8/30/07

नाङिनु कतै रहर कतै बाध्यता

पत्रीकाहरु ले ठुला ठुला अक्षरमा नेपालमै पहिलो पटक भनेर पेटिकोट र ब्रा मात्रै लगाएको फोटो टासे । कसैले फोटो देखेर बिचरा भने, कसैले आहा भने, कसैले छि के देख्नु परेको भने ।

बादी महिला करले cybersansar.com कि यि model रहरले

यो नग्नताले ठुलै चुनौति दिएको छ अब public ठाउँमा कस्तो बेलामा नागिनु पर्छ भनेर सबैले सोच्न परेको छ। आफ्नो हक अधिकारका लागि जबर जस्ति लुगा खोल्न आट गरेका बदिनिहरु अब उनिहरु को मागमा वास्ता गरेन भने त निर्बस्त्र जुलुस निकाल्ने रे।

बदिनिहरु एक्दम राम्रो सँग नाच्न्छन् म सानोमा सल्यानमा हुदा यिनिहरुको नाच हेरेको थिए यिनिहरु ग्रुपमा दाङ् देखि आउथे र सल्यानमा एउटा ठुलो चौर छ तेहि सबै जना गीत गाउदै नाच्थे। तिनिहरु सङै सबैजना ठुला देखि साना सबै नाच्थे। तेति बेला ठुलो खैला बैला पनि सुनिन्थ्यो कुन बदिनिको छोराको अनुहार को सँग मिल्यो भनेर । तेति बेला त तेस्तो कुरा बुझिएन तर अहिले त बुझ्न सकिन्छ नि।

खासै भन्ने हो भने तिनिहरुको अवस्था सार्है नै दयनिय छ जवानि रहुन्जेल् मात्रै रमझम् बुढेस्कालमा गुजारा चलाउन गार्हो । ति उमेर गै सकेकि महिला लाइ आफ्नो हक अधिकारको लागि खुलेआम नाङिनु ठुलै वाध्यतालेनै होला।

बदिनि मात्रै नभएर हरेक महिलाहरु आफ्नो शरीर बेचेर आय आर्जन गर्ने को एकदिन न एकदिन भबिस्य त नाजुक नै छ ।

होइन म त दोष ति महिलाहरुलाइनै दिन्छु जवानि, बल छन्जेल कुनै सिपमुलक काम गर्न तिनि हरु लाइ कस्ले छेकेको थियो र? पढ्ने नै भए पनि हरेक जिल्लामा सरकारी स्कुल थियो राम्रो सँग पढ्न कस्ले छेकेको थियो र? अथवा अरु काम काज गर्न कस्ले रोकेको थियो र?

जवानि छन्जेल आफ्नो बल छन्जेल् रमाइलो गरेर बिताउने अनि बुढेसकालमा सडकमा नागिने अनि लौ म सँग को को सुत्न आयो सबै को लिस्ट् बाहिर निकाल्छु भन्ने? होइन भन्या यो नेपाल सरकारले पनि कति लाइ के के गरोस् । भोलि अब कामै नगरि घर घरमा तलब आवोस् भनेर जुलुस् निकाल्न बेर छैन। यो अल्छि जनता पाउनाले पनि बित्यासै पार्यो जे कुरा मा पनि अरु को भर पर्नु पर्ने।

अब यो नग्न जुलुसले एउटै पाठ् पढाउछ भबिस्यमा गएर एउटा औला अरुलाइ ठडाउदा चार वटा आँफै तिर ठडिन्छ । अब अहिलेका जुलुस निकाल्ने ले त राहत पाउलान । के गर्नु लौ !! नाम को लिस्ट नै निकाल्दिन्छु भनेर नेताहरुलाई तर्साए पछी त केही न केही त गरी देलान तर अब अरु जो यो पेशामा लागेका छन् बेलैमामा बुद्दि फिरे उनिहरुकै भलो हुन्थ्यो।

8/22/07

bloggers.com.np updates

http://www.bloggers.com.np/ मा अब तपाईंहरु ले नयाँ अपडेटस पाउनु हुनेछ। nepali bloggers team तयार पारेको updates हिजो राती देखी लाईभ भएको छ। अब यो साइटबाट आफ्नो तथा अरुको साइट सर्च गर्ने सजिलो भएको छ र क्यटागोरी वाइज सर्च गर्न, लोकेसन वाइज सर्च गर्ने, ल्यांगवेज वाइज पनि सर्च गर्ने सजिलो बनाइएको छ। अहिलेलाई bloggers team ले नै सबै categories गरिदिएको छ तर कृपया तपाईंहरु आफ्नो ब्लग हेर्नु होस् र गलत भएको छ भने Update Blog Link मा गएर सचाउनु होस्।

यो साइट्मा बिशेष रुपमा प्रोग्रामिङ गर्ने हर्कजि लाई धेरै धेरै धन्यवाद उहाले ३ दिन सम्म निरन्तर यो साइट्को लागि काम गरी दिनु भयो र अरु टिम मेम्बरलाई पनि धन्यवाद।

8/17/07

bamboo and fern story

Today one of my friend sent me the beautiful story for my personal and professional growth. I really like the story. Here it goes:

One Day I Decided To Quit...
I quit my job,
My relationship,
my spirituality.

I wanted to quit my life.

I went to the woods to have one last talk with GOD.

"GOD", "Can you give me one good reason not to quit?"

His answer surprised me...

"Look around", GOD said.
"Do you see the fern and the bamboo?"
"Yes", I replied.

"When I planted the fern and the bamboo seeds,
I took very good care of them.
I gave them light. I gave them water.
The fern quickly grew from the earth.
Its brilliant green covered the floor.

Yet nothing came from the bamboo seed.
But I did not quit on the bamboo.

In the second year
The Fern grew more vibrant and plentiful.
And again, nothing came from the bamboo seed.
But I did not quit on the bamboo." GOD said.

"In year three there was still nothing from the bamboo seed.
But I would not quit.

In year four, again, there was nothing from the bamboo seed.
I would not quit." GOD said.


Then in the fifth year a tiny sprout emerged from the earth.
Compared to the fern it was seemingly small and insignificant. ..But just 6 months later the bamboo rose to over 100 feet tall.

It had spent the five years growing roots.
Those roots made it strong and gave it what it needed to
survive.



" I would not give any of my creations a challenge it
could not handle."GOD said to me.

"Did you know that all this time you have been struggling?
You have actually been growing roots?"

"I would not quit on the bamboo, I will never quit on you."

"Don't compare yourself to others." GOD said.

"The bamboo had a different purpose than the fern.
Yet they both make the forest beautiful."


"Your time will come", GOD said to me.
"You will rise high"

"How high should I rise?" I asked.
"How high will the bamboo rise?"GOD asked in return.


"As high as it can?" I questioned
"Yes." GOD said,
"Give me glory by rising as high as you can."

moral of the story: If nothing seems like it is happening in your life, despite all the work you’re putting in, remember that you’re probably growing roots not fruit. Stick with it. One day not far from now, there’ll be a fantastic harvest. :)

8/10/07

काम गर्ने के को लाज?

"Every human has four endowments- self awareness,
conscience, independent will and creative imagination.
These give us the ultimate human freedom... The power
to choose, to respond, to change."
-- Stephen Covey

काम ठुलो सानो हुँदैन। कामको कुनै तह पनि हुँदैन।
कामलेनै माम दिन्छ, अनी बाँच्नको लागि आधार दिन्छ अनी यस्लेनै आफ्नो पहिचान दिन्छ।
कामनै पूजा हो र काममै भगवान पाईन्छ। चोर्न हुँदैन, ढाट्नु हुँदैन, आफ्नो ईमान बेच्नु हुँदैन र अल्छि हुनु हुँदैन तर कुनै पनि काम गर्न लाज मान्नु पनि हुँदैन र अप्ठयारो मान्नु पनि हुँदैन।
जस्तो सुकै कामको पनि ईज्जत गर्नु पर्छ। मिहेनतीलाई मान सम्मान गर्नु पर्छ ।

काममै बेस्त केहि पौरखिहरुको फोटो:

जाउलाखेलमा सडक बडालदै। कुनै पनि काम सानो हुँदैन ।
यिन्ले सडक बडालेन भने हाम्रो शहर कती फोहोर हुन्छ है?

५ रुपैया को २ वटा बत्ती रे। बगलामुखी मन्दिर परिसरमा फूल बेची रहेकी युबती
म जानु भन्दा अगाडि उनी मोबाईलमा गाना सुन्दै थीइन।

रिङ्गरोड्मा मकै पोलेर बेच्दै एक दिदी।
ल म एता हम्कदै गर्छु तपाईं फोटो खिच्नु है, फेरी मकै डढ्छ।

8/1/07

भात पकाउन भन्दा कम्प्युटर चलाउन सजिलो

हिजो animation को क्लास थियो केटी हरु २ ग्रुपमा बाडिएका थिए कस्ले भन्दा कस्ले राम्रो बनाउने भन्ने होड थियो। उनिहरु अक्षर यता बाट उता र फोटो हरु यता बाट उता गरेर animation गर्न बेस्त थिए।

एतिकैमा मैले एउटा ग्रुप लाई सोधे भात पकाउन सजिलो कि कम्प्युटर चलाऊन ? उनिहरु को एउटै स्वर आयो कम्प्युटर चलाऊन अनी animation गर्न।

IT Training को हासो

ए तेसो भए तपाईं को बुढाहरु ले दु:ख पाउने भए । हा हा हा हासो ले कोठा नै गुन्जायमान हुन्छ । तेतिनै बेला अर्का सर आइ पुग्छन यो अर्चना मिस पनि जोक गर्नु हुन्छ भन्दै, मैले भने कहाँ जोक गर्नु म केटी हरु को मनको कुरा बुझ्दैछु फेरी म अर्को ग्रुप भएको तिर लाग्छु र तेही प्रश्न तेर्साउछु। मेरो प्रश्न सकिन नपाउदै बिमला जि भन्नु हुन्छ कम्प्युटर चलाऊन नै सजिलो भात पकाउन त गाहो बिहानै बेलुकै टेन्सन …..

कम्प्युटर चलाऊननै सजिलो आहा...

हुन पनि हो अब भात मात्रै पकाएर, भान्छा चुलो गर्दै डाडु पन्योउ चलाऊने हरु माउस र किबोर्ड चलाऊन बेस्त थिए अनी आज के तरकारी पकाउने होला भनेर सोच्ने दिमाखले वेब साइट बनाउदा कस्तो कलर प्रयोग गर्ने होला भनेर सोच्न बेस्त थिए । अनी भान्छा को झ्याल बाट पाहुना लाई चियाउने आँखा हरुले ईन्टरनेटको झ्यालबाट संसार लाई चियाइ रहेका थिए अनी त रमाइलो हुनेनै भयो।

यो पालाको ट्रैनिङ बर्खे ट्रैनिङ भयो बिहान बिहान पानी परेर हैरान भयो। सुकिलो लुगामा आईरन साइरन लगाएर गयो, ट्रैनिङ दिने ठाउँ सम्म पुग्दा हिलै हिलो भइने । तैपनी सबै को जोश जागर छ केही सिकौ, केही गरौ भन्ने, हिलो र पानीले केही लछारेन ।

animation नै रमाइलो.. भात पकाउदा एस्तो रमाइलो कहाँ हुनु। तरकारीमा नुन धेरै हालेर Undo गर्न कहाँ मिल्छ र?

अहिले नेपाल को जनसंख्याको ४% महिलाहरु ले मात्रै कम्प्युटर चलाऊन/सिक्न पाएका छन् हाम्रो उदेश्य भनेको धेरै भन्दा धेरैलाई कम्प्युटर सिकाएर digitally भौगोलिक रुपमा अझ सागुरिनु हो अनी सुचना तथा संचार माध्यम लाई अझै ससक्त बनाएर यस् बाट अझै फाईदा लिनु हो ।