6/5/10

अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो रे


“हेर्नुस् बाहिनी हामी मागरको बुद्धी हुन्न आरु जातका धेरै जसो काती ठुला ठुला ठाउँमा पुगिसके तर हाम्रा जात उही पलटनमा बन्दुक पड्काउने मात्रै ठुलो काम भो। हन् है बाहिनी हामी आफ्नै फुपु चेलीको छोरी बिहा गरेर बिज्ञाननै बिग्रेको हो। आलिक पर परको जातको नानी सँग बिहा गरे पो चल्ला चल्ली राम्रो निस्किन्छ गाठे"
एउटा मगर अंकलले यो कुरा भन्दा उनले साच्चै कती बैज्ञानिक कुरा गरे है भनेर खुशी साथ सुने।

- पचास नागेका ति अंकलको कुराले हौसिएर, कत्तिनै ठुलै काम गरेको जस्तो भनी हाले मेरो र मेरो केटाको जात पनि मिल्दैन अंकल भने ।

- ए तापाईं त भैंसी खान्छ हइन? अंकलले अली नाक खुम्चाउदै सोधे ।

- भैंसी त होइन रागो खान्छु, तपाईं पनि खानु हुन्छ होला नि छोएला? भैसि भनेकोले कड्किएर मैले सोधे

फेरी रागो बिना मो.मो को जीवन अधुरो नै हुन्छ नि ;)

- खान्छ नि किन खाँदैन। त्यो सोर्ह खुट्टे ओरालोको छोयला त आसाध्य मिठो छ। मुखै रसाउदै पो ति अंकल ले भने

- अनी बाबु कुन जात को राइछ त?? अलिक चासो देखाउदै सोधे।

- शर्मा हो नि मैले भने

- ए आच्छा!! भन्दै टाउको हल्लाए

- अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो निस्किन्छ हो अंकलले भने

हुन त एउटै जातकोबाट पनि बच्चा बच्ची नराम्रो निस्किने होइन। तर यो जात भातको कुरा नेपालमा अहिले पनि ठुलै रुपमा हेरिन्छ। यदी तपाईं पौड्याल हुनु हुन्छ र विश्वकर्मा बिहा गर्नु भएको छ भने काण्ड पुग्यो। यो नेपालको चलन देखेर म वाक्क, ब्याक्क, प्याक्क भैइ सके । सबै लाई राजनिति ह्य्यान त्य्यान कै पिरलो छ तर समाजमा यस्तै खाले भाईरसलाई जोडतोड सँग बचाउने अभियान हुन्छ। मैले एती सम्म देखेको हुँ कि आजको युबा पुस्ताले आफुले प्रेम गरेको प्रेमी र प्रेमिका पनि अन्तरजातिय हुनाले समाज र बाउ आमाको करकापले छोडेको पाएको छु।

बाउआमा समाजको इज्जत गर्नु पर्छ तर त्यस्को साथ साथै आफ्नो आमा बाबुलाई मायाले सम्झाउने र समाज परिवर्तन गर्ने जिम्मेवारी पनि युवायुवतीकै हातमा हुन्छ। मेरो पनि अन्तर्जातिय बिहा हो। मलाई पनि अली अली बाधा आए होलान तर हामीले बिचार पुराउनु पर्ने कुरा के हो भने, बाउ आमाले भनेको मान्नु पर्छ तर जिन्दगी बिताउने कुरामा चाँही निर्णय तपाईंले नै लिनु पर्छ। कसै सँग डराएर आफ्नो निर्णय बदलनु त्यो कायरता मात्र हो।

p.s कृपया यो मगर जातिको फुपु चेलीको छोरा छोरी सँग विवाह चल्ने कुरा नेपालमा अहिले पनि हुन्छ? जानकारले प्रस्ट पारी दिनु होला।



7 comments:

राजेश नतांश said...

अर्चना जी, रमाइलो पोष्ट भयो यो । पढ्न निकै मज्जा लाग्यो । मलाई पनि यसकुरमा विश्वास लाग्छ अन्तरजातीयबाट राम्रो चल्लाचल्ली निस्कन्छ अरे ! अब टाई गर्नुपर्छ हे...हे....हे । तपाईको पनि राम्रा चल्लाचल्ली निस्कीने रैछन् हे....हे.... कृपया अन्यथा नलिनुहोला । ठट्टा मात्र गरेको । केही समयअघि मैले मगरहरुको बारेमा एक पोष्ट लेखेको थिए । तपाईले खोज्नुभएको उत्तर यहाँ छ है ।

‘देशै रमाइलो’ गाएर हुर्रा नाच्ने मगरहरु

Anonymous said...

It is interesting to read your blog post about interracial marriage, It is everywhere around the world, In US also, I have recently read in news an Indian professor of Harvard Univ paid someone to kill his daughter in law who was black,

I don't know in these days if there is any change or not about the marriage system of Magar/Gurung, Few years ago it was quiet common, Fupu chela had privilege to marry to his mama cheli if he gave permission then only she could marry with others, One of friend who used to work in Nepal government originally who is form Lamjung district used to tell me that he used to go Mama' s house frequently to have fun...... with Mama cheli,
Though, It may be fun to read to somebody Magar's accent in Nepali language but I feel it is insulting to make fun their accent in Nepali language, everyone has accent in their second language, we will die with the accent if we speak second language, It will be same to you in Australia It's my request to you not to make fun anyone on their accent in their second language, Please .
Binod

archana said...

Binod, my apology if anybody hurt through my blog but my intension was not to insult any language or caste. I was just explaining the things.

In fact, I am really fond of magar/gurung/bhote accent. :)

Anonymous said...

ho.. fupuko chhorale usko mamako chhorisanga bihe garna milchha tara ahile bistarai yo practise nikai kam bhaisakekochha.. lekhaiko artha ra intention bhane ali thik bhaena ki..!?

पुष्प said...

अर्चनाजी,

नयाँ जीवनको शुरुवात गर्नुभएछ, बधाइ तथा शुभकामना छ । आज धेरैपछि तपाईंको ब्लगतिर चहारिने मौका मिल्यो । माओवादीले हिसाब-किताब राख्ने भ्रममा पर्नुदेखि खानपिनको सोधाइलाई अन्यथा लिनु भएछ । जे होस्, आ-आफ्नो सोचाइ हो । तर तपाईंजस्ता देशविदेश बुझेकाहरूबाट यस्ता अभिव्यक्तिहरू आएको पाउँदा उदेक लाग्छ ।

जहाँसम्म राँगाको मासुको कुरा छ, तपाईं यसमा पनि भ्रममा हुनुहुँदो रहेछ । काठमाडौंमा आधाआधीजसो, जसलाई ठूलो खसी पनि भन्छन्, को आपूर्ति भैंसीबाट हुन्छ होला । नपत्याए कुनै बिहान विष्णुमतिको शयरमा निस्कनुहोला । अल्छि लागे अर्को प्रमाण – तपाईंले बुढो गोरु वा बुढी गाईहरू बाटोमा छाडा छोडिएको त देख्भएको होला, के त्यसरी नै भैंसी छाडा छोडिएको देख्नुभएको छ ? यसको अर्थ नेपालमा भैंसीहरूको गन्त्य भनेको म:म: (अरु परिकारहरू पनि पर्छन्) नै हुन् । मगर अंकल कसो हाँसेनछन् तपाईंको राँगो खान्छु भन्ने कुरा सुनेर । ;)

अन्तर्जातीय विवाहको चर्चा नेपालमा मात्र होइन अमेरिका, यूरोप वा भनुँ सातै महादेशमा हुन्छन् । अन्तर्जातीय विवाहबाट जन्मेका वा ‘क्रस/हाइब्रिड’ उत्पादन तुलनात्मकरूपमा राम्रो हुन्छ भन्ने त विज्ञानले समेत पुष्टि गरेको कुरा हो । तर यसो भन्दैमा सजातीय विवाहबाट जन्मेका वा ‘होमोजेनस’ उत्पादन नराम्रो हुन्छन् भन्ने होइन ।

जे होस्, मगर जाति मा (गुरुङ जाति पनि हो क्यारे) हाडनाता पर्नेहरूबीच पनि विवाहबन्धन हुने चलन विस्तारै हराउँदै गइरहेको छ, त्यसरी नै यो जातपातको कुरा पनि विस्तारै हराउँदै जाने नै छन् । परिवर्तनलाई कसैले रोकेर रोकिने होर ? हैन त अर्चनाजी ?

उदित कुमार थापा मगर said...

हो। मगर जातिमा अझै पनि फुपु चेला र मामा चेलि बिच विवाह हुन्छ। तर अनिवार्य चाहि छैन।

उदित कुमार थापा मगर said...

हो, मगर समुदायमा अहिले पनि मामा चेली र फूपु चेला बिच विवाह हुन्छ तर अनिवार्य चाहि छैन।