8/28/09

Please मलाई नकुट

मलाई आमाले एकदिन घरको खम्बामा नाङ्गै बनाएर बाधि दिनु भयो । घर भित्र कोही थिएनन् यो सजाय पाएर म दङ्ग परेको थिए । आमा अघिल्तिर आउँदा चाँही न्याउरो अनुहार बनाउथे अरुबेला मनमनै आहा !! स्कुल जान परेन भनेर अचम्मैसँग खुशी हुन्थे। आमाले अब भोली पनि जान मानिनस् भने यो भन्दा कडा सजाए दिन्छु भन्नु हुन्थ्यो। मेरो कालदिन आजको दिन हो, भोली देखा जाएगा जस्तो लाग्यो। यो सबै ड्रामाको पछाडि स्कुले माहा पिटुवा टिचर थियो।

यो काहानी चाँही प्युठान बस्दा को हो। त्यहाँको एउटा स्कुलको टिचर सार्है सन्की, प्रश्न सोध्थ्यो आएन भने पिट्ने अनी बाहिर सबैले देख्ने गरेर चौरमा कुखुरा बनाउथ्यो । त्यो दिनकडा प्रश्न सोध्ने वाला थियो। मलाई अहिले सम्झदा लाग्छ क्लासमा first boy/second boy अलाबा सबै जना सार्है मानसिक तनाबमा हुन्थे। कोही कोही त सेतो दुबो क्लास् बाहिर राख्यो भने पिटाइ खाईदैन भनेर ढुङ्गा मुनीको सेतो दुबो खोज्न जान्थे। त्यो चौरमा कुखुरा बन्नु भन्दा त घरमा आनन्दी मनले खम्बामा बाधीनु धेरै इज्जतको बिषय थियो । मलाई बाधिएको डोरी साह्रै खुकुलो थियो, चाहेको भए, म सजिलै फुत्किन सक्थे तर किनकिन म गर्बका साथ डोरी भित्रै आँफै अल्झिएर बसे। तेसै तेसै हासो फुरेको थियो आफु बचियो भनेर किन कि त्यो मास्टरले पक्कै अडबाङ्गे प्रश्न सोध्थ्यो जुन मेरो सोच बाहिरको बिषय थियो। डोरि भित्रै आफुलाइ अझै कस्दै अहिले सम्म त कती जना कुखुरा भै सके होलान भनेर दङ्ग परेर अड्कल काट्दै थिए।
के ठुलाको मात्रै इज्जत हुन्छ र ? बच्चा बेला पनि आफ्नो कती इज्जतको ख्याल हुन्छ। त्यसरी सबैको अगाडि कुखुरा बन्नु पर्दा त्यो बालक मस्तिकमा कती चोट पुग्छ। आफ्नो सङ्गै हास्ने खेल्ने साथि सङी अगाडि आफ्नो स्वाभिमान र आत्मबिश्वास हराउछ। त्यो कुरा त्यो मास्टरले बुझेको खै?


उसको नमुना बिद्यार्थी first boy थियो। त्यो मोरोलाई जे सोधे पनि आउने अरु सबै कुखुरा बन्न पर्ने । मलाई कहिले काही अजिब लाग्छ मास्टरको मन पर्ने विद्यार्थी किन फर्स्ट boy अथवा फर्स्ट girl नै किन हुन्छन होला? ति मात्रै किन प्रिय हुन्छन होला?

म नेपालको करिब १५ वटा जती स्कुलमा पढे होला। धेरै स्कुल चेन्ज गर्नाले म स्कुले पढाईमा कहिले पनि तेज हुन सकिन, मलाई किताबी ज्ञान फलो गर्न सार्है गार्हो भयो। अहिले पनि कुनै पनि नयाँ कुरा बुझ्न मलाई टाइम लाग्छ भने बच्चा बेलामा त सोधेको कुरा नआउनु स्वाभाबिक हो जस्तो लाग्छ।

तर न आएको कुरा सिक्न हौसला दिनुको साटो कुट्ने मानसिक रुपमा बेज्जत गर्ने हो भने साच्चीनै बच्चाहरु हिन भावनाको सिकार हुन्छन जस्तो लाग्छ र जीवनमा म केही गर्न सक्छु भन्ने आशानै धमिलो हुन्छ जस्तो लाग्छ।

अस्ती म एउटा workshop मा गएको थिए। powerpoint presentation गर्ने पालो John Fitzgerald को थियो। उनी पढाईमा सार्है कम्जोर रे । पढ्न पनि स्कुल मात्रै पढेका सार्है average बिद्यार्थी रे । तर स्कुल पछीको उनको जीवन उनको अर्को प्रतिभाले(sales/marketing/investment) गर्दा उनी जीवनमा सफल भएका रहेछन् । उनको अष्ट्रेलियामा 300 वटा घर रहेछ ।


त्यो त उदाहरण मात्रै हो स्कुलमा नर्मल बिद्यार्थी हुने पछी धेरै राम्रो प्रगती गरेको सुनिन्छ र स्कुलमा सार्है तेज हुने पछी तेही अनुपातमा खासै प्रगती नगरेको नि देखिन्छ ।

त्यसैले मास्टरहरुले पनि त्यो कुरा बुझ्न पर्‍यो । सबै बिद्यार्थीलाई समान रुपले हेरेर समान रुपमा हौसला दिन पर्‍यो। जान्ने त जान्ने भई हाल्छ नि नजान्ने लाई पो प्रोत्साहन गर्नु पर्छ नि हो। खै कुरा बुझ्या!!!

10 comments:

Anonymous said...

किन फर्स्ट boy अथवा फर्स्ट girl नै किन हुन्छन होला
Not only in school, even in graduation i faced this. I was strong in programming but not first boy. i used to finish lab exam first with correct result but always got less marks than so called first boy/girl.
so sometime i feel i should become lecturerr and screw all tose first boy/gal.

रमेश केसी said...

नेपालका शिक्षण पेशामा संलग्न बयक्ती हरुले सोच्नै पर्ने कुरा राख्नु समावेस गर्नु भाको रहेछ। निकै राम्रो लाग्यो

Surendra Subba said...

Archanaji ramro point lekhnu bhaeko chha. Yo bal manobaigyan bisaybastuma adharit chha. Baalbachcha harulai padaunu tholu kuro hoina tara kasari uniharulai chakhlagne garera padaunu thulo kuro ho. Dherai kutera pani bachcha padhnu sakdainan. Pheri ali na kutera pani bachcha haru bigreko chha. Ahile pashchimi mulukma dekhiyeko samasya ho yo. yasto furmula chahiyo ki sarpa pani marosh lathi pani na bhachos!

आशा said...

अर्चना जी तपाईंको लेख पढेर मलाई पनि मेरा अतितका दिनहरु याद आए , अलीअली त मैले पनि भोगेकै हुँ स्कुले जीवनमा तर तपाईंले जुन कुरा उठाउनु भयो नि वास्तबमा सत्य हो, punishment दिएर कुनै पनि मस्तिकले बिकासको गति लिन सक्दैन अझै बाल मस्तिकमा त्यस्ता pressure निरन्तर भइरहने हो भने आफुसँग भएको सिर्जनशील क्षमताहरु पनि गुमाइ हिन भावनामा ग्रस्त भई मानसिक रुपमा नै नराम्रो क्षेति पुग्न सक्छ । त्यसैले मलाई लाग्छ गुणस्तर शिक्षा र सेवा दिन तालिम प्राप्त शिक्षकहरु भए तपाईं हामीले जस्तै भोगेका नमिठा अनुभबहरु अबका नयाँ पिढिँहरुले भोग्नु पर्दैन थियो होला है ।

राजेश......रुपान्तरणको खोजीमा said...

टाँसोले बाल्यकालको सम्झना गरायो मलाई । कहिलकाँही चाहिँ माष्टरले सजाय नदिएको भए केही जान्दिन थिए जस्तो लाग्छ ।
अनलाइन खसखस.....रुपान्तरणको खोजीमा

N K M said...

Very nicely written.
Teachers punish because they are frustrated to see their failure.

Prajwol said...

धेरै कुरा हाम्रो संस्कारले गर्दा पनि हो : ठुलाहरु संधै ठीक, मास्टरले जे भने पनि सहि, आदी...

पहिले नै नहेरेको भए रसल पिटर्सको यो रमाइलो स्टयाण्ड अप पनि हेरौं :)

www.youtube.com/watch?v=Nn5jlrxcpkI

हावा De Wind said...

नेपाल को हकमा एउटा शिक्षण सैली पनि हो भने अर्को कारण स्कुल ले एउटा सानो कोठामा थुप्रै बच्चा हरु लाई कोचेर राख्ने हुनाले पनि उनिहरुलाई कन्ट्रोल गर्न मास्टर हरुले कुटने गर्छन्... यस्मा स्कुल को नाफामुखी प्रब्बित्ती जिम्मेवार छ

साना बच्चाहरुलाई कसरी एउटा सानो कोठामा कोचेर हलचल चकचक नगरि चुप चाप राख्न सकिन्छ ?

Jitu said...

I like it!

KRISH said...

Really nice this you have written i read your whole page and i was so happy i was same like you when i was in school life.

thanks i rember my school life today when i read your blog.