ठुला कम्पनी सँग काम गर्यो टन्टो धेरै । एक हाकिम सँग appointment लिन गार्हो । दुइ भेट्नै गार्हो । भेट्यो काम सुरु गर्यो, काम सक्यो । तीन पैसा लिने बेला accountant को चित्त बुझाउन गार्हो । चार पैसा हातमा पर्न गार्हो । नेपालमा बिजनेस गरेर बस्नेहरुलाई त यो कुरा छर्लङ्ग नै छ। कस्तो professionalism र ethics नभएको होला । कस्तो रे रे को र हुन्छ /होला कै भरमा काम गरिन्छ।
मेरो career को सुरुवातमा एउटा software/web development कम्पनीमा काम गर्थे त्यहाँका हाकिम भन्थे, बुझ्यौ अर्चना अब हाम्रो अफिस मा एक्-दुइ जना गुण्डा राख्न पर्छ। ति हाकिम भन्थे तिमी हामी जस्तो नरम बोलेर नहुने रहेछ। मलाई त बडो अचम्म लाग्यो र सोधे किन?? अब काम गर्यो पैसा उठाउन गार्ह्रो काम गर्नु अगाडि पैसा माग्यो काम नै नदिने डर। तिनीहरु लाई के भयो त software नभए नि बिजनेस चलेकै छ। बेब साइट नभए नि ग्राहक आएकै छ। साँच्चै काम deadline मै सकेर के गर्नु पैसा नपाए पछी तर पनि अफिस चलाऊनै पर्यो, अरु बिल तिर्नै पर्यो , स्टाफ को स्यालरी दिनै पर्यो, कत्रो टेन्सन!!
मलाई कहिले काही, म नेपालमा ठुलो बिजनेस वोमन चाँही हुन सक्दिन जस्तो लाग्छ। किन कि पैसाको लागि म सार्है तल गिर्न सक्दिन र ज्यु हजुर नि गर्न सक्दिन र अरु बाट गराउन पनि सक्दिन। आफ्नो मिहेनेत ले काम गर्नु छ तेही पनि ज्यु हजुर गर्न पर्ने कस्तो अचम्म!!
अझ रमिता त कोही कोही एक - दुई बर्ष सम्म पेमेन्ट गर्दैनन। कोही ५०० रुपैयाँको पनि चेक दिन्छन् । त्यो चेक पनि १० दिन पछी जम्मा गर्न पर्ने रे अझै दङ्ग त तेती बेला परिन्छ् जब त्यो बाउन्स हुन्छ। हन् नेपालमा करोडौको बिजेनेस गर्नेको नि ताल यस्तै हो कि हामी हजारमा गर्नेलाई मात्रै यस्तो कष्ट हो।
फेरी अर्को कुरा discount, सफ्टवेर बेच्दा पनि discount चाहिने। बेभसाइट बेच्दा नि discount चाहिने । domain बेच्दा नि discount चाहिने। १००० रुपैयाँको डोमेनमा ५० रुपैयाँ discount चाहिने । कोही कोही लाई त १० रुपैयाँ भएनी discount चाहिन्छ। कहिले काही त कायल भैइन्छ बा!! बा!!
अस्ती मेल्बर्नमा एउटा shopping store मा don’t ask for discount लेखेको रैछ। मलाई त खुब हासो उठ्यो किनकि मैले पहिलो पटक यस्तो देखेको थिए र त्यहाँको sales girl सोधी हाले। यो किन यहाँ टासेको ह? उस्ले मुसुक्क हासेर भनी asian आए भने discount मागेर हैरान पार्छन रे त्यही भएर टासेको भनी अझ अचम्म को कुरा त त्यती टास्दा पनि एउटि चाइनिज बुढीले खुब बार्गैन गर्दी थि। Asian को नाम नै बदनाम !!
लास्टमा, गाठी कुरा के भने म कसैलाई काम गराउछु भने, म काम अगाडिनै अलिकती पैसा दिन खोज्छु। मलाई लाग्छ यस्ले काम गर्ने जोश बढाउने छ र मेरो काम राम्रो सँग गरिदिने छ र मलाई अर्को पटक काम गराउदा बहुत सजिलो हुनेछ। सबै भन्दा ठुलो कुरा म उसको नजरमा राम्रो हुने छु र मलाई मिहेनेतीको मिहेनतलाई कदर गरेकोमा बढो खुशी लाग्ने छ। काममा professionalism भएन भने काम गर्ने र गराउने दुबैको जोश हराउछ र दुखी भैइन्छ। त्यसैले हामीले नेपालमा अली अली मात्रै भए पनि professionalism र work ethics अपनाउन सकेको खन्डमा राम्रो हुने थियो कि कसो?
10 comments:
अर्चना जी,
ब्लगर अभिवादन है !!!
तपाईको यो टाँसोमा आम उपभोक्ताहरुको खसखस बोलेको छ । साँच्चै नै जो कोही पनि आफुले खरिद गर्न लागेको बस्तुमा गुणस्तर अनि केही छुट अवश्य चाहन्छन् र सो अनुरुप सन्तुष्टि पनि प्राप्त गर्दछन् । नभए आधुनिक बजारशास्त्रको धारणा परिवर्तन गर्नुपर्छ । ब्यापारी बर्गहरुले पनि आफुले चाहेकै मूल्यमा सामान बेच्नुपर्ने छ भने मूल्य बढाएर छुट दिए भै'गो नि हैन !
कामको प्रोत्साहन स्वरुप केही रकम काम गर्नेलाई उपलब्ध गराउनु नौलो उपाय लाग्यो मलाई । अबका दिनमा मैले गराउने काममा प्रोत्साहन अवश्य हुनेछ ।
धन्यवाद यस्तो उपयोगी खसखस टाँसोका लागि ।
Archana
saman kinda sarai marka pare jasto chha.
La hai blogger bhali bholi ho, don't forget to come.
त्यै त भन्या ...क्या बाठो .. !! गरेको श्रमको पैसा त समय मै पो दिनु पर्छ त ... ! त्यत्तिकै अर्कालाई ठग्न पाईन्छ कि क्या हो ..!
तर छुटको कुरा चाहिं राजेशजीलाई झैं मलाई पनि चित्त बुझेन है | साँच्चै नै जो कोही पनि आफुले खरिद गर्न लागेको बस्तुमा गुणस्तर अनि केही छुट त अवश्य चाहन्छन् नि |
आफु ले मेहनत गरेर कमाय को सम्पत्ति SAVE पाउनु सबै को अधिकार हो । म त मैले खरिद गर्ने समान म सक्दो छुट माग्छु । साथीहरु ले भनेझै साँच्चै नै जो कोही पनि आफुले खरिद गर्न लागेको बस्तुमा गुणस्तर अनि केही छुट अवश्य चाहन्छन् र सो अनुरुप सन्तुष्टि पनि प्राप्त गर्दछन् । DISCOUNT लिदा एसिया को नाम खराब भयो भन्ने तपाईंको मुर्खता हो । बरु म त एसियन हरु लाई आफ्नो मेहनत को सम्पत्ति प्रती सचेत सम्झन्छु ।
तर, काममा PROFESSIONLISM & WORK ETHNIC भयो भने काम गने जोश बढ्छ भन्ने कुरामा चै म पनि सहमत छु ।
समग्र मा तपाईं को लेख राम्रो छ ।
Archana ji,
It is very nice article and you always have something useful to say. Keep it up with you r good work. Thank you.
As per my understanding, by "asian" they meant china-japan-korea kinda face.
धन्न "भारतिय" भनेनछन् कतै कतै mall मा तिनिहरु ले दिक्क पारेको देखेको छु ।
dherai ramro blog lekhnu bhaye chha. mero life ma yesto ta kati bhayeo kati
la la lekhdai garnus. aagadi badnus
dhanyabad
Hello,
I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature for the Saturday special on Blogging. The piece will come on 29th August, 09. I read your blog, and I was wondering if you could be so kind as to answer some of my queries. I cannot guarantee that you will be quoted, but your help will definitely let the readers know more of blogging in Nepal.
You may answer all, or any question you feel like answering. You may provide any extra information, and your name, real or an ID, but must understand that you may be quoted by the Post. Please mail your answers to shirishp@wlink.com.np
What is your occupation?
What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?
Why do you blog?
When did you start blogging from? Why?
What makes you keep blogging, without any strong incentive?
How many bloggers do you think are there in Nepal?
Do you regularly read other bloggers? How many, and how many are Nepali?
Do you believe that a blog can really make a difference? If yes, How?
I hope the questions are not too bothersome.
Happy Writing!
-Shirish
k garnu archana ji " Economist ko law nai cha ni jahile pani shrmik ko hat tala huncha vanera. Ho tyastae ho tapako blog ali dhilo oplod hunu thaleko cha. tapaeko blog batqa thuprai kuro haru siki raheko chu.
nice artile.
Post a Comment