अहिले सुन्नमा आएको छ कि आय स्रोत खुलाउन पर्ने हुँनाले किनबेच कम भएको छ तर मुल्य चाँही घटेको छैन रे।

करिब आठ महिना अघी मेरा आफन्तले घर जग्गा किन्न थालेका थिए म पनि कत्तीनै जाने सुन्ने भएर जग्गा हेर्न गएको थिए । मेरा फेरी पारा नै छुट्टै थियो मज्जाले ठाटिएर हाइ हिल लगाएर गइयो गाडीमा जाने गाडी मै आउने भन्ने हेतुले। हामिलाई पुग्नु थियो भक्तपुर। ललितपुर् हुदै भक्तपुर र भक्तपुर बाट छल्लिदै छल्लिदै NEC College सम्म पुगियो। नेक कलेजबाट नि उतै पुगियो। त्यस पछी हिंड्न पर्ने भो त्याहा बाट कुनै सवारी साधन नजाने भो अहो!!! अब मेरो हाइ हिलको पिडा आँफै गेस गर्नु होला अनी बुझ्नु होला करीब १५ मिनेट हिडियो सानो गोरेटो बाटो , गाल्टाङ गुल्टुङ बाटो । कस्तो सुन्सान कहाँ पो आइयो जस्तो लाग्यो।

हिड्दै जादा डाडो जस्तो ढिस्को आयो त्यहा गाई र बाख्रा चरिरहेका थिए, साना तिना बुट्यान् पनि थिए। भिरालो भिरालो पहाड जस्तो थियो। मेरो जुत्ता खुट्टाबाट हातमा पुगी सकेको थियो। खै जग्गा आएन मेरो प्रश्न तेर्सियो।जग्गा मिलाउने लमिले उज्ज्यालो मुख पार्दै भने यही हो जग्गा

हामि त तीन छक् परेर आफन्त र म त मुख हेरा हेर ग-र्यौ। ए बा ! बा! जग्गा खोइ त यस्को सिमाना खै त? भनेर सोध्यौ । केही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो ।यो सिमाना हो भन्छ। यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैनकेही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो भन्छ । यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैन त्यस्तोमा के को घर जस्तो लाग्यो। अझ अचम्म त तब लाग्यो जब मुल्य था पाइयो । आना को १ लाख ६० हजार रे।

Valleyhomes, Nepal, elm type home it costs 1 karod 75 lakh.

ए प्रभु !! रक्षा गर !! भन्दै त्यहाबाट हामी त सुइको ठोक्यौ। कसम !! त्यो दिन पछी मलाई कसैले घर जग्गा हेर्न जाउ भन्यो कि हासो उठ्न लाग्यो। त्यस्को केही महिना पछि म अष्ट्रेलिया आए। ति आफ्न्तले पछी मलाई च्याट्मा सुनाए । थुइकक् त्यो जग्गा लिनु पर्ने रैछ अहिले त आनाको ५ लाख भयो रे।

ए राता मकै भनेको जस्तो भयो। ६-७ महिनामा त्यस्तो बाख्रा चर्ने भिरमा त्यस्तो नाफा देखेर। न बाटो छ, न वर पर घर छ, न केही सवारी साधन सुबिधा छ, न बत्ती को पोल छ, पानीको पाइप छ केही न केही को त्यस्तो बाँदर लड्ने भिरको पैसा उर्लेको देखेर म पर्न सम्म ट्वा: परे नेपालको यस्तो चाल देखेर अष्ट्रेलियामा घरजग्गा किनबेच कस्तो हुदो रैछ भनेर कुत्कुताइ रह्यो।

BAYSWATER, Melbourne, it costs aud$325,000 around 1 karod 79 lakh nepali

यसो ईन्टरनेटमा real estate को साइट हेरेको Melbourne मा नेपाली करिब २ करोडमा सिटीबाट ४० मिनेट drive मा राम्रो राम्रो सुबिधा उक्त घर पाइने रैछ। लौ यो लिन्क हेर्नुस् त। जब कि नेपालको मेन area मा त्यो भन्दा महँगो पर्ने गर्छ अष्ट्रेलियाको डलरको हिसाबमा नेपाली रुपैयाँ ५० गुना सानो छ त्यो हिसाबले त नेपाली ५० हजारमा राम्रो घर आउनु पर्ने हो।

साधारण पाच-दश हजार कमाउनेले करोडौ पैसा कसरी कमाउने, आफ्नो घर जग्गा जोडेर हासी खुशी सुखी बिताउने सपना कहिले साकार पार्ने? जथाभाबी virtual रे रे को भरमा भाउ बडा बड गर्दा नेपालको अर्थतन्त्रमा USA जस्तो भबिस्यमा भयङ्कर प्रभाब पार्न सक्छ। यो बारेमा सबैको ध्यान जावोस। सबै जनाले टाउको छोप्न छाना पाउन। सबैको घर बनाउने बेसिक सपना पुरा हुन सकोस including me :)


A man travels the world over in search of what he needs
and returns home to find it. -George Moore