5/18/10

तपाईंले खाना खानु भयो त?

Hi how are you? - आफु लाई कस्तो दु:ख छ। पैसो कमाउन सकिएको छैन, दिन प्रती दिन उमेर ढल्कदै छ। यो नेपालमा पनि संबिधान बनाउन सकेका छैनन् । मनको बह कसैलाई नकह भने झै सबैका आ-आफ्ना दु:खका फर्सी छन। तर पनि I am good, yourself? भनेर डिच्च हास्नै पर्ने। दिनको एक चोटि हो र? बारम्बार यो प्रकृया दोहोराइ रहन पर्ने।

पहिला पहिला अष्ट्रेलिया आउँदा त जहाँ जादा पनि आफ्नो आराम बिरामीको कुरा सोध्दा खुशी लाग्थ्यो। तर कहिले काही त आ#$$ दिनमा एउटै कुरा दोहोराउदा दोहोराउदा वाक्स पनि लाग्थ्यो। तर ठिकै छ आफ्नो आफ्नो देशको चलन हो भनेर सोच्थे । मेल्बर्नमा तपाईं पसल, अफिस बैंक अथवा काही पनि जानुस् तपाईंलाई कस्तो छ आज भनेर सोध्छन अनी मौसमको कुरा हुन्छ। आज कस्तो गर्मी दिन है, भोली त पानी पर्ने वाला छ नि, अनी खेलकुदको बारेमा पनि कुरा गर्छन् । ए भोली त यो म्याच छ नि? आफु फेरी खेलकुदमा जिरो। यस्तै yea, no, surely , really मै टारिन्छ।

नेपालमा SLC दिने ताका कौसीमा किताब छरपस्ट पारेर पढिन्थ्यो। पढ्ने भन्दा किताबको शो बढी हुन्थ्यो। यो पढ्ने काम संसारमै सबै भन्दा गाह्रो काम जस्तै लाग्थ्यो।
कौसीमा आमा पनि सङ्गै घाम ताप्दै बस्नु हुन्थ्यो। उता अर्को कौसीबाट मगर्नी आन्टीले
ए अर्चनाको मामी भात खायो?
यता कौशी बाट : खाए, तपाईंले खानु भयो?
उता कौशी बाट : छैन नमिताको बाबालाई कुरेको।

कौसीमै बस्दा बाटोमा हिंड्ने छिमेकीले आमालाई बिहान छ भने चिया खानु भयो, १० बजे तिर छ भने खाना खानु भयो र दिउसो छ भने खाजा खानु भयो भनेर सोध्थे।

एक दिन दुई दिन भए पो त दिन दिनै खानाको कुरा सुन्दा सुन्दा वाक्क लाग्थ्यो कहिले काही प्वाक्क पछाडिबाट भनी हाल्थे सोमालियाबाट आयातित प्राणिहरु!!! आमा मुसु मुसु हाँस्दै भन्नु हुन्थ्यो, अब के गर्ने सोधे पछी भन्नै पर्‍यो।

हाम्रो चलन पनि गजब कै छ है। सन्चो बिसन्चो गोली मारो। खाना खाएको र नखाएको नै पहिला सोध्ने। ठिकै छ आफ्नो सस्क्रितीलाई नै जोगाउ न त।

अनी तपाईंले खाना खानु भयो त? ;)

5 comments:

Anuz kulung For Anuza said...

archana ji ko blog ko lekh pani gazab chha khusi lagyo dherai pachhi tapaiko blogma padhna payera....lekhdai janus padhne kam hamro ki kaso archana ji

Aakar said...

hehe...ramailo guff.... :)
btw, archana ji, tapai le khana khanu vayo ?

archana said...

aginai ho. aba khaja khane bela huna lagi sakyo.

inashrestha said...

हन कति बजिचन र त्याँ भन्चु म ? घडीको ट्यामले त ब्यानको सवा छ बजिचन । खाजा खाने बेला भो र भन्चु म ?

ह्याँ हाम्रा चै साँझाँ भात घिच्ने बेला भैचन भनेर भन्थे रे के पारी भैरेले ।

Krishna said...

नमस्कार अर्चना जी
तपाईको ब्लग मैले fb मा ढेखे अनि लग्यो click गरु तर फेरी गरिन अनि आज fb चलाउदा तपाइको केहि सब्धले छोयारा होला आज clik नगरी सकिन .....अनि मत दङ्ग भय जब तपाई ब्लग मा लेखियका कुरा पढे .
fb मा छ नी एउटा tab...त्यस्तै म भन्न चाहन्छु कृष्ण सुबेदी likes this.....hahaha
मलाई तपाई को ब्लग किन पनि मन पर्यो भने मैले सोच्ने जस्तै एउटा मान्छे पाए तर फरक यति मात्र छ कि तपाई सब्द मा आफुलाई व्यक्त गरिरहनु भएको छ म चै त्यस्ता भावनालाई मन मै राखेर बसेको छु .
तपाइको यो प्रयासलाई म तपाई को लेख पढेर सहयोग गर्न सक्छु.
ani एउटा कुरा तपैले खान खानु भयो मात्र हैन काठमाडौँ म आर्को पनि एउटा कुरा हुन्छ सायद तपाइलाई याद छ कि छैन ...घर मा आउन, घरमा आउन भने ......म त किन भनेको होला भने सोच थिय बचाबेला म अनि एउटा साथीको म खुब जन्थिया किन भने मलाई साथीको दिदि ले जहाँ भेडा पनि घर मा आउ भानु हुन्थियो अनि पछि मम्मी ले पो सम्झाउनु भयो नेवार हरुले त्यसै भंचन तर भन्दै मा जानु पर्दैन.

anyway मेरो गन्थन अआली बढी भय जस्तो छ.
फेरी पनि एकपटक धन्यवाद तपाईलाई र सुभकामना.