7/17/11

Melbourne Stands Up for Nepal


WE ARE NOT IN NEPAL, BUT WE STILL CARE ABOUT NEPAL'S FUTURE ; WE ARE HERE, BECAUSE WE CARE

The three month deadline set by the CA ends in August 2011. While they’re running out of time, they’re not running out of work. More than 90% of what they set out to do has still NOT been achieved. Even worse, completing the peace process and writing the constitution seems to be (increasingly!) going down on their priority list. This is not acceptable!

So let's get together to demand for accountability of our senior politicians and lawmakers, starting with delivery of what’s immediately expected of them - completion of the peace and the constitution drafting process. Essentially, that they DO the work entrusted to them.

They need to set their differences aside and for once put the country’s interests first. Clearly, the pressure needs to continue from all corners, including the street. Join us in sending the message: we’re watching you closely... beware!

join us on facebook : http://www.facebook.com/event.php?eid=111428838952559

7/14/11

our flag is more than just cloth and ink

I believe our flag is more than just cloth and ink.
It is a universally recognized symbol that stands for liberty, and freedom.
It is the history of our nation,
and it's marked by the blood of those who died defending it.


6/18/11

जुन जोडीको फोटोको विश्वमा चर्चा छ

क्यानाडा भ्यान्कोभरमा हकी म्याच भयो । खेलमा हार र जितकोकुरालाई लिएर ठुलो हुलदङ्गा भयो। खेलका पक्ष बिपक्ष बिच ठुलो तनाब भएर सडकमा टोड फोड भए अस्रु ग्यासनै छोड्नु पर्‍यो र हुललाई तहलाउन पुलिसले कत्तीलाई लछार पछार समेत गर्नु पर्‍यो । भोली पल्ट सबै पत्रिकामा हुलदङ्गाका ठुला ठुला न्युज छापिए तर यो हुलदङ्गालाईनै मात गर्ने गरेर एउटा फोटो पत्रिकामा छपियो जुन ईन्टरनेट र सोसल मिडियामा भाईरलको रुपमा गएर तहल्कानै मच्चायो।

त्यो फोटो थियो त्यस्तो तनाब बिच पनि एक जोडी बिच सडकमा बेफिक्री सुतेर किस गर्नु। त्यो फोटो देखेर मान्छेले आफ्नै आफ्नै अड्कल काटे, कसैले हिट हुन यस्तो गरेको भने कसैले यो साचो हुन सक्दैन भने तर खास कुरा के हो त्यो त फोटोमा भएको जोडीले नै भन्न सक्थे। भोली पल्ट यसरी जताततै पत्रिका, ईन्टरनेटमा आफ्नो फोटो देखेर ति जोडी एकदम चकित परेछन् र त्यो फोटो यती हिट भयो कि उनीहरुले मिडियामा आएर के भएको थियो भन्नै पर्ने भयो।

केटा अष्ट्रेलियाका Scott Jones थिए भने केटी क्यानाडाकि Alex Thomas थिइन्। उनीहरुको प्रेम भएको केही महिना भएको रहेछ र उनीहरु पनि गेम हेर्न गएका रहेछन् । फर्कदा बाटोमा
हुलदङ्गा भए पछी केटी बाटो मै लडिछन र केटाले साहनुभुति दिन मायाले किस गरेका रहेछन । त्यो केबल १-२ सेकेन्डको मोमेन्ट रहेछ तर क्यामरा म्यानले(Rich Lam) झ्याप्पै कैद गरेछन्।
Scott Jones र Alex Thomas टि.भीमा इन्टरभिउ दिदै अर्को फोटोमा केटी लडेको

जुन कैद गरेको फोटोले त्यहाँ भएको ठुलो तनाबको समाचारलाईनै ओझेल पारी दियो। यो फोटो देखेर धेरैले माया गर्नु पर्छ झगडा होइन, मायाको माझ झगडा फिक्का छ भने । केटा अष्ट्रेलियन हो भन्ने था' पाएर अष्ट्रेलियाले नि ठुला ठुला अक्षरमा अष्ट्रेलियन मायालु हुन्छन भनेर छाप्यो।

त्यो फोटोले गर्दा ति जोडी यती हिट भए कि बिस्वभरका पत्रकारको फोनको ओइरो लागेको छ रे , फेसबुकमा पनि चिन्नु न जान्नु मान्छेहरुले साथीको लागि अनुरोध पठाएका पठाइ छन् रे।


5/27/11

वाहु!! मेरो ड्रिमल्यान्ड

यसपाली राजेश हमाल र करिस्माको फिल्म "यो मायाले लौन के गर्‍यो" ओस्कारमा छानिएछ ।
यती राम्रो बिषय बस्तु, यस्तो टेक्नोलोजी प्रयोग गरेको देखेर हलिवूडबाट केही मान्छे आउँदैछन् रे सिक्न।

हलिवूडकै कुरा गर्दा मेरो धेरै साथीहरु अमेरिकाको हवाइमा घुम्न जादै छन खै भिजिट अमेरिका २०११ रैछ ।
नेपालमा खुब प्रचार गरेको गरै छन्। आखिर तिनीहरुको देशमा घुम्न गै दिने नेपालीहरु नम्बर १ देश पर्छ नि ।

घुम्नेकै कुरा गर्दा नेपालीहरु इजिप्ट पनि त खुब जान्छन नि तर त्यहाँ त खुब बन्द हडताल हुन्छ रे, कस्तो होला है बन्द भनेको नेपालिलाइ कहिले भोग्नु परेको भए पो? त्यसैले नेपालीलाई अली सेफ छैन भनेर नेपाली सरकारले सतर्क गरी सकेको छ।

सतर्ककै कुरा गर्दा यसपाली हामीले धेरै भन्दा धेरै पानी प्रयोग गर्नु पर्ने छ किन कि पानीको मुहानमा यती धेरै पानी जम्मा भएछ कि ओभर फ्लो हुने डरले प्रत्येक घरले ३० हजार लिटर बढी फ्रीमा चलाऊन पाउने भएका छन्।

चलाऊनेकै कुरा गर्दा पूर्व मेची देखी पश्चिम महाकाली सम्म अप्टिकल फाइबर ओछायाएकोले इन्टरनेट अत्यन्त छिटो भएकोले नेपालको यस्तो भुपेरिबेस्टिक देशमा त जमिन मुनी अप्टिकल फाइबर छ भने अष्ट्रेलियामा पनि पुरै अष्ट्रेलियामा कसरी छिटो ईन्टरनेट चलाऊन सकिन्छ भनेर त्यताबाट केही प्राबिधिकहरु प्रबिधी हेर्न आउने भएका छन्।

आउनेकै कुरा गर्दा नेपालमा मास्टर्श सम्म पढाई फ्री र विश्वब्यापी मान्यता भएकोले यूरोप तिरका विधार्थीको ताती छ ।अस्ती एकजना लण्डनको केटीको ब्लग हेरेको उसको सपना भनेकोनै नेपाल गएर पढ्नु रहेछ, तीन चोटि भिसा अप्लाई गर्दा नि पाएकी रैनछीन् । बिचरीले यसपाली पनि कोशीस गर्ने छु भनेर लेखेकी छिन् ।

लेख्नेकै कुरा गर्दा हाम्रो बुद्धी सागरले लेखेको कर्णाली ब्लुज विश्वभरका पाठकले एकै चोटि पढे, खै त्यो जे के रोलिङ भन्ने ले पनि ह्यारी पोर्टरको अर्को भाग कर्णाली ब्लुज जस्तै बनाउने प्रेरणा लिएकी छिन् रे।

लिनेकै कुरा गर्दा नर्बेले हाम्रो देशबाट ६० बिलियन उधारो लिएको थियो रे खै तिर्ने खोजी गर्दैन। अस्ती एउटा जापानिजले नेपालको खुब तारिफ गर्दै थियो त्यहाँ भुइचालो आउँदा नेपालले टन्नै सहयोग गरेको रहेछ।

सहयोगकै कुरा गर्दा नेपालको शिक्षादर १००% छ तर साउथ कोरियाको महिला शिक्षादर ९७.३% भएकोले सबै महिला शिक्षित भए परिवार हुन्छ र परिवार शिक्षित भए देश् बलियो हुन्छ भनेर शिक्षादर १००% बनाउन नेपालबाट ३ बिलिएन पाएछन्।

पाउनेकै कुरा गर्दा आजकाल टि.भीमा बच्चा पाउ पाउ भनेर खुब बिज्ञापन आउछ। नेपालको जन संख्या कम भएकोले बढाउन आईमाईलाई एक बर्ष तलबी बिदा र १० लाख उपहार नि पाउने भएका छन तर ह्या बुढेसकालमा सरकारले पाली हाल्छ किन बच्चा सच्चा पाएर किन टेन्सन लिनु भनेर तेती वास्ता गरेका छैनन्।

वास्ता कै कुरा गर्दा दुबइ, कतार, साउदी अरब, मलेसिया, सिङापुरबाट लेबर कामको लागि आउनेले पनि श्रीमती र छोरा छोरी ल्याउन पाउने भएका छन। हाम्रो देशले काम मात्रै गराउने होइन कामदारको परिवारको नि कती वास्ता गर्छ भन्ने उदाहरण हो यो । नेपालको यस्तो नयाँ नियमले गर्दा ति देशका परिवारजनमा धेरै खुशि ल्याएछ।

खुशी कै कुरा गर्दा यि माथिका कुरा सोच्दा पनि कती मन खुशी हुन्छ, आन्दित हुन्छ, प्रफुल्ल हुन्छ,रोमन्चित हुन्छ ।
हामी कती तेस्रो देशको नागरिक हुने, कती बि.बि.सी र सिएनएनमा बन्द हड्ताल र गरीबिको डकुमेन्ट्री हेर्ने, कती आफ्नो देशको लागि हात फैलाउने त्यसैले हामी विश्वको जुन कुनामा भए पनि आफ्नो देशको लागि केही गरौ। जस्तो तरिकाले सहयोग गर्न सकिन्छ तेही गरौ।

I like to see a man proud of the place in which he lives. I like to see a man live so that his place will be proud of him. ~Abraham Lincoln

5/8/11

क्षमा गर अनी बिर्स – forgive & forget : story

नाइ आज मलाई केही गर्न मन छैन।
मेरो बोयफ्रेन्डले पिन्क सर्टको टाक खोल्दिन लाग्दा रोक्दै भन्छु।
एक हप्ता पछी यो भमराले फुल देख्न पाएको छैन हेर्न दिन्नौ।
अह!! आज मलाई केही कुरामा मुड छैन, म मुख ठुस्स पार्दै भन्छु।
ल अधेरी, अब भनिदिउ यो तिम्रो मुहारमा सनलाइट ल्याउन मैले के गर्नु पर्‍यो त दिच्च हाँस्दै सोध्छन ।
केही न केही मेरो जवाफ सधैंको जस्तो।
ए!! सुन त एउटा कुरा तिम्रो हुनेवाला सासुले तिमीलाई धेरै धेरै माया रे है आज बिहान मैले फोन गरेको थिए।
आज आमाको मुख हेर्ने दिन तिमीले हेर्यो त ?
ह्~या यस्तो कुरा नगर, मलाई यस्तो कुरामा विश्वाश छैन तिमी लाई था छ त म कस्तो छु भन्दै सन्केर मेरो बोयफ्रेन्डको काखबाट टाउको उठाएर फिजिएको कपाल सम्हाल्दै उठ्न खोज्छु।
त्यतिकैमा मेरो कपाल तान्दै एउटा रसियन आएर हाम्रो होटेलमा बसेको एक हप्ता भयो । मलाई भन्दै थियो तपाईंकि प्रेमिकालाई एक चोटि म भएको ठाउँमा पठाइ दिनु म्यानेजर साहेब। १०४ न को कोठामा बस्छ। त्यो मान्छेमा केही न केही छ।
तिमीले एक चोटि भेट्नै पर्छ।
मलाई अच्चम लाग्यो र हाँस्दै भने के हो तिमी यस्तो चरित्रहिन हौला भनेर मैले सोचेको पनि थिइन मलाई अब एक्लै होटेलको कोठामा पठाउने ।

मेरो विश्वाश गर न!! त्यो मान्छेले तिमीलाई एक्लै भेट्न चाहन्छ। अहिले सम्म त तिमिले मेरो कुरा कहिले पनि मानेकि छैनौ। मेरो लागि भए पनि पहिलो र अन्तिम चोटि मानी देउ ।

ल ठीक छ आज म तिम्रो लागि जान्छु । अब तिमी चाहन्छौ भने म बेश्या पनि बन्छु अनी भेट्ने मान्छेको नाम त होला नि? मुसु मुसु हाँस्दै सोध्छु ।
छ नि फिडोर गोर्ब्याचेब।
तिमी अहिलेनै गई हाल न फेरी ५ बजे त्यस्को चेकआउट छ ।
ल ल के सारो आतुरी हो आफ्नो गर्लफ्रेन्डलाई कलगर्ल बनाउन हाँस्दै स्कुटरको हेल्मेट उठाउदै आँखा सन्काउछु।

न्यूरोडबाट स्कुटर स्टार्ट गरेर म होटल हायात तिर बत्तिन्छु किन होला, के होला, म त्यो मान्छे लाई किन भेट्न जादै छु । दिमाखमा केही आइडिया थिएन। बाटोमा यस्तो जाम थियो कि चाबेल निर सडकमा एक इन्च पनि कतै सार्ने ठाउँ थिएन मलाई पनि मेरो जीवन यस्तै ठाउँमा आएर अड्किए जस्तो लाग्थ्यो । आफ्नो भन्नु एउटै आमा पनि आफ्नो होइनन् जस्तो लाग्थ्यो । सानै देखी आफु होस्टल बस्नु परेको र आमा कहिले पनि भेट्न नआएको कुराले मननै अमिलो भएर आउथ्यो । कहिलेकाही साथीको आमाले मेरोघरमा पुराइ दिनु हुन्थ्यो तर आमा उनिको बोयफ्रेन्डसँग र कामसँग यति बिजी हुन्थिन कि मलाई यो आमा शब्दसँग घिर्णा लाग्न थाल्यो । अब अहिले आएर आमाले लामो समय सम्म रहेको उनिको बोयफ्रेन्डसँग बिहे गर्ने निर्णयले त मलाई उनीको मुख पनि हेर्न मन थिएन । बरु म नजन्मेको भए हुन्थ्यो, बुवाले पनि सानैमा छोडेर जान पर्ने। मलाई संसारमा सबै भन्दा मन नपर्ने शब्दनै आमा थियो।

टि टि ट् पछाडि बाट ठुलो ट्रकको हर्न बज्छ । ए बाटो त खुली सकेछ म त कस्तो हुस्सु केही सोचे पछी सोचेको सोचै हुने। जाम धेरै खुलेछ म सरासर जोरपाटी हुँदै हायात होटेल पुग्छु र रिसेप्सनमा सोधेर फिडोर को ढोका ढक्ढकाउन पुग्छु।
अग्लो, मोटो र लामो दारी भएको मान्छेले ढोका खोल्दै अङ्रेजीमा तपाईं म्यानेजरको मुटुको ढुक ढुकी? आउनुस् भित्र मलाई था’ थियो तपाईं आउनु हुन्छ भन्ने अली विस्वस्त साथ् हास्दै फिडोरले भने मेरो नेपालको बसाइ एकदम राम्रो भयो। यो होटेलको म्यानेजरले धेरै सहयोग गर्नु भयो। तपाईंको बारेमा उहाले धेरै कुरा गर्नु हुन्थ्यो र मैलेनै तपाईंलाई भेट्ने इक्षा गरेको थिए। तपाईंलाई केही आपती त छैन। मैले पनि अनि कन्फीउज् पाराले अह् छैन् छैन भने।

ल यहा बस्नुस् सेतो कपडामा बस्न लगाए र ल अब आखा चिम्म गर्न गर्नुस् ।के भै राखेको थियो केही था थिएन तर भलादमी जस्तो देखिने फिडोरले भनेको मान्न म तयार थिए।
उनले आँखाले देखे जस्तै गरी मेरो र आमाको हरेक क्षण सबै भने जुन् कुरा मेरो बोयफ्रेन्डलाइ पनि था थिएन।
फिडोरले भने तिम्रो दिमाख धेरै कुरा रहेछ र मनमा धेरै पिडा पनि रहेछ।
हो यो सत्य हो मैले टाउको हल्लाउदै भने।
तिमी यो पिडा बाट मुक्ती पाउन सक्छौ उनी भन्छन।
साच्चै कसरी म सोध्छु?
उनले फेरी आँखा चिम्म गर्न लगाउछन र भन्छन अब तिमी यो पिडाबाट मुक्त हुन सक्छौ तर मैले भनेको मान्नु पर्छ।

मैले हुन्छ मान्छु भने।सुन आमा तिमी भन्दा ठुलो मान्छे तिमी जतीनै आमाको बारेमा नराम्रो सोच्छौ त्यतीनै तिमीलाई पिडा हुन्छ तिमी जिन्दगी भर कहिले पनि सुखी र खुशी हुन सक्दिनौ। म तिमी लाई २ वटा कुरा भन्छु त्यस्ले नै तिम्रो पिडा हटाउछ त्यो हो forgive and forget अर्थात क्षमा गर अनी बिर्स । फिडोरले तेती भने पछी मलाई के हुन्छ के हुन्छ म त्यहाँ अब एक सेकेन्ड पनि बस्न सक्दिन धन्यवाद भनेर म उनको मुख पनि नहेरी घर तिर फर्कन्छु।

बाटोमा फेरी जाम थियो मेरो छाती भत् भत् पोलेको थियो आमाले दु:ख गरेर मलाई नपढाएको भए म आज कसरी अफिसमा काम गर्ने हुन्थे र आमाको जागिरनै तेस्तै थियो नि बाहिर गई राख्न पर्ने सधैं स्कुलमा भेट्न पनि त आउन पाउनु हुन्थेन नि , फेरी म होस्टलमा बस्ने, बुवा बिहा गरेको २ बर्षमै बितेकोले आमा लाई पनि त एउटा साथी चाहिन्थ्यो नि फेरी म पनि त अब हुर्के अबको २ बर्षमा बिहा गर्छु त्यसपछी त आमा झनै एक्लै हुनु हुन्छ । उहालाई कस्ले हेर्छ ? अब म प्रतीको जिम्मेवार सकिएर बिहा गर्छु भन्दा के बिग्रियो त?

मलाई अब अर्कै किसिमको पिडा हुन्छ । मैले आमालाई क्षमा दिने होइन मलाई यतिका बर्ष सम्म मेरो लागि गरेकोमा धन्यबाट दिनु थियो । मैले आमाको कार्य लाई बिर्सने होइन आमाले मेरो लागि कती गर्नु भयो भनेर सधैं सम्झनु थियो ।

म कती सम्म स्वार्थी थिए भने आमाले २२ बर्ष सम्म मेरो लागि गर्नु भयो आज म कमाउने छु आज आमाको मुख हेर्ने दिनमा एउटा मिठाइको बट्टा समेत लगेर दिने कोशीस गरिन । धन्य ति आमा जसले अहिले सम्म सहिन!!


यि कुरा सोच्दा सोध्दै गौशाला को कपडा पसल अगाडि निलो कुर्था झुन्डाएको देख्छु । अली अली जाम छिचोल्दै कपडा पसलको आगनमा स्कुटर ल्यान्ड गर्छु । निलो कलर मेरो आमालाई मन पर्छ भन्दै मैले कुर्था किन्छु अनी सँगै जोडीएको मिठाइ पसलबाट मिठाइ पनि किन्छु । ए ल झन्डै बिर्सेंको साउजी सोना पाप्री पनि दिनुस् त मेरो आमालाई एकदम पर्छ । आफ्नो आमा प्रती हक जमाउदै सार्है प्रफुल्ल मुद्रामा माग्दै थिए हो बैनी मेरो आमा लाई पनि मन पर्थ्यो गएको साल बित्नु भयो तपाईं राम्रो सँग खुवाउनुस् भनेर साउजीले सोना पाप्रीको बट्टा दिदै भने ।

मिठाइ पसल बाट बाहिर निस्के बाटो अझै जाम नै थियो । पशुपती जाने बाटो तिर हेरे । सानी सानीले फूल प्रशाद बेची रहेकी रहेछिन । उनको सानो पसल अगाडि गए र बहिनी मलाई राम्रो राम्रो फुल को गुच्छा बनाएर देउ न । दिदी फुल मात्रै त महँगो पर्छ नि सानी नानी भन्दै थि । जती परे पनि परोस तिमी सँग भएका सबै भन्दा राम्रो राम्रो फुल छानेर गुच्छा बनाएर देउ मैले भने। कुन कुन कलरको हाल्दिउ दिदी ? सबै कलर जस्ले जिवनमा खुशी ल्याउछ । आज मेरो जीवन र खुशी दिने भगवानलाइ चढाउनु छ…

4/16/11

बिदेश जान नक्कली दुलही


"Marriages are made in heaven अर्थात विवाह स्वर्गमा बनाइएको हुन्छ" यो भनाइ लाई नेपालीले गोल खुवाइ दिएका छन्। तातीका ताती बिदेशजानलाई भर्खर जुङ्गाको रेखी पनि नबसेकाहरु विवाहित भएको देखेर कस्तो अटुट प्रेम रहेछ भनेर भिसा दिने मान्छे नि जिल पर्दा हुन। अझै जिल्ल त बिदेश आएको केही बर्षमानै डिभोर्श गरेको देखेर पर्दा हुन।

एउटा भिसामा अर्को फ्री उपहार पाउने हुनाले नेपालका केहि कन्सल्टेन्सीले यस्तो जुक्ती लगाएर बिहावारी पनि गर्दिने लमी काम गर्छन् । धेरै नक्कली दुलाहा दुलाही बन्न सफल पनि भए बिदेश पनि आए तर अहिले आएर बिदेशीहरु चुप लागेर बसेका छैनन् । अहिले अष्ट्रेलियामा साचिकै पढ्न आउने तथा साचिकै विवाह भएकोलाई पनि धेरै प्रमाण बुझाउनु पर्ने अवस्था छ। बिद्यार्थी भिसामा पनि एकदम कडाइ गरिएको छ भने विद्यार्थीले अष्ट्रेलियामानै विवाह गरे पनि आफ्नो पार्टनरलाई डिपेन्डेन्टमा राख्न एकदम गार्हो छ ।

तेस्तै गरेर वेलायत सरकारले २१ अप्रिलदेखि लागू गर्न लागेको नयाँ नियमले करिब १५ हजार विद्यार्थी र तिनका १० हजार ‘डिपेन्डेन्ट’ प्रभावित हुने भएका छन्। नयाँ नियमले विद्यार्थी तथा तिनका ‘डिपेन्डेन्ट’लाई काम गर्न रोक लगाउनेछ। बेलायतको चर्को महगो शहरमा काम नगरि पढ्न नेपाली को लागि बडा कष्टकर हुनेछ। बेलायतमा झन नक्कली विवाह गरेर जानेहरुलाई त दातमा नराम्रो सँग ढुङ्गा लाग्ने छ न आफ्नो बुढी भनेर सँगै दु:ख बाढ्न पाउने छन न त काम गर्न पाउने छन्।

तेस्तै गरेर अमेरिकामा पनि ग्रीन कार्ड को लागि आफु भन्दा दोब्बर तेब्बर उमेरकालाई नि बिहा गरेर सुनिन्छ।
अब यो नक्कली बिहा गरेनी फेरी सक्कली डिवोर्सको ट्याग त जिन्दगी भर बस्छ नै । हाम्रो समाजको सात जन्म सम्म तिम्रै हुन पाउ भन्ने उखान त गोल खाडी नै खाने छ।

नक्कली बिहाले गर्दा साच्चै बिहा गर्दा धेरै समस्या पनि भोगेको बिदेशमा देख्न सुन्न सकिन्छ। हुन त नेपालीहरुको पनि आफ्नै बाध्यता र परिस्थितीले गर्दा यस्तो गरेको हुन सक्छ तर नक्कली काम गर्दा भबिस्यमा आइ पर्ने सक्कली दु:ख पनि मनन गर्न जरुरी छ।

3/28/11

रमाइलो भेट भूमिका सँग

सात बर्ष पछी भेटेको साथीको फेसबुकमा एक्कासी बच्चा सँगको फोटो देख्दा त छक्कै परे नि। भूमिका हाम्रो नजरमा पढन्तेमा गनिन्थिन। हामी चाँही अर्काको नोट सार्ने, पसलमा चिया खाएर गफिने, मेरो त कुरै छाडौ न लब गरेरनै कलेज सकेको थिए। बिहानै उठेर कलेज जानु, मैती देवी मन्दिर वरिपरि घुम्नु, दाँया बाँया कोही नदेखे एक दुई चुम्मा दन्काउनु, त्यो मेरो कलेजको दिन चर्या थियो।

हाम्रो कलेजको खैरो प्यान्ट थियो एक दिन त भूमिकाले मिकिम माउसको कार्टुन भएको स्टिकर घुडामा टासेर आइन मलाई किन हो किन उनको यो नयाँ फेसन देखेर भित्र मनमा लाग्यो, भूमिका पछी गएर ठुलै मान्छे बन्ने छिन । उनको आफ्नै स्ट्याल थियो, कोही सँग बोल्न नडराउने खाल्को बानी थियो। जुन कुरा अहिले उनको ब्लग र भिडियो ब्लगमा प्रस्टै देखिन्छ। सरहरु संग पनि फ्याट् फुट्ट् सोधि हाल्ने तर बिपरित मलाइ त नेटवोर्किङको बिषयमा पाकशिक्षा पढाए नि बाल मतलब थिएन। :)

कलेजका दिन पछी भेट भएन तर फेसबूकको कृपाले अहिले यस्तो मौका मिल्यो। भूमिकाको प्रस्ताब थियो नेपालको बारेमा संयुक्त ब्लग गरौ भन्ने। अब नेपालभन्ना साथ बत्ती छैन , पानी छैन, पेट्रोल छैन, महङाइ छ, राजनीति अस्तिरता आदी इत्यादी कुरा आउछन जुन कुरा मलाई पट्टकै लेख्न मन थिएन। अब माया पिरतीका कुरा लेखौ भने ह्~या के लेख्नु अब यौन शिक्षाको बारेमा लेखौ भने पढ्नेलाई शिघ्र स्कलन र ओर्गयाजमको समस्या होला अथवा मेरो ब्लगनै पोर्न ब्लग भन्ठानेर जे पायो तेही कमेन्ट फ्याक्लान। फेरी म त्यस्तो प्रोफेस्नल ब्लगर पनि त होइन, इच्छाधारी ब्लगर को के ठेगाना । :)

त्यसैले मैले भूमिकालाई म नेपालको बारेमा केही लेख्छु भने पनि नेपाली नेताको पारा झै लेख्छु लेख्छु भन्दा भन्दै लेख्न केही फुरेको थिएन। त्यस्को लागि यही बाट माफ माग्छु।

क्रमस...यो भागको बाकि छिटटै लेख्नेछु

भूमिका को ब्लग यहाँ पढ्नु होला...उनी अङ्रेजीमा लेख्छिन।

ex-gf ले सोध्लिन नि के काम गर्छ भनी..

it goes with jhalak man gandraba style hai..

आमैले सोध्लिन नि के काम गर्छ छोरो भनी
काम सजिलै छ भन्दिए!!

बाबैले सोध्लान नि के काम गर्छ स्वाठ भनी
काम सिक्दै छ भन्दिए!!

दाईले सोध्लान नि के काम गर्छ लठ्ठु भनी
काम गार्हो छ भन्दिए!!


भाईले सोध्ला नि के गर्नु हुन्छ दा भनी
खर्च कम गर भन्दिए!!

बहिनीले सोध्ली नि के काम गर्नु हुन्छ दादा भनी
तिहारको हिसाब गरी राख भन्दिए!!

साथीभाइले सोध्लान नि के काम गर्छ यार भनी
बिदेश नआउ यार भन्दिए!!


प्रियाले सोध्लिन नि काम गर्छ उ भनी
दुई- चार बर्ष कुर भन्दिए!!

एक्स्-प्रियाले सोध्लिन नि के काम गर्छ भनी
एकदम मोज छ तिमीले मिस ग-र्यो भन्दिए!!

छिमेकीले सोध्लान नि बाबु के काम गर्छ भनी
बैंकमा म्यानेजर छ भन्दिए!!

बिदेशमा पढ्न गएको !!
कहिले cleaning कहिले kitchen hand गरेको!!
कहिले university कहिले housekeeping गरेको!! दु:ख के हो राम्रै सँग बुझेको!!
पढि लेखी ज्ञानी गुनी भै आमा तिमीलाई भेटन आउछु भनी सोचेको!!

3/17/11

लोला: हान्नेलाई मस्ती खानेलाई सास्ती


नहान है बाटोमा नचिनेको मान्छेलाई आफु आफु मात्र खेल । बिहान देखी बुवाआमाले भाई र भाईका साथीहरुलाई भन्दै हुनु हुन्थ्यो केटाहरु के मान्थे आँखा झिम्मिक के गरेका थियौ, आफु आफु खेल्दा खेल्दै प्वाकै एउटा केटीको टाउकोमा नै हानेछन्। त्यस पछी ति केटी पनि कम रहिनछिन् हातमा अटेको ढुङ्गा लिएर झ्याम्मै घरको झ्यालमा हानिन घरको झ्यालको सिसा झ्याम्मै। तेती मात्रै होइन उनले बाउ, बाजे, जिजु बाजे सबैलाई सराप्न भ्याइन । तह नलागेका बिग्रेका छाउडाहरु रे । लोला पिडितको गालिले कान भरिए पछी बुवा र आमाको गाली त बोनस छदै थियो।

एकछिन अघी सम्मको रमाइलो बातावरण शान्त हुन्छ। होलीको रमाइलो तेतिकै न्यास्रो हुन्छ। भाईहरुले अब जिन्दगी बाटोमा नचिनेकोलाई हान्ने छैनन तर यदा कदा यो कुरा सम्झेर हामी खुब हास्छौ। सराप लाग्ने भए हामी मरी सकिन्थ्यो भनेर।


अब गल्ती कस्को भन्ने बाउ आमाले त नहान नै भन्छन जोसमा होस हराए पछी केटाकेटी बाटोमा हिंड्नेलाई प्वाक्क अझ कोही कोही त होलीमा लोलाले नहाने फुलले हान्ने त भन्छन?

वास्तवमा रङहरु मलाई असाध्य मन पर्ने भए पनि होली पटक्कै मन पर्दैन कारण हो लोला। होली आउनु १ हप्ता देखी लोला का सुम्ला खाएका नमिठा अनुभव छन्। कस्लाई गाली गर्ने वर पर कोही देखीने भए पो कौसी र झ्यालबाट हानेर लुके पछी कसलाई गाली गर्नु।

अब अहिले लोला हान्नेलाई पुलिस ले पक्डने रे, लोला नहान्न माइकिङ गरेका छन् रे । अब काठमाडौंको सबै ठाउँमा पुलिस पुराएर कहाँ सक्नु बरु त्यो लोला बेलुन बेच्नेलाईनै कारबाही किन गर्दैनन ? पसलमा चाँही खुल्लम खुल्ला बेच्न दिए पछी केटा केटी हरु किन्छन हान्छन।

2/28/11

सुत्केरी लाई तेल र ट्यान

बङलामुखीसम्मको हिडाई सुपर लाइस्क् भनेर मैले अघिल्लो ब्लग पोस्टमा भनेको थिए। बङलामुखीबाट सिधै सानो गल्ली छ त्यो गल्लीबाट चाकुपाट छिर्ने बाटो छ। चाकुपाट पुग्न त्यो गल्लीबाट २ मिनेट जती हिंड्न पर्छ होला मैले अहिले त्यो गल्लीको नाम नै बिर्सें हे प्रभु!! त्यो गल्ली यस्तो गनाउछ कि कुरै नगरौ, नाक, मुख थुनेर हिंड्न पर्छ। अझै कहिले काही त आँखा नै छोप्न पनि मन लाग्छ किनकी आमा बाउले नानीहरुलाई घर अगाडिनै आची गराइ रहेका हुन्छन।

ठस् ठस् गनाउने फोहोर, घरै घरले कचाक कुचुक परेको त्यो ठाउँमा पछाडि दाँया बाँया कतै ठाउँ छैन । सानो ठाउँ छ त्यो हो घर अगाडिको सडक!! प्रभु पाचौ पटक सुत्केरी बनेको जस्तो भ्यात्त परेको ज्यान प्रदर्सन गरेर सडकमै बसेर तेल लगाए पछी कुइरेहरु नि यही हो मौका भनेर नाक मुख थुन्न छोडेर फोटो खिच्न ध्यान हुने। त्यो बडो अजङ्ग ज्यान भएको सुत्केरी र लुते बालकले तेल लगाएको देखेर त भर्खरै दौडमा जित्छन् कि जस्तो लाग्ने।

मैले कुनै पनि बिकशित मुलुकमा सुत्केरीले यसरी घाममा सेकिएर तेल लगाएको देखेको छैन हो हामी सबैलाई भिटामिन डि चाहिन्छ जस्को लागि १५ मिनेट जती घाममा बसे पुग्छ अरु बेला वास्ता छैन तर सुत्केरी भएको बेला मात्रै घाममा बस्ने अनी घिउ र भात खाने अनी ड्रम जस्तै मोटाउने।


मैले केही दिन अगाडि टुइट गरेको थिए विवाह गरे पछी नारी को आधा लाज हट्छ अनी बच्चा भए पछी सम्पूर्ण लाज हट्छ। सायद त्यो आमाको माया र ममता हो तर बाटोमै यसरी बस्दा खैरेहरु लाइ दाउ पर्दो रैछ अनि फोटो खिचेर कडा कपिराइट् राख्दा रहेछन्। मैले देखेको सिन पनि करिब यस्तै हो । जस्लाई टोड र भयाम्पायर सिटी भन्नेले (माथिको फोटो) आफ्नो क्यामरामा कैद गरेको रहेछन्।

धेरै जसो त सुत्केरी बेला बेस्करी घिउ खाएर मोटाएर पछी सम्म पनि महिलाहरु पहिलाको सेपमा आउदैनन् कत्तीले भन्छन बच्चा पाउदा जिउ बढ्छ तर म भन्छु केहीको बच्चा पाएर होला तर धेरै जसोको त्यो बेला चाहिने भन्दा बढी फ्याट खाएर नचाहिएको वजन पाउने गर्छन् जस्ले गर्दा पछी गएर बिभिन्न रोग लाग्ने गर्छ । हुन त म डाक्टर होइन तर गुगल गर्दा सुत्केरि हुदा जे भएको घिउ भातमात्र नखाएर त्यो बेला प्रसस्त मात्रामा भिटामिन, प्रोटिन, आइरन क्याल्सियम र फलफुल खानु पर्छ भनेर भेटियो । खै किन को कुन्नी नेपालमा त चुहिने गरेर घिउ र भातनै खाएको देखिन्छ।


अर्को कुरा केटा केटीलाई गाजल लाइदिने । सायद नेपालमा कसैलाई था' छैन होला साच्चै गाजलले के फाईदा पुराउछ। यदी सोध्नु भयो भने भन्छन आँखा राम्रो हुन्छ रे, तेसो भए त नेपालमा आँखाको डाक्टरनै नचाहिनु पर्ने किनकि ९०% आमाले छोरा छोरीको आँखामा गाजल धसिदिएका हुन्छन। हे भगवान शिव जी!! दिमाख लगाउनुस् न आँखा राम्रो हुन्छ भनेर खुर्सानी लगाउने त? मैले गुगलमा सारा खोजे गाजलले आँखा चम्किलो बनाउछ भनेर कतै भेटिन,एउटा कुरा मानौ सौन्दर्यको हिसाब ले राम्रो, हिस्सी, कियुट बनाउला तर बरा बिचरा बच्चालाइ के था उसको आँखाको गाजल लत्पतिएर पुरा अनुहार नै तर्साउने जस्तो हुन्छ।

मेरै कुरा गरौ मेरो सबै सानो बेलाको फोटोमा गाजल लगाइको छ त्यस्को मतलब मेरो आँखा भयंन्कर चम्किलो तेजिलो हुन पर्ने तर मैले अहिले एउटा आँखामा ४.५ अर्को आँखामा ५ को पावर छ त्यो पनि मैले १२ बर्षको उमेर देखी लगाउन सुरु गरेको। चस्मा लगाएन भने पाच मिटर पारी सबै धमिलो देखिन्छ। अब तपाईं आँफै भन्नुस् म कसरी यो गाजले कुरा पताउ?

अन्तमा तपाईं सुत्केरीमा बेस्करी तेल लगाउनुस, पाथीका पाथी घिउ खानुस, छाला डढ्ने गरि घाममा बस्नुस, बच्चाको आँखा भरी गाजल लाइदिनुस्, भटमास जत्रो कालो टिका पनि लाई दिनुस् मलाई समस्या छैन तर पढे लेखेको मान्छे भएर हामी के गर्दै छौ त्यसको असर फाईदा जनक छ कि छैन बुझेर परम्परा फलो गर्ने हो कि?

2/23/11

टुइटरबाट अन्जानको बाबु खोज्न सहयोग

बिहा भएपछी फेवाताल र बिन्दबासिनी मन्दिर देखाएर यही हो मैया हनीमुन भनेर मेरा प्यारा स्वामी जि तर्कन खोजेको जस्तो लाग्या'थ्यो तर म कहाँ मान्थे र मेरो माग न्युजल्याण्ड थियो तर हिजो आएको ६.३ रेक्टर स्केलको भुइचालोले हाम्रो जाने है भनी सकेको प्लान धम्फुस भएको छ। बिचरा क्राइसचर्चबासीहरुलाइ गत बर्ष सेप्टेम्बरमा ७.१ रेक्टर स्केलको भुकम्पको बिनाशबाट भर्खर सामान्य जीवनमा फर्किन नपाउदै अर्को बज्रपात पर्‍यो । अहिलेसम्म ७५ जना मरी सकेका छन् भने करिब ३०० जना हराइरहेका छन्।

भुकम्प गए लगतै सोसल मिडियामा फलो गर्नेको जमात ह्व्वात्तै बढेको छ। फेसबुकमा ChristchurchEarthquake भन्ने पेजमा ६९,८०२ जना जती जम्मा भइसकेका छन्। देश बाहिर भित्रका आफन्त साथीभाईहरु एक अर्काको संपर्कमा आउने क्रम जारी छ।

त्यस्तै संपर्कको क्रममा Michelle Gourley ले आफ्नो ७० बर्षको बाउ घाइते भए कि मरी सके कि सञ्चै छन भन्ने स्थिती बाटो र फोनको लाइन बिग्रिएको कारणले था' पाउन सकिनन् र उनले आफ्नो अमेरिका भएका भाईलाई फोन गरेर टुइटरमा ओपवा भन्ने ठाउँ नजिक कोही छन कि भनेर टुइट गर्न लगाइन। भाईले पनि तेही अनुरुप टुइट गरे, टुइट गरेको केही छिन मै अच्चम सँग जोन भन्नेले टुइट फर्काए "म ओपवा भन्ने ठाउँमा छु मलाई तिम्रो बुवाको घरको ठेगाना देउ" ठेगाना पाउन साथ कहिले पनि नदेखेका नभेटेका बिल्कुलै अनजान मान्छेको बुवालाई हेर्न दुगुरे। ति टुइटरमा भेटेका अन्जानका बुवा भएको ठाउँमा जादा त उनी आफ्नो पुरै भत्किएको घर अगाडि सञ्चै कार भित्र बसी रहेका रहेछन् । त्यो देखेर उनले पनि खुशी हुँदै तिम्रो बाउ सञ्चै छ भनेर उतिनै बेला टुइट सुइकाइ दिएछन्।

आशा छ हामी पनि आपत बिपत पर्दा प्रबिधी सहि रुपले प्रयोग गरेर समान रुपले मानवाताको नाताले सहयोग गर्न सकिन्छ कि?

2/19/11

ब्रायनले भने हामी नेपाललाई माया गर्छौ

परी आएको खन्डमा हामी नेपाली कती सभ्य र शान्त छौ भनेर हिजोको ब्रायन एडम्सको कन्सर्टले देखाउछ। ब्रायन काठमाडौं आउन साथ सानो गोजी क्यामराले फोटो खिचेर टुइटरमा राखे र भने "A big welcoming at the airport on arriving for the concert in Nepal “

त्यस्तै अर्को टुइट गरेर हामीनै नेपालमा कन्सर्ट पहिलो पश्चिमी बेन्ड भनेर यसरी टुइट गरे:

Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?

म पनि के कम, उनले हेरे पनि नहेरे पनि वार्म वेलकम भन्न छोडिन,

Archana Shrestha
warm welcome to our country Nepal. enjoy the many beautiful mountains of Nepal...

नेपालमा ब्रायन जाउन अथवा बब जाउन अथवा जोन जाउन आफ्नो देशमा आउनेलाई त स्वागत गर्नु त हाम्रो धर्म नै हो नि हैन र? मान्छेहरुले महँगो टिकट भनेर जती नै गफ फलाके पनि लाइफ टाइममै नेपालमा पहिलो पटक भएको अन्तरराष्ट्रिय कन्सर्ट हेर्न बडो उत्साहित भएको देखियो।

लाइभ कन्सर्ट हेरी रहेका दिनेश वाग्ले आफ्नो टुइटरमा लेख्छन:-

Dinesh Wagle
**18 till I die live in Kathmandu @ crowd behaving so well n orderly n.singing along

**Everybody put ur phome up n making a movie.@bryanadams says. I wanna show Nepal to.the world.100 % coperation needwd, he adds

**Bryan Adams said he was experimenting n that was risky. Still he invited the girl from the crowd n both sang well

**U cant tell me its not worth trying for.... crowd singing along with @bryanadams. He says: we love u nepal, we love u

**Thank u nepal. O gotta say, when I was writing these songs, never imagined I would sing them here. The world is opening up. Hope u'll get..

हिजो उनको वेबसाइटमा देखिएको लोकेसन। उनी नेपाल बाट २२ तरिकको कन्सर्टको लागि लन्डन जाने छन् ।

कन्सर्टमा उनले Bob Seger को ka ka ka kathamdnu भन्ने गीत गाएका थिए यो फोटो उनले नै खिचेका हुन्
र लाखौं भिजिटर भएको उनको वेबसाइटमा काठमाडौंमा पनि ब्रायन गएका थिए भनेर यो फोटो हेर्न पाउने छन।
उनले प्रोग्राम सके पछी यस्तो टुइट गरे

Bryan Adams
@
Hey Rosanne. we opened with ka ka ka ka katmandu! Thanks to Bob, we did him proud!

जे भए नि ब्रायनको एकदम फ्यान नभए पनि उनी नेपालमा रमाएको टुइटले मलाई झन झन उत्तेजना थपेको छ। उनको यो नेपालको म्युजिकल टूरले हामी बिदेशमा भएका नेपाली तथा बिदेशीहरुलाई नेपालमा सुरक्षा छैन ह्~यान त्यान भन्नेहरुलाई गतिलो झापड हो र आशा छ हामिले पर्यटन बर्ष २०११ को लागि पनि पर्यटकलाई भित्राउन राम्रो उदाहरण पाएका छौ।

2/14/11

safe and sound love

"बिदेशबाट थुप्रै नेपालीहरु बैबाहिक सम्बन्धको लागि जाने क्रम जारी छ। राम्रो र असल ज्वाइ चहिएको खण्डमा कृपया त्रिभुवन बिमान स्थलमा आइ छान्नु होला।" यो एकजना भाइले फेसबुकमा लेखेको स्टाटस हो। अब प्रेम दिवसमा हुने को त ठिकै छ नहुनेको कसैले बेसै छ पैसो जोगिएको छ, टन्टोनै छैन भन्छन भने कसैले आफ्नो साथीहरु जोरीका जोरी भएर हिड्दा मेरो नि भैइदेको भए क्या गजब हुन्थ्यो है भनेर सोच्छन।

बेलैमा आफुले बुक नगरदा विवाह गर्ने समयमा उचित पार्ट्नर खोज्न बडो मुस्किल पर्ने रैछ। त्यो मैले आफ्नै परिवार भित्र महसुस गरेको कुरा हो। यो ब्लग लेख्दा लेख्दै मेरो एकजना भाई च्याटमा भन्छ "बेलामा लप नगरेर अहिले दु:ख पाइयो" बिचरा दस वटा केटी हेर्यो होला कहिले काली भन्छ, कहिले पुड्की भन्छ, कहिले गालामा ठुलो कोठी रैछ भन्छ, कहिले केटीले मन पराइन भन्छ। अब यो हेर्ने र खोज्ने क्रम जारी छ।

खोज्ने कै कुरा गर्दा अहिले त केटा केटी स्कुल देखीनै खोज्न थालि सके। अब नेपालमा लप परेकामा डेटिङ स्पटको ठुलो समस्या छ। कती कुराहरु समाजलाई अपाच्य हुने हुनाले कि त गती नै छाड्न पर्‍यो कि त आफ्नो मर्यादामा बसेर हिंड्न पर्‍यो।

अर्को कुरा हामीले बिचार गर्नु पर्ने कुरा के हो भने बदलिदै गएको समाजलाई हामी रोक्न सक्दैनौ त्यसैले कतिपय अवस्थामा प्रेमको सम्बन्धमा यौनको कुरा पनि हुने गर्द्छ त्यसैले स्कुल र १०+२ कलेजमा यौन शिक्षा हुन एकदम जरुरी छ। UK मा बस्ने मेरो साथीले एकदिन मलाई भन्दै थि, उस्को स्कुल पढ्ने छोरीले आज कन्डम कसरी लगाउने भनेर सिकेर आइ रे। भन्दै थि यार के के सिकाउछ स्कुलमा छोरीलाई । ममी कन्डम बास्ना आउदो रहेछ चिप्लो हुदो रहेछ भनी रे अब नयाँ पुस्ताको बाउ आमा भए पछी यि सब कुरा स्विकार्नु पर्छ साथी भने।

हामी नेपाली जतीनै परम्पराबादी भए पनि अहिलेको नयाँ पिढीलाई घरमा अथवा स्कुलमा सही तरिकाले यौन शिक्षा दिएर सुरक्षित हुन र पछी आइपर्ने दुर्घटनाबाट बचाउन सकिन्छ।

प्रेम दिवसको सबैलाई शुभ-कामना!! have a safe n sound love!!

You may like related post>>
प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा
नेपालमा बिहेको लागि दुलही खडेरी

2/9/11

टुरिस्टलाई ट्वाइलेट

भक्तपुरको दरबार क्षेत्र, काठमाडौंको बसन्तपुर र ललितपुरको मंगलबजार मेरो शहरभित्रको सार्है मनपर्ने ठाउँ हो। यि ठाउँहरुमा अक्सर म गैइ रहन्थेमंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै झ्याल वरपर पुराना दरबार र मन्दिर हेर्नु अनी खाइसके पछी बङ्लामुखि सम्मको हिडाइ एकदम सुपर लाइकस् हुन्।

मंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै खिचेको फोटो

रमाइलो ठाउँ, हुलका हुल टुरिस्ट, सानो सानो पसल सबै पसल अगाडि सफाइ एक किसिमको चार्म छ यि ठाउँमा। साच्चैनै मल्लकालमा पनि एक किसिमको रेनिसान्स(Renaissance) नै आएको ठान्छु म तेती बेला जस्तो कला कौशलले भरिएको मन्दिर, दरबार पछी कुनै राजाले बनाएको देखिएन। तर ओहो यस्तो राम्रो ठाउँमा घुम्दा घुम्दै तपाईंलाई सु सु आयो भने फसाद पर्ने छ। किन कि यि ठाउँमा देख्ने ठाउँमा कतै ट्वाइलेट् छैन।

तपाईंले रोक्न सक्नु हुन्न भने ट्वाइलेट्को निउमा फ्यानटा वा कोक खान रेस्टुरेन्ट छिर्न पर्छ। मलाई यस्तो धेरै चोटि भएको छ। कोही कोही केटा मान्छे पो लाजनै पचाएर जता नि सुइकाइ दिन्छनआफु त्यस्तो गर्न सकिन्न। २ बर्ष अगाडि सम्म माथि लेखिएको ठाउँमा कतै शौचालय त देखिन अहिले बन्यो कि था" छैन।

यदी बनेको छैन भने पर्यटक आउने अथवा नआउने भए पनि सार्वजनिक ठाउमा तुरुन्तै ट्वाइलेट बनाउन त्यो ठाउँको जिम्मेवारी लिने मान्छेलाई आग्रह गर्छु अब टन टन सु सु आएको बेला कस्तो हुन्छ त्यो त सबै लाई था' छदै छ अझ तपाईंको पेट बिग्रिएको छ भने त तपाईंलाई बित्यास नै पर्छ। म मात्र होइन पर्यटक पनि आत्तिएको मैले धेरै चोटि देखेको छु। अनी अर्को कुरा नेपालमा पर्यटन बर्ष २०११ चल्दै छ जुन सार्है खुशीको कुरा हो। जस्ले पनि सरकार र नेताले काम गर्दैन भनेको सुन्दा सुन्दा वाक्क लाग्छयो पर्यटक बर्ष सफल पार्न के गर्न सक्छौ भनेर अब हामी आँफैनै सोचौ न !

१) हामीले केही दिन नसके पनि मिठो मुस्कान दिन सक्छौ र सामान्य अभिबादन गर्न सक्छौ यस्ले गर्दा उनिहरुलाई सबैजना चिनेको जस्तो महसुस हुन्छ।

२) घर आगन र घर अगाडिको बाटो सफा राख्ने

३) आफु बसेको ठाउँ पर्यटकिय क्षेत्र छ भने त्यो ठाउको बिशेष जानकारी राख्ने र उनीहरु अल्मलिएका छन् भने केही सहयोग गर्न सक्छु भनेर सोध्न जाने।

४) आफ्नो देशको बारेका नराम्रो कुरा भन्दा पनि राम्रो कुरा भन्ने

५) नेपाल बाहिर बसेकाहरुले चाँही जती सक्दो धेरैलाई जो जहाँ छन सबैलाई नेपाल घुम्न जाउ है भनेर निम्तो दिने।

2/3/11

केराको भाउ सुन जस्तै

अष्ट्रेलियामा राता रात आकाशिएको केराको भाउलाई यहाँका मान्छेले सुनको केरा अथवा सुनको भाउ भएको केरा भन्न थालेका छन। अस्ति मात्रै मैले किलोको $१.७५ मा किनेर ल्याएको हिजो त प्रति गोटाकोनै काहि १ डलर र काहि २ डलर थियो। राता रात मुल्य बढ्नुको मुख्य कारण चाँही केरा फल्ने उत्तरी कुइन्स्ल्याण्डमा ठुलो साइक्लोन आउनु हो। साइक्लोनले गर्दा अष्ट्रेलियाको ७५% केराको बाली नस्ट भएको छ।

आजकाल केरा कान्ड खुबै छ जस्तो छ उता अमेरिकी गायिका रहिनाको पनि केरा खाइ राखेको S&M भन्ने भिडियो ११ वटा मुलुकले ब्यान्ड गरेको छ भने यू टियुबमा पनि बयस्कले मात्र हेर्न पाउछन्।

2/1/11

CAN Infotech को रमझम र भिडभाड

तीन सय रुपैयाँ हालेर ल्याएको वाएर लेस माउस त चल्दै चल्दैन बा!! पैसा नभएर भुक्का भएको बेला तीन सय पनि धेरै नै हो नि फेरी माउस बिना त मलाई कम्प्युटर चलाऊन सार्है गार्हो लाग्छ अझ फोटोसपको कर्भ र पेन टुल चलाऊन त मुस्किल नै पर्छ नि। यस्तो कवाडी सामान अब' का फिर्ता गर्ने होला भनेर क्यान इन्फोटेक लाई सरापी रहे । पुल्चोक इन्जिनेरिङ्गकलेजमा पढाउने तिमीला यमी मिसले भन्या जस्तै क्यान इन्फोट चाइनिज सामान भिडाउने मेला पो हो कि जस्तो लाग्यो।

क्यान इन्फोटेकमा करिब ५ बर्ष लगातार गए र ३ बर्ष कलेजको स्टलमा बसे। बा! बा! हो भिड बच्चादेखी बुढासम्म लंङडो देखी अन्धा सम्म सबैको सुचना तथा संचार प्रबिधी प्रती चासो थियो। कोही बुझेर हेर्न आउथे, कोही बुझ्न आउथे, कोही कस्तो हुदो रहेछ भनेर हेर्न आउथे। धेरै जसो स्कुलले बसका बस विद्यार्थी ल्याउथे । ति ४-५ कक्षामा पढ्ने जस्तो भए नि ब्याचलर लेभलको कम्प्युटर कोर्स बुझ्न आइदिने तेही माथि सबै कोर्सको ब्रोसर पनि चाहिने। अहो!! आज कालका केटा केटी धेरै बाठा!! थोरैले त पढ्दा हुन बाकिलाई त जाडोमा आगो ताप्न मजै हुने भयो। नेपालमा अहिले सुचना प्रबिधी प्रती मान्छे को यती चासो छ कि, सबैको हात हातमा मोबाईल र शहरी क्षेत्रमा घर घरमा कम्प्युटर भएकोबाटनै अनुमान लाउन सकिन्छ।


जे जस्तो भये नि मेरो ३०० रुपैयाँको माउसले काम नगरे नि क्यान इन्फोटेकले धेरैले फाईदा पुराएको नै छ कमसे कम मान्छेको प्रबिधी किन्ने पहुच न नपुगे पनि हेर्न त पाएका छन्।

मैले पहिलो पहिलो ब्लगमा लेखेको थिए यस्तो संस्थाले IT Professional र IT Company लाई अबसर प्रधान गर्न पर्छ तर आज आएर मलाई यस्तो लाग्छ कि यदी तपाईं योग्य हुनु हुन्छ भने संसारभर कम्प्युटर सफ्टवेर र वेबका धेरै धेरै काम पाईन्छ तपाईंले ईन्टरनेटबाट खोजेर सजिलै गर्न सक्नु हुन्छ। कती अरुलाई मात्रा दोष दिने हैन??

नेपालको भिडभाड पछी गएको बर्ष अष्ट्रेलियाको IT Show हेर्न गएको थिए यहाँ नि त्यस्तै भिड होला र हिड्न अप्ठेरो होला भनेर हाइहिल नलगाइ गएको थिए तर मैले सोचे भन्दा बिपरित पाए। सार्है थोरै मान्छे र आएका मध्य पनि जुन ठाउँमा काम हुन्थ्यो तेही ठाउँमा गएको पाए। थुप्रै फ्री सेमिनार पनि थियो। स्टलमा बस्ने हाइ हाइ गर्दै बसेका थिए। भिजिटरलाई लोभ्याउन होला धेरै जसो स्टल अगाडि चकलेट पनि थियो :)


free seminar on email marketing : doing it legally and smartly.



related post:
फेरी CAN Infotech
CAN infotech कति फाईदाजनक ?

1/26/11

हामी जे सपना देख्छौ तेही हुन्छ


हामी लामो समय सम्म जे सपना देखेर त्यही अनुसार काम गर्छौ तेही हुदो रहेछ त्यो पक्का रहेछ केहि ढिलो अथवा चाडो त अवस्य हुन्छ त्यो मेरो अनुभवले बताउछ।

मैले नेपाल छोडे देखी आफुले आफुलाई चिन्ने खुब कोशीस गरे मलाई लाग्यो जस्ले आफुलाइ चिन्दैन त्यो मान्छेले कहिले पनि सुख पाउदैन। आफुले आफुलाइ चिन्ने कोशीसमा मैले एउटा कुरा पत्ता लगाए त्यो के भने आफु प्रती बफादार हुने।
जब मान्छे आफु सँग साचो हुन्छ तब संसारको अगाडि प्रस्तुत हुँदा आत्मबिश्वास हुन्छ र दुनियाँ ले जे भने पनि तपाईंलाई असर पर्दैन । म जती आफु साचो छु तेही प्रकारले प्रस्तुत भएर ब्लगमा लेख्ने छु ।

साचो मन देखी भन्न पर्दा १२ कक्षा पछीको मेरो सपना कम्प्युटर पढ्नु थियो तेती बेला सम्म कम्प्युटर छुन नपाएको मैले कम्प्युटर पढेर त्यसमै जागिर खाउला भन्ने सपना सार्है अप्ठेरो थियो तर असम्भव थिएन । त्यसैले बाबु आमा सँग बाजेर, झगडा गरेरनै कम्प्युटरमा ब्याच्लर गर्न भर्ना भए। २००३ मा पढाई सके पछी ५ बर्ष मैले नेपालमै IT क्षेत्रमा काम गरे । दिनमा कारेब १४-१८ घण्टा काम गर्थे त्यो हिसाब मैले १० बर्ष नै काम गरे कि जस्तो लाग्छ :) । त्यो बेला मैले के कस्तो आइटि काम गरे र कस्तो कठिनाई खेप्न पर्‍यो मेरो के कती कमाइ भयो त्यो बिस्तारै मेरो ब्लगमा लेख्ने छु।

त्यस पछीको मेरो सपना भनेको मेरो प्रेमी सँग बिहा गर्नु थियो। म उनलाई यती धेरै माया गर्थे कि मेरो हरेक इच्छा उनिमै गएर टुगिन्थ्यो। म जस्तो जिद्दी, घमन्डी केटीको मन महाभारतको संग्राममा अर्जुनले जस्तै जिती सकेका थिए। मेरो हरेक सफलता, हरेक दु:ख कष्ट बाढ्ने असल मित्र थिए। हामी खल्तीमा सुको नहुँदा पनि माया गर्यौ भने खल्ती भरी पैसा हुँदा पनि माया गर्यो। आजको आधुनिक तामझाममा माया बाहेक अरु सबै चिज गौण भए। प्रेम भएको कारेब १० बर्ष पछी हाम्रो विवाह भयो, हाम्रो सपना पुरा भयो र अनेकौ बिबाद र अप्ठेरो बिच भएको विवाह मेरो जित थियो

मेरो अर्को सपना भनेको बाहिर गएर नयाँ कुरा सिक्नु थियो जुन सपना पुरा भएको छ र म केही नयाँ सिक्ने प्रयासमा छु र म अष्ट्रेलिया आएको २ बर्षमा आइटी क्षेत्रमा कहाँ कहाँ कसरी काम गरे त्यो दु:ख सुखका कुरा बिस्तारै ब्लगमा लेख्दै जानेछु।


हरेक नारीको एक सपना हुन्छ आफ्नो घर संसार होस् र म पनि त्यो बाट अपबाद छैन। म त १००% नारी हुँ। दु:ख पर्दा धुरु धुरु रुन आउछ। खुशी हुँदा अट्ट हास हासो आउछ। रिस उठ्दा कन्सिरिको रौ तातेर आउछ्। मेरो अर्को सपना पनि अब लगभग पुरा भएको छ। म जस्तो सपना देख्थे तेस्तै गरेर दुई जना मिलेर परिश्रम गरेर आफ्नै बल बुतामा घर संसार बनाउन सफल भयौ।

तर यती मै मेरो सपना पुरा हुँदैन मैले अझै धेरै ठुलो सपना देखेको छु। त्यो पुरा हुन बाँकी नै छ त्यस्को लागि म अथक प्रयास गर्दै छु त्यो पुरा भए पछी म अवस्य यहाँ लेख्ने छु।

dream big....feel it....believe it....dig it..work it... achieve it and share it.....



1/24/11

चड्कनले देबी बाजे नेपालीहरुको हिरो


देबीबाजेको झापड अहिले नेपालीहरुको कुराको हट टपिक बनेको छ। जनताहरु कुखुरा खाने स्याललाई झटारो हान्न पाए जस्तै
मेख मारेर आहा भनी रहेका छन्। उनको फेसबुक पेजमा धेरैले उनको प्रसंशा गरेका छन् । उनी जेल जान होइन फुल माला अबिर लगाइ दिएर शहरमा घुमाउन पर्ने र हातमा हतकडी होइन म्वाइ खान लायक भएको लेखिएको छ।

हुनत मैले पहिले नै लेखी सकेको छु तरिका गलत भएनी निशाना सहि हो,त्यो सहनसिलताको चरम बिन्दुको फल हो। झल नाथको ठाउमा म भएको भए र आफुले गल्ती गरेको भए उनकै अगाडि कान समातेर उठ बस गर्थे र आफु बिचलित् भएर बाटो बिराएकोले धन्यबाद् दिदै माफि माग्थे। झापड हान्नुको कारण सोधेर आफुलाइ सुधार गर्न प्रयास गर्थे। यस्तो कार्यले मेरो गौरब अझै चुलिन्थ्यो कतै घत्थेन । किन कि उनी उमेरले पनि बढीनै थिए र आफ्नो गल्ती आत्म साथ गर्नु नै ठुलो कुरा हो न कि त्यस लाई ढाक छोप गरेर मेरो गोरुको बार्है टक्का भनेर चक्काजाम गराएर उत्पात मच्चाउनु हो। सबै भन्छन नेता ठुला मान्छे हुन इज्जत गर्न पर्छ म त यही भन्छु तिमीलाई अरुले जतीनै इज्जत गरे पनि तिमी कहिले पनि ठुलो मान्छे हुन सक्दैनौ यदी तिमी आफ्नो नजरमा सधै सानो छौ भने बस् तिमि आफुले आफुलाइ मुल्याङ्कन गर। मलाई लाग्छ गरीब निरिह किसानीलाई थुनेर ठुलोनै पुरुषार्थ गरे भन्ठानेको भए एउटा बाघले कमिलालाई हातको पंन्जामा राखेर दङ्ग पर्नु जस्तै हो ।

नेपालमा चडकाउनु कुनै नौलो कुरा होइन कहिले कसले, कहिले कसले चड्कन खाएको सुनी रहन्छ तर जेलमै बसेको चाँही सुनिएको थिएन तर देबी बाजे लाई शक्ती को आडमा जेलमा राखिएको छ ठुला लाई चैन साना लाई एैन भन्या जस्तै । तर पनि उनको सहयोगको लागि बनाएको वेब साइटबाट उनलाई छुटाउन रकम उठ्दै गरेको देखिन्छ। अब सबै जनाले कुन ठाउँमा कस्लाई कसरी कस्तो प्रकारको झापु लाउदा झेल्ली हुन्न भन्ने बुझी सकेका छन।

सबै भन्छन देबी बाजेले हामीले गर्न नसकेको तर गर्नैपर्ने काम गरेका छन त्यसैले उनी देशको हिरो हुन।

1/21/11

पारसको हवाइफायर र देवीबाजेको झापु हिट


नेपालमा यो बर्षको सबै भन्दा हिट कुरानै गलत तरिकाले गरेको भए पनि सहि निसाना परेको पारसको हवाइफायर र देवीबाजेको झापु होला जस्तो छ।

पारसको हवाइ फायर तत्काल बिबादित भए नि घर ज्वाँईको कर्तुत था’ भए पछी तरिका गलत भए नि ठीक हो भनेर जनताले भने।

त्यस्तै गरेर झापु खाए पछी एमाले नेता झलनाथ खनालका परिवार र संयम नेताजिउ र केही कार्यकर्ता बाहेक सबै जना खुशी भएका छन। खुशीको लहर देश तथा बिदेश सबै तिर फैलिएको छ। ब्यापक राजनीतिक निराशा बिच देबी बाजेले हानेको चडकन् ले जनता बिच वाह् वाह् पाएको छ र उनको समर्थनमा फेसबुक पेज पनि खोली सकेको छ। जस्मा यो ब्लग लेख्दा सम्म 2900 जनाले मन पराइ सकेका छन् र अनलाइन फेसबुक ग्रुपले देवी प्रसाद रेग्मीलाइ १०,००० नगद पुरस्कार पनि दिने घोषणा गरेको छ । संसद भवनमा पनि झापु सबैनेताले खाएको महसुस गरेछन। तिनलाई अब देखी जनताको माझ आउँदा हेलमेट, गमबुट, लाईफ ज्याकेट चाहिने होला।

मैले कक्षा पाचमा लक्ष्मण सरको हात बाट खाएको झापु अहिले सम्म बिर्सेंको छैन मलाई लाग्छ अब झल्लु अंकलले पनि झापु सम्झी सम्झी संबिधान र नयाँ प्रधान मन्त्री छिटो छिटो बनाउन जोड दिने छन कि?

पारसले पनि राज्यले छुन र देख्न नसक्ने अपराधी खोजी खोजी पटका हवाइ फायर गर्दिए अझ पपुलर पो हुने थिए कि?


Update: i have donated lil money to release devi jee from jail. if you wish to donate. click here


1/17/11

it may break our hearts . but it will not break our will

अहिले अष्ट्रेलियाको Queensland, brisbane र victoria भन्ने ठाउँमा ब्यापक बाढिले क्षति बनाएको छ। १५ जना जतीले ज्यान गुमाए भने लाखौं घर काम नलाग्ने गरेर डुबानमा परेका छन। कुनै पनि देशमा प्राकृतिक बिपत्ती आउँदा धनी देश होस् वा गरीब देश होस् सार्है आपत बिपत पर्दो रहेछ तर त्यो देशको नेता र जनताले त्यो आपत कसरी अङाल्छन मलाई त्यो सार्है प्रेरणा दायी लाग्यो।

Anna Bligh (Queensland कि प्रिमियर Anna Bligh)आफ्नो सन्देश दिदा दिदै रुदै।

Queensland कि प्रिमियर Anna Bligh ले छिन छिनमा टि.भीमा आफ्नो मन्तब्य दिन्थिन। मलाइ मन परेको उनको सन्देश को सानो टुक्रा :
"This weather may break our hearts ... but it will not break our will "

"I want us to remember who we are, We are Queenslanders. We are the people they breed tough north of the border. We're the ones that they knock down, and we get up again.In the coming weeks and months we are going to prove that beyond any doubt. Together we can pull through this and that's what I'm determined to do. With your help we can achieve that"

हुन त उनी त्यती पपुलर नेत्री थिइनन तर जुन किसिमले बिपतमा leadership देखाइन त्यसको हिसाबले अबको प्रधानमन्त्री Anna Bligh नै हुनु पर्ने जनताले राय दिइरहेका छन् ।

भु.पु प्रधानमन्त्री Kevin Rudd जनताको सर-सामान सुरक्षित स्थलतिर लग्दै। हरेक पार्टीका नेता, खेलाडिहरु जनताको मन जित्ने मौका यही हो भनेर तछाड मछाड गरी लागि परेका छन् ।

हेलिकप्टरबाट उद्दार गर्दा आफ्नो बुढी र छोरालाई पहिला उद्दार गर्न लगाएका जोन भन्ने उद्धारको पालो पर्खदा पर्खदै पानीमै हराए। उनी अहिले सम्म बेपत्ता छन् ।

ब्रिजबेनमा बाढिले बगाएको ३०० मिटर पुलले अरु ठाउँमा क्षति नगरोस भनेर एक सर्बसाधारण ज्यानको बाजी लगाएर सानो बोट लिएर बगी रहेको पुललाई सुरक्षित ठाउँतिर बगाउदै।

जब पानीको लेभल घट्यो धेरै जसो मान्छेहरु आफ्नो घर फर्के। धेरै जसोको घरमा पानीले बगाएर ल्याएको माटो तथा फोहर बाँकी थियो र हरेक घरभित्रका सामान धेरै जसो काम नलाग्ने भएका थिए तर पनि दु:खको यो घडीमा अष्ट्रेलियनहरुले एकअर्काको खुब सहयोग गरे। घरको सर-सफाइ गर्न नेता देखी छिमेकी सम्म र टाढा टाढा देखी बस रिजर्भ गरेर आउनेको ताती नै छ।

सर-सफाइको लागि अर्को सिटीमा जान बसमा चढ्न लाम बद्द volunteer

आज सम्म 62, 000 volunteers ले बाढि आएको क्षेत्र सर-सफाइ गर्न दर्ता गरेका छन् । ति volunteers ले आँफै कुचो, साबेल, बाल्टिन लिएर आउछन र घर सफा गरेर जान्छन। एकैठाउँमा बसेको बिसौ बर्ष सम्म नचिनेको छिमेकी आएर घर सर-सफाइमा सहयोग गरी रहेका छन्। उनि हरु यहि नै Australian Spirit हो भन्छन्।

उनीहरुलाई आशा छ एकअर्काको सहयोगले चाडै नै यो बिपत्ती बाट मुक्त हुनेछन्। यो आपतबाट सिघ्र उम्कन सफल रहुन Gurkhas Spirit को तर्फबाट धेरै शुभ कामना !!

1/6/11

गूगलको पैसा फलेवास,पर्वतको श्री सुर्योदय युवा क्लब लाई

गूगलबाट आएको पैसा नेपाली रु.८०००(आठ हजार) पर्वत फलेवास, देविस्थान स्थित श्री सूर्योदय युवा क्लबलाई दिएको छु । आशा छ सानो रकम भए पनि ठुलो काम गर्न सहयोग मिल्ने छ। क्लबको बारेमा सानो जानकारी पनि राखेको छु । मलाई लाग्छ पैसा कमाएर कोही ठुलो मान्छे हुन सक्दैन र मान्छेलाई जती कमाए पनि पुग्दैन। यदी तपाईंहरु पनि सहयोग गर्न इच्छुक हुनु हुन्छ भने क्लबलाई संपर्क गर्न सक्नु हुनेछ।

उद्देश्य गाउंमा व्याप्त कुरिती तथा विसङ्गती हटाई समग्र गाउंको विकास गर्ने उद्देश्य लिई स्थापना गरिएको यस श्री सूर्योदय युवा क्लबको मुख्य उद्देश्य निम्न अनुसार रहेको छ ।

(क) बिभिन्न सामाजिक कार्यहरु जस्तै बाटो घाटो, खानेपानी, सिचाई, पाटी पौंवा तथा मठमन्दिर आदि निमार्ण गर्ने ।
(ख) खेलकुदको विकास गर्ने ।
(ग) शैक्षिक क्षेत्र उकास्न सहयोग गर्ने ।
(घ) बिभिन्न प्रकोपमा सहयोग गर्ने ।
(ङ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(च) संस्कृतीको जर्गेना गर्ने ।
(छ) स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने ।
(ज) सामाजीक न्याय गर्न सहयोग गर्ने ।
(झ) सम्पूर्ण युवाहरुलाई संगठित गरि देश विकासमा लगाउने ।

श्री सूर्योदय युवा क्लबले हालसम्म गरेका कार्यहरु ः

(क) कालीगण्डकी नदीको किनारमा पक्की पौंवा निमार्ण गरेको ।
(ख) फलेवास देखि पश्चिम भेग जाने गोरेटो बाटो निमार्ण गरेको ।
(ग) फलेवास देखि दक्षिण भेग जाने गोरेटो बाटो निमार्ण तथा मर्मत गरेको ।
(घ) देविस्थान गाउं विकास समिति वडा नं.३ मा श्री शिशु निकेतन प्राथमिक विद्यालयको स्थापना गरि संचालन गरेको ।
(ङ) देविस्थान गाउं विकास समितिका प्रत्येक विद्यालयका एक एक जना छात्र छात्रालाई जेहेन्दार छात्रवृृद्धी वितरण गरिएको ।
(च) समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमहरु संचलन गर्ने गरेको ।
(छ) खेलकुद तथा शैक्षिक स्तर उकास्न समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिकसामाग्रीहरु खरिद गरि वितरण गर्ने गरेको ।
(ज) गाउंमा जाड रक्सी, तास जस्ता बिकृतीमा लागी झै(गडामा गर्ने व्यक्तिलाई दडित गरि कुलत छुटाउने कार्य गदंै आएको ।
(झ) देउसी भैली खेली उठेको पैसाबाट केही पुस्तक तथा पत्रपत्रिकाहरु खरिद गरि पुस्तकालय स्थापना गर्ने कार्यमा लागेको तर आर्थिक अभावका कारण उक्त कार्य गर्न पुरा गर्न नसकिएको ।
(ञ) बेला बेलामा बिभिन्न स्थानमा खानेपानी, सिंचाई, मोटरबाटो, गोरेटो बाटो मर्मत गर्ने गरेको ।
(ट) बेला बेलामा गाउं सरसफाई अभियान संचालन गरि गाउं सरसफाई गर्ने गरेको ।
(ठ) बिवाह, वतबन्ध तथा बिभिन्न सामाजिक कार्यको लागि आबश्यक सामाग्रहरु टेण्ड, कुर्सी, गेट तथा अन्य सामानहरु खरिद गरेको ।
(ड) समय समयमा स्वास्थ्य शिविर संचालन गरेको ।
(ढ) बिभिन्न प्रकोपमा परेको व्यक्तिहरुलाई सहयोग गदै आएको ।
(ण) गाउंमा सम्पन्न हुने बिवाह, बतबन्ध तथा अन्य सामाजिक समारोहमा सम्पूर्ण कार्यहरु क्लवले गर्ने गरेको ।
(त) गाउंमा हुने झै(झगडा मिलाउने कार्य गदै आएको ।
(थ) युवाहरुलाई सगठित गराई सामाजिक कार्य गर्न उत्प्रेरित गर्ने गरेको ।

५. श्री सूर्योदय युवा क्लबको भाबी कार्य योजना ः

(क) पुस्तकालय स्थापना गर्ने ।
(ख) क्लबको भवन निमार्ण गर्ने ।
(ग) क्लबद्धारा स्थापित श्री शिशु निकेतन प्राथमिक विद्यालयलाई माथिल्लो तहसम्म बढाउदै लैजाने ।
(घ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(ङ) फलेवास प्रवेशद्धारा निमार्ण गर्ने ।
(च) फलेवास देखि दक्षिण र पश्चिम जाने बाटोमा खानेपानीको धारा निमार्ण गर्ने ।
(छ) बिभिन्न कुरिती तथा विसङ्गती हटाउदै जाने ।
(ज) संस्कृतीको जगेर्ना गर्ने ।
(झ) शैक्षिक स्तर उकास्ने कार्यमा सहयोग गर्ने ।
(ञ) बाटोघाटो, खानेपानी, सिंचाई तथा अन्य बिभिन्न सामजिक कार्यहरु सम्पादन गदै जार्ने ।
(ट) बिभिन्न प्रकोपहरुमा सहयोग गर्ने ।
(ठ) समय समयमा स्वास्थ्य शिविरहरु संचालन गर्ने ।
(ड) युवा शक्तिलाई बिभिन्न सृजनशिल कार्यमा लगाउने आदि ।

अन्तमा,
एक घण्टाको लागि खुशी हुनु छ भने :- पार्कमा जाउ! एक हप्ताको लागि खुशी हुनु छ भने :- अफिसमा बिदा लिएर घुम्न जाउ! एक महिनाको लागि खुशी हुनु छ भने :- विवाह गर! जिबन भरिको लागि खुशी हुनु छ भने :- पढाई र पेसा प्रती इमान्दार होउ !मृत्‍यु पछी पनि खुशी हुनु छ भने :- जिबन रहदै समाज र अरुको लागि पनि केही गर --source fb