10/10/09

अम्रिकाले भिसा दिएन, नेपालमा बस्न मन छैन


I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs



तिनी जन्मेको खुशीयाली बडो उत्साहमय थियो। हजुर बाउपनि के कम तुरुन्तै हल्दिरामको सोना पाप्रीले मुख मिठाइ हाले। हुन त उनको सुगर रोग पुरानै हो। तर आज चाँही बाल मतलब थिएन।
पहिलो नातिनी लक्ष्मी नै हो भन्ठाने। दिउसो तिर त छोरोको साथीले कता कता बाट फेस बुकबाट फोटो डाउनलोड गरेर प्रिन्ट नै गरेर ल्याइ दिएछन्। भर्खर मात्रा के जन्मेको भनेर अम्रिकाबाट फोन आएको थियो। फोटो पनि ट्याक्कै हेर्न पाइयो भनेर दङ्गदास परे दुबै हजुरबुवा र हजुर मुमा।

नेपालमा किन हो कुन्नी नाती नातिनाप्रती हजुर आमा बुवाको बिशेष लगाब हुन्छ।
मगन्नै पैसा भएर पनि काम बाहेकले पोखरा पनि घुम्न नगएका बुढा बुढीलाई नातिनिको मायाले चुम्बक जस्तै तान्यो। एक झलक हेरौ, खेलौ, माया गरौ भन्ने झल्को आइ रह्यो।


लौ मरी लानु के छ त अम्रिका पनि घुमौ , छोरा बुहारी नातिनीलाई पनि भेटौ भनेर भिसाको लागि अप्लाइ गरे। भिसा preparation को लागि सबै कागजात तयार भयो आफ्नो चल अचल सम्पत्ति सबैको हिसाब किताब देखाइयो। काठमाडौंको मात्रै मेन चोकमा दुई वटा घर । दुई वटाको करीब दुई करोड पर्ने । सुन १५ तोला जती, त्यस बाहेक जग्गा जमिन। ठुलै ढड्डानै तयार भयो।

उही black and white नातिनीको dot matrix printer मा प्रिन्ट गरेको अनुहार पनि राम्ररी नदेखिने फोटो देखेरै मक्ख परेका बुढा बुढीलाई कती बेला अमेरिका जाउ जस्तो भएको थियो।

यि सारा सपना त जब चकना चुर भयो तब बुढा बुढीले भिसा पाएनन्। निर्दयी मुटु भएकाहरुले भिसा दिनु पर्ने कारण नै देखेनन रे। अ रे बाबा सितैमा जान्छु त भनेको छैन नि, टिकेट काटेर गजब सँग पैसा खर्च गरेर देश घुम्न जान्छु भन्दा नि नपाईने?? आफ्नो छोरा बुहारी नातिनीलाई भेट्न जान्छु भन्दा नि नपाउने? के ७० बर्षकटेका बुढा बुढीले कहाँ कमाउन बस्लान भन्ने डर पो भएछ कि?
सार्है अमिलो मुख लाएर हजुर बुवाले भने भगवानले यो संसार मानब जातीको लागि बनाइ दिएको आज तेरो मेरो गर्दा आफु पैसा तिरेर जान्छु भन्दा नि यो ईश्वरको रचना कस्तो रहेछ भनेर हेर्न नपाईने?
उनी सँग धन नभएको पनि होइन उनी सँग मज्जाले एक महिना सम्म होटेलमा बसेर मज्जाले घुमेर आउने गरी जिन्दगी भर कमाएका थिए।

उनको गल्ती यही थियो कि उनी नेपालमा जन्मिए। त्यस्को सट्टा लण्डनमा जन्मेको भए क्रेडिट कार्डमा केही हजार डलर देखाएर अमेरिका जान पाउथे। नेपालमा जन्मिनाले मिलियन डलर देखाउदा नि पत्याएनन्। यो अमेरिकाले नि विद्यार्थी , अरु कामको लागि जाने लाई रोक टोक गरेनी कमसेकम बुढाबुढीलाई त छोरा छोरी भेट्न जान दिनु नि।

हाम्रो देशमा आउन त त्यस्तो झन्झट छैन कसैलाई। तिमी सँग घर होस् या नहोस् तिमी सँग जती नै रिन होस्। घुम्ने मात्रै पैसा देखाए पनि तिमीहरु लाई स्वागत छ त । अझै ए!! आउन हो!! नेपाल आउ भनेर निमन्त्रणा दिएकै छौ।

तिम्रो देश आधुनिक रुपमा बिकास भएको होला तर हाम्रो देश त एउटा स्वर्गकै टुक्रा हो। तिमी लाई जती आफ्नो देश को माया लाग्छ तेती नै हामी लाई पनि लाग्छ।

तिमी बिदेशी नेपाल आउने भन्नासाथ नेपालीहरु एअरपोर्ट देखीनै फुल माला अबिरले स्वागत गर्छन् तर तिम्रो देशमा फूल माला त के नेपालमा रहित अमेरिकन embassy देखी नै निरास पार्छौ।

तिमी नेपाल आउदा खर्च गर्छौ होला। नेपालीहरु पनि त कम छैनन नी अमेरिका गएको बेला ठाटले खर्च गर्छन् नेपालमा कोदोकै रोटी खाएको भए नि newyork र California मा बिस डलरको पिज्जा खान्छन्।

अन्तिममा बुढा हजुर बुवा भन्छन ओबामा तिमी आफ्नो बुढी , छोरीहरु र कुकुरसँग हासी खुशी बस । हामी चाँही नातिनी को फोटो हेरेरै चित्त बुझौला।

10 comments:

chudamani said...

lau kuro bujhna sakiana .

एकल यात्री said...

सिंगो संसार एउटा देश र सारा पृथ्वीबासी एक परिवार भए कस्तो होला ? त्यसैले सीमारेखाहरू मेटिनुपर्छ भन्छु म ।

Anonymous said...

कुरो अली घुमाउरो नै छ। सुरुवात देखी अन्त्य सम्म फन्को मार्यो भने अर्चनाजीले गर्नु भएको मुलायम ब्यङ्ग्य बुझ्न सकिन्छ। गुदी कुरो लेखको अन्त्य तिर पस्कनु भएको छ। त्यसैले कुरो को चुरो भेटिएन होला शायद। साहित्य भित्रका थुप्रै सिराबाट केही न केही भनिएको हुन्छ, आग्रह ,ब्यङ्ग्य, आक्रोस यस्तै पोखिन्छन तर बुझ्नेले कुन तरिकाबाट बुझ्दछ त्यो बुझिदिने पात्रमा भर पर्दछ।

Nepalean said...

सटिक कथा। ब्यथा पनि हो यो। भीषा दिनै पर्नेलाइ पनि नदिएको प्रश्स्त उदाहरण देखिन्छ।

पुष्प said...

एकल यात्रीजी,

उनीहरूका लागि त कुनै सीमारेखाहरू छैनन्, सीमारेखा हाम्रा लागिमात्र हो । त्यत्रा सीमार‌ेखा हुँदा त यो हालत छ भने साँच्चिकै सीमारेखाहरू मेटाइए भने हाम्रो सीमाको सीमाहो हालत के होला ? वास्तवमा यो स्थिति हामी स्वयम्‌बाट रचित हो । हामीले उनीहरूलाई भाउ दिएर आफनो भाउ घटाएका हौं । अर्को अर्थमा, उनीहरूको भाउ उत्तिकै हो, भाउ हाम्रो घटेको हो ।

पुष्प said...

एकल यात्रीजी,

उनीहरूका लागि त कुनै सीमारेखाहरू छैनन्, सीमारेखा हाम्रा लागिमात्र हो । त्यत्रा सीमार‌ेखा हुँदा त यो हालत छ भने साँच्चिकै सीमारेखाहरू मेटाइए भने हाम्रो सीमाको सीमाहो हालत के होला ? वास्तवमा यो स्थिति हामी स्वयम्‌बाट रचित हो । हामीले उनीहरूलाई भाउ दिएर आफनो भाउ घटाएका हौं । अर्को अर्थमा, उनीहरूको भाउ उत्तिकै हो, भाउ हाम्रो घटेको हो ।

Ashesh said...

लौ कुरो त मलाई चित्त वुझ्यो है । यि खैरेको देशमा जान नपाएको हाम्रो पिडा पनि दुनियाले थाहा पाउने भए साथसाथै नेपलाको पृथकताको वयान पनि ।

उपदेश श्रष्ठ said...

मलाई त आफ्नै देश प्यारो लाग्छ।

अब आफ्नो साईट नेपाली मा बनाऊनुहोस्। त्यो पनी सितैमा। प्रतिक्षा गर्नुहोस्! चिडै आउदैछ!

foxgeek said...

Actually i did not see any problem in the story coz we should stop thinking of America or other foreign country to go andf stay. we have almost everything in our country but we nepalese don't have is our unity. why should we being happy in the US working elligal as a low profile labor for few dollars who own a million or more dollars of property in Nepal? Lets return to Nepal and start working and developing ourselves.

Anuz kulung For Anuza said...

kuraharu gahakila bhayo......