6/30/10

Fruits facebook status

Its always fun for girls to keep secret code in facebook. There was a time when girls used to post there bra color for Breast cancer awareness. The same aspect has caught on as a fun thing and the latest trend has been the inclusion of fruit names as facebook status. :)

I think boys also can use as a facebook status. No gender discrimination ;)


Strawberry- Deeply in love
Lichee- Having a strong crush
Cherry-Adore someone’s looks n personality
Chickoo- Hate your ex
Mango- Happy being single
Apple- Just suffered from a breakup
Pineapple- Hate love

अष्ट्रेलिया पढ्न आउने कि नआउने

यार कुकुरले पनि भिसा अप्लाई गरेको भए पाउथ्यो होला । एक ताका अष्ट्रेलिया आउन त्यस्तो सजिलो थियो भनेर केटाहरु गफिन्छ्न्। हुन पनि हो २ बर्ष अगाडि सम्म अष्ट्रेलिया आउन यति सजिलो थियो कि खासा जान नपाए अष्ट्रेलिया जानु भन्थे। बैंकहरुको सजिलो लोन तथा अष्ट्रेलियाको खुकुलो नितीले त्यो बेला पढ्न आउने, पढ्न भनेर काम गर्न साच्चै बिहा गरेर आउने, नक्कली बिहा गरेर आउनेको ताती नै थियो।

बाँदर दुगुर्ने भिरमा banana farm, tomato farm, strawberry farm भनेर नक्कली कागजात बनाउने देखी लिएर, गोठलाई २ तले भवन भनेर गाबिसले कागजमा सही हान्दे पछी बैंकले सजिलै लोन देखाइदिन्थ्यो। तेती गरेर अष्ट्रेलिया पढ्न आए पछी PR लिएर आफु तथा नेपालमा रहेका आफन्तको भबिस्य बनाउनेमा विद्यार्थीहरु ढुक्क थिए।

हाल साल मात्रै अष्ट्रेलियन सरकारले सर्वाधिक माग भएको कम्युनिटी वेलफेयर, हेयर ड्रेसर, सेफ, लगायत पढेका विद्यार्थीलाई समेत पीआर नदिने भएपछि यि बिषय पढिरहेकाहरु आफ्नो टाउकोमा बज्र परेको अनुभब गरेका छन्। यसबाट बिदेशी विद्यार्थीको अष्ट्रेलियाको निती नियम प्रती सम्पूर्ण विश्वाश उठेको छ र बिदेशी विद्यार्थी यो कुरामा नराम्रो सँग ठगिएका छन्। कलेजहरुले टन्न पैसा कुम्लाएर तथा अष्ट्रेलियाले टन्न ट्याक्स सोहोरेर मैले तिमीहरु लाई पढ् भनेको हो र? भन्या जस्तो गरेर पानी माथिको ओभानो हुन खोजेको छ। यस्ले गर्दा विद्यार्थी तथा परिवारहरुलाई मानसिक तथा आर्थिक चिन्ता परेको छ ।

तेही माथि यो बर्ष मात्रै थुप्रै कलेज र ईन्स्टिच्युट- मलाई था भए अनुसार नेपाली पढ्ने यि कलेज एक्कासी बन्द भए National Australia College, Layas, Sterling, Austech, Meridian यसले गर्दा, यहाँ पढि रहेका नेपाली विद्यार्थीको मनमा आफ्नो पनि कलेज कहिले झ्याप्प बन्द हुने भन्ने त्रास त छदै छ।

अर्को कुरा नेपालमा पत्र पत्रीकामा छापि रहन्छ। काम पाइदैन !! काम पाइदैन !! म त भन्छु काम गर्ने भए मलेसिया, कतार, दुबइ र कोरिया जानु । मलाई त कहिले काही अजिब लाग्छ। न राम्रो सँग अङ्रेजी बोल्न आउछ न त हातमा कुनै सिप छ अनी कसरी काम पाईन्छ त। धेरै विद्यार्थी जो सँग सिप छ, उनीहरु राम्रो काम गरेर बसेको पनि देखिएको छ ।

यदी तपाईं पढ्दै मज्जाले धेरै पैसा कमाउने सपना देखी रहनु भएको छ भने तेस्ता सपना देख्न छोडे हुन्छ। यदी तपाईं राम्रो युनिभर्सिटीमा पढ्नु हुन्छ भने रेगुलर क्लास जानु पर्ने हुन्छ, असाइन्मेन्ट गर्नु पर्ने हुन्छ फेरी फीस, बस्ने, खाने खर्च उठाउने पिरलोले यसरी थिच्छ कि तपाईंले टन्न पैसा कमाएर नेपाल पठाउन हम्मे हम्मे पर्छ।

अब के त?

अष्ट्रेलिया लाई जती गाली गरे पनि यहाँ सकारात्मक कुराहरु नि धेरै छन्। तपाईंले राम्रो शिक्षा लिएर राम्रो भबिस्य बनाउने ढोका खोल्न सक्नु हुन्छ। जो अष्ट्रेलियामा हुनु हुनुहुन्छ उहाहरुलाई त राम्ररी सबै कुरा थाहा छ। तर जो नेपालबाट आउन खोजी रहनु भएको छ। बिषय र कलेज छान्ने बेला एकदम ध्यान पुराउनु होला। कन्सल्टेन्सी तथा साथी भाईहरुले ए!! ल यो कूकरी पढ् एकदम राम्रो हुन्छ PR पाईन्छ भनेर आफुलाई पट्ट्क्कै मन नपरेको बिषय पढ्न आएर समय र पैसा नाश नगर्नु होला किन कि अष्ट्रेलियाले कुन बेला नियम चेन्ज गर्छ त्यो कसैलाई था हुँदैन।

त्यसैले यदी तपाईं साच्चैनै पढ्न आउन लाग्नु भएको छ भने आफु लाई interest भएको बिषय र आफ्नो भबिस्य बन्ने बिषयलिनु होला। हावा हावामा उस्ले यस्तो भन्यो, उस्ले उस्तो भन्यो भनेर पछाडि जानु भन्दा आफ्नो मनले के भन्छ तेही सुन्नु होला र सके सम्म युनिभर्सिटीमा पढ्न आउननै राम्रो किन कि यिनीहरु बन्द हुने सम्भावना कम र पढाई पनि राम्रो हुने हुन्छ। यदी कलेजनै पढ्न आउने भए पनि आफु पढ्न आउने कलेजको बारेमा गूगल गरेर राम्रो सँग छनोट गर्नु होला।
Good luck.


you may like related article:
- नेपालमा बिहेको लागि दुलही खडेरि
- बिदेशी भुमिमा बिधार्थी

- मैले सपना देखेको छु

6/19/10

फुट्बल जती राती आएर निन्द्रा हराम

मुख्य मुख्य समाचार:
- हिजो जर्मनीले हार्दा australian हरुले बल्ल खाइस खुच्चिङ अस्तिन हाम्लाई ४ गोल खुवाउने होइन ठीक्क पर्‍यो भने

- तर आज घाना सँगको खेलमा गोल गर्छ गर्छ भन्नेमा पुरा पुरा विश्वाश
- हारे पनि हामी त क्रीकेट र रग्बीमा अगाडि नै छौ नि भनेर मनलाई शान्ती पार्ने प्रयास

- फुट्बल जती राती आएर निन्द्रा हराम

- सुत्ने कोशीस हुँदा हुँदा पनि श्रीमानजिले आवाज ठुलो पारी फुट्बल हेर्दा भुभुजेलाको साउन्डले फिटिकै निन्द्रा नलाग्ने

- काममा हाइ हाइ आएर, आँखा पोलेर टट्टाएर कम्प्युटर हेर्नै बाधा

- समरीमा चाँही अबको एक महिनामा भुभुजेलाको साउनड नसुनी निन्द्रा नलाग्ला जस्तो छ

- किनकी बिस्तारै बिस्तारै अब सुत्ने बेलामा यसैको बानी पो त लागेको छ।

6/12/10

जस्ले जिते नि हाम्लाई के?

जाउलाखेलमा बसे पनि खेल तेती हेरिन्न। बिस्वकप फूटबलमा नेपालमा तथा अरु देश का बासिन्दाको निन्द्रा हराम गर्देको छ। नेपालले भाग लिन नपाए पनि सबैले आफ्नो आफ्नो मन पर्ने देश छानेका छन्। मलाई चै हिजो कोरियाले जितोस जस्तो भाथ्यो ठ्याक्कै जित्यो।

फूटबल हेर्नेमा कोही कोही साचिकै खेलाडी र टिम बुझेर सपोर्ट गरेको देखियो भने कोही कोहि चाँही जुन टिमले जित्ला जस्तो लाग्छ, तेही टिमको गाना गाएको देखियो तर नेपालमा जस्तो घर घरमा ताम झाम चै मैले अष्ट्रेलियामा देखिन। एउटा बुद्दिजिबिको फेसबुकमा लेखेका थिए, नेपालीको भाग्य भन्नु नै अरु देशको प्रगती देख्न पाउनु हो रे। हुन पनि हो नेपाली सार्है दिलदार अर्काकै जितमा पनि दङ्ग परी दिन्छम ।

४ बर्ष अगाडि को विश्वकपको म्याच भै राथ्यो आफु तेती घोरिएर फूटबल नहेर्ने हुनाले बहिनी अष्ट्रेलिया आउने सप्पिङ् गर्न न्यू रोड तिर निस्केका थियौ। बिदेश जाने भन्यो कि एक सुट्केस सामान त किन्नै पर्‍यो। जाडोमा लाउने, गर्मीमा लाउने, भित्री, बाहिरी आदी इत्यादी। सस्तो होलसेलमा पाईन्छ भनेर रन्जना गल्ली तिर छिरियो धेरै जसो पसल त बन्द थिए कोही कोही खुल्ला थिए हामी गल्ली गल्ली हिड्डै थियौ। गो।।।।ल को आवाज सबै घरतिरबाट आयो ह्वआरररर पानी त् झ्यालबाट पो खनाए। ए बाबा होली त अगाडि पछाडि कतै थिएन किन यसरी भिज्ने गरेर पानी खनाए होलान ह ? फेरी अर्को गोल भएछ गो।।।।ल ढ्याङ् ढ्याङ् ढ्याङ् केही ठोकेको जस्तो आवाज…फेरी अर्को झ्यालबाट पानी ह्वआरररर…. हा।।। अब यो बेमौसमको होलीले हामीलाई टेनसन दियो र अब यो गोलको सुरमा बाटोमा पानी खनाउदा हामी घर सम्म पुग्दा पुरै भिज्ने पक्का थियो तेसैले नजिकैको रेस्टुरेन्टमा छिरेर तातो तातो म.म खाँदै बाँकी म्याच हेरेर सके पछी घर तिर फर्कियो।

हुन त जुन देशले जिते नि हाम्लाई के हुन्छ र? तै पनि रमाइलो र बुझ्न सजिलो भएकोले नेपालमा धेरै जसोले हेर्ने गर्छन्। मलाई नि आSSSS कोरिया ले नै जितोस जस्तो भएको छ ओर्ल्ड्कप ।के त हैन सपोर्ट गर्दैमा के बिग्रियो र? ब्राजिल , स्पेन, फार्न्स, अर्जेन्टिना यिनलाई सपोर्ट गर्ने त धेरै होलान।

ल ल हेर्नुस् मजा लिनुस् तर रन्जना गल्लीको मान्छेहरुले पानी बाटोमा नखनाउनुस् नि । बाटोमा मान्छे नि हिड्छन नि हो।

6/10/10

बिदेशीले नेपालको बाघ बचाउन कबिता लेखे


नेपालमा दिन दिनै लोप हुँदै गएको जङली जनावर बाघको बारेमा वेब साइट बनाउदै थिए हुन यो नाथे वेबसाइटले के बाघ बचाउथ्यो ? तै पनि सानो तिनो इन्फर्मेसन दिनको लागि डाटा खोज्दै थिए। एक दिन अनलाइन मेरा साथी पिटर भेटिए। उनी Philadelphia, US का लोकल कबि हुन। मलाई बाघ मन पर्ने नेपाल तथा विश्वबाटनै लोप हुन लागेकोले बाघ बचाउको अभियानको नारा सहीत वेबसाइट बनाइ रहेको कुरा पिटरसँग गरे।

उनलाई पनि खुब बाघ मन पर्दो रहेछ, मेरो यो अभियानमा उनले कबिता लेखेर सहयोग गर्ने बाचा गरे त्यो अनुरुप बर्ष अघी उनले थुप्रै बाघ सम्बन्धी कबिता लेखेर दिए। तेही अनुरुप यो साइट www.tiger.com.np
बन्यो।

यो काम मैले पैसा वाह् वाह् को लागि नभएर आफ्नै मर्जीले गरे पिटरले पनि आफ्नो समय दिएर बिना पैसा मेरो लागि कबिता लेखी दिए। पछी कामको बेस्तताले गर्दा मैले बाघको पेज तिर ध्यान दिन पाइन। तर पिटरले भने लगातार लागेर टन्नै कबिता लेखेर किताब निकालेर नेपालको बाघ बचाउनको लागि यो किताब समर्पित भनेरनै निकालेर सरप्राइज नै दिए।

अहिले यो किताब(Poems from the heart) तलको लिन्कमा बिक्रीमा छ।

उनले किताब तथा बिक्री गर्न राखेको वेब साइटमा नेपालको बाघ बचाउनको लागि समर्पित कबिता भनेर
राखेका छन।

नेपालमा मान्छेलाई मान्छेको वास्ता छैन तर एउटा बिदेशीले बाघ बचाउन गरेको प्रयासलाई म प्रसंसा गर्छुपिटरलाई तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट धेरै धेरै धन्यवाद!!

Peter we would like to thank for writing tiger poems to save the tiger of Nepal :)


6/5/10

अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो रे


“हेर्नुस् बाहिनी हामी मागरको बुद्धी हुन्न आरु जातका धेरै जसो काती ठुला ठुला ठाउँमा पुगिसके तर हाम्रा जात उही पलटनमा बन्दुक पड्काउने मात्रै ठुलो काम भो। हन् है बाहिनी हामी आफ्नै फुपु चेलीको छोरी बिहा गरेर बिज्ञाननै बिग्रेको हो। आलिक पर परको जातको नानी सँग बिहा गरे पो चल्ला चल्ली राम्रो निस्किन्छ गाठे"
एउटा मगर अंकलले यो कुरा भन्दा उनले साच्चै कती बैज्ञानिक कुरा गरे है भनेर खुशी साथ सुने।

- पचास नागेका ति अंकलको कुराले हौसिएर, कत्तिनै ठुलै काम गरेको जस्तो भनी हाले मेरो र मेरो केटाको जात पनि मिल्दैन अंकल भने ।

- ए तापाईं त भैंसी खान्छ हइन? अंकलले अली नाक खुम्चाउदै सोधे ।

- भैंसी त होइन रागो खान्छु, तपाईं पनि खानु हुन्छ होला नि छोएला? भैसि भनेकोले कड्किएर मैले सोधे

फेरी रागो बिना मो.मो को जीवन अधुरो नै हुन्छ नि ;)

- खान्छ नि किन खाँदैन। त्यो सोर्ह खुट्टे ओरालोको छोयला त आसाध्य मिठो छ। मुखै रसाउदै पो ति अंकल ले भने

- अनी बाबु कुन जात को राइछ त?? अलिक चासो देखाउदै सोधे।

- शर्मा हो नि मैले भने

- ए आच्छा!! भन्दै टाउको हल्लाए

- अन्तरजातिय जोडीको चल्ला चल्ली राम्रो निस्किन्छ हो अंकलले भने

हुन त एउटै जातकोबाट पनि बच्चा बच्ची नराम्रो निस्किने होइन। तर यो जात भातको कुरा नेपालमा अहिले पनि ठुलै रुपमा हेरिन्छ। यदी तपाईं पौड्याल हुनु हुन्छ र विश्वकर्मा बिहा गर्नु भएको छ भने काण्ड पुग्यो। यो नेपालको चलन देखेर म वाक्क, ब्याक्क, प्याक्क भैइ सके । सबै लाई राजनिति ह्य्यान त्य्यान कै पिरलो छ तर समाजमा यस्तै खाले भाईरसलाई जोडतोड सँग बचाउने अभियान हुन्छ। मैले एती सम्म देखेको हुँ कि आजको युबा पुस्ताले आफुले प्रेम गरेको प्रेमी र प्रेमिका पनि अन्तरजातिय हुनाले समाज र बाउ आमाको करकापले छोडेको पाएको छु।

बाउआमा समाजको इज्जत गर्नु पर्छ तर त्यस्को साथ साथै आफ्नो आमा बाबुलाई मायाले सम्झाउने र समाज परिवर्तन गर्ने जिम्मेवारी पनि युवायुवतीकै हातमा हुन्छ। मेरो पनि अन्तर्जातिय बिहा हो। मलाई पनि अली अली बाधा आए होलान तर हामीले बिचार पुराउनु पर्ने कुरा के हो भने, बाउ आमाले भनेको मान्नु पर्छ तर जिन्दगी बिताउने कुरामा चाँही निर्णय तपाईंले नै लिनु पर्छ। कसै सँग डराएर आफ्नो निर्णय बदलनु त्यो कायरता मात्र हो।

p.s कृपया यो मगर जातिको फुपु चेलीको छोरा छोरी सँग विवाह चल्ने कुरा नेपालमा अहिले पनि हुन्छ? जानकारले प्रस्ट पारी दिनु होला।