3/28/07

Bloggers.com.np को प्रगती विवरण

साइट लाइभ भएको आज २ दिन भयो बिहान इमेल खोलेर हेर्दा त ब्लग submit गर्नेको ताती थियो आज लगभग ४0 जना जती ब्लगरको लिन्क थपियो एक्छिन को लागि त आम्मै कति रैछन नेपाली ब्लगर जस्तो पनि लायो तर सबैको उत्साहजनक सहभागी देखेर धेरै खुशी पनि लाग्यो हामी नेपाली जे जस्तो भए पनि एउटै छानामुनी मिलिजुली बस्न रुचाउने रैछौ । के मधेश , के पहाड्, के शहर सबै साझा नेपालमा रम्न चाहने र परि आएमा सबै एक जुट पनि हुन सक्ने रैछौ (अस्तिन को १९ दिन को जन्आन्दोलन देखेर भनेको) लौ मलाई त अरु भाषानै एक्स्प्रेस गर्न आएन ।

ब्लग सबमिट गर्नेमा CEO , डकटर, ज्योतिश, पत्रकार र अरु प्रोफेस्नलका देखि लिएर कलेज पढ्ने बिद्याथि सम्म छन र मधेस, पहाड, शहरिया र बिदेशमा बसेका दाजुभाइहरु पनि छन । ब्लग पनि अनेक थरिका रैछन, कोहिको पढेर हासो पनि उठ्ने, कोहिको दुखका कुरा पढेर मन खिन्न पनि हुने तर एउटा कुरा चाँही मैले याद गरेको सबै जनाको ब्लगमा कतै न कतै आफ्नो मातृभुमी प्रती अगाभ माया देखियो, चाहे उ नेपालमा होस् या नेपाल बाहिर होस् ।

Last but not the least, एउटा कुराले चाँही मेरो मन कुटुकुटु खाइ रहेछ त्यो के भने नि महिला ब्लगर को लिन्क त तेती भेटिएन नि लौन अब नारीहरु पनि जाग्नु पर्‍यो । अब ब्लगर दाजुभाइहरु ले नै आफ्नो दिदी बहिनी, गर्लफ्रेन्ड र श्रीमतीलाई सिकाउने हो कि?

6 comments:

Astrologer Dr.S.Suneel आचार्य कैवल्यानन्द said...

Archana KO Blog Khub Ramro Cha Malai Manparyo.thanks
www.jyotishmagazine.com

Anonymous said...

i have to add my link there ...

Anonymous said...

Archana Jee,
Thanks

Anonymous said...

Great Job!

Thank You!

Anonymous said...

कुनै 'भेस्टेड इन्ट्रेस्ट' बिना काम गर्दा सबैको वाहवाही, सम्मान र माया पाइन्छ भन्ने उदाहरण हो यो । तपाँइलाई मुरिमुरि धन्यबाद, मेरो ब्लग पनि राखि दिनु भएकोमा।

सायद तपाँईबाट सिक्नु पर्नेहरुले चाडै सिकुन, हरेक कुरामा गुटबन्दि र राजनितीले काम गर्दैन।

जय होस।

Nirab Pudasaini said...

well i was about to submit my blog but somebody already added it ...... well i salute all the person behing this idea and indeed a noble effort

ho ho aba didi bahini gurlfren ra sirmati lai ni blogging sikauna parla ;)