
नोवेम्बरमै बिछ्च्ट्टै गर्मी भएपछी भए भरका बाक्ला लुगा दराजमा खाजेको त अस्ती त क्या जाडो भयो। बा! बा ! हो म त यो जाडो खप्नै सक्दिन। अस्ती सिटी जान थियो भए भरका लुगा लगाएर सिटी तिर निस्केको त त एक हूल चाइनिज केटीहरु सेता खुट्टा र पाखुरा देखाएर हिंडेको । कोही चाँही छोप्ने कुरा मात्र छोप्ने, कोही चाँही भर्खर mt. everest बाट झरेको जस्तो देखिने। यसो म तिर हेरे जस्तो नि लाग्यो, खिसी गरेर हासेको जस्तो नि लाग्यो तर भाषा के बुझ्नु झिङ झ्याआङ झुङ झुङ गर्छन्। के बोल्छन के बोल्छन । आ!! जो सुकैले जो सुकै भनोस भनेर ज्याकेट्को खल्तिमा हात हालेर सुइ सुइ हिंडे ।
एक्छिन हिंडेको त टन्ट्लापुरे घाम लाग्यो अहो चिट् चिट् भयो । लगाएको लुगा कता तिर फालेर नजिकैको साउथ यारा रिभरमै हाम फालु जस्तो भो। बा !बा ! हो ति केटीहरुलाई सम्झे तिनिहरुलाई त क्या मोज भयो होला भनेर सकी नसकी ज्याकेट बोके । यो ज्याकेट लगाउन्जेल ठीक, फुकालेर हिंड्न परे पछी घाडो भनेर एक्लै मुर्मुरिरहे।
हिडदा हिडदै ह्-वारर पानी पर्यो । थुइक्क छातानै ल्याउन बिर्सेंछु ज्या!! हिजो नै मोबाइलमा weather हेरेको 1 shower भनेको थियो। हाम्रो नेपालमा जस्तो हो र पानी पर्छ भनेर अड्कल काटे पनि मरिगए पानी नपर्ने । छाता बोकेर हिड्यो पानी नपरेर ब्याग मात्रै भारी । यहाँ त पानी पर्छ भने पछी पर्छ पर्छ । ईन्द्रसँग डाइरेक्ट कन्ट्याक्ट छ जस्तो छ। :)
यस्तो सोच्दा सोच्दै पानी झन दर्कदै गयो। छाता नहालेकोमा पछुतो मान्दै crown भित्र यसै क्रिस्मसको रमिता मन नलागी नलागी हेर्न छिरे । पानी रोक्यो होला भनेर एकछिनमा बाहिर निस्के, पानी रोकी सकेको रैछ।
बाहिर जाडो जाडो रैछ, ज्याकेट फेरी लगाए । वावो नेपाल देखी ९०० मा किनेर ल्याएको ज्याकेट खुब काम लाग्यो नेपालमै पनि १५०० भन्थ्यो बेमौसममा किनेर पो भरी छुट पाएकी नि नत्र भए यस्तो राम्रो ज्याकेट लाई यहाँ त १००-१२० डलर सम्म पर्छ ।किन्न सक्थे या सक्दिनथे भनेर आफुलाइ मपाइ गरेर बुद्दिमान सम्झी रहे । मान्छेहरु अक्सर भन्छन women, wine र weather को भर नपर्नु भन्छन् तर women र wine को बारेमा त अहिले म केही भन्दिन तर यो मेल्बर्नमा चाँही weather को केही भर नहुने रैछ है भनेर टुङोमा पुगे।
3 comments:
खूब रमाईलो रहेछ यसपालिको तपाइंको अनुभव ! कतै global warming को कमाल हो कि ?
3 w ko bhar naparnu vaneko thikae ho jasto tapaielae pani lagena rahecha thikae ho. ma pani tyahi pachhyma chu.
हा हा हा! साह्रै रमाईलो कुरा गर्नुभयो यसपटक! हामी भर गर्न नसकिने मौसम भविष्यवाणीमा बानी परेकालाई यस्तै सकस हुन्छ। यस्तै अनुभव धेरै भएको छ मलाई पनि यहाँ। लगभग १००% ठिक हुने मौसम अनुमान हेर्न छोडेर अझै पनि हिँड्ने बेलामा आकाशतिर आँखा तन्काउने बानी बाँकीनै छ।
कार्टून पनि गज्जबको राख्नुभएछ:)
Post a Comment