2/28/11

सुत्केरी लाई तेल र ट्यान

बङलामुखीसम्मको हिडाई सुपर लाइस्क् भनेर मैले अघिल्लो ब्लग पोस्टमा भनेको थिए। बङलामुखीबाट सिधै सानो गल्ली छ त्यो गल्लीबाट चाकुपाट छिर्ने बाटो छ। चाकुपाट पुग्न त्यो गल्लीबाट २ मिनेट जती हिंड्न पर्छ होला मैले अहिले त्यो गल्लीको नाम नै बिर्सें हे प्रभु!! त्यो गल्ली यस्तो गनाउछ कि कुरै नगरौ, नाक, मुख थुनेर हिंड्न पर्छ। अझै कहिले काही त आँखा नै छोप्न पनि मन लाग्छ किनकी आमा बाउले नानीहरुलाई घर अगाडिनै आची गराइ रहेका हुन्छन।

ठस् ठस् गनाउने फोहोर, घरै घरले कचाक कुचुक परेको त्यो ठाउँमा पछाडि दाँया बाँया कतै ठाउँ छैन । सानो ठाउँ छ त्यो हो घर अगाडिको सडक!! प्रभु पाचौ पटक सुत्केरी बनेको जस्तो भ्यात्त परेको ज्यान प्रदर्सन गरेर सडकमै बसेर तेल लगाए पछी कुइरेहरु नि यही हो मौका भनेर नाक मुख थुन्न छोडेर फोटो खिच्न ध्यान हुने। त्यो बडो अजङ्ग ज्यान भएको सुत्केरी र लुते बालकले तेल लगाएको देखेर त भर्खरै दौडमा जित्छन् कि जस्तो लाग्ने।

मैले कुनै पनि बिकशित मुलुकमा सुत्केरीले यसरी घाममा सेकिएर तेल लगाएको देखेको छैन हो हामी सबैलाई भिटामिन डि चाहिन्छ जस्को लागि १५ मिनेट जती घाममा बसे पुग्छ अरु बेला वास्ता छैन तर सुत्केरी भएको बेला मात्रै घाममा बस्ने अनी घिउ र भात खाने अनी ड्रम जस्तै मोटाउने।


मैले केही दिन अगाडि टुइट गरेको थिए विवाह गरे पछी नारी को आधा लाज हट्छ अनी बच्चा भए पछी सम्पूर्ण लाज हट्छ। सायद त्यो आमाको माया र ममता हो तर बाटोमै यसरी बस्दा खैरेहरु लाइ दाउ पर्दो रैछ अनि फोटो खिचेर कडा कपिराइट् राख्दा रहेछन्। मैले देखेको सिन पनि करिब यस्तै हो । जस्लाई टोड र भयाम्पायर सिटी भन्नेले (माथिको फोटो) आफ्नो क्यामरामा कैद गरेको रहेछन्।

धेरै जसो त सुत्केरी बेला बेस्करी घिउ खाएर मोटाएर पछी सम्म पनि महिलाहरु पहिलाको सेपमा आउदैनन् कत्तीले भन्छन बच्चा पाउदा जिउ बढ्छ तर म भन्छु केहीको बच्चा पाएर होला तर धेरै जसोको त्यो बेला चाहिने भन्दा बढी फ्याट खाएर नचाहिएको वजन पाउने गर्छन् जस्ले गर्दा पछी गएर बिभिन्न रोग लाग्ने गर्छ । हुन त म डाक्टर होइन तर गुगल गर्दा सुत्केरि हुदा जे भएको घिउ भातमात्र नखाएर त्यो बेला प्रसस्त मात्रामा भिटामिन, प्रोटिन, आइरन क्याल्सियम र फलफुल खानु पर्छ भनेर भेटियो । खै किन को कुन्नी नेपालमा त चुहिने गरेर घिउ र भातनै खाएको देखिन्छ।


अर्को कुरा केटा केटीलाई गाजल लाइदिने । सायद नेपालमा कसैलाई था' छैन होला साच्चै गाजलले के फाईदा पुराउछ। यदी सोध्नु भयो भने भन्छन आँखा राम्रो हुन्छ रे, तेसो भए त नेपालमा आँखाको डाक्टरनै नचाहिनु पर्ने किनकि ९०% आमाले छोरा छोरीको आँखामा गाजल धसिदिएका हुन्छन। हे भगवान शिव जी!! दिमाख लगाउनुस् न आँखा राम्रो हुन्छ भनेर खुर्सानी लगाउने त? मैले गुगलमा सारा खोजे गाजलले आँखा चम्किलो बनाउछ भनेर कतै भेटिन,एउटा कुरा मानौ सौन्दर्यको हिसाब ले राम्रो, हिस्सी, कियुट बनाउला तर बरा बिचरा बच्चालाइ के था उसको आँखाको गाजल लत्पतिएर पुरा अनुहार नै तर्साउने जस्तो हुन्छ।

मेरै कुरा गरौ मेरो सबै सानो बेलाको फोटोमा गाजल लगाइको छ त्यस्को मतलब मेरो आँखा भयंन्कर चम्किलो तेजिलो हुन पर्ने तर मैले अहिले एउटा आँखामा ४.५ अर्को आँखामा ५ को पावर छ त्यो पनि मैले १२ बर्षको उमेर देखी लगाउन सुरु गरेको। चस्मा लगाएन भने पाच मिटर पारी सबै धमिलो देखिन्छ। अब तपाईं आँफै भन्नुस् म कसरी यो गाजले कुरा पताउ?

अन्तमा तपाईं सुत्केरीमा बेस्करी तेल लगाउनुस, पाथीका पाथी घिउ खानुस, छाला डढ्ने गरि घाममा बस्नुस, बच्चाको आँखा भरी गाजल लाइदिनुस्, भटमास जत्रो कालो टिका पनि लाई दिनुस् मलाई समस्या छैन तर पढे लेखेको मान्छे भएर हामी के गर्दै छौ त्यसको असर फाईदा जनक छ कि छैन बुझेर परम्परा फलो गर्ने हो कि?

2/23/11

टुइटरबाट अन्जानको बाबु खोज्न सहयोग

बिहा भएपछी फेवाताल र बिन्दबासिनी मन्दिर देखाएर यही हो मैया हनीमुन भनेर मेरा प्यारा स्वामी जि तर्कन खोजेको जस्तो लाग्या'थ्यो तर म कहाँ मान्थे र मेरो माग न्युजल्याण्ड थियो तर हिजो आएको ६.३ रेक्टर स्केलको भुइचालोले हाम्रो जाने है भनी सकेको प्लान धम्फुस भएको छ। बिचरा क्राइसचर्चबासीहरुलाइ गत बर्ष सेप्टेम्बरमा ७.१ रेक्टर स्केलको भुकम्पको बिनाशबाट भर्खर सामान्य जीवनमा फर्किन नपाउदै अर्को बज्रपात पर्‍यो । अहिलेसम्म ७५ जना मरी सकेका छन् भने करिब ३०० जना हराइरहेका छन्।

भुकम्प गए लगतै सोसल मिडियामा फलो गर्नेको जमात ह्व्वात्तै बढेको छ। फेसबुकमा ChristchurchEarthquake भन्ने पेजमा ६९,८०२ जना जती जम्मा भइसकेका छन्। देश बाहिर भित्रका आफन्त साथीभाईहरु एक अर्काको संपर्कमा आउने क्रम जारी छ।

त्यस्तै संपर्कको क्रममा Michelle Gourley ले आफ्नो ७० बर्षको बाउ घाइते भए कि मरी सके कि सञ्चै छन भन्ने स्थिती बाटो र फोनको लाइन बिग्रिएको कारणले था' पाउन सकिनन् र उनले आफ्नो अमेरिका भएका भाईलाई फोन गरेर टुइटरमा ओपवा भन्ने ठाउँ नजिक कोही छन कि भनेर टुइट गर्न लगाइन। भाईले पनि तेही अनुरुप टुइट गरे, टुइट गरेको केही छिन मै अच्चम सँग जोन भन्नेले टुइट फर्काए "म ओपवा भन्ने ठाउँमा छु मलाई तिम्रो बुवाको घरको ठेगाना देउ" ठेगाना पाउन साथ कहिले पनि नदेखेका नभेटेका बिल्कुलै अनजान मान्छेको बुवालाई हेर्न दुगुरे। ति टुइटरमा भेटेका अन्जानका बुवा भएको ठाउँमा जादा त उनी आफ्नो पुरै भत्किएको घर अगाडि सञ्चै कार भित्र बसी रहेका रहेछन् । त्यो देखेर उनले पनि खुशी हुँदै तिम्रो बाउ सञ्चै छ भनेर उतिनै बेला टुइट सुइकाइ दिएछन्।

आशा छ हामी पनि आपत बिपत पर्दा प्रबिधी सहि रुपले प्रयोग गरेर समान रुपले मानवाताको नाताले सहयोग गर्न सकिन्छ कि?

2/19/11

ब्रायनले भने हामी नेपाललाई माया गर्छौ

परी आएको खन्डमा हामी नेपाली कती सभ्य र शान्त छौ भनेर हिजोको ब्रायन एडम्सको कन्सर्टले देखाउछ। ब्रायन काठमाडौं आउन साथ सानो गोजी क्यामराले फोटो खिचेर टुइटरमा राखे र भने "A big welcoming at the airport on arriving for the concert in Nepal “

त्यस्तै अर्को टुइट गरेर हामीनै नेपालमा कन्सर्ट पहिलो पश्चिमी बेन्ड भनेर यसरी टुइट गरे:

Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?

म पनि के कम, उनले हेरे पनि नहेरे पनि वार्म वेलकम भन्न छोडिन,

Archana Shrestha
warm welcome to our country Nepal. enjoy the many beautiful mountains of Nepal...

नेपालमा ब्रायन जाउन अथवा बब जाउन अथवा जोन जाउन आफ्नो देशमा आउनेलाई त स्वागत गर्नु त हाम्रो धर्म नै हो नि हैन र? मान्छेहरुले महँगो टिकट भनेर जती नै गफ फलाके पनि लाइफ टाइममै नेपालमा पहिलो पटक भएको अन्तरराष्ट्रिय कन्सर्ट हेर्न बडो उत्साहित भएको देखियो।

लाइभ कन्सर्ट हेरी रहेका दिनेश वाग्ले आफ्नो टुइटरमा लेख्छन:-

Dinesh Wagle
**18 till I die live in Kathmandu @ crowd behaving so well n orderly n.singing along

**Everybody put ur phome up n making a movie.@bryanadams says. I wanna show Nepal to.the world.100 % coperation needwd, he adds

**Bryan Adams said he was experimenting n that was risky. Still he invited the girl from the crowd n both sang well

**U cant tell me its not worth trying for.... crowd singing along with @bryanadams. He says: we love u nepal, we love u

**Thank u nepal. O gotta say, when I was writing these songs, never imagined I would sing them here. The world is opening up. Hope u'll get..

हिजो उनको वेबसाइटमा देखिएको लोकेसन। उनी नेपाल बाट २२ तरिकको कन्सर्टको लागि लन्डन जाने छन् ।

कन्सर्टमा उनले Bob Seger को ka ka ka kathamdnu भन्ने गीत गाएका थिए यो फोटो उनले नै खिचेका हुन्
र लाखौं भिजिटर भएको उनको वेबसाइटमा काठमाडौंमा पनि ब्रायन गएका थिए भनेर यो फोटो हेर्न पाउने छन।
उनले प्रोग्राम सके पछी यस्तो टुइट गरे

Bryan Adams
@
Hey Rosanne. we opened with ka ka ka ka katmandu! Thanks to Bob, we did him proud!

जे भए नि ब्रायनको एकदम फ्यान नभए पनि उनी नेपालमा रमाएको टुइटले मलाई झन झन उत्तेजना थपेको छ। उनको यो नेपालको म्युजिकल टूरले हामी बिदेशमा भएका नेपाली तथा बिदेशीहरुलाई नेपालमा सुरक्षा छैन ह्~यान त्यान भन्नेहरुलाई गतिलो झापड हो र आशा छ हामिले पर्यटन बर्ष २०११ को लागि पनि पर्यटकलाई भित्राउन राम्रो उदाहरण पाएका छौ।

2/14/11

safe and sound love

"बिदेशबाट थुप्रै नेपालीहरु बैबाहिक सम्बन्धको लागि जाने क्रम जारी छ। राम्रो र असल ज्वाइ चहिएको खण्डमा कृपया त्रिभुवन बिमान स्थलमा आइ छान्नु होला।" यो एकजना भाइले फेसबुकमा लेखेको स्टाटस हो। अब प्रेम दिवसमा हुने को त ठिकै छ नहुनेको कसैले बेसै छ पैसो जोगिएको छ, टन्टोनै छैन भन्छन भने कसैले आफ्नो साथीहरु जोरीका जोरी भएर हिड्दा मेरो नि भैइदेको भए क्या गजब हुन्थ्यो है भनेर सोच्छन।

बेलैमा आफुले बुक नगरदा विवाह गर्ने समयमा उचित पार्ट्नर खोज्न बडो मुस्किल पर्ने रैछ। त्यो मैले आफ्नै परिवार भित्र महसुस गरेको कुरा हो। यो ब्लग लेख्दा लेख्दै मेरो एकजना भाई च्याटमा भन्छ "बेलामा लप नगरेर अहिले दु:ख पाइयो" बिचरा दस वटा केटी हेर्यो होला कहिले काली भन्छ, कहिले पुड्की भन्छ, कहिले गालामा ठुलो कोठी रैछ भन्छ, कहिले केटीले मन पराइन भन्छ। अब यो हेर्ने र खोज्ने क्रम जारी छ।

खोज्ने कै कुरा गर्दा अहिले त केटा केटी स्कुल देखीनै खोज्न थालि सके। अब नेपालमा लप परेकामा डेटिङ स्पटको ठुलो समस्या छ। कती कुराहरु समाजलाई अपाच्य हुने हुनाले कि त गती नै छाड्न पर्‍यो कि त आफ्नो मर्यादामा बसेर हिंड्न पर्‍यो।

अर्को कुरा हामीले बिचार गर्नु पर्ने कुरा के हो भने बदलिदै गएको समाजलाई हामी रोक्न सक्दैनौ त्यसैले कतिपय अवस्थामा प्रेमको सम्बन्धमा यौनको कुरा पनि हुने गर्द्छ त्यसैले स्कुल र १०+२ कलेजमा यौन शिक्षा हुन एकदम जरुरी छ। UK मा बस्ने मेरो साथीले एकदिन मलाई भन्दै थि, उस्को स्कुल पढ्ने छोरीले आज कन्डम कसरी लगाउने भनेर सिकेर आइ रे। भन्दै थि यार के के सिकाउछ स्कुलमा छोरीलाई । ममी कन्डम बास्ना आउदो रहेछ चिप्लो हुदो रहेछ भनी रे अब नयाँ पुस्ताको बाउ आमा भए पछी यि सब कुरा स्विकार्नु पर्छ साथी भने।

हामी नेपाली जतीनै परम्पराबादी भए पनि अहिलेको नयाँ पिढीलाई घरमा अथवा स्कुलमा सही तरिकाले यौन शिक्षा दिएर सुरक्षित हुन र पछी आइपर्ने दुर्घटनाबाट बचाउन सकिन्छ।

प्रेम दिवसको सबैलाई शुभ-कामना!! have a safe n sound love!!

You may like related post>>
प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा
नेपालमा बिहेको लागि दुलही खडेरी

2/9/11

टुरिस्टलाई ट्वाइलेट

भक्तपुरको दरबार क्षेत्र, काठमाडौंको बसन्तपुर र ललितपुरको मंगलबजार मेरो शहरभित्रको सार्है मनपर्ने ठाउँ हो। यि ठाउँहरुमा अक्सर म गैइ रहन्थेमंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै झ्याल वरपर पुराना दरबार र मन्दिर हेर्नु अनी खाइसके पछी बङ्लामुखि सम्मको हिडाइ एकदम सुपर लाइकस् हुन्।

मंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै खिचेको फोटो

रमाइलो ठाउँ, हुलका हुल टुरिस्ट, सानो सानो पसल सबै पसल अगाडि सफाइ एक किसिमको चार्म छ यि ठाउँमा। साच्चैनै मल्लकालमा पनि एक किसिमको रेनिसान्स(Renaissance) नै आएको ठान्छु म तेती बेला जस्तो कला कौशलले भरिएको मन्दिर, दरबार पछी कुनै राजाले बनाएको देखिएन। तर ओहो यस्तो राम्रो ठाउँमा घुम्दा घुम्दै तपाईंलाई सु सु आयो भने फसाद पर्ने छ। किन कि यि ठाउँमा देख्ने ठाउँमा कतै ट्वाइलेट् छैन।

तपाईंले रोक्न सक्नु हुन्न भने ट्वाइलेट्को निउमा फ्यानटा वा कोक खान रेस्टुरेन्ट छिर्न पर्छ। मलाई यस्तो धेरै चोटि भएको छ। कोही कोही केटा मान्छे पो लाजनै पचाएर जता नि सुइकाइ दिन्छनआफु त्यस्तो गर्न सकिन्न। २ बर्ष अगाडि सम्म माथि लेखिएको ठाउँमा कतै शौचालय त देखिन अहिले बन्यो कि था" छैन।

यदी बनेको छैन भने पर्यटक आउने अथवा नआउने भए पनि सार्वजनिक ठाउमा तुरुन्तै ट्वाइलेट बनाउन त्यो ठाउँको जिम्मेवारी लिने मान्छेलाई आग्रह गर्छु अब टन टन सु सु आएको बेला कस्तो हुन्छ त्यो त सबै लाई था' छदै छ अझ तपाईंको पेट बिग्रिएको छ भने त तपाईंलाई बित्यास नै पर्छ। म मात्र होइन पर्यटक पनि आत्तिएको मैले धेरै चोटि देखेको छु। अनी अर्को कुरा नेपालमा पर्यटन बर्ष २०११ चल्दै छ जुन सार्है खुशीको कुरा हो। जस्ले पनि सरकार र नेताले काम गर्दैन भनेको सुन्दा सुन्दा वाक्क लाग्छयो पर्यटक बर्ष सफल पार्न के गर्न सक्छौ भनेर अब हामी आँफैनै सोचौ न !

१) हामीले केही दिन नसके पनि मिठो मुस्कान दिन सक्छौ र सामान्य अभिबादन गर्न सक्छौ यस्ले गर्दा उनिहरुलाई सबैजना चिनेको जस्तो महसुस हुन्छ।

२) घर आगन र घर अगाडिको बाटो सफा राख्ने

३) आफु बसेको ठाउँ पर्यटकिय क्षेत्र छ भने त्यो ठाउको बिशेष जानकारी राख्ने र उनीहरु अल्मलिएका छन् भने केही सहयोग गर्न सक्छु भनेर सोध्न जाने।

४) आफ्नो देशको बारेका नराम्रो कुरा भन्दा पनि राम्रो कुरा भन्ने

५) नेपाल बाहिर बसेकाहरुले चाँही जती सक्दो धेरैलाई जो जहाँ छन सबैलाई नेपाल घुम्न जाउ है भनेर निम्तो दिने।

2/3/11

केराको भाउ सुन जस्तै

अष्ट्रेलियामा राता रात आकाशिएको केराको भाउलाई यहाँका मान्छेले सुनको केरा अथवा सुनको भाउ भएको केरा भन्न थालेका छन। अस्ति मात्रै मैले किलोको $१.७५ मा किनेर ल्याएको हिजो त प्रति गोटाकोनै काहि १ डलर र काहि २ डलर थियो। राता रात मुल्य बढ्नुको मुख्य कारण चाँही केरा फल्ने उत्तरी कुइन्स्ल्याण्डमा ठुलो साइक्लोन आउनु हो। साइक्लोनले गर्दा अष्ट्रेलियाको ७५% केराको बाली नस्ट भएको छ।

आजकाल केरा कान्ड खुबै छ जस्तो छ उता अमेरिकी गायिका रहिनाको पनि केरा खाइ राखेको S&M भन्ने भिडियो ११ वटा मुलुकले ब्यान्ड गरेको छ भने यू टियुबमा पनि बयस्कले मात्र हेर्न पाउछन्।

2/1/11

CAN Infotech को रमझम र भिडभाड

तीन सय रुपैयाँ हालेर ल्याएको वाएर लेस माउस त चल्दै चल्दैन बा!! पैसा नभएर भुक्का भएको बेला तीन सय पनि धेरै नै हो नि फेरी माउस बिना त मलाई कम्प्युटर चलाऊन सार्है गार्हो लाग्छ अझ फोटोसपको कर्भ र पेन टुल चलाऊन त मुस्किल नै पर्छ नि। यस्तो कवाडी सामान अब' का फिर्ता गर्ने होला भनेर क्यान इन्फोटेक लाई सरापी रहे । पुल्चोक इन्जिनेरिङ्गकलेजमा पढाउने तिमीला यमी मिसले भन्या जस्तै क्यान इन्फोट चाइनिज सामान भिडाउने मेला पो हो कि जस्तो लाग्यो।

क्यान इन्फोटेकमा करिब ५ बर्ष लगातार गए र ३ बर्ष कलेजको स्टलमा बसे। बा! बा! हो भिड बच्चादेखी बुढासम्म लंङडो देखी अन्धा सम्म सबैको सुचना तथा संचार प्रबिधी प्रती चासो थियो। कोही बुझेर हेर्न आउथे, कोही बुझ्न आउथे, कोही कस्तो हुदो रहेछ भनेर हेर्न आउथे। धेरै जसो स्कुलले बसका बस विद्यार्थी ल्याउथे । ति ४-५ कक्षामा पढ्ने जस्तो भए नि ब्याचलर लेभलको कम्प्युटर कोर्स बुझ्न आइदिने तेही माथि सबै कोर्सको ब्रोसर पनि चाहिने। अहो!! आज कालका केटा केटी धेरै बाठा!! थोरैले त पढ्दा हुन बाकिलाई त जाडोमा आगो ताप्न मजै हुने भयो। नेपालमा अहिले सुचना प्रबिधी प्रती मान्छे को यती चासो छ कि, सबैको हात हातमा मोबाईल र शहरी क्षेत्रमा घर घरमा कम्प्युटर भएकोबाटनै अनुमान लाउन सकिन्छ।


जे जस्तो भये नि मेरो ३०० रुपैयाँको माउसले काम नगरे नि क्यान इन्फोटेकले धेरैले फाईदा पुराएको नै छ कमसे कम मान्छेको प्रबिधी किन्ने पहुच न नपुगे पनि हेर्न त पाएका छन्।

मैले पहिलो पहिलो ब्लगमा लेखेको थिए यस्तो संस्थाले IT Professional र IT Company लाई अबसर प्रधान गर्न पर्छ तर आज आएर मलाई यस्तो लाग्छ कि यदी तपाईं योग्य हुनु हुन्छ भने संसारभर कम्प्युटर सफ्टवेर र वेबका धेरै धेरै काम पाईन्छ तपाईंले ईन्टरनेटबाट खोजेर सजिलै गर्न सक्नु हुन्छ। कती अरुलाई मात्रा दोष दिने हैन??

नेपालको भिडभाड पछी गएको बर्ष अष्ट्रेलियाको IT Show हेर्न गएको थिए यहाँ नि त्यस्तै भिड होला र हिड्न अप्ठेरो होला भनेर हाइहिल नलगाइ गएको थिए तर मैले सोचे भन्दा बिपरित पाए। सार्है थोरै मान्छे र आएका मध्य पनि जुन ठाउँमा काम हुन्थ्यो तेही ठाउँमा गएको पाए। थुप्रै फ्री सेमिनार पनि थियो। स्टलमा बस्ने हाइ हाइ गर्दै बसेका थिए। भिजिटरलाई लोभ्याउन होला धेरै जसो स्टल अगाडि चकलेट पनि थियो :)


free seminar on email marketing : doing it legally and smartly.



related post:
फेरी CAN Infotech
CAN infotech कति फाईदाजनक ?