“We humans have with planet , Earth and all her creatures,
it wishes for unconditional love and care for all Earth's animals and plants.”
माथि को चित्र त हेर्नुभयो होला यो मेरो मन पर्ने चित्र मध्य एक हो । झटै हेर्दा कस्तो सेक्सी चित्र भन्छन सबैले तर मलाई कहिले पनि त्यस्तो लागेन, मलाई त एकदम प्राकृतिक(natural)लाग्छ । यो चित्र ले मानब र जनावरको सम्बन्ध झल्काएको जस्तै लाग्छ, यो चित्रको कथा म भनि हालौ है ।
खास् म यो केटी अन्धी हुन्छे उसलाई कसैले पाएर बनमा फलिदिएको हुन्छ तर यि दुई बाघले पालेर ठुलो बनाएको हुन्छ र हर बखत उसलाई सुरक्षा दिएको हुन्छन, जुन कुरा चित्रमै प्रस्टै छ ।
अब सोककै कुरा गरौ , मलाई बाघ सम्बन्धी एति सोक छ कि एस्को बोल्ड्नेस्, रङ , रुप को सधैं म प्रसन्सक् हु । मलाई कुकुर कहिले पनि मन परेन, स्कुल पढ्दा ८०% का मनपर्ने जनावर त कुकुर नै हुन्थ्यो तर मलाई त कुकुरको पर्सनालिटीनै नभए जस्तो लाग्छ सोझो साझो लाई भुकी हाल्ने, डन्डा देखायो भने लुतुक्क पर्ने ।
अर्को कुरा कुकुर ले सुरक्षा दिन्छ रे, चोरी हुन बाट जोगाउछ रे अबुइ नि के को जोगाउनु नि उस्तै चोर आयो भने त कुकुर कै बाजे भए पनि चोरी बाट जोगाउदैन अहिले साईरन बजाउने प्रविधी आएको रैछ । टोलभरि सबैले आफ्नो आफ्नो घरमा साईरन जोडने अनि चोर आयो कि त्यो साईरन बजाउने त्यसपछि त चोर भागाभाग हुने रैछ, हुन पनि त्यो साईरन एती चर्को बज्दो रैछ कि सबै टोल भरि थाह हुने अब यस्तो मोडर्न प्रविधी आएपछि सुरक्षाको लागि कुकुरमा किन भर पर्न पर्यो र?
लौ लेख्दा लेख्दै टपिक नै काहा पुग्यो, यो ब्लग भनेकै यस्तै आफुलाई मन लागेको कुरा लेख्न पाइने । अब बाघ तिरै फर्कौ...
मलाई सानै देखि बाघ मन पर्ने हुनाले सधैं नजिक बाट नियाल्ने, छुने चाह सधैं नै भयो एउटा सानो कुरा याद आयो, म तेस्तै ६-७ बर्ष को थिए होला तेती बेला म सल्यान भन्ने ठाउँमा थिए कसैले मलाई तर्साउन को लागि तल जंगलमा त बाघ आउछ भन्यो त्यसपछि त मलाई के चाँहीयो र, शनिबारको दिन एक बोत्तल पानी र बिस्कुट लिएर साथीकोमा जान्छु भनेर घरबाट बनतिर ओरालो लागे बन सुरु भयो सल्लानै सल्लाको रुख हिंड्नै नपर्ने सल्लाको पातमा चिप्लदै चिप्लदै जंगल को बिचमा पुगे मनभरि बाघ लाइ देख्ने उत्साह र उमङ्ग थियो । चरा चुरुङिको चिर्वीर चिर्वीर सुनिन्थ्यो, रुखको पातले आकाश छेकेकोले अलि अध्यारो थियो, कति बेला कति बेला सरयाक सुरुक आवाज पनि आउने तर मलाई बिश्वास थियो बाघ पक्कै आउछ भनेर तर जंगलको बिच मा धेरै बेर बस्दा पनि बाघको अत्तोपत्तो भएन त्यसपछि निरास् भएर म उकालो लागे । त्यो दिन तेसै बित्यो भोली पल्ट बिहानै ठुलो खैला बैला सुने हिजो त साचिकै बाघ आएको रैछ र चराउन लगेको बाख्रा पनी खाइदिएको रैछ उफ् त्योदिन चाँही कस्तो मैले बाघ भेटेनछु भनेर मनमा खिन्न लागिरह्यो तर अहिले सोच्दा ठिकै भएछ बाघ नभेटेर, भेटेको भए त मलाई कप्ल्याक कुप्लुक खाइदिन्थ्यो होला, फेरि अहिले यसरि ब्लग कहा लेख्न पाउथे र हा हा :) :)
WWW (World Wildlife Federation) अनुसार नेपालमा अब सरदर जम्मा बेङाल(Bengal Tiger) जात का बाघ ३५० मात्र छन रे । यसलाइ मुख्यतय छाला र अरु शरीरका बिभिन्न भाग पुरानो चलन अनुशार औषधी उपचार को लागि प्रयोग हुने हुनाले चोरी सिकारी बढेको हो । यसलाइ नजोगाउनेको हो भने त अबका भाबी पिढीले चिडियाखानामा समेत देख्न पाउने छैनन र म जस्तै बाघ मन पराउनेले त पक्कै पनि आफ्ना अघिल्लो पुश्ता लाइ सराप्छन । हामी चाहन्छौ कि बाघ भन्ने जनावर डाइनोसर जस्तै चित्रमा देखाउन नपरोस् र नेपाल कै जंगल मा पनि बाघ आउथ्यो नि भनेर कथा हाल्न पनि नपरोस ।
Lets SAVE TIGER .
बाघ सम्बन्धी जान कारी दिन को लागि मैले एउटा वेबसाईट बनाएको थिए फुर्सद भये आफुलाइ मन परेको टपिक क्लिक् गर्नु होला
> About Tiger
> Tiger Myths
> Tiger Poem
> Tiger Arts
> Tiger picture
> Tiger Quotes
> Why should we save tiger?
*picture2 by Johanna Pieterman
4 comments:
कस्तो खुलस्थ वाभुकता सारै रमाईलो लागो पढ्न त कुरै कुरामा सार मिलायो नभन्नु होल कुकुरको महत्व र कुरलाई हेर्ने दृष्टिकोण आ-आफ्नै ठाँउमा सबैको होला तर म भने कुकुरलाई एउटा सामान्य जनावर र मलाई मन नपर्ने या सत्रुको रुपमानै लिने मानिस हो अर्को एउटाकुराको याद पनि आयो मैले बच्पनमा आफ्नो घरको कुकुरलाई अति सम्म गर्थै। है एक दिन त सलाई पारेर लगाई दिएको थिँए कुकुर को पुछर बलेर कुँइ कुँइ गर्दै कुदो बुबाले मलाई पनि कुँई कुँईपार्न बाँकि राख्नु भएन
हाहाहाहहाहाहाहाहहा
यो ब्लगलेख्ता त म पागल जस्तै एक्लै हाँसेर बबाल भै रहेको छु ।
तर आजमेरो लेख्ने सोच भनेको अर्कै थियो जुन तल हेर्दै जानुहुन्छ कि?
छाप्न बिर्सेको समाचार
हिजोबाट यलमाया केन्द्रको हलमा बिना कुनै तडक भडकतासाथ निकै रोचक र जति रोचक तेतिनै भाबुकपनि एउटा सत्रसुरु भएको छ त्यसमा मज्जाले तिन्टा फुस्ताको घम्सा घम्सी पनि देखिन्छ सत्रको सुरुवात पहिलो पुस्ताका कमलमणी दिक्षित ज्यूबाट भयो भने दोस्रो पुस्ताबाट त्यसैलाई नियाल्दै थिए प्रमुख अतिथि सुवर्ण शाक्यले तेतिकैमा अहिलेको जल्दो बल्दो युवा पुस्ता यो हिसावले तेस्रो र्याङ्कमा परे पनि के कम र निकै फुर्तिकासाथ सत्रको सञ्चालन आँफै हर्ताकर्ता र आफ्नै मार्गचित्रमा चल्नसक्ने यो पुस्ताको चलाख्याईले गरेको छ।
सत्रमा भौतिक तडक भडकता देखिदैन तर गाम्भिर्याता र दुरदृष्टिता भने आकलन गरेको भन्दा निकै । यसबाट नेपालको युवा पुस्ताले यो क्षेत्रमा गरेको प्रगती र देखाएको उत्सुक्ता निकै मनन्योग्य पनि छ भन्न कुनै अतिसयोक्ति नहोला।
सफ्वेर सोतन्त्रताको कुरा हो मैले गर्न खोजेको । सुचना प्रबिधिमा भएको द्रुतगतिको विकासले गर्दा यसमा चुस्तताको प्रभाव पनि निकै पर्ने गरेको म पाउछु त्यो भएर होला मैले भुमिका बाध्न पनि तेति पारा नल्याएको । सूचना प्रबिधिको कुरा नेपालमा निकै पहिला चर्चाको बिषय बनेको मैले सुनेको हो । तर यसको समुचित बिकास र यसक्षेत्रलाई सुँहाउदो जनसक्ति जब नेपालमा क्षेत्रगत कलेजहरुको बिकास भयो तब मात्र केहि फड्को मारेको छ भन्नु पर्छ। आंसिकरुपमै भए पनि निजी क्षेत्रलाई जिम्मा लाईदिए पछि निकै नि सलबलाउन पुगेको छ यो क्षेत्र नेपालमा ।
सुचना प्रबिधिमा ४ बर्षको अध्ययन गरेपछि देशी कलेजहरुमा उच्चशिक्षाको अध्यनार्थ बाटो सुनिस्चित प्राय हुनेर नेपालमै पनि निकै सुकिलो मुकिलो भएर जिवन धान्न पाउने नै यसको ताज मान्नु पर्ला। जे जसरि भए पनि नेपालका यो क्षेत्रमा लागेको युवा पुस्ता बिभिन्न बाबजुतका साथ पनि देशिया प्रबिधिसँग प्रतिस्पर्दा गर्न र नयाँ कुरालाई आत्मसाथ गर्न निकैनि सक्षम छ। एतिकैमा नेपालको सरकारले पनि सुचना प्रबिधिलाई बिकासर बिस्तार गर्नमा युवापुस्ताको चासोलाई आत्मसाथ गर्न तायार भएको छ। जसको फलस्वरुप निजिक्षेत्रको लागि खुलाबजार खुला प्रतिस्प्रदा नयाँ कलेजहरुको सम्बन्धनमा देखाएको उदारताले नै आज युवा पुस्ताले यो फड्कोमारेको हो।
सफ्टवेरको कुराको चुरोत मलाई तेसि सारो थाहा भएन तर यो अर्को कुरा छनि सूचना प्रविधि यस्को बारेमा त मपनि पछि छैन है गाँठे। किन भने च्याट, नेट, ल्बग त मेरो दिनाचार्या नि बनेको र घरासी शमाचारमा पनि निकै गम्भिरताका साथ सूचना प्रविधिको प्रयोग गरेको छु। यो त भयो मेरो कुरा तर कुरा दुइदिने सत्रकै रोचक होला।
हिजो बाट सुरुभएको सत्र आज सकिँदैछ । सत्रमा बिदेशि दोस्रो पुस्ता र स्वदेशी तेस्रो पुस्ता बिचको अन्तर सम्बन्ध प्रष्ट देख्छिन्छ। प्रछिधिमा भएको विकास नयाँ पुस्तामा जानकारीगराउन निकै उत्साहित देखिन्छ त्यो पुस्ता र बिकास र परिवर्तनलाई आत्मसाथ गर्न निकै लालायित भएर लागेको छ तेस्रो पुस्ता पनि।
यसरी हेर्दा नेपालमा समग्र रुपमा खुला र स्वतन्त्र सफ्टवेरको माग आगामी दिनहरुमा निकै बड्ने देखि्छ यसको सुरु भने भै सकेको छ।
यसको लागि सरकार र युवापुस्ताको सहकार्यको पनि खाँचो छ जस्तो मलाई लाग्छ।
हेरम आगामीदिनहरु उदयिमान दिनहरुजस्तै रहुन नेपाली युवापुस्तालाई खुला र स्वतन्त्र सफ्टवेरकोलागि।
प्रतिक
Thank you so much Pratik for your detail information about EVENT.
u did really good job about telling story of picture else ppl thing sth eles.. coz what ppl see thinks like that so have to tell...
good job!
I respect your spirit.
Post a Comment