“We humans have with planet , Earth and all her creatures,
it wishes for unconditional love and care for all Earth's animals and plants.”
- Johanna Pieterman
माथि को चित्र त हेर्नुभयो होला यो मेरो मन पर्ने चित्र मध्य एक हो । झटै हेर्दा कस्तो सेक्सी चित्र भन्छन सबैले तर मलाई कहिले पनि त्यस्तो लागेन, मलाई त एकदम प्राकृतिक(natural)लाग्छ । यो चित्र ले मानब र जनावरको सम्बन्ध झल्काएको जस्तै लाग्छ, यो चित्रको कथा म भनि हालौ है ।
खास् म यो केटी अन्धी हुन्छे उसलाई कसैले पाएर बनमा फलिदिएको हुन्छ तर यि दुई बाघले पालेर ठुलो बनाएको हुन्छ र हर बखत उसलाई सुरक्षा दिएको हुन्छन, जुन कुरा चित्रमै प्रस्टै छ ।
अब सोककै कुरा गरौ , मलाई बाघ सम्बन्धी एति सोक छ कि एस्को बोल्ड्नेस्, रङ , रुप को सधैं म प्रसन्सक् हु । मलाई कुकुर कहिले पनि मन परेन, स्कुल पढ्दा ८०% का मनपर्ने जनावर त कुकुर नै हुन्थ्यो तर मलाई त कुकुरको पर्सनालिटीनै नभए जस्तो लाग्छ सोझो साझो लाई भुकी हाल्ने, डन्डा देखायो भने लुतुक्क पर्ने ।
अर्को कुरा कुकुर ले सुरक्षा दिन्छ रे, चोरी हुन बाट जोगाउछ रे अबुइ नि के को जोगाउनु नि उस्तै चोर आयो भने त कुकुर कै बाजे भए पनि चोरी बाट जोगाउदैन अहिले साईरन बजाउने प्रविधी आएको रैछ । टोलभरि सबैले आफ्नो आफ्नो घरमा साईरन जोडने अनि चोर आयो कि त्यो साईरन बजाउने त्यसपछि त चोर भागाभाग हुने रैछ, हुन पनि त्यो साईरन एती चर्को बज्दो रैछ कि सबै टोल भरि थाह हुने अब यस्तो मोडर्न प्रविधी आएपछि सुरक्षाको लागि कुकुरमा किन भर पर्न पर्यो र?
लौ लेख्दा लेख्दै टपिक नै काहा पुग्यो, यो ब्लग भनेकै यस्तै आफुलाई मन लागेको कुरा लेख्न पाइने । अब बाघ तिरै फर्कौ...
मलाई सानै देखि बाघ मन पर्ने हुनाले सधैं नजिक बाट नियाल्ने, छुने चाह सधैं नै भयो एउटा सानो कुरा याद आयो, म तेस्तै ६-७ बर्ष को थिए होला तेती बेला म सल्यान भन्ने ठाउँमा थिए कसैले मलाई तर्साउन को लागि तल जंगलमा त बाघ आउछ भन्यो त्यसपछि त मलाई के चाँहीयो र,

शनिबारको दिन एक बोत्तल पानी र बिस्कुट लिएर साथीकोमा जान्छु भनेर घरबाट बनतिर ओरालो लागे बन सुरु भयो सल्लानै सल्लाको रुख हिंड्नै नपर्ने सल्लाको पातमा चिप्लदै चिप्लदै जंगल को बिचमा पुगे मनभरि बाघ लाइ देख्ने उत्साह र उमङ्ग थियो । चरा चुरुङिको चिर्वीर चिर्वीर सुनिन्थ्यो, रुखको पातले आकाश छेकेकोले अलि अध्यारो थियो, कति बेला कति बेला सरयाक सुरुक आवाज पनि आउने तर मलाई बिश्वास थियो बाघ पक्कै आउछ भनेर तर जंगलको बिच मा धेरै बेर बस्दा पनि बाघको अत्तोपत्तो भएन त्यसपछि निरास् भएर म उकालो लागे । त्यो दिन तेसै बित्यो भोली पल्ट बिहानै ठुलो खैला बैला सुने हिजो त साचिकै बाघ आएको रैछ र चराउन लगेको बाख्रा पनी खाइदिएको रैछ उफ् त्योदिन चाँही कस्तो मैले बाघ भेटेनछु भनेर मनमा खिन्न लागिरह्यो तर अहिले सोच्दा ठिकै भएछ बाघ नभेटेर, भेटेको भए त मलाई कप्ल्याक कुप्लुक खाइदिन्थ्यो होला, फेरि अहिले यसरि ब्लग कहा लेख्न पाउथे र हा हा :) :)
WWW (World Wildlife Federation) अनुसार
नेपालमा अब सरदर जम्मा बेङाल(Bengal Tiger)
जात का बाघ ३५० मात्र छन रे । यसलाइ मुख्यतय छाला र अरु शरीरका बिभिन्न भाग पुरानो चलन अनुशार औषधी उपचार को लागि प्रयोग हुने हुनाले चोरी सिकारी बढेको हो । यसलाइ नजोगाउनेको हो भने त अबका भाबी पिढीले चिडियाखानामा समेत देख्न पाउने छैनन र म जस्तै बाघ मन पराउनेले त पक्कै पनि आफ्ना अघिल्लो पुश्ता लाइ सराप्छन । हामी चाहन्छौ कि बाघ भन्ने जनावर डाइनोसर जस्तै चित्रमा देखाउन नपरोस् र नेपाल कै जंगल मा पनि बाघ आउथ्यो नि भनेर कथा हाल्न पनि नपरोस ।
Lets SAVE TIGER .
बाघ सम्बन्धी जान कारी दिन को लागि मैले एउटा वेबसाईट बनाएको थिए फुर्सद भये आफुलाइ मन परेको टपिक क्लिक् गर्नु होला
> About Tiger
> Tiger Myths > Tiger Poem
> Tiger Arts
> Tiger picture
> Tiger Quotes
> Why should we save tiger?*picture2 by Johanna Pieterman