12/26/08

Boxing day

२६ डिसेम्बर को दिन अष्ट्रेलियामा अचम्म किसिमको चाड हुने रैछ त्यो हो बक्सिङ डे । अब यो boxing day भनेको कसैलाई मुक्का हान्ने नभएर सस्तोमा सामान किन्ने दिन रैछ । जनतालाई सस्तोमा सामान किन्न यो दिन सार्वजनिक बिदा हुदो रैछ। यो दिनमा बिशेष छुट हुनाले मान्छेहरुले पसलनै रित्ताइदिदा रैछ्न । आफ्नो रोजाइको सामान किन्न मान्छेहरु बिहान ३ बजे देखी पसल खुल्नु अगाडिनै लाइन बस्छन। जो पहिला पुगेर सामान उठायो त्यो सामान उसैको हुदो रैछ।

यहाँको ब्रान्डेड् स्टोर जस्तै Myer, Gucci, David Jones, Louis Vuitton, Giordano मा ५०% छुट हुनाले मान्छेहरु मरी हत्ते गर्दा रैछन्।

myre, Bourke Street mall अगाडि बिहान ४:४५ बजे- photo-Craig Abraham

म पनि दिउसो तिर केही सपिङ् गर्नु पर्‍यो भनेर myer मा गएको थिए । एस्तो भिड थियो कि कुरै नगरौ । आफु त दुब्लो पातलो सानो मान्छे एउटा ढोकाबाट छिरे मान्छेले घचाटेर अर्को ढोकाबाट निकाली दिए झन्डै भिडमा थिचिएर मरिएन। अब सपिङ गर्न आए पछी त केही न केही त किन्न पर्‍यो फेरी ५०% डिस्काउन्ट भएको बेला मौका पनि छोप्नु पर्‍यो भनेर अर्को स्टोरमा सर्ट रोजे । पैसा तिर्न जादा त लाइन कहाँ हो कहाँ पुगेको मेरो पालो आउन करिब आधा घण्टा लाग्थ्यो यस्तो गरी गरी के किन्नु भनेर बाइ बाइ गरेर आए।

6 comments:

Anonymous said...

Yes ! khire are too interested to buy cheap and discounted goods according to theirs approach;like others peoples.finally you gave good information to unknown nepaleses about Boxing day.

Anonymous said...

Yes !! khaire are too purchase cheap and low quality goods. like other poeples; because of global financial problem here in europe peoples are loosing purchasing power day by day; because new generation do no like to work faithfully rather just to manage.

Anonymous said...

Guys, If you live in overseas then listen to Bhuwan B. Thapa's "Bideshma Basda Basdai" on Youtube. Its great....Cheers.

Anonymous said...

मेरो पात्रो मा बक्सिंग डे देख्दा के यस्तो मुक्का हान्ने दिन रहेछ भनेर फिस्स हासेको थिए। एक दिन लन्च खादा कपालकै सेतै भएक सहपाठी मेरै छेउमा परे। कुरै कुरो मा बक्सीग डेको कुरो आयो, उनि त प्रफुल्ल भएर बक्सिंग डे ठुलै चाड मात्रै होइन क्यानाडामा त बक्सिं डे सेल पनि लाग्छ भने। तपाइले त अस्ट्रेलीयाको रमितै देखाउनु भयो अब त पत्यार लाग्यो, जय बक्सिंग डे।

Anonymous said...

कती दु:ख गरेर लेखेको लामो कमेन्ट तय्सै मेटिएर गयो फेर लेख्न जागर पनि आएन। यो ब्लजस्पटको केमेन्ट कती सारो दुख दिने खालको छ भने....

Anonymous said...

kenai boxing day bhaneko to US ko thanksgiving ma discount diye jastai rahecha. The name is really a misnomer.