4/29/10

उहा मेरो पोइ

दुइजना जोडी जोल्टिएर हिंड्नै नहुने अलिक परका नाताका आफन्त बाटोमै भेटिए । हात समातेर हिंडेकोले होला, उहाचाँहीको भनेर सोधे । ति आफन्त सार्है अड्बाङ्गे थिए । मैले नि उहा मेरो पोइ भनेर देखाए । भोज खान पल्केकालाई नबोलाएकोले होला, विश्वाश मानेनछ्न् फेरी मेरो पोइलाईनै सोध्न खोज्दै थिए, उनले कुरा बुझेर जवाफ दि हाले अली जिस्किदै, उनी मेरो पोइनी। तिनी हासेर झन्डै मुर्छा परेनन्। तिनी आफन्त हाँस्दै थिए, हामी आफ्नो बाटो लाग्यौ ।

पोइनी होइन नि श्रीमती अथवा स्वास्नी भन्न पर्छ नि। यस्तो पुरा पुरा गलत वाक्य भन्यो भने हाम्रा नेपाली भाषाका ज्ञाताहरु धुरु धुरु रुन्छन् नि भनेर आफ्नो मान्छेलाई सम्झाए।

अब
तपाईंहरुले पनि बुझ्नु भै सक्यो होला, के भन्न खोज्या भनेर खासमा मेरो पद girlfriend बाट जोइको रुपमा प्रमोसन भयो । साथीभाई कसैलाई बोलाइन साधारण तरिकाले आफन्तमाझ मात्रै बिहा भयो । तेसैले ठुला ठुला धम्की र खप्की खान पर्‍यो । बिहाको भोज नखुवाएकोले झन्डै ज्यान जोखिममा परेको। ;)

यो सप्पै कुरा लेखी रहदा मेरा पतीजीले घरको आन्तरिक कुरा जम्मै ब्लगमा छाप्यो भनेर ठुलै मुद्दा हाली बक्सदै छ । अब त्यो पनि खप्नै पर्‍यो। ;)

आजलाई इती
Mrs.Sharma

"A successful marriage requires falling in love many times,
always with the same person."

4/24/10

प्रचण्ड भन्दा काले कुकुर राम्रो रे

कहिले दसैंको शुभकामना नपठाउनेहरुले यसपाली घोर्ले खशी र नयाँ नाना पठाए। नेपालीको २०% आमाहरुले नि फेसबूक हेर्छन कि हेर्दैनन् था छैन तर फेसबूक भरी आमाको मुख हेर्ने दिनको शुभ-कामना प्रचार प्रचार भएको थियो । सबैभन्दा मलाई हासो उठेको त फ्यान पेज हो ।

यार जे को पनि फ्यान पेज हुने अब कलाकार, नेता, कबी, लेखकको त हुने नै भो । ताल न बेतालका कुरामा पनि हजारौ मान्छे फ्यान हुने । जस्तै यसपाली पनि कलेजमा झुर केटी आए , के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ, कस्तो भोक लाग्यो के खाजा खाने होला, मलाई प्रचण्ड भन्दा काले कुकुर मन पर्छ, ओए भोक लाग्यो मो:मो खान जाम न आदी इत्यादी

कहिले काही त हासेर मर्नु हुन्छ, तेही पारा देखेर होला, फ्याननै शब्दको बेज्जत गरे भनेर होला फेसबुकले Be a Fan हटाएर Like भन्ने बटन मात्रै राखेको छफेसबुकको फाईदा नि छ है, हिन्दी फिल्ममा जस्तो शुरुमा छुट्टीएर अन्तमा भेटेजस्तो कैले कैले स्कुलका साथी ट्याक्क भेटिदा त दङ्ग पो परिन्छ गाठे । साथी मात्रै होइन साथीका पती र छोरा छोरीको फोटो ड्याम्म देख्दा त happiness double पो हुने रैछ ।

सुन्छु यो फेसबुकले नि धेरैको समय बर्बाद पारी सक्यो रे। अफिसमा काम धन्दा छोडेर उही फेसबुकमै बेस्त हुन लागे भनेर धेरै जसो अफिसमा त आज भोली फेसबुकनै ब्लक गर्दिन्छन् । काम गर्ने नि के कम, फेसबुक चलाऊन नदिने भे काम गर्दिन भनेर बिरोध गरेको समाचार अस्ती भर्खर पढेकी थिए।

म पनि आज देखी जम्मा १० मिनेट मात्र फेसबुकलाई टाईम दिने कसम खाइ सके , आलुको कसम्!! ;)