4/23/07

Women in ICT : Book Published

.......Nepalese women together in crafting future directions for raising women’s voice in ICT sector. ICT should be used for promoting quality lives of poor rural women in Nepal.........

read more in book

Many thanks to Smriti ji for helping me to design layout of this book and many thanks to Shikha ji for wonderful support and thanks to Bellanet and Sap International for historic workshop and thanks to all people who were involved in making of this book.


4/22/07

केहि मिठा पल......

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो ।

म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो प्रेमिका चन्द्रमा जस्ति हुन्छ पनि भने सबै भनि सकियो तर तिमीले मेरो हात छोडेनौ मेरा मसिना औला दुख्यो, म ऐया भनेर चिच्याए । सबै जना ले के भयो भनेर म तिर हेरे.. तिमीले ठुला ठुला आखा पार्दै हात छोड्यौ मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे तिमी पनि मलाइ पछाउदै आयौ । चिसो सिर सिर हावा दुबै जना कौसि बाट खेत तिर हेर्दै छौ हावा तिमीतिरै बाट आएको थियो तिम्रो after save को बासना.. हावाले म तिरै ल्याएको छ, मलाइ मन्त्र मुग्ध बनायो मैले लामो सास लिए त्यसपछि म बिस्तारै घर तिर हिडे ।

मेरो हात अझै दुखि राखेको थियो मैले बिस्तारै बिस्तारै आफ्नै हात लाइ मुसारे अनि अन्जान मै चुम्नपुगे तिमि ले छोएका हातहरुलाइ……. मलाइ त्यो दिन हात धुन मन लागेन भोलि बिहान भयो फेरि तिमि सित भेट भयो त्यो दिन मैले आफ्नो चुलबुलापन देखाउन सकिन । म आफुलाइ धेरै ठुलि भए जस्तो लाग्यो, म लाजले तिमिलाइ हेर्न पनि सकिन तेसैले म पछाडि फर्केर बसे ।

मेरो कपाल लामो थियो तिमीले मेरो कपाल बिस्तारै छोयौ अनि भन्यौ यो कपाल काट्यो भने स्मार्ट् देख्छ। मलाइ छोटो कपाल मन पर्छ भन्यौ किन अहिले म राम्रो देखेको छैन र? म सोध्छु
होइन तेस्तो भनेको होइन तिम्रो जे इच्छा छ तेहि गर, मेरो लागि त तिमि जे गरेपनि राम्रि छौ….

म एक दम जिद्दि, हठि, मुडि मान्छे, एक्दमै अटेरि कसैको कुरा नै नसुन्ने तर त्यो दिन किन किन मलाइ उस्को कुरा मान्न मन लाग्यो मलाइ तेहि पल देखि कपाल भारि भो त्यहि दिन घर फर्कदानै मसरूम कट काटेर घर आए, घर आएर ऐना हेरे यसै त डल्लो मन्छे झन् डल्लो भयो जस्तो लाग्यो छ्या.. कत्ति सुहाएको जस्तो लागेन..

भोलि पल्ट आफ्नो मुडुलो कपाल कसैलाइ देखाउननै मन लागेन लाजले स्कार्फ् लगाएर गए.. … पछडिबाट कसैले मेरो टाउकोबाट बिस्तारै स्कार्फ् तान्यो अनि कान नजिक आएर भन्यो you are looking gorgeous.

to be continued.....

4/18/07

Computer Tech Support Calls(fun)

Sometime its really hard to give computer support from phone/chat. You can't even imagine, sometime customer ask so silly question and they do not use their simple brain to sort out the things. I have faced many time that kind of customer however I always try to give best tech. support :). One of my customer took one hour to find out ~ sign. Finally I made him to find out ~ sign. :)

Here is the some of funny technical support calls. It will really make you laugh. At the same time you will learn something also.
--------------------------------------------------------
Customer: Hi, this is Nima. I can't get my diskette out.
Tech support: Have you tried pushing the Button?
Customer: Yes, sure, it's really stuck.
Tech support: That doesn't sound good; I'll make a note.
Customer: No, wait a minute... I hadn't inserted it yet... it's still on my desk... Sorry....
-----------------------------------------------------------------------------------------------

Customer: I have a huge problem. A friend has placed a screen saver on my computer, but every time I move the mouse, it disappears.
-----------------------------------------------------------------------------------------------
Tech support: Your password is the small letter "a" as in apple, a capital letter V as in Van, the number 7.
Customer: Is that 7 in capital letters?
-----------------------------------------------------------------------------------------------
Customer: I can't get on the Internet.
Tech support: Are you sure you used the right password?
Customer: Yes, I'm sure. I saw my colleague do it.
Tech support: Can you tell me what the password was?
Customer: Five stars.

-----------------------------------------------------------------------------------------------
Tech support: What anti-virus program do you use?
Customer: Netscape.
Tech support: That's not an anti-virus program.

Customer : Oh, sorry...Internet Explorer.

-----------------------------------------------------------------------------------------------
A woman customer called the Canon help desk with a problem with her printer.
Tech support: Are you running it under windows?
Customer: "No, my desk is next to the door, but that is a good point. The man sitting in the cubicle next to me is under a window, and his printer is working fine."
--------------------------------------------------------------------------


here is the funny hindi sayeri, one of my friend forwarded me. have fun.

CLICK HERE to read funny sayeri.

4/12/07

छुन छ आकाश लाई…जित्न छ बतास लाई…

जीवन छ अध्यारो
बाच्न छ धेरै गार्हो
छुन छ आकाश लाई
जित्न छ बतास लाई

Abhaya and the steam Injuns को गीत जस्तै निरन्तर कम्प्युटरको माउस क्लिक क्लिक अनि किबोर्ड को फट फट । दिनभरी एउटै बाक्सा अगाडि अनि आकास छुने चाहना, बतास लाई जित्ने चाहना उफ् काम गरेर खानलाई कति गार्हो छ है ?

ह्या १० बजे सम्म सुत्छु अफिस सफिस जान्न, ब्रस् पनि गर्दिन , नुहाउदा पनि नुहाउदिन लौ जा त जे पर्ला पर्ला । फेरी ते गीत repeat हुन्छ ।

छुन छ आकाश लाई….. जित्न छ बतास लाई……

उठ्न करनै लाग्यो, आफ्नो गन्तब्य तिर लाग्न कर नै लाग्यो, ५१ वटा ईमेल Slow connection कस्तो सजाय हो यो mentally torture हुने क्या!!! 128kbps bandwidth रे bandwidth को नाम मा कलन्क ।

बल्ल बल्ल ईमेल तान्यो, हा हा हा एक्छिन मलाई हास्न दिनु है …., १ महिना भयो एउटा Chris भन्ने सँग project गर्न लागेको त्यसलाइ बल्ल थाहा भएछ म त केटी हो भन्ने , यो कुरो था भएर झन्डइ मुर्छा परेनछ, मलाई पनि तेस्को ईमेल पढेर खुब हासो उठ्यो । क्या जमाना आयो अर्चना भन्ने नाम पनि केटाको हुन्छ कस्तो सेन्स् नभएको मान्छे भनेर मुर्मुरिरहे फेरी एसो सोचे उस्लाइ किन दोष दिने यो त 21st century को Internet भन्ने बरदानले एस्तो भएको ।

एकजनाको ब्लगमा पढेको थिए Microsoft को CEO ले breakfast मा के खायो भनेर पनि चर्चा परिचर्चा हुन्छ रे, हाम्रो दाल भात को त के चर्चा भयो र ? तेसैले lunch को कुरा नगरम ।

पुग्नुछ कान्तिपथ एक्दमनै हतार छ ,बाटो मा टन्नै जाम छ। जुलुस् रैछ , के को जुलुस् के को .. आफुलाइ हतार भएको बेला जुलुस् आउनु पर्ने अझ ट्याक्सी चढेको बेला जुलुस
बिचरा म ट्याक्सी को मिटर हेर्नु बाहेक अरु बिकल्प छैन त्य्ही माथि ट्याक्सी ड्राइभरको लोक दोहोरी बाजा घन्केको छ , प्रभु सुन्न मन लागे आफ्नो कानमा मात्र headphone ठोस्नु नि।

मन बहलाउन मैले चाँही फेरि त्य्ही गीत याद गरे :
छुन छ आकाश लाई….. जित्न छ बतास लाई…..

कान्तिपथ पुग्न नसकेको बेला कता को आकास कताको बतास..पहिला कान्तिपथ पुगौ पछि रुखमा पुगेपनि आकासमा पुगे पनि पुगौला अनि बतासमै उडौला भन्ने भयो।

बल्ल बल्ल कान्तिपथ आइपुगियो कस्तो स्वर्ग आए जस्तो लाग्यो हत्तेरिका क्या बबाल जाम्!!! मान्छे भेट्नु पर्ने ११ बजे घडीमा १२ बज्यो Sharp भनेर आफै भनेको झन आफै १ घण्टा ढिलो , के सोच्यो होला है… आधुनिक युगका नारी यस्तै समयको ख्याल नभएको भन्यो होला । हा हा । । ।

फेरी दिनभर उहि फिट फिट , दिन खुशी पूर्वनै बित्यो भन्नु पर्‍यो अब साझमा घर गएर एउटा प्रोजेक्ट को लागि कम्प्युटरमा राम्रो डिजाईन कन्सेप्ट बनाउछु भन्ने सोचे Wow great!! भन्ने खालको डिजाईन बनाउछु भन्ने सोचेर हतार हतार घर आए एही गीत गुन गुनाउदै:

छुन छ आकाश लाई……. जित्न छ बतास लाई………..

घर आउँदा त लोडसेडिङ्ले भब्य स्वागत गरी रहेको रैछ, त्य्सपछि त कता को डिजाईन कताको कन्सेप्ट एउटै मैनबत्ती को साहारा छ Candle light dinner छ , रहर होइन बाध्यता छ जतिसुकै जे भएपनि…बत्ती लाई पनि कुर्नु छ , आकाशलाई पनि छुनु छ….. अनि बतासलाई पनि जित्न छ…..

Have a wonderful year.. wherever you're...
Happy new year 2064 BS.

4/7/07

5 tech gadgets for women

A look at technology with a feminine side

Here’s the latest gadgets to satisfy both the inner geek and girly girl:

1. Pink laptop
Sony VAIO C Series Laptop, Pink, Green & Silver Colors, $1,449.99.
- Designed to express personality, new line of slim notebooks comes in five hip colors.
- Backed by an Intel® Core™ 2 Duo processor, the VAIO C model also has plenty of power for high-speed computing and an energy-efficient battery life so you can enjoy games, music and movies longer.
- Weighting in at about 5 pounds.
- The model also serves as a well-equipped home theater away from home. It features a 13.3-inch widescreen display (measured diagonally).

*** मेरो परिसश्रमलाई साथ दिने, गरी खाने भाडो, I like the black/silver color laptops. pink is too much feminine. अतीनै झिल्की


2. Digital camera
Casio EXILIM Hi-ZOOM EX-V7 $399.99.

- Casio 7.2-megapixel
- This new model is the world's slimmest digital camera with a 7X optical zoom lens. Easily fits in a shirt pocket or small purse.
- "Auto Tracking AF" function follows moving subjects, keeping them continuously in focus until the photo is taken.
- Anti Shake reduces blur due to shaky hands and subject movement, using high shutter speeds and high sensitivity settings.
- Electronic camera shake compensation function eliminates blur when shooting in movie mode.
- Records 16:9 wide-aspect movies compatible with wide-screen TVs.

***Share the moment..... this is the perfect one but the price is abit expensive तर सामान दामि छ। For me camera is most essential तर अहिलेलाइ 5 mgpix ले पनि काम चल्छ ।


3.Fashion phone
Nokia 7380 Fashion Phone, $359.99.
- Accentuated with leather, cloth, metal, and ceramic-inspired finishes.
- Glass mirror display with light-enhanced effects.
- Capture the spotlight with a 2-megapixel camera.
- 2-megapixel camera, Video streaming.
- Bluetooth wireless technology.
- Shared memory of 52 MB for user data: contacts, text messages, Integrated music player for MP3/AAC/M4A formats.
- FM radio (requires stereo headset, sold separately).

*** I am always fund of new mobile phone set. My sis is sending me new mobile set as a birthday gift. haa haa i am so excited. पुरानोलाइ के गर्ने ? secondhand बेच्ने कतै ठाउँ छ ;-)



4.Pink XM radio
Pink XM radioXM Radio Pink Pioneer Inno, $199.99.
- Support the Susan G. Komen Breast Cancer Foundation's
fight against breast cancer. $30 from each inno sold and
activated go to the Komen Foundation.
- Live XM when portable or docked.
- MP3 (WMA) storage and play.
- 50 hours storage of XM recordings.
- Compatible with XM + Napster.
- Built-in wireless FM transmitter.

*** हरपलको साथी kantipur fm, image fm, classic fm, star fm, kath fm अरु सुन्दिन


5. MP3 WATCH
Origim's Superior Lady Diamond MP3 Watch D01, $109.99.
- All in one: MP3 Player for 3D Music (MP3, WMA, ASF), 512 MB Flash USB 2.0 drive to carry digital photos, documents and music all together.
- Built-in Digital Voice Recorder with MIC allows you to record 18 hours conversation.
- Max play time: 6-8 hours for full recharge
- Color: silver dial with pink bank .
*** यो चाँही काम लागेन मलाई , मोबाईलमै टाइम हेर्छु । girls you can try out who is really fund of diamond watchs.

4/2/07

मिस नेपालको चहलपहल

आज भोली जताततै मिस नेपालको चहलपहल रैछ आफु भने दिन रात कम्प्युटरमै बेस्त भइने । अस्ती बजार तिर घुम्न गएको त जताततै मिसनेपाल नै मिसनेपाल होर्डिङ् बोर्ड् मा, बिजुलिका पोलमा जताततै एत्रतत्र सर्बत्र। क्या काम् पाएछन् ad agency ले जस्तो लाग्यो। सधैंको जस्तो यसपालि पनि BICC भित्र भब्य मिसनेपालको प्रोग्राम हुने होला बाहिर चाँही बिरोध गरेर स्वागत गर्न राखिएको ढोका भत्काउने होलान, आखिर् केहि हुने भन्या होइन, किन बिरोध गर्नु पर्यो। बेकारमा समयको बर्बाद।

मलाइ त कहिलेकहि सोचेर अजिब लाग्छ बा यि मिस नेपालहरु मिस् वोर्ल्ड् मा गएर एउटा लिपस्टिक पनि जितेर आउदैनन अझ तिनिहरु कै फाइफुइ धेरै हुने। अझ live program पो हेर्न पर्छ त स्टेजमा गएर बोल्नै नसकेर राता पिरा हुन्छन, एक महिना सम्म personal development गर्दा रैछन स्टेजमा आएर त बिर्सने रैछन कि क्या हो । हा हा ।

अनि अर्को कुरा नि VJ, RJ अनि music video खेल्न मिस नेपालनै हुन पर्छ र? मिस नेपालको इतिहासले त एस्तै भन्छ मिस नेपाल हुन लागेको १०औ बर्ष हुदा पनि International level मा कसैले पनि आफ्नो नाम उज्जल बनाएको देखिएन।

आजको दिनमा नेपालको डाटा हेर्ने हो भनेको ५०% महिला पनि शिक्षित छैनन र अझै पनि महिलाहरु अत्याचार र अध्यारोमा पिल्सन बाध्य छन्। कठै उनको पनि रहर् होलानि मिसनेपाल हुने , फरर एङ्लिश् बोल्ने, पत्रीकामा नाम निकाल्ने, Interview दिने आदि इत्यदि। कठै यिनको रहर कस्ले बुझिदिने?

यदि talent hunt नै भनेको हो भने आफ्नो खुबी देखाउन मिसनेपाल प्रोग्राम मै जान पर्छ भन्ने छैन। competition नै हो भने मेची देखि महाकाली सम्मका सबैलाइ समान रुपमा ल्याउन सक्नु पर्‍यो ।

मेरो लागि त रुबी राणा भन्दा पासाङ ल्यामु शेर्पा नै महान नारी हुन जस्ले सगरमाथा चुमेर सबै नारीको प्रेरणा बनिन्, मेरो लागि उषा खड्गी भन्दा उषा नेपालनै महान नारी हुन जस्ले नेपालकै पहिलो सिडियो हुने आट गरिन, मेरो लागि पायल शाक्य भन्दा त "शिरिस् को फूल" लेख्ने पारीजात नै उच्च छिन जस्ले मदन पुरस्कार समेत जितिन् , मेरा लागि माल्भिका सुब्बा भन्दा मन्जुश्री थापा नै प्रेरणाकि स्रोत हुन जस्ले आफ्नो अमुल्य कृति दिएर हरेक नारीलाइ उठ्ने आवाज दिईन ।

Here is the beautiful quote I got from my sister.
One beautiful heart is better than
thousand beautiful faces...


लौ सबैको भलो होस्।