
अहिले मेरा बा आमा अष्ट्रेलिया आउनु भएको छ। म घुमाउनमा बेस्त छु। सानोमा बा आमाले हात समातेर नेपालको उकालो, ओरालो, देउराली-भञ्ज्याङ घुमाउनु भयो अहिले मैले हात समातेर लिफ्ट, पानी जहाज, समुन्द्र तिर घुमाउदै छु। सानोमा म यो खान्न त्यो खान्न भन्थे तेस्तै समयको चक्रले घुमाउदै आमा बा पनि छि यो चिज त कती नमिठो, त्यो त छ्या खान्न भन्नु हुन्छ। तर यि दिनहरु रमाइलो छ, सधैं यस्तै रही रहोस् जस्तो। गएको हप्ता Canberra र Sydney गएको थिए । यात्रामा कर्णाली ब्लुज पढ्न सकियो। मलाई त राम्रो लाग्यो यस्तै यस्तै किताब बजारमा आउन थाल्यो भने नेपालीको पढ्ने बानी अझ धेरै बिकास हुने छ।
बुद्धीसागरजिले कर्णालीको सम्बन्धमा जुन चित्रण गर्नु भएको छ त्यो हिसाबले त्यो भेगको जनताले न्याय पक्कै पाउन पर्छ अनी बिकासको स्वाद अवस्य चाख्न पाउन पर्छ। आफु सररर गाडीमा हुक्किदै किताब पढि रहेको बेला किताबको पात्र सात दिन लगाएर कालीकोट हिडि रहेको चित्रणले मन कुटुक्क खान्छ। कथामा पात्रले बाबुलाई सुख दिने दिन देखाउन कोशीस भए जस्तै म पनि आफ्नो बाबु आमालाई भरपुर सुख दिने कोशीसमा छु। आशा छ मेरो ब्लग पढ्नेहरुले पनि कुरा बुझी दिनु हुनेछ छ आक्कल झुक्कल ब्लगमा आउँदा गाली गर्नु हुने छैन।
मेरो आमालाई जता ततै गोरुको मासु पाएको देखेर नफरत छ। कतै बाहिर गए पनि खादा भ्या गरेका छन कि भनेर चनाखो हुनु हुन्छ तर के भित्र के के गर्छन् के के आफुले देख्न पाइन्न। अनी लिफ्ट प्रयोग गर्दा फनफनी घुमाउने रोग त छ्दै छ। जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ। अनी काम बाट छुट्टी हुँदा घुम्ने रमाइला दिनहरु पनि छ्दै छ।
2 comments:
अँ साछी आर्चना जी हजुर को यो पोस्ट मलाई औधी मन पर्यो, सायद बालकाल को नानिबेली, आमा बाबा को साथ मा लडिबुडी गर्दै रमाएका ति सुनौला दिन हरु को झजल्को ले मलाई अलि बढी नै भाबुक बनाइदिएको छ, हुन त आर्चना जी मान्छे जीवन को गोरेटो मा आधि बेहेरी संगै कहाँ पुग्ने हो कुन्नि, तर ढिलै भएनि आज मैले संज्ञोज बस तपाई को ब्लग हेर्न पाए सारै खुशी लग्यो... हजुर ले राखनु भएका सबै कन्टेन्ट अति नै उपयोगी र जानकारीमुलक छन्...
अन्त्य मा हजुर को सफल जीवन यात्रा को कामना गर्दै ओझेल पर्छु ल !
atti raamro man chhune line....haaso uthdo....he he
जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ।
Post a Comment