6/12/10

जस्ले जिते नि हाम्लाई के?

जाउलाखेलमा बसे पनि खेल तेती हेरिन्न। बिस्वकप फूटबलमा नेपालमा तथा अरु देश का बासिन्दाको निन्द्रा हराम गर्देको छ। नेपालले भाग लिन नपाए पनि सबैले आफ्नो आफ्नो मन पर्ने देश छानेका छन्। मलाई चै हिजो कोरियाले जितोस जस्तो भाथ्यो ठ्याक्कै जित्यो।

फूटबल हेर्नेमा कोही कोही साचिकै खेलाडी र टिम बुझेर सपोर्ट गरेको देखियो भने कोही कोहि चाँही जुन टिमले जित्ला जस्तो लाग्छ, तेही टिमको गाना गाएको देखियो तर नेपालमा जस्तो घर घरमा ताम झाम चै मैले अष्ट्रेलियामा देखिन। एउटा बुद्दिजिबिको फेसबुकमा लेखेका थिए, नेपालीको भाग्य भन्नु नै अरु देशको प्रगती देख्न पाउनु हो रे। हुन पनि हो नेपाली सार्है दिलदार अर्काकै जितमा पनि दङ्ग परी दिन्छम ।

४ बर्ष अगाडि को विश्वकपको म्याच भै राथ्यो आफु तेती घोरिएर फूटबल नहेर्ने हुनाले बहिनी अष्ट्रेलिया आउने सप्पिङ् गर्न न्यू रोड तिर निस्केका थियौ। बिदेश जाने भन्यो कि एक सुट्केस सामान त किन्नै पर्‍यो। जाडोमा लाउने, गर्मीमा लाउने, भित्री, बाहिरी आदी इत्यादी। सस्तो होलसेलमा पाईन्छ भनेर रन्जना गल्ली तिर छिरियो धेरै जसो पसल त बन्द थिए कोही कोही खुल्ला थिए हामी गल्ली गल्ली हिड्डै थियौ। गो।।।।ल को आवाज सबै घरतिरबाट आयो ह्वआरररर पानी त् झ्यालबाट पो खनाए। ए बाबा होली त अगाडि पछाडि कतै थिएन किन यसरी भिज्ने गरेर पानी खनाए होलान ह ? फेरी अर्को गोल भएछ गो।।।।ल ढ्याङ् ढ्याङ् ढ्याङ् केही ठोकेको जस्तो आवाज…फेरी अर्को झ्यालबाट पानी ह्वआरररर…. हा।।। अब यो बेमौसमको होलीले हामीलाई टेनसन दियो र अब यो गोलको सुरमा बाटोमा पानी खनाउदा हामी घर सम्म पुग्दा पुरै भिज्ने पक्का थियो तेसैले नजिकैको रेस्टुरेन्टमा छिरेर तातो तातो म.म खाँदै बाँकी म्याच हेरेर सके पछी घर तिर फर्कियो।

हुन त जुन देशले जिते नि हाम्लाई के हुन्छ र? तै पनि रमाइलो र बुझ्न सजिलो भएकोले नेपालमा धेरै जसोले हेर्ने गर्छन्। मलाई नि आSSSS कोरिया ले नै जितोस जस्तो भएको छ ओर्ल्ड्कप ।के त हैन सपोर्ट गर्दैमा के बिग्रियो र? ब्राजिल , स्पेन, फार्न्स, अर्जेन्टिना यिनलाई सपोर्ट गर्ने त धेरै होलान।

ल ल हेर्नुस् मजा लिनुस् तर रन्जना गल्लीको मान्छेहरुले पानी बाटोमा नखनाउनुस् नि । बाटोमा मान्छे नि हिड्छन नि हो।

5 comments:

Aakar said...

एउटा बुद्दिजिबिको फेसबुकमा लेखेका थिए, नेपालीको भाग्य भन्नु नै अरु देशको प्रगती देख्न पाउनु हो रे। हुन पनि हो नेपाली सार्है दिलदार अर्काकै जितमा पनि दङ्ग परी दिन्छम ।

सायद यहि नै हो, जस्ल जिते नि हाम्रा लागि !

Entertainment Nepal said...

Teita didi, Nepali kheladi haru ta UHI jhataro hanne, Tyre Balne game cha bhane matra Jitchan, aaba kaha Football ko world cup ma pugnu haina ra...

पुष्प said...

हामीभन्दा विशाल 'असल' छिमेकी त आजसम्म विश्वकपमा पुग्न सकेछैन, हाम्रो के कुरा गर्नु । चीन पनि यसपालि पुग्न सकेन । त्यसैले निराश भइहाल्नुपर्ने वा यसैकारण आफूले आफूलाई 'उडाउनुपर्ने' कुनै कारण छैन ।

सबैले आफ्नो औकात वा भनुँ आफू जे कुरामा सक्षम छ, त्यता पट्टि लाग्नु उचित हुन्छ । मार्सल आर्ट्समा भने नेपालले सफलता हात पार्ने गरेको ‘इतिहास’ छ । तर खेलमा पनि राजनीति पसेका कारण अचेल उक्त क्षेत्र पनि खस्किँदो छ ।

जहाँसम्म ‘जसले जिते नि’ भन्ने कुरा छ; खेल भनेको एकआपसमा सौहार्द्रता बढाउने विषय हो; यो अनुशासनको पर्यायवाची पनि हो । समग्रमा खेल भनेको रमाइलोका लागि हो । आफूले खेल्नु वा अरुले खेलेको हेरेर आनन्द लिनु नै खेलको मज्जा हो । त्यसैले आफ्नो देशले खेल्न पाएन भनेर चित्त दुखाउनुको कुनै तुक छैन । म त यसपालि ब्राजिलको समर्थक हुँ । ;)

Season said...

Archana,
Narisaune bhaya,
Alikati Philosophy ko kura garau ??

It is so easy to share sorrow; it’s easy.
When a family member dead or get ill in our relatives or in our known circle we get there ASAP and let them feel like we are also felling same for this grief. Tears from our eyes comes there and we become ready for instant help; somehow.
It’s our ‘good’ tradition; because it’s easy and may with inner expectation of return.

It’s so so hard to share Happiness. Yes, so hard to be happy in other happiness. Our uncle buy a new car, the man next to our house make 1million in one month, the girl of my same class been selected for visit Europe don’t make us happy. Others’ happiness normally makes us feel jealous. It’s not easy for everyone.
But see the change in Nepali younger; they can share happiness. They are not victim by the narrow domestic walls but FREE. A FREE and aware person feel happiness for all the new event happening in Universe.
That’s what the Fans are doing.
I think.

bishal gurung said...

but i dont agree with u dis tym dd...kura lai jata bangaye pani bangin6..but, football is a passion n i watch for enjoy..if u dont support any team it doesn't feel good...its d way ppl r..