2/4/10

लब गरेको था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला

यो मौसमनै रोमान्टिक तर नेपालमा जस्तो यहाँ भ्यालेन्टाइन डे को चहल पहल देख्दिन। बाइकमा केटीले केटालाई कहाँ लौ है फुत्केला र फुत्क्यो भने चान्स छैन जस्तो गरि चेपेर हिंड्ने, माइक्रोमा पनि लास्टको सिटमा अरुको वास्तानै नगरेर एक दुई चुम्मा दन्काइ हाल्ने । अनी खुले आम अङालो हालेर हिंडेको सिन कहाँ देख्न पाउनु, देखे पनि खै किन हो मलाई यहाँको जोडीमा रस भेट्दिन।

माया गर्नु कुनै पाप होइन झगडा पो गर्न भएन भनेर अरुले देखाउछन् भने आँखा छोपेर गान्धरी बन्न सकिन्न क्यारे। भ्यालेन्टाइन डे आउँदै छ मलाई पनि आफ्नो दिन हरु याद आयो। २००० साल तिर म र मेरो bf कलेज पढ्दै थियौ। कलेज बिहानको 7 बजे देखी सुरु हुन्थ्यो तर म ५ बजे नै घर बाट हिड्थे। जाउलाखेलबाट मैती देवी जान पर्थ्यो। सिधा बाटो गयो भने २ वटा माइक्रो चेन्ज गरेर करिब ३० मिनेटमा ठ्याकै कलेज पुगिन्थ्यो। तर म कहाँ सिधा बाटो हिडथे र?

छोरीको लब पर्-या छ भनेर बाउ आमा लाई कहाँ था' हुनु, था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला। घरबाट पढ्न भनेर बिहानको ५ बजे हिंडेपछी, एकान्त कुनाबाट रिङ्ग रोड घुम्ने बसबाट ५ रुपियामा चाबेल पुग्थे र त्यहाँ दुबै जना भेट भएर हिड्दै मैतीदेवी पुगिन्थ्यो । यो सबै चाँही पैसा बचत अनी दुई जना सगै भेटेर गफ गर्दै हिंड्ने अनी चिया/कोकको लागि पैसा बचाउ अभियान थियो। मेरो दैनिक घर बाट आउने बजेट २० रुपैयाँ थियो। तेहीबाट सबै म्यानेज गर्न पर्थ्यो। २००० को भ्यालेन्टाइन डे मा पनि यसरी नै आइयो। अब यो गिफ्ट सिफ्ट दिने लिने चलन झन्झटिलो र खर्चालु भएको हुनाले, दुबै जनाले यो कुरा लिन र दिन मनाही थियो । लाग्छ कि घुसनै लिए जस्तो। अब यो नियम तोड्ने लाइ सजाय पनि कडा नै थियो। त्यो हो १००० चोटि किस गर्न पर्ने बाफरे बाफ एक दुई गरेर सय गन्दा त अल्छि लाग्ने हुन्छ हजारौ चोटि त मरी हालिन्छ नि। यि सबै कुरा बिचार गर्दा, हाम्रो लब इकोनोमिकल थियो lets say affordable थियो। :)

त्यो दिन पनि चाबेलमा भेटेर मैती देवी तिर लस्कियो। खुइ खुइ हिड्यो भने १५ मिनेट लाग्थ्यो होला तर हाम्लाई घडी हेरेर ३० मिनेट देखी ४५ मिनेट लाग्थ्यो। लसर पसर गर्दै कलेज पनि पुगियो। हाम्रो जस्तै अरुको पनि लब परेको थियो। जस्तै ज्ञान्नेद्र र श्रीजना। राजा ज्ञान्नेद्र होइन नि । कलेज अगाडिको पसलमा बसेर त्यो दिन ज्ञान्नेद्रले kit kat बाढ्दै थियो। हर्रो नपाउने लाई जाइफल भने जस्तै ओरेन्ज बल नपाउने लाई किट क्याट। ल है केटोले लब परेको खुशीयालीमा चकलेट खुवायो भनेर सबै दङ्ग परे। मेरो हातमा पनि चकलेट आइ पुग्यो । पाइयो, खाइयो पुछ्नीनै भएन पछी पो श्रीजना ले आज उस्को birthday हो भनेर लजाएर भनिन् । ए हो कस्तो आजको दिनमा जन्मे को तिमी लाई धेरै माया गर्छ है भन्दै क्लास तिर लागियो।

११ बजे तिर सबै क्लास सकियो अरु कता कता गए था’ छैन हामी रातो पुल हुँदै पशुपती तिर लागियो । त्यो दिन मेरो गेट अप अली भिन्न थियो । पहेलो टीसर्ट त्यसमा burning Love लेखेको, मलाई पहेलो कलर मन परेर किनेको अब त्यस्तो लेखेको छ भन्ने अत्तो पत्तो छैन । धेरै पछी पो त त्यो टीसर्ट लगाएको फोटो हेरेर लाज पो लाग्यो त। अनी तेही टिसर्ट तल जिन्सको क्वाटर प्यान्ट अनी ५ इन्चको हिल भएको बुट, प्रभु त्यो हिल लगाएर पशुपतीको सिढी चढ्दा धन्नै प्राण जाला जस्तो भएको।

अब यस्तो रोमान्टिक दिनमा मरेको मान्छे पोलेको हेर्न ल्याएको भनेर म गन गन गरी रहे। पशुपतीको लास जलाउने opposite तिर माथि रुख नै रुख छ र त्यहाँ लहरै मेचहरु छ । त्यसलाई सबैले beautiful भन्थे। अकसर हामी त्यहाँ जान्थ्यो र हाम्रो जन्म पछी मृत्‍यु अवस्य छ है भनेर, त्यो जली रहेको पशुपतीको लाशले पाठ पढाई सकेको थियो। अब मन पर्छ भन्दैमा जहिले पनि यही आउन पर्छ र आफुलाइ हिंड्न कस्तो गार्हो भएको बेला भनेर फत्फताइ रहे।

खै मेरो प्रेमीले के सोचेछन मलाई जुरुक्क बोकेर सिढी उक्लन थाले । खैरेहरु नि यही हो मौका भनेर फोटो खिच्न थाले। झ्याइकुटी पार्दै बस्ने मेच सम्म पुराए पछी महारानीको गाथमा अली आराम मिल्यो। ;)
त्यहाँ पुगे पछी पसुपतीको घन्टी, सुमधुर भजनले मन नै आनन्दित पार्यो। हामी पशुपती तिर हेर्दै थियौ । सधैं जस्तो एक किसिमको रमाइलो थियो। त्यो ठाउँमा पुगे पछी यति आनन्दित फील हुन्थ्यो कि हामी एक आपसमा सार्है कम बोलिन्थ्यो। मैले तेतिकैमा भने aanu I got something for you.

मैले कार्ड दिए जुन मैले आँफै art गरेको थियो जसमा केटा र केटी अङालोमा थिए। कार्डको रङले उस्को मुहारमा ल्याएको उज्यालो छर्लङ्ग झल्कन्थ्यो। फेरी मैले झोला भित्र हात हाले र this is for you भन्दै फोटो album दिए। अल्बमको बाहिर दुई वटा केटा केटी र फुल भएको राम्रो चित्र थियो। त्यो अल्बम महँगो मध्य सबै भन्दा सस्तो थियो। त्यस लाई ५० रुपैयाँ तिरेकी थिए जुन मेरो १० दिनको चिया खर्च थियो।

अली रिसाए जस्तो गरेर, I have nothing for you, हामी पहिले भनेको होइन केही नदिने भनेर ईंग्लिश मा फत् फत् गर्न लाग्यो तर फेरी उसलाई झल्यास्स मेरो सजाय याद आएछ त्यसपछी त उता पसुपति नाथ तर यता मेरो नाथको खुशीले तीन नेत्र बली सकेको थियो।

सजाय तुरुन्त पाउनु पर्छ भनेर आदेश आयो म पनि के कम र!! विवाहपछीको एक महिना भित्र साहु ब्याज सहित अवस्य तिर्ने आश्वासन दिदै गूड् बाइ शिव जि भन्दै त्यो दिन आफ्नो आफ्नो घर तिर लागियो।

Read the similar story: प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा

11 comments:

Milan said...

हे हे ... जमानामा सारै रमाईलो गर्नु भएछ दीदी ... आज चाहिं कतै ब्रेक नलगाई पुरा पढियो... यस्तो रोमान्टिक बर्णन पढ्दा त आफु पनि लब गर्न कै लागि भए नि नेपाल जाउँ जस्तो लाग्ने...

Anonymous said...

अनि मिलन भयो कि भएन त, लास्टामा , मलाइ ता चिन्ता पो लाग्यो त

archana said...

sorry milan jee, i didn't get you. you mean pheri milan bhayo ki bhayena?

uttam said...

archana ji......... dherai kaituhal vo...... last ma k vo vani dinos na.

archana said...

yeah tyo ta suspense nai rakhau hol.

राजेश बुढाथोकी 'नतांश' said...

अर्जना जी, पोष्टको शब्द–शब्दमा रमाएँ म त । पोष्ट पढिरहँदा एउटा रोमान्टिक फिल्म हेरेँ जस्तो लाग्यो मलाई । त्यतिखेरको प्रचलन(तपाईहरुले बनाउनुभएको नियम) अचम्मकै रहेछ ! सार्है रमाइलो पोष्ट लेख्नु हुन्छ तपाई ‘यु आर ग्रेट’ तर अन्तिममा ‘विवाह पछिको एक महिनासम्मा साहु ब्याज सहित सबै तिर्ने’ भन्ने कुरो चाहिँ पत्याइन है मैले ।

वसन्त बलामी said...

यि कुराहरू साँचो हुन् जस्तो त लागेन । तै पनि जति पढ्यो उती पढिरहूँलाग्ने तपाइँको भाषा चाहिँ साह्रै मिठो लाग्यो ।

Milan said...

di, shayad anonymous ji le tyai sodhna khojnu bhaeko hola...

tyo comment maile lekhya hoina hai...

sahbda ra naam ustai parera jhukkie jasto chha

Dhruba Panthi said...

लौ कति मस्तीको 'लब' हो ! दंगै परियो पढ्दै जाँदा। फेरि तपाईंको लेखनशैली पनि साह्रै मिठो छ। चाँडै घरजम होस्, शुभकामना :)

Anuz Kulung said...

Archana Ji tapaiko blog ko sabai kathaharu malai ramro lagyo badi ta yo valentine day ko satya kata. ani adsensema pani tapaile kam garnu hunchha?????Answerko aasama chhu ...........

sumana said...

Bhauju

i luv to read it..............