1/26/11

हामी जे सपना देख्छौ तेही हुन्छ


हामी लामो समय सम्म जे सपना देखेर त्यही अनुसार काम गर्छौ तेही हुदो रहेछ त्यो पक्का रहेछ केहि ढिलो अथवा चाडो त अवस्य हुन्छ त्यो मेरो अनुभवले बताउछ।

मैले नेपाल छोडे देखी आफुले आफुलाई चिन्ने खुब कोशीस गरे मलाई लाग्यो जस्ले आफुलाइ चिन्दैन त्यो मान्छेले कहिले पनि सुख पाउदैन। आफुले आफुलाइ चिन्ने कोशीसमा मैले एउटा कुरा पत्ता लगाए त्यो के भने आफु प्रती बफादार हुने।
जब मान्छे आफु सँग साचो हुन्छ तब संसारको अगाडि प्रस्तुत हुँदा आत्मबिश्वास हुन्छ र दुनियाँ ले जे भने पनि तपाईंलाई असर पर्दैन । म जती आफु साचो छु तेही प्रकारले प्रस्तुत भएर ब्लगमा लेख्ने छु ।

साचो मन देखी भन्न पर्दा १२ कक्षा पछीको मेरो सपना कम्प्युटर पढ्नु थियो तेती बेला सम्म कम्प्युटर छुन नपाएको मैले कम्प्युटर पढेर त्यसमै जागिर खाउला भन्ने सपना सार्है अप्ठेरो थियो तर असम्भव थिएन । त्यसैले बाबु आमा सँग बाजेर, झगडा गरेरनै कम्प्युटरमा ब्याच्लर गर्न भर्ना भए। २००३ मा पढाई सके पछी ५ बर्ष मैले नेपालमै IT क्षेत्रमा काम गरे । दिनमा कारेब १४-१८ घण्टा काम गर्थे त्यो हिसाब मैले १० बर्ष नै काम गरे कि जस्तो लाग्छ :) । त्यो बेला मैले के कस्तो आइटि काम गरे र कस्तो कठिनाई खेप्न पर्‍यो मेरो के कती कमाइ भयो त्यो बिस्तारै मेरो ब्लगमा लेख्ने छु।

त्यस पछीको मेरो सपना भनेको मेरो प्रेमी सँग बिहा गर्नु थियो। म उनलाई यती धेरै माया गर्थे कि मेरो हरेक इच्छा उनिमै गएर टुगिन्थ्यो। म जस्तो जिद्दी, घमन्डी केटीको मन महाभारतको संग्राममा अर्जुनले जस्तै जिती सकेका थिए। मेरो हरेक सफलता, हरेक दु:ख कष्ट बाढ्ने असल मित्र थिए। हामी खल्तीमा सुको नहुँदा पनि माया गर्यौ भने खल्ती भरी पैसा हुँदा पनि माया गर्यो। आजको आधुनिक तामझाममा माया बाहेक अरु सबै चिज गौण भए। प्रेम भएको कारेब १० बर्ष पछी हाम्रो विवाह भयो, हाम्रो सपना पुरा भयो र अनेकौ बिबाद र अप्ठेरो बिच भएको विवाह मेरो जित थियो

मेरो अर्को सपना भनेको बाहिर गएर नयाँ कुरा सिक्नु थियो जुन सपना पुरा भएको छ र म केही नयाँ सिक्ने प्रयासमा छु र म अष्ट्रेलिया आएको २ बर्षमा आइटी क्षेत्रमा कहाँ कहाँ कसरी काम गरे त्यो दु:ख सुखका कुरा बिस्तारै ब्लगमा लेख्दै जानेछु।


हरेक नारीको एक सपना हुन्छ आफ्नो घर संसार होस् र म पनि त्यो बाट अपबाद छैन। म त १००% नारी हुँ। दु:ख पर्दा धुरु धुरु रुन आउछ। खुशी हुँदा अट्ट हास हासो आउछ। रिस उठ्दा कन्सिरिको रौ तातेर आउछ्। मेरो अर्को सपना पनि अब लगभग पुरा भएको छ। म जस्तो सपना देख्थे तेस्तै गरेर दुई जना मिलेर परिश्रम गरेर आफ्नै बल बुतामा घर संसार बनाउन सफल भयौ।

तर यती मै मेरो सपना पुरा हुँदैन मैले अझै धेरै ठुलो सपना देखेको छु। त्यो पुरा हुन बाँकी नै छ त्यस्को लागि म अथक प्रयास गर्दै छु त्यो पुरा भए पछी म अवस्य यहाँ लेख्ने छु।

dream big....feel it....believe it....dig it..work it... achieve it and share it.....



1/24/11

चड्कनले देबी बाजे नेपालीहरुको हिरो


देबीबाजेको झापड अहिले नेपालीहरुको कुराको हट टपिक बनेको छ। जनताहरु कुखुरा खाने स्याललाई झटारो हान्न पाए जस्तै
मेख मारेर आहा भनी रहेका छन्। उनको फेसबुक पेजमा धेरैले उनको प्रसंशा गरेका छन् । उनी जेल जान होइन फुल माला अबिर लगाइ दिएर शहरमा घुमाउन पर्ने र हातमा हतकडी होइन म्वाइ खान लायक भएको लेखिएको छ।

हुनत मैले पहिले नै लेखी सकेको छु तरिका गलत भएनी निशाना सहि हो,त्यो सहनसिलताको चरम बिन्दुको फल हो। झल नाथको ठाउमा म भएको भए र आफुले गल्ती गरेको भए उनकै अगाडि कान समातेर उठ बस गर्थे र आफु बिचलित् भएर बाटो बिराएकोले धन्यबाद् दिदै माफि माग्थे। झापड हान्नुको कारण सोधेर आफुलाइ सुधार गर्न प्रयास गर्थे। यस्तो कार्यले मेरो गौरब अझै चुलिन्थ्यो कतै घत्थेन । किन कि उनी उमेरले पनि बढीनै थिए र आफ्नो गल्ती आत्म साथ गर्नु नै ठुलो कुरा हो न कि त्यस लाई ढाक छोप गरेर मेरो गोरुको बार्है टक्का भनेर चक्काजाम गराएर उत्पात मच्चाउनु हो। सबै भन्छन नेता ठुला मान्छे हुन इज्जत गर्न पर्छ म त यही भन्छु तिमीलाई अरुले जतीनै इज्जत गरे पनि तिमी कहिले पनि ठुलो मान्छे हुन सक्दैनौ यदी तिमी आफ्नो नजरमा सधै सानो छौ भने बस् तिमि आफुले आफुलाइ मुल्याङ्कन गर। मलाई लाग्छ गरीब निरिह किसानीलाई थुनेर ठुलोनै पुरुषार्थ गरे भन्ठानेको भए एउटा बाघले कमिलालाई हातको पंन्जामा राखेर दङ्ग पर्नु जस्तै हो ।

नेपालमा चडकाउनु कुनै नौलो कुरा होइन कहिले कसले, कहिले कसले चड्कन खाएको सुनी रहन्छ तर जेलमै बसेको चाँही सुनिएको थिएन तर देबी बाजे लाई शक्ती को आडमा जेलमा राखिएको छ ठुला लाई चैन साना लाई एैन भन्या जस्तै । तर पनि उनको सहयोगको लागि बनाएको वेब साइटबाट उनलाई छुटाउन रकम उठ्दै गरेको देखिन्छ। अब सबै जनाले कुन ठाउँमा कस्लाई कसरी कस्तो प्रकारको झापु लाउदा झेल्ली हुन्न भन्ने बुझी सकेका छन।

सबै भन्छन देबी बाजेले हामीले गर्न नसकेको तर गर्नैपर्ने काम गरेका छन त्यसैले उनी देशको हिरो हुन।

1/21/11

पारसको हवाइफायर र देवीबाजेको झापु हिट


नेपालमा यो बर्षको सबै भन्दा हिट कुरानै गलत तरिकाले गरेको भए पनि सहि निसाना परेको पारसको हवाइफायर र देवीबाजेको झापु होला जस्तो छ।

पारसको हवाइ फायर तत्काल बिबादित भए नि घर ज्वाँईको कर्तुत था’ भए पछी तरिका गलत भए नि ठीक हो भनेर जनताले भने।

त्यस्तै गरेर झापु खाए पछी एमाले नेता झलनाथ खनालका परिवार र संयम नेताजिउ र केही कार्यकर्ता बाहेक सबै जना खुशी भएका छन। खुशीको लहर देश तथा बिदेश सबै तिर फैलिएको छ। ब्यापक राजनीतिक निराशा बिच देबी बाजेले हानेको चडकन् ले जनता बिच वाह् वाह् पाएको छ र उनको समर्थनमा फेसबुक पेज पनि खोली सकेको छ। जस्मा यो ब्लग लेख्दा सम्म 2900 जनाले मन पराइ सकेका छन् र अनलाइन फेसबुक ग्रुपले देवी प्रसाद रेग्मीलाइ १०,००० नगद पुरस्कार पनि दिने घोषणा गरेको छ । संसद भवनमा पनि झापु सबैनेताले खाएको महसुस गरेछन। तिनलाई अब देखी जनताको माझ आउँदा हेलमेट, गमबुट, लाईफ ज्याकेट चाहिने होला।

मैले कक्षा पाचमा लक्ष्मण सरको हात बाट खाएको झापु अहिले सम्म बिर्सेंको छैन मलाई लाग्छ अब झल्लु अंकलले पनि झापु सम्झी सम्झी संबिधान र नयाँ प्रधान मन्त्री छिटो छिटो बनाउन जोड दिने छन कि?

पारसले पनि राज्यले छुन र देख्न नसक्ने अपराधी खोजी खोजी पटका हवाइ फायर गर्दिए अझ पपुलर पो हुने थिए कि?


Update: i have donated lil money to release devi jee from jail. if you wish to donate. click here


1/17/11

it may break our hearts . but it will not break our will

अहिले अष्ट्रेलियाको Queensland, brisbane र victoria भन्ने ठाउँमा ब्यापक बाढिले क्षति बनाएको छ। १५ जना जतीले ज्यान गुमाए भने लाखौं घर काम नलाग्ने गरेर डुबानमा परेका छन। कुनै पनि देशमा प्राकृतिक बिपत्ती आउँदा धनी देश होस् वा गरीब देश होस् सार्है आपत बिपत पर्दो रहेछ तर त्यो देशको नेता र जनताले त्यो आपत कसरी अङाल्छन मलाई त्यो सार्है प्रेरणा दायी लाग्यो।

Anna Bligh (Queensland कि प्रिमियर Anna Bligh)आफ्नो सन्देश दिदा दिदै रुदै।

Queensland कि प्रिमियर Anna Bligh ले छिन छिनमा टि.भीमा आफ्नो मन्तब्य दिन्थिन। मलाइ मन परेको उनको सन्देश को सानो टुक्रा :
"This weather may break our hearts ... but it will not break our will "

"I want us to remember who we are, We are Queenslanders. We are the people they breed tough north of the border. We're the ones that they knock down, and we get up again.In the coming weeks and months we are going to prove that beyond any doubt. Together we can pull through this and that's what I'm determined to do. With your help we can achieve that"

हुन त उनी त्यती पपुलर नेत्री थिइनन तर जुन किसिमले बिपतमा leadership देखाइन त्यसको हिसाबले अबको प्रधानमन्त्री Anna Bligh नै हुनु पर्ने जनताले राय दिइरहेका छन् ।

भु.पु प्रधानमन्त्री Kevin Rudd जनताको सर-सामान सुरक्षित स्थलतिर लग्दै। हरेक पार्टीका नेता, खेलाडिहरु जनताको मन जित्ने मौका यही हो भनेर तछाड मछाड गरी लागि परेका छन् ।

हेलिकप्टरबाट उद्दार गर्दा आफ्नो बुढी र छोरालाई पहिला उद्दार गर्न लगाएका जोन भन्ने उद्धारको पालो पर्खदा पर्खदै पानीमै हराए। उनी अहिले सम्म बेपत्ता छन् ।

ब्रिजबेनमा बाढिले बगाएको ३०० मिटर पुलले अरु ठाउँमा क्षति नगरोस भनेर एक सर्बसाधारण ज्यानको बाजी लगाएर सानो बोट लिएर बगी रहेको पुललाई सुरक्षित ठाउँतिर बगाउदै।

जब पानीको लेभल घट्यो धेरै जसो मान्छेहरु आफ्नो घर फर्के। धेरै जसोको घरमा पानीले बगाएर ल्याएको माटो तथा फोहर बाँकी थियो र हरेक घरभित्रका सामान धेरै जसो काम नलाग्ने भएका थिए तर पनि दु:खको यो घडीमा अष्ट्रेलियनहरुले एकअर्काको खुब सहयोग गरे। घरको सर-सफाइ गर्न नेता देखी छिमेकी सम्म र टाढा टाढा देखी बस रिजर्भ गरेर आउनेको ताती नै छ।

सर-सफाइको लागि अर्को सिटीमा जान बसमा चढ्न लाम बद्द volunteer

आज सम्म 62, 000 volunteers ले बाढि आएको क्षेत्र सर-सफाइ गर्न दर्ता गरेका छन् । ति volunteers ले आँफै कुचो, साबेल, बाल्टिन लिएर आउछन र घर सफा गरेर जान्छन। एकैठाउँमा बसेको बिसौ बर्ष सम्म नचिनेको छिमेकी आएर घर सर-सफाइमा सहयोग गरी रहेका छन्। उनि हरु यहि नै Australian Spirit हो भन्छन्।

उनीहरुलाई आशा छ एकअर्काको सहयोगले चाडै नै यो बिपत्ती बाट मुक्त हुनेछन्। यो आपतबाट सिघ्र उम्कन सफल रहुन Gurkhas Spirit को तर्फबाट धेरै शुभ कामना !!

1/6/11

गूगलको पैसा फलेवास,पर्वतको श्री सुर्योदय युवा क्लब लाई

गूगलबाट आएको पैसा नेपाली रु.८०००(आठ हजार) पर्वत फलेवास, देविस्थान स्थित श्री सूर्योदय युवा क्लबलाई दिएको छु । आशा छ सानो रकम भए पनि ठुलो काम गर्न सहयोग मिल्ने छ। क्लबको बारेमा सानो जानकारी पनि राखेको छु । मलाई लाग्छ पैसा कमाएर कोही ठुलो मान्छे हुन सक्दैन र मान्छेलाई जती कमाए पनि पुग्दैन। यदी तपाईंहरु पनि सहयोग गर्न इच्छुक हुनु हुन्छ भने क्लबलाई संपर्क गर्न सक्नु हुनेछ।

उद्देश्य गाउंमा व्याप्त कुरिती तथा विसङ्गती हटाई समग्र गाउंको विकास गर्ने उद्देश्य लिई स्थापना गरिएको यस श्री सूर्योदय युवा क्लबको मुख्य उद्देश्य निम्न अनुसार रहेको छ ।

(क) बिभिन्न सामाजिक कार्यहरु जस्तै बाटो घाटो, खानेपानी, सिचाई, पाटी पौंवा तथा मठमन्दिर आदि निमार्ण गर्ने ।
(ख) खेलकुदको विकास गर्ने ।
(ग) शैक्षिक क्षेत्र उकास्न सहयोग गर्ने ।
(घ) बिभिन्न प्रकोपमा सहयोग गर्ने ।
(ङ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(च) संस्कृतीको जर्गेना गर्ने ।
(छ) स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने ।
(ज) सामाजीक न्याय गर्न सहयोग गर्ने ।
(झ) सम्पूर्ण युवाहरुलाई संगठित गरि देश विकासमा लगाउने ।

श्री सूर्योदय युवा क्लबले हालसम्म गरेका कार्यहरु ः

(क) कालीगण्डकी नदीको किनारमा पक्की पौंवा निमार्ण गरेको ।
(ख) फलेवास देखि पश्चिम भेग जाने गोरेटो बाटो निमार्ण गरेको ।
(ग) फलेवास देखि दक्षिण भेग जाने गोरेटो बाटो निमार्ण तथा मर्मत गरेको ।
(घ) देविस्थान गाउं विकास समिति वडा नं.३ मा श्री शिशु निकेतन प्राथमिक विद्यालयको स्थापना गरि संचालन गरेको ।
(ङ) देविस्थान गाउं विकास समितिका प्रत्येक विद्यालयका एक एक जना छात्र छात्रालाई जेहेन्दार छात्रवृृद्धी वितरण गरिएको ।
(च) समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमहरु संचलन गर्ने गरेको ।
(छ) खेलकुद तथा शैक्षिक स्तर उकास्न समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिकसामाग्रीहरु खरिद गरि वितरण गर्ने गरेको ।
(ज) गाउंमा जाड रक्सी, तास जस्ता बिकृतीमा लागी झै(गडामा गर्ने व्यक्तिलाई दडित गरि कुलत छुटाउने कार्य गदंै आएको ।
(झ) देउसी भैली खेली उठेको पैसाबाट केही पुस्तक तथा पत्रपत्रिकाहरु खरिद गरि पुस्तकालय स्थापना गर्ने कार्यमा लागेको तर आर्थिक अभावका कारण उक्त कार्य गर्न पुरा गर्न नसकिएको ।
(ञ) बेला बेलामा बिभिन्न स्थानमा खानेपानी, सिंचाई, मोटरबाटो, गोरेटो बाटो मर्मत गर्ने गरेको ।
(ट) बेला बेलामा गाउं सरसफाई अभियान संचालन गरि गाउं सरसफाई गर्ने गरेको ।
(ठ) बिवाह, वतबन्ध तथा बिभिन्न सामाजिक कार्यको लागि आबश्यक सामाग्रहरु टेण्ड, कुर्सी, गेट तथा अन्य सामानहरु खरिद गरेको ।
(ड) समय समयमा स्वास्थ्य शिविर संचालन गरेको ।
(ढ) बिभिन्न प्रकोपमा परेको व्यक्तिहरुलाई सहयोग गदै आएको ।
(ण) गाउंमा सम्पन्न हुने बिवाह, बतबन्ध तथा अन्य सामाजिक समारोहमा सम्पूर्ण कार्यहरु क्लवले गर्ने गरेको ।
(त) गाउंमा हुने झै(झगडा मिलाउने कार्य गदै आएको ।
(थ) युवाहरुलाई सगठित गराई सामाजिक कार्य गर्न उत्प्रेरित गर्ने गरेको ।

५. श्री सूर्योदय युवा क्लबको भाबी कार्य योजना ः

(क) पुस्तकालय स्थापना गर्ने ।
(ख) क्लबको भवन निमार्ण गर्ने ।
(ग) क्लबद्धारा स्थापित श्री शिशु निकेतन प्राथमिक विद्यालयलाई माथिल्लो तहसम्म बढाउदै लैजाने ।
(घ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(ङ) फलेवास प्रवेशद्धारा निमार्ण गर्ने ।
(च) फलेवास देखि दक्षिण र पश्चिम जाने बाटोमा खानेपानीको धारा निमार्ण गर्ने ।
(छ) बिभिन्न कुरिती तथा विसङ्गती हटाउदै जाने ।
(ज) संस्कृतीको जगेर्ना गर्ने ।
(झ) शैक्षिक स्तर उकास्ने कार्यमा सहयोग गर्ने ।
(ञ) बाटोघाटो, खानेपानी, सिंचाई तथा अन्य बिभिन्न सामजिक कार्यहरु सम्पादन गदै जार्ने ।
(ट) बिभिन्न प्रकोपहरुमा सहयोग गर्ने ।
(ठ) समय समयमा स्वास्थ्य शिविरहरु संचालन गर्ने ।
(ड) युवा शक्तिलाई बिभिन्न सृजनशिल कार्यमा लगाउने आदि ।

अन्तमा,
एक घण्टाको लागि खुशी हुनु छ भने :- पार्कमा जाउ! एक हप्ताको लागि खुशी हुनु छ भने :- अफिसमा बिदा लिएर घुम्न जाउ! एक महिनाको लागि खुशी हुनु छ भने :- विवाह गर! जिबन भरिको लागि खुशी हुनु छ भने :- पढाई र पेसा प्रती इमान्दार होउ !मृत्‍यु पछी पनि खुशी हुनु छ भने :- जिबन रहदै समाज र अरुको लागि पनि केही गर --source fb