12/30/09
टुप्पी भएका, नभएका सबैलाई राज्य, खला मखला सबैलाई राज्य, मुसो बिरालो हात्ती सबैलाई राज्य
मैले देखे अनुसार पहिलो पल्ट हिसिला यमीले सारी लगाएर कम्मर मर्काउदै थिन । नत्र भने तिनी हिसिला त साँढे १ बर्ष अगाडि अष्ट्रेलिया आउदा नि उही बाबुराम जि कै जस्तो केटाको फेसनको कोट फिर्लिङ फिर्लिङ हल्लाउदै बैठकमा आएकी थिन । बिचरा अष्ट्रेलियामा बस्ने नेपाली आउरे बाउरेहरुलाई दौरा सुर्वाल र सारीको जोहो गर्न भ्याइ नभ्याइ थियो भरे त हाम्री भु.पु मन्त्रि परिन कुल (cool) बरा अष्ट्रेलियाका reprehensive चाँही चकित परे होलान। लुगाको बिषय छोडि दिउ पहिरन आफुलाइ जस्तो सजिलो हुन्छ तेस्तै लगाउने हो।
फेरी नाच तिरै फर्कौ अब यो प्रचन्ड र हिसिला नाचेको चाँही काठमाडौं नेवा राज्य भएको उपलक्ष्यमा थियो। नेवार बाउ आमाले जन्माए म जन्मिए। यो घोषणाले म न हर्ष नै भए न त बिषमात नै।
मलाई कसैले त नेवार होस् त काठमाडौंमा मात्र बस भन्यो भने मलाई जेलमा बस भनेको जस्तो हुने छ। म गोर्खामा जन्मिए त्यस पछी पहाड देखी तराइ सम्म २५ वटा जिल्लामा हुर्के बढे मलाई नेपालको हरेक ठाउँ प्यारो छ र मन पर्छ। म अहिले केही समयको लागि बाहिर छु र यो समयमा मैले नेवार होइन नेपाली भनेर चिनाएको छु।
अब यिन्ले त गण राज्य भनेर देश तथा जनतानै टुक्राउने भए। अब मेरो हुने वाला सिरमान बाउन, भोली पर्सी हाम्रा बच्चा होलान ति त ५०% नेवार होलान र ५०% बाहुन होलान। ति खस्केका बाहुन र उभो लागेका नेवार कहलिएलान तेस्तालाई कुन राज्य हुन नि? कि तेस्तालाई ललितपुर र काठमाडौंको कुपुन्डोलको सिमाना बागमती नदी हो। छ्या गनाउने !!
आज बाहुनले राज्य पाउलान, बाउन पनि दुई किसिमका होलान। टुप्पी भएका र नभएका टुप्पी नभएका तिनलाई छुटै छुटै राज्य चाहिएला। नेवार नि दुई थरीका होलान । एउटा नेवार जान्ने अर्को नजान्ने अब यिन्लाई पनि छुटै राज्य चहिएला। कुकुर, मुसो, बिरालो, हात्ती सबैलाई राज्य चाहिएला प्रभु सबैलाई राज्य कस्ले पुराउने हो? नेपालमा यति थरीका जात जाती र धर्म छन कि तिनलाई टुक्राउनुमा भन्दा जोड्नमा बिउटी छ।
यदी तिमीले त्यो काठमाडौं राज्य नेवारलाई मात्रै दिएका हौ भने चाहिदैन मलाई। तिमीले तराइ थारुहरुलाई मात्र दिएका मात्रै हौ भने स्विकार्दिन म। मलाई सिङै नेपाल राज्य चाहिन्छ । त्यस्तो राज्य जहाँ एउटा जातकै भरमा सिमाना कोरिएको नहोस् त्यस्तो राज्य जहाँ नेताहरु नाच्ने मात्रै होइन काम पनि गरेको देखियोस।
United we stand, divided we fall. -George Pope Morris
12/28/09
चकित पार्ने मेल्बर्नको मौसम
नोवेम्बरमै बिछ्च्ट्टै गर्मी भएपछी भए भरका बाक्ला लुगा दराजमा खाजेको त अस्ती त क्या जाडो भयो। बा! बा ! हो म त यो जाडो खप्नै सक्दिन। अस्ती सिटी जान थियो भए भरका लुगा लगाएर सिटी तिर निस्केको त त एक हूल चाइनिज केटीहरु सेता खुट्टा र पाखुरा देखाएर हिंडेको । कोही चाँही छोप्ने कुरा मात्र छोप्ने, कोही चाँही भर्खर mt. everest बाट झरेको जस्तो देखिने। यसो म तिर हेरे जस्तो नि लाग्यो, खिसी गरेर हासेको जस्तो नि लाग्यो तर भाषा के बुझ्नु झिङ झ्याआङ झुङ झुङ गर्छन्। के बोल्छन के बोल्छन । आ!! जो सुकैले जो सुकै भनोस भनेर ज्याकेट्को खल्तिमा हात हालेर सुइ सुइ हिंडे ।
एक्छिन हिंडेको त टन्ट्लापुरे घाम लाग्यो अहो चिट् चिट् भयो । लगाएको लुगा कता तिर फालेर नजिकैको साउथ यारा रिभरमै हाम फालु जस्तो भो। बा !बा ! हो ति केटीहरुलाई सम्झे तिनिहरुलाई त क्या मोज भयो होला भनेर सकी नसकी ज्याकेट बोके । यो ज्याकेट लगाउन्जेल ठीक, फुकालेर हिंड्न परे पछी घाडो भनेर एक्लै मुर्मुरिरहे।
हिडदा हिडदै ह्-वारर पानी पर्यो । थुइक्क छातानै ल्याउन बिर्सेंछु ज्या!! हिजो नै मोबाइलमा weather हेरेको 1 shower भनेको थियो। हाम्रो नेपालमा जस्तो हो र पानी पर्छ भनेर अड्कल काटे पनि मरिगए पानी नपर्ने । छाता बोकेर हिड्यो पानी नपरेर ब्याग मात्रै भारी । यहाँ त पानी पर्छ भने पछी पर्छ पर्छ । ईन्द्रसँग डाइरेक्ट कन्ट्याक्ट छ जस्तो छ। :)
यस्तो सोच्दा सोच्दै पानी झन दर्कदै गयो। छाता नहालेकोमा पछुतो मान्दै crown भित्र यसै क्रिस्मसको रमिता मन नलागी नलागी हेर्न छिरे । पानी रोक्यो होला भनेर एकछिनमा बाहिर निस्के, पानी रोकी सकेको रैछ।
बाहिर जाडो जाडो रैछ, ज्याकेट फेरी लगाए । वावो नेपाल देखी ९०० मा किनेर ल्याएको ज्याकेट खुब काम लाग्यो नेपालमै पनि १५०० भन्थ्यो बेमौसममा किनेर पो भरी छुट पाएकी नि नत्र भए यस्तो राम्रो ज्याकेट लाई यहाँ त १००-१२० डलर सम्म पर्छ ।किन्न सक्थे या सक्दिनथे भनेर आफुलाइ मपाइ गरेर बुद्दिमान सम्झी रहे । मान्छेहरु अक्सर भन्छन women, wine र weather को भर नपर्नु भन्छन् तर women र wine को बारेमा त अहिले म केही भन्दिन तर यो मेल्बर्नमा चाँही weather को केही भर नहुने रैछ है भनेर टुङोमा पुगे।
11/28/09
खाइसके पछि थालका कुरा
यि कुरा गर्दा मन प्रसन्न हुन्छ। प्रसन्नको कुरा गर्दा आज मेरो मन त्यस्को उल्टो छ। बिहान देखी आमाको खुब याद आइ राछ । फोन गर्दा तपाईंले प्रयास गर्नु भएको मोबाईलमा आगमन कल निषेध गरिएको छ भन्छ बा!!! ल्यान्ड लाइनमा फोन गर्दा किन यसो भनेको होला भनेर बिहान देखि मलाई तिरिमिरी झ्याइ भई रहेको छ।
हिजो पनि खाना बनाउन अल्छि लाग्यो , नुडल्स भुलुक्क उमालेर खाइयो। आमा भएको भए कस्तो कर गरी गरी खुवाउनु हुन्थ्यो जस्तो नि लाग्यो। आज पनि यहाँको घडीमा १२ बजी सक्यो पेटले आ' गरी सक्यो तर जागर चलेको छैन।
खानाकै कुरा गर्दा यहाँ घरको काम अथवा खाना बनाएर कोही पनि आईमाई घरमा बस्दैनन। बिहान अफिस जादा पुरुष र महिला बराबर देखिन्छ। त्यो हिसाबले यहाँ सबै जना काम गर्छन् । घरको काम मिली जुली सबैले गर्छन्।
मिली जुली कामको कुरा गर्दा नेपालमा किन घरको काममा आईमाईलाई मात्रै जोताएका होलान नि । एउटा तन्नेरी छोराले आमाले बनाएको खाना मिठो मानी मानी खान्छ तर उस्ले खाइसके पछी खाएको थाल नउठाएर फोहोरी तालले जहाँ खाएको तेही छोडेर हिड्छ। खाना बनाएर पनि दिनु छ जुठा भाडा नि माझ्नु छ। हे प्रभु!! तिमीले एउटा खाएको थाल माझ्दैमा तिमी सानो त हुँदैनौ अथवा तिम्रो हात त खिइदैन होला अथवा तिम्रो मान पदबी त गुम्दैन होला। बरु आमा, दिदी बहिनी वा घरका अरु आईमाई सदस्यलाई कती सजिलो होला। कती माया गर्लान।
त्यती मात्रै होइन, हामी नेपालमा पाहुना भएर कसैकोमा बस्न जान्छौ, धेरै जसो पाहुनाको सत्कार बडो राम्रो सँग गरिन्छ । मिठो मिठो खुवाइन्छ तर त्यो खाएर घिन लाग्दो तरिकाले फोस्रो आडम्बर पालना गरेर जहाँ खायो तेही थाल छोडेर हिंड्ने मान्छे देखेर चाँही मलाई वाक्स आउछ।
अहो!! भाषन लामै भयो तपाईंले अझै सम्म पढि रहनु भएको भए, म भन्न चाहन्छु कि यो मैले आफ्नो पिता बाट सिकेको कुरा हो आज फुर्सद हुनाले मेरो दिमाखमा टिङ्ग बज्यो र अहो यो त राम्रो कुरा हो भनेर लेखनमा आयो। खासमा कुरो के भने मेरो घरमा काम गर्ने मान्छे कोही राखेको छैन, काम गर्ने राख्ने कुरामा मेरो आमाले कहिले पनि सहमति जनाउनु भएन आफ्नो स्वार्थ पुर्तीको लागि अरु लाई कजाउने, आफ्नो सुखको लागि अरु लाई दु:ख दिने काम महा पाप भन्नु हुन्थ्यो। उहाको कुरा धार्मिक भावले ओतप्रोत भएको हुन्थ्यो तर अन्तमा लजिक लगाएर कछुवा बुद्धीले सोच्दा बडो ठीक लाग्थ्यो। सोही अनुरुप घरमा आफुले खाएको भाडा आँफै माझ्ने, आफ्नो लुगा आँफै धुने र आफ्नो रुम आँफै सफा गर्ने नियम छ।
एकचोटि नेपालमै छदा भर्खर बिहा भएको नयाँ ज्वाँई साहेबलाई हाम्रो घरमा खाना खान बोलाएको थियो । यो अब ज्वाँईलाई किन साहेब भन्छन, त्यो आँफै पत्ता लगाउनु होला अथवा ज्वाँईभई सक्नु भएकोले प्रस्टाउनु होला। हाम्रो घरमा पाहुना बोलाँउदा सबै जना मिली जुली बिशेष तरिकाले पकाइन्छ र सोही अनुरुप सब पकवान रेडी भयो। खाना खादा खेरिको बिशेष हेर बिचारको इन्चार्ज म थिए।
खान पान सकियो मेरो बुवाको त खाए पछी थाल माझ्ने बानी। बुवा थाल उठाएर माझ्न लाग्नु । बिचरा ज्वाँईलाई पर्नु फसाद पर्यो , नयाँ ज्वाँई म तिर पुलुक्क हेरेर केही भन्छ कि वा थाल तेही राख्नु भन्छ कि जस्तो लाग्यो होला तर म परे सैतान। म किन तेसो भन्थे तेतिकै मा बुवाले हेर्नुस् ज्वाँई यो थाललाई यसरी माझ्नु पर्छ भनेर घुमाइ घुमाइ माझेर देखाउनु भयो ति ज्वाँईले के सोचेछन कुन्नी उनी पनि माझ्न कस्सिए र खुब राम्रो सँग थाल माझे।
मैले सोचे मलाई कती सरापेका होलान, अब फर्केर नआउलान् भनेर हासो उठी रहेको थियो। त्यो दिन तेतिकै बित्यो त्यस्को केही हप्ता पछी बहिनीले फोन गरी दिदी अस्तिन उहा जाउलाखेल गएर आएदेखी त आफुले खाएको थाल आँफै माझ्नु हुन्छ र अरु लाई नि माझ भन्नु हुन्छ भनी। अहिले त हामीलाई खुब सुख भएको छ भनी। मलाई खुब हासो पनि उठ्यो तर ज्वाँई बुझ्झकि रहेछन भनेर मननै आनन्दित भयो।
हुन त यि साना कुरा हुन तर यस्ले जिबनमा पारिवारिक जिबनमा ठुलो प्रभाब पार्छ। परिवारमा एक अर्का प्रती बोझ होइन सपोर्ट हुन पर्छ जस्तो लाग्छ। बोझ दिने, टेन्सन दिने त बाहिरी कुरा काफी छन।
untill next time
love you mom..
love you all…
Jahimah: how do I go to paradise?
The prophet: is your mother alive?
Jahimah: yes
The prophet said: Hold fast onto her as paradise lies near her foot - islam saying.
11/21/09
के २०१२ मा पृथ्वीको अन्त होला त?
ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त December 21 2012 मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले पनि अष्ट्रेलियामा खुब तहल्का मच्चाइ रहेको छ। हलको टिकेट बूकिङ नगरि हेर्न नपाईने भएको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन्।
कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने, कोही चाँही ह्या~~ यो त बकम्फुसे कुरा हो। समय समयमा यस्ता कुरा आइ राख्छन र यो कुरामा खासै वास्ता राख्दैनन।
Mayan Calendar मा २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने रहेछ। 2012 december 21 पछीको चाँही यो क्यालेन्डरमा डेट नभएकोले केही नराम्रो हुने अनुमान गरिएको रहेछ तर मलाई लाग्छ त्यसपछी झन राम्रो पो हुने हो कि? नेपालमा 2 बर्ष पछी सम्मको त क्यालेन्डर हुँदैन भने ति मान्छे महान हुन जसले २००० बर्षको तिथी मिती ग्रहण समय लाग्ने सबै अनुमान गरेर गए अब त्यो भन्दा बढी त त्यो गोलो चित्रमा अटाउनु पनि त पर्यो नि!!
अब मेरो बिचार बुझ्नु हुन्छ भने मलाई यो पृथ्वीको २०१२ मा अन्त होला भनेर सुन्य प्रतिसत पनि विश्वाश छैन। यदी अन्तनै हुने रहेछ भने पनि म यस्लाई सार्है सकारात्मक रुपले लिन्छु। यदी संसारकै अन्त हुनेछ भने सबै जना एकै चोटि मरिन्छ। आहा!! सबै स-परिवार एकै चोटि मरिन्छ। कोही कसैलाई एक अर्काको बिछोडमा गम हुने छैन। मान्छे जन्मे पछी मरण अवस्य हुन्छ। कोही अजर अमर अहिले सम्म छैन र यो नै अन्तिम सत्य हो। फेरी २०१२ सम्मनै बाचिन्छ भन्ने पनि त छैन नि भोली अथवा पर्सी नै पनि त सिलटिम्मुर खान सकिन्छ नि।
खासमा आज भोली मान्छेले आफु एकदिन मर्नु पर्छ भन्ने बिर्सेंको छ। दिनहु एक अर्काको खिचातानी , हत्या हिम्सा , अत्याचार बढ्दो छ। मान्छेले आफ्नो अन्तिम घडी सम्म पनि दुखी दुखीनै बिताएका हुन्छन्।
अस्ती म यहाँ channel 7 हेरेर बसेको थिए २०१२ फ्लिमको director को interview आइ रहेको थियो त्यस्मा सोधियो के २०१२ मा पृथ्वी अन्त होला? भन्दा हासेर google it भने । फेरी दोहोराएर interview लिने मान्छेले सोधे पनि उनको उत्तर भने I don’t know google it भनेर हासी हासी जवाफ दिए । जब फ्लिम बनाउने मान्छेलाईनै था' छैन भने अब अरुले फ्लिम हेरेर डराएर बस्नु त महा मुर्खता नै हो।
लौ पृथ्वीको अन्त नभए सँगै बाचौला, भए सँगै मरौला। बाचुन्जेल हासौ रमाऔ, राम्रो काम गरौ, अरुलाई सम्मान दिउ। 2013 january मा भेटेर खुशी खुशी सबै लाई शुभकामना बाडौ।
Death is not the greatest loss in life.
The greatest loss is what dies inside us while we live.
10/10/09
अम्रिकाले भिसा दिएन, नेपालमा बस्न मन छैन
I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs
नतिनी जन्मेको खुशीयाली बडो उत्साहमय थियो। हजुर बाउपनि के कम तुरुन्तै हल्दिरामको सोना पाप्रीले मुख मिठाइ हाले। हुन त उनको सुगर रोग पुरानै हो। तर आज चाँही बाल मतलब थिएन।
पहिलो नातिनी लक्ष्मी नै हो भन्ठाने। दिउसो तिर त छोरोको साथीले कता कता बाट फेस बुकबाट फोटो डाउनलोड गरेर प्रिन्ट नै गरेर ल्याइ दिएछन्। भर्खर मात्रा के जन्मेको भनेर अम्रिकाबाट फोन आएको थियो। फोटो पनि ट्याक्कै हेर्न पाइयो भनेर दङ्गदास परे दुबै हजुरबुवा र हजुर मुमा।
नेपालमा किन हो कुन्नी नाती नातिनाप्रती हजुर आमा बुवाको बिशेष लगाब हुन्छ।
मगन्नै पैसा भएर पनि काम बाहेकले पोखरा पनि घुम्न नगएका बुढा बुढीलाई नातिनिको मायाले चुम्बक जस्तै तान्यो। एक झलक हेरौ, खेलौ, माया गरौ भन्ने झल्को आइ रह्यो।
लौ मरी लानु के छ त अम्रिका पनि घुमौ , छोरा बुहारी नातिनीलाई पनि भेटौ भनेर भिसाको लागि अप्लाइ गरे। भिसा preparation को लागि सबै कागजात तयार भयो आफ्नो चल अचल सम्पत्ति सबैको हिसाब किताब देखाइयो। काठमाडौंको मात्रै मेन चोकमा दुई वटा घर । दुई वटाको करीब दुई करोड पर्ने । सुन १५ तोला जती, त्यस बाहेक जग्गा जमिन। ठुलै ढड्डानै तयार भयो।
उही black and white नातिनीको dot matrix printer मा प्रिन्ट गरेको अनुहार पनि राम्ररी नदेखिने फोटो देखेरै मक्ख परेका बुढा बुढीलाई कती बेला अमेरिका जाउ जस्तो भएको थियो।
यि सारा सपना त जब चकना चुर भयो तब बुढा बुढीले भिसा पाएनन्। निर्दयी मुटु भएकाहरुले भिसा दिनु पर्ने कारण नै देखेनन रे। अ रे बाबा सितैमा जान्छु त भनेको छैन नि, टिकेट काटेर गजब सँग पैसा खर्च गरेर देश घुम्न जान्छु भन्दा नि नपाईने?? आफ्नो छोरा बुहारी नातिनीलाई भेट्न जान्छु भन्दा नि नपाउने? के ७० बर्षकटेका बुढा बुढीले कहाँ कमाउन बस्लान भन्ने डर पो भएछ कि?
सार्है अमिलो मुख लाएर हजुर बुवाले भने भगवानले यो संसार मानब जातीको लागि बनाइ दिएको आज तेरो मेरो गर्दा आफु पैसा तिरेर जान्छु भन्दा नि यो ईश्वरको रचना कस्तो रहेछ भनेर हेर्न नपाईने?
उनी सँग धन नभएको पनि होइन उनी सँग मज्जाले एक महिना सम्म होटेलमा बसेर मज्जाले घुमेर आउने गरी जिन्दगी भर कमाएका थिए।
उनको गल्ती यही थियो कि उनी नेपालमा जन्मिए। त्यस्को सट्टा लण्डनमा जन्मेको भए क्रेडिट कार्डमा केही हजार डलर देखाएर अमेरिका जान पाउथे। नेपालमा जन्मिनाले मिलियन डलर देखाउदा नि पत्याएनन्। यो अमेरिकाले नि विद्यार्थी , अरु कामको लागि जाने लाई रोक टोक गरेनी कमसेकम बुढाबुढीलाई त छोरा छोरी भेट्न जान दिनु नि।
हाम्रो देशमा आउन त त्यस्तो झन्झट छैन कसैलाई। तिमी सँग घर होस् या नहोस् तिमी सँग जती नै रिन होस्। घुम्ने मात्रै पैसा देखाए पनि तिमीहरु लाई स्वागत छ त । अझै ए!! आउन हो!! नेपाल आउ भनेर निमन्त्रणा दिएकै छौ।
तिम्रो देश आधुनिक रुपमा बिकास भएको होला तर हाम्रो देश त एउटा स्वर्गकै टुक्रा हो। तिमी लाई जती आफ्नो देश को माया लाग्छ तेती नै हामी लाई पनि लाग्छ।
तिमी बिदेशी नेपाल आउने भन्नासाथ नेपालीहरु एअरपोर्ट देखीनै फुल माला अबिरले स्वागत गर्छन् तर तिम्रो देशमा फूल माला त के नेपालमा रहित अमेरिकन embassy देखी नै निरास पार्छौ।
तिमी नेपाल आउदा खर्च गर्छौ होला। नेपालीहरु पनि त कम छैनन नी अमेरिका गएको बेला ठाटले खर्च गर्छन् नेपालमा कोदोकै रोटी खाएको भए नि newyork र California मा बिस डलरको पिज्जा खान्छन्।
अन्तिममा बुढा हजुर बुवा भन्छन ओबामा तिमी आफ्नो बुढी , छोरीहरु र कुकुरसँग हासी खुशी बस । हामी चाँही नातिनी को फोटो हेरेरै चित्त बुझौला।
10/3/09
पासवोर्ड बिर्सेंर बर्बाद
अब यि त साना कुरा भए तर मैले एउटा कुरा बिर्सेंर ठुलो सजाय पाएको छु ल हेर दसैंको मुखमा बैंकको password बिर्सेंर रुनु न हास्नु भएको छ । investment bank को ebanking मा तीन चोटि सम्म password try गरेको त अकाउन्ट नै लक भयो।
म त नेपालको investment बैंकको security सिस्टम देखेर जिल परेको छु। बेला बेलामा automatic password चेन्ज गर्न पर्ने। password बिर्स्यो भने सजिलै नपाईने । तपाईं नेपाल बाहिर हुनुहुन्छ र कसैलाई अन्लाईन पैसा transfer गर्नु छ र password बिर्सनु भयो भने त पक्का डुब्नु भयो। संसारका कुनै पनि बैंकलाई पछी पारेको छ् यो investment bank को security system ले।
अष्ट्रेलियामा पनि net banking हुन्छ। आज ट्राइ गर्दा लक भयो भने भोली password सम्झ्यो भने सजिलै लगिन हुन्छ अथवा password सजिलै पाउने उपाय हुन्छ । तर मेरो गोबर भरेको दिमाखले कस्तो बिर्सेंर बर्बाद भयो। त्यस्तो कडा अती कडा सिक्युरिटी छ भन्ने मलाई कस्तो था नभएर password नै बिर्सेंको होला।
बैंकको कृपा हुन्छ कि भनेर feebcack form(I have forgotten my password and require a new one. ) मा सबै आफ्नो कुन्डली भरेर पठाएको पनि आज दुई हप्ता हुन लागि सकेको रैछ। तर खै त्यो ईमेल junk folder मा गयो अथवा बाटो मै हरायो। नेपाल पठाएको पार्सल जस्तो ईमेल पनि हराउन थालेछ कि क्या हो? ;)
मेरो अरु उपाए पनि छैन कुर्नु बाहेक, अब नेपालनै गएको बेला मेरो दात डिच्च देखाएर पछी password देलान कि?
त्यो ईमेल रिप्लाई नगरने भए किन मान्छेलाई आस देखाएर feedback form राखेका होलान। होइन भन्या, त्यो महिनै नबिराइ लिने सर्भिस सुल्क के का लागि हो जब कि एउटै ईमेल पनि रिप्लाई गर्दैनन् भने। अरु सेवा त परै जावोस। हरेकका दिमाख तेजिला हुँदैनन अहिलेको आधुनिक युगमा संसार नै username र password ले बेरिएको छ सबै कुराको password नै सम्झिराख्न गार्हो।
मेरो त्यस्तो complain गर्ने बानी पनि होइन। तर एउटा ग्राहक भएकीले आफ्नो अधिकार मात्र मागेकी हुँ।
8/28/09
Please मलाई नकुट
यो काहानी चाँही प्युठान बस्दा को हो। त्यहाँको एउटा स्कुलको टिचर सार्है सन्की, प्रश्न सोध्थ्यो आएन भने पिट्ने अनी बाहिर सबैले देख्ने गरेर चौरमा कुखुरा बनाउथ्यो । त्यो दिनकडा प्रश्न सोध्ने वाला थियो। मलाई अहिले सम्झदा लाग्छ क्लासमा first boy/second boy अलाबा सबै जना सार्है मानसिक तनाबमा हुन्थे। कोही कोही त सेतो दुबो क्लास् बाहिर राख्यो भने पिटाइ खाईदैन भनेर ढुङ्गा मुनीको सेतो दुबो खोज्न जान्थे। त्यो चौरमा कुखुरा बन्नु भन्दा त घरमा आनन्दी मनले खम्बामा बाधीनु धेरै इज्जतको बिषय थियो । मलाई बाधिएको डोरी साह्रै खुकुलो थियो, चाहेको भए, म सजिलै फुत्किन सक्थे तर किनकिन म गर्बका साथ डोरी भित्रै आँफै अल्झिएर बसे। तेसै तेसै हासो फुरेको थियो आफु बचियो भनेर किन कि त्यो मास्टरले पक्कै अडबाङ्गे प्रश्न सोध्थ्यो जुन मेरो सोच बाहिरको बिषय थियो। डोरि भित्रै आफुलाइ अझै कस्दै अहिले सम्म त कती जना कुखुरा भै सके होलान भनेर दङ्ग परेर अड्कल काट्दै थिए।
उसको नमुना बिद्यार्थी first boy थियो। त्यो मोरोलाई जे सोधे पनि आउने अरु सबै कुखुरा बन्न पर्ने । मलाई कहिले काही अजिब लाग्छ मास्टरको मन पर्ने विद्यार्थी किन फर्स्ट boy अथवा फर्स्ट girl नै किन हुन्छन होला? ति मात्रै किन प्रिय हुन्छन होला?
म नेपालको करिब १५ वटा जती स्कुलमा पढे होला। धेरै स्कुल चेन्ज गर्नाले म स्कुले पढाईमा कहिले पनि तेज हुन सकिन, मलाई किताबी ज्ञान फलो गर्न सार्है गार्हो भयो। अहिले पनि कुनै पनि नयाँ कुरा बुझ्न मलाई टाइम लाग्छ भने बच्चा बेलामा त सोधेको कुरा नआउनु स्वाभाबिक हो जस्तो लाग्छ।
तर न आएको कुरा सिक्न हौसला दिनुको साटो कुट्ने मानसिक रुपमा बेज्जत गर्ने हो भने साच्चीनै बच्चाहरु हिन भावनाको सिकार हुन्छन जस्तो लाग्छ र जीवनमा म केही गर्न सक्छु भन्ने आशानै धमिलो हुन्छ जस्तो लाग्छ।
अस्ती म एउटा workshop मा गएको थिए। powerpoint presentation गर्ने पालो John Fitzgerald को थियो। उनी पढाईमा सार्है कम्जोर रे । पढ्न पनि स्कुल मात्रै पढेका सार्है average बिद्यार्थी रे । तर स्कुल पछीको उनको जीवन उनको अर्को प्रतिभाले(sales/marketing/investment) गर्दा उनी जीवनमा सफल भएका रहेछन् । उनको अष्ट्रेलियामा 300 वटा घर रहेछ ।
त्यो त उदाहरण मात्रै हो स्कुलमा नर्मल बिद्यार्थी हुने पछी धेरै राम्रो प्रगती गरेको सुनिन्छ र स्कुलमा सार्है तेज हुने पछी तेही अनुपातमा खासै प्रगती नगरेको नि देखिन्छ ।
त्यसैले मास्टरहरुले पनि त्यो कुरा बुझ्न पर्यो । सबै बिद्यार्थीलाई समान रुपले हेरेर समान रुपमा हौसला दिन पर्यो। जान्ने त जान्ने भई हाल्छ नि नजान्ने लाई पो प्रोत्साहन गर्नु पर्छ नि हो। खै कुरा बुझ्या!!!
7/30/09
काम चाँही अहिले, पैसा चाँही अर्को बर्ष, क्या बाठो!
मेरो career को सुरुवातमा एउटा software/web development कम्पनीमा काम गर्थे त्यहाँका हाकिम भन्थे, बुझ्यौ अर्चना अब हाम्रो अफिस मा एक्-दुइ जना गुण्डा राख्न पर्छ। ति हाकिम भन्थे तिमी हामी जस्तो नरम बोलेर नहुने रहेछ। मलाई त बडो अचम्म लाग्यो र सोधे किन?? अब काम गर्यो पैसा उठाउन गार्ह्रो काम गर्नु अगाडि पैसा माग्यो काम नै नदिने डर। तिनीहरु लाई के भयो त software नभए नि बिजनेस चलेकै छ। बेब साइट नभए नि ग्राहक आएकै छ। साँच्चै काम deadline मै सकेर के गर्नु पैसा नपाए पछी तर पनि अफिस चलाऊनै पर्यो, अरु बिल तिर्नै पर्यो , स्टाफ को स्यालरी दिनै पर्यो, कत्रो टेन्सन!!
मलाई कहिले काही, म नेपालमा ठुलो बिजनेस वोमन चाँही हुन सक्दिन जस्तो लाग्छ। किन कि पैसाको लागि म सार्है तल गिर्न सक्दिन र ज्यु हजुर नि गर्न सक्दिन र अरु बाट गराउन पनि सक्दिन। आफ्नो मिहेनेत ले काम गर्नु छ तेही पनि ज्यु हजुर गर्न पर्ने कस्तो अचम्म!!
अझ रमिता त कोही कोही एक - दुई बर्ष सम्म पेमेन्ट गर्दैनन। कोही ५०० रुपैयाँको पनि चेक दिन्छन् । त्यो चेक पनि १० दिन पछी जम्मा गर्न पर्ने रे अझै दङ्ग त तेती बेला परिन्छ् जब त्यो बाउन्स हुन्छ। हन् नेपालमा करोडौको बिजेनेस गर्नेको नि ताल यस्तै हो कि हामी हजारमा गर्नेलाई मात्रै यस्तो कष्ट हो।
फेरी अर्को कुरा discount, सफ्टवेर बेच्दा पनि discount चाहिने। बेभसाइट बेच्दा नि discount चाहिने । domain बेच्दा नि discount चाहिने। १००० रुपैयाँको डोमेनमा ५० रुपैयाँ discount चाहिने । कोही कोही लाई त १० रुपैयाँ भएनी discount चाहिन्छ। कहिले काही त कायल भैइन्छ बा!! बा!!
अस्ती मेल्बर्नमा एउटा shopping store मा don’t ask for discount लेखेको रैछ। मलाई त खुब हासो उठ्यो किनकि मैले पहिलो पटक यस्तो देखेको थिए र त्यहाँको sales girl सोधी हाले। यो किन यहाँ टासेको ह? उस्ले मुसुक्क हासेर भनी asian आए भने discount मागेर हैरान पार्छन रे त्यही भएर टासेको भनी अझ अचम्म को कुरा त त्यती टास्दा पनि एउटि चाइनिज बुढीले खुब बार्गैन गर्दी थि। Asian को नाम नै बदनाम !!
लास्टमा, गाठी कुरा के भने म कसैलाई काम गराउछु भने, म काम अगाडिनै अलिकती पैसा दिन खोज्छु। मलाई लाग्छ यस्ले काम गर्ने जोश बढाउने छ र मेरो काम राम्रो सँग गरिदिने छ र मलाई अर्को पटक काम गराउदा बहुत सजिलो हुनेछ। सबै भन्दा ठुलो कुरा म उसको नजरमा राम्रो हुने छु र मलाई मिहेनेतीको मिहेनतलाई कदर गरेकोमा बढो खुशी लाग्ने छ। काममा professionalism भएन भने काम गर्ने र गराउने दुबैको जोश हराउछ र दुखी भैइन्छ। त्यसैले हामीले नेपालमा अली अली मात्रै भए पनि professionalism र work ethics अपनाउन सकेको खन्डमा राम्रो हुने थियो कि कसो?
7/1/09
दाईजो लिने केटालाई kick out गरौ
- छोरी पनि लिने दाईजो पनि लिने? दुबै हातमा लड्डु? ल हेर कस्तो नामर्दहरु?
- विवाह पछी दुलही ले त नयाँ साथी पाउछिन, कमाउन, मोज गर्न जिन्दगी बाँकी हुन्छ तर बुदेशकाल लागेका बाउ आमालाई खै के त?
- बाबु आमाले मात्रै छोरीको सोच्नु पर्छ भन्ने छैन, छोरीले पनि बाउ आमाको सोच्नु पर्यो नि त?
- खाली छोरीले लिने मात्रै, दिने कहिले त?
- अब बाबु आमाले छोरी ज्वाँई लाई दिने होइन छोरी ज्वाँईले चाँही बुढा बा-आमा लाई दिन पर्छ , परी आएको बेला हेरचार गर्न पर्छ।
- तपाईंले भुलबश वा परिबन्धमा परेर दाईजो लिनु भयो होला तर तपाईंले त्यस्को साटो के सेवा गर्न सकिन्छ सोच्नु होला।
केटीले पनि प्रस्टै मुख फोर्न पर्यो म विवाह गरेर आउँदा दाईजो ल्याउदिन भनेर, यदि यसोभन्दा
अधेरो मुख लगाए भने तेस्ता केटाहरुलाई kick out गर्नै बेश।
तेस्ता हुतिहाराको फेरी अनुहार नहेर्नु नै बेश।
तेस्ता सँग बिहा गर्न भन्दा बुढी कन्या बस्नै बेश।
5/24/09
नेपाली mate हरु मुख नछाडौ, ट्रैनमा सभ्य भाषा बोलौ
८ बर्ष पछि एक जना दाईले आफ्ना बुढा बुवा आमालाई मेल्बर्न घुमाउन बोलाएका थिए कहिले थानकोट नकाटेका बुवा आमा सिधै hongkong हुँदै Melbourne airport आएका बाबुआमाको खुशीको सिमानै थिएन त्यही माथि आफ्नो तीन बर्षको प्यारो नाती हेर्ने खेलाउने सुम्सुमाउने रहर पनि पुरा भएको थियो।
उनिहरुले ठानेको स्वर्ग यही थियो । आफ्नो छोरोको बलबुताले यो बिरानो देशमा घुम्न पाएकोमा बाबुको शिर ठाडो थियो भने आमाको छाती गर्व ले फुलेर चोली को तुना फुत्किनै थालेको थियो।
३ महिनाका लागि आएका ति दाईका बाबु आमासँग बिताउने टाइम धेरै कम थियो त्यसैले बिदाका बेलामा स-परिवार जोल्टिएर घुम्न जाने प्लान गर्थे।
नेपालीहरु धेरै जसो upfield line, coburg, Brunswick, cragiburn line मा बस्ने गर्छन् । ति दाई पनि एक्दिन coburg, Brunswick हुँदै सिटी तिर घुम्न जान लागेका रैछन। त्यो लाइनमा नेपाली धेरै बस्ने हुनाले ट्रैनमा प्रसस्तै नेपाली भेटिन्छ।
बिरानो मुलुकमा अरु नेपाली नानीहरु देखेर बुढा बाउ, आमा पनि दङ्ग पर्दै रैछन। ट्रैन आफ्नै रफ्तारमा हिड्डै थियो, त्यो दाई लाई समस्या त तब परेछ जब अरु नेपाली भाईहरुले ट्रैनमा बोल्न थालेछन।
बोलीनै पिच्छे सार्है तल्लो स्तरको मुख छाडे पछी पर्नु आपत परेछ। आफ्ना आदर्णीय बुवा आमाका अगाडि यस्तो असभ्य भाषा सुन्न पर्दा लाजले पानी पानी भएछन। भर्खर नेपाली बोली सिक्दै गरेको छाउरोले कहाँ तिनीहरुले बोलेको सुनेर टिपी हाल्ला भनेर हत्तनपत्त म्युजिक सुन्ने बाबु भनेर कानमा i-pod ठोसाइ दिएछन।
साच्चै भन्ने हो भने त्यो दाईलाई आँफैलाई लाज लागेछ र तेती बेला कुरा अन्त अन्त लगेर भुलाउन खोजेछन् तर आफ्ना बाउ आमाले त्यस्तो तल्लो स्तरको बोली सुनेर के सोच्नु भयो होला भनेर बडा चिन्तित भएका रैछन।
ति दाई मात्रै होइन म आँफै पनि ट्रैन चढ्दा नेपाली केटाहरुको बोलाई नसुनेको होइन।
आइतबारको दिन थियो म upfield line Train मा चढेको थिए। एक ग्रुप नेपाली केटाहरु थिए। मेरो मुख झट्टै हेर्दा Chinese/ Korean जस्तो देखिने हुनाले होला मेरो अगाडिनै खुब मुख छाडी छाडी कुरा गरे कसम!! भनेको मैले एस्तो भद्दा र तल्लो स्तरको बोली त सुनेकै रैनछु।
मेरो दिमाखले काम गर्न छोड्यो मलाई लाग्यो। हे भगवान छि! छि! धन्नै म अरु कोही भाईबहिनीको अगाडि रैनछु। एक मन त मलाई एक झापड दिउ कि जस्तो नि लाग्यो तर आफु बडो सम्यमित भएर अर्को स्टेसनमा ओर्लेर अर्को डब्बामा चढे।
आफु नेपालमा बस, माइक्रो चढ्दा driver खलासिले पनि तेस्तो तल्लो स्तरमा गिरेर बोलेको सुनेको थिइन। के मेल्बर्नमा आउने भाइहरुको स्तर त्यो भन्दा तल हो?? हाम्रो नेपालको गर्ब गर्ने धरै कुरा छ। हामी मात्रै होइन, सारा संसार ले वाह! वाह! गर्ने चिज हरु छ । यस्तो आँफैमा गर्व बोकेको देशबाट आएका हामीले बिदेशमा आएर जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान तब हामीलाई कती जङ्गली र अस्भ्य भन्लान।
जती जानाले यो ब्लग पढ्नु भएको छ तपाईं आफ्नो कोठा भित्र ढोका लगाएर जती मुख छाडे नि छाडनुस्, जती गाली गरे नि गर्नुस् तर प्लिज ट्रैनमा चाँही सभ्य भाषा प्रयोग गरी दिनुस्।
5/17/09
धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो मान्छन रे त
बुढेसकाल लागेछ कि क्या हो आज भोली भगवानलाई खुब सम्झन्छु कहिले काही त लाग्छ आ.. यो सबै positive vibes को लागि हो। कम्से कम भगवानलाई सम्झे पछी मान्छेले नराम्रो कुरा त सोच्दैन, हामी राम्रा राम्रा कुरा सोच्छौ, आफ्ना सपनाका कुरा सुनाउछौ, पुरा गरी दिन सहयोग गर्नुस् भगवान भन्छौ । यस्ले त हामीलाई आशाबादी पो बनाउदो रैछ त्यही आशाको लर्कोमा हाम्रो जीवन बित्छन्।
पहिलो पटक अष्ट्रेलिया आउँदा त झुक्किन्छ नि चाइना पो आए जस्तो लाग्छ। श्याउ श्याउ चाइनीज देखिन्छन् नि। यहाँ आएर मैले पनि अली अली चाइनीज साथी बनाएको छु। फेरी धेरै चाइनीजका जसोको धर्मनै नहुने रैछ धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो त मान्छु भन्छन् बा। अब तिनीहरु देवता नमाने पनि तिनका प्रगती देख्यो भने जिल खाइन्छ। तर यिमिङ भन्ने चाइनीज भन्छन् कहिले काही जीवनमा एकदम निराशा आउछ रे कत्ती कुरा अरु सँग बाड्न नमिल्ने हुन्छ रे त्यो बेला मेरो पनि कुनै भगवान भएको भए कम्ती मा उनको सामु दु:ख बिसाउन त पाइन्थ्यो भन्छन्। म सोध्छु जस्तै कस्तो दु:ख भगवानलाई मात्रै भन्न हुने। उनले ठटेउली पाराले भने गर्ल फ्रेन्डले ढोका दि भने।
phillip, me, michael - माइकलको चाइनिज नाम यिमिङ हो तर यहाँ सबैले ईंग्लिश नाम राख्दा रैछन् बोलाउन सजिलो हुन्छ भनेर । चाइनिज नाम सोध्यो भने त बाफरेबाफ कसैकसैको उच्चारण गर्नै गार्हो । फिलिप चाँही डोमेन कम्पनीमा काम गर्छन्।
तर उनी साच्चै कुनै धर्म अपनाउने पक्षमा छन। धेरै जसो आजकालका युवा युवतीले Christian धर्म अपनाउछन रे, बिहा चर्चमा गर्न, सेतो गाउन लगाएर लिमोमा चढ्न तर त्यो धर्मको नियम खासै अपनाउदैन रे । त्यसैले यो देखसिकी पनि उनलाई पटक्कै मन परेको रैनछ । कुनै कुनै बुढापाकाको चाइनामा बुद्ध धर्म छ रे त्यो पनि उनलाई खासै मन परेको छैन रे। हिन्दू धर्म चाँही उनका लागि नयाँ रैछ। मैले उनलाई हिन्दू धर्मका बारेमा प्रसस्तै भनेको छु अनी अनगिन्ती लिन्कहरु पनि अनलाइन पढ्न भनेर दिएको छु। हिन्दू धर्म मन पर्यो भने उनी लिन्छन रे। बरु हिन्दू धर्म लिन के छ process ह?? त्यो त था मरु नि त :)
5/9/09
म आफुले सकेको गर्छु
दरबार हत्याकाण्डकाताका ईन्टरनेट थिएन, आइटिमा काम गर्ने लाई नभै नहुने चिज थियो । तैपनी काम सुचारु रह्यो, हुने भै सक्यो आफ्नो काम सुचारु राख्नुपर्छ है यदी कुनै काम आफुले गर्न सकिन्छ बाँकी नछोड्ने। तेस्तै जन आन्दोलनताका करिब एक महिना काम सुचारु रुपले गर्न सकिएन । सबैजना अफिस जान नसके पनि घर मै बसेर आ- आफ्नो तरिकाले काम गरियो। मेरा साथीहरु भन्थे अब देश नै नरहे के हामी रहन्छौ? काम न साम गोली मारिदिउ भन्थे तर अह आफु जुन ठाउँमा बसेर आफुले जे गर्न सकिन्छ त्यसलाई त्यसै छोड्न हुँदैन। त्यो सानै रुपमा किन नहोस् भन्थे। आजभोलि मलाई अर्चना जि तपाईं त बिदेशिनु भयो तपाईंलाई नेपालको के मतलब भन्छन्। साच्चै त्यस्तो भन्ने मान्छे लाई सफाइ दिइ राख्न पर्छ जस्तो मलाई लाग्दैन किन कि मलाई था छ् म केही उदेश्यका साथ आएको छु र आफ्नो लक्ष्य पुरा भए पछी फर्कने छु।
एकदिन म धेरै देश बिदेश घुमेका बा सँग च्याट गर्दै थिए । अष्ट्रेलियाको सुख सुबिधाका बारेमा गफ दिदै थिए । कहिले काही मलाई लाग्छ म आफ्ना परिवार सँग सार्है फन्टुस् कुरा गर्छु ; ) यहाँ बत्ती कहिले जान्न, पानी सधैं आउछ । पैसा नि खुब कमाइन्छ, घर किन्न सरकारले पैसा दिन्छ, बुढो भए पछी पेन्सन आउछ आदी इत्यादी । मेरा बा ले के सोच्नु भएछ क्यारे धेरै बेर सम्म रिप्लाई गर्नु भएन यसो हेरे मैले धेरै नै टाइप गरी सकेको रैछु। म एक buzz दिन्छु किन किन म च्याटमा रिप्लाई कुरेर धेरै बस्नै सक्दिन।
धेरै बेरमा केही टाईप गरिरहेको जस्तो लाग्यो। म कुरी रहे । उता बाट जवाफ फर्काउनु भयो, पहिला आफ्नो क्यारिएर बनाउनु पर्छ, असल काम गर्नु पर्छ , ईज्जत कमाउनु पर्छ। पैसा, घर-जग्गा भनेका गौण कुरा हुन ति सबै आँफै हुँदै जान्छन भन्नु भयो। म त लाजले भुतुकै भए साच्चै भन्ने हो भने केही जवाफ फर्काउने आट्नै गर्न सकिन तर मलाई भित्र भित्र गर्व लाग्यो मैले असल संस्कार चाँही पक्कै पाइरहेको छु र म जहाँ छु आफुले सकेको पक्कै गर्ने छु।
4/22/09
काँचो कचिलो, पचाउन सजिलो
काँचो कचिलो, पचाउन सजिलो
भोली बिहान toilet गर्न सजिलो
नेपालको सबै भन्दा लोकप्रिय
खाना खान दात उदाउनु होस् ।
काचै खानुस वा पकाएर खानुस,
तर पक्कै खानुस् , उपहारको लोभमा
चाउचाउ कम्पनीलाई धनी बनाउनुहोस् ।
अनी साथसाथै
आफ्नो हड्डि नि कम्जोर बनाउनुस्
पेटको पाचन शक्तिनि गुमाउनु होस् ।
I got the related below's post in theprincesdiaries.wordpress.com.
चाउचाउमा उपहार
चाउचाउ खाएँ मैले हिजो
पर्यो हिराको हार
धनी हुने सपना मेरो
हुने भयो साकार ।।
चाउचाउमै पर्यो मलाई
बुलडग र डाईनो
चाउचाउसित बस्यो मेरो
कहिल्यै नटुटिने साइनो ।।
चाउचाउमै पर्यो मलाई
दुई वटा खसी
कुखुरा र नयाँ लुगा
छाने कम्मर कसि ।।
फेरि पनि चाउचाउ खाएँ
लखपति भइयो
पाएको पैसाले
विदेश घुम्न गइयो ।।
चाउचाउमै पर्यो मलाई
मोबाईल सेट
खाएँ त्यो दिन
चाउचाउ भर पेट ।।
टि.भि र रेडियोमा
सधैँ मेरो नाम
जता हेर्यो त्यतै
बढ्यो मेरो शान ।।
उपहार पाउँदा
मख्ख म परेँ
झसँङ्ग भई उठ्दा
खाटबाट लडेँ ।।
Related Links:
- Instant Noodles bad for health?
- Instant Noodles can cause Cancer
- it's harmful to eat instant noodles often
- Correct way cooking instant noodles
4/16/09
मैले सपना देखेको छु।
आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।
दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।
बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।
छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।
नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।
पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।
Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।
नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।
छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्।
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।
धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर पो बालेको छु।
चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न।
असल काम मिहेनत गरेर खान पो जानेको छु ।
Kfc खान्छु mc Donald खान्छु ।
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।
this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.
4/12/09
4/7/09
काठमाडौंको घर जग्गा मेल्बर्न भन्दा नि महँगो
नेपालमा बस्ने लाई त था नै होला काठमाडौंको घर जग्गाको भाउ कसरी उर्लेको छ भनेर । बिस्व बजारमा मन्दी आइरहे पनि नेपालमा घर जग्गाको भाउले आकाश छोइरहेको छ। साधारण जागिर खाने मान्छेले काठमाडौंमा घर जग्गा जोड्छु भन्ने सपना मै मात्रै सिमित हुने भो। अहिले सुन्नमा आएको छ कि आय स्रोत खुलाउन पर्ने हुँनाले किनबेच कम भएको छ तर मुल्य चाँही घटेको छैन रे।
हामि त तीन छक् परेर आफन्त र म त मुख हेरा हेर ग-र्यौ। ए बा ! बा! जग्गा खोइ त यस्को सिमाना खै त? भनेर सोध्यौ । केही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो। नक्सामा देखाएर यो बाटो हो ।यो सिमाना हो भन्छ। यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैनकेही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो भन्छ । यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैन त्यस्तोमा के को घर जस्तो लाग्यो। अझ अचम्म त तब लाग्यो जब मुल्य था पाइयो । आना को १ लाख ६० हजार रे।
Valleyhomes, Nepal, elm type home it costs 1 karod 75 lakh.
ए प्रभु !! रक्षा गर !! भन्दै त्यहाबाट हामी त सुइको ठोक्यौ। कसम !! त्यो दिन पछी मलाई कसैले घर जग्गा हेर्न जाउ भन्यो कि हासो उठ्न लाग्यो। त्यस्को केही महिना पछि म अष्ट्रेलिया आए। ति आफ्न्तले पछी मलाई च्याट्मा सुनाए । थुइकक् त्यो जग्गा लिनु पर्ने रैछ। अहिले त आनाको ५ लाख भयो रे।
ए राता मकै भनेको जस्तो भयो। ६-७ महिनामा त्यस्तो बाख्रा चर्ने भिरमा त्यस्तो नाफा देखेर। न बाटो छ, न वर पर घर छ, न केही सवारी साधन सुबिधा छ, न बत्ती को पोल छ, न पानीको पाइप छ केही न केही को त्यस्तो बाँदर लड्ने भिरको पैसा उर्लेको देखेर म पर्न सम्म ट्वा: परे। नेपालको यस्तो चाल देखेर अष्ट्रेलियामा घरजग्गा किनबेच कस्तो हुदो रैछ भनेर कुत्कुताइ रह्यो।
BAYSWATER, Melbourne, it costs aud$325,000 around 1 karod 79 lakh nepali
यसो ईन्टरनेटमा real estate को साइट हेरेको Melbourne मा नेपाली करिब २ करोडमा सिटीबाट ४० मिनेट drive मा राम्रो राम्रो सुबिधा उक्त घर पाइने रैछ। लौ यो लिन्क हेर्नुस् त। जब कि नेपालको मेन area मा त्यो भन्दा महँगो पर्ने गर्छ । अष्ट्रेलियाको डलरको हिसाबमा नेपाली रुपैयाँ ५० गुना सानो छ। त्यो हिसाबले त नेपाली ५० हजारमा राम्रो घर आउनु पर्ने हो।
साधारण पाच-दश हजार कमाउनेले करोडौ पैसा कसरी कमाउने, आफ्नो घर जग्गा जोडेर हासी खुशी सुखी बिताउने सपना कहिले साकार पार्ने? जथाभाबी virtual रे रे को भरमा भाउ बडा बड गर्दा नेपालको अर्थतन्त्रमा USA जस्तो भबिस्यमा भयङ्कर प्रभाब पार्न सक्छ। यो बारेमा सबैको ध्यान जावोस। सबै जनाले टाउको छोप्न छाना पाउन। सबैको घर बनाउने बेसिक सपना पुरा हुन सकोस including me :)
A man travels the world over in search of what he needs
and returns home to find it. -George Moore