लोडसेडिङ्ले नेपालका आइटि प्रोफेस्नल लाई खुब प्रभाब पारेको छ। जती बेला पायो तेती बेला साथी मेसेन्जरमा प्वाक्क पुक्क देखिन्छन्। नेपालमा आइटि कम्पनी खोलेर बसेका एकजना साथी नेपालको अस्ती बिहानको करिब ४ बजे तिर अनलाइन देखिन्छन्। बिहान बिहान काम गर्ने जोस देखेर के हो आज त बिहानै देखी पैसा छाप्न लागिएछ त भने मैले । के के पैसा छप्नु नि हिजो सबेरै बत्ती गयो बत्ती गए पछी के काम सुतियो अब फेरी ९:३० बजे बत्ती जान्छ त्यसैले महत्वपूर्ण ईमेल र काम सकाउन बिहानै अलाम राखी राखी उठे भन्छन। चुनावको नतिजा निस्कने ताका उनी बडा जोसिएर बुझ्नु भो अर्चनाजी अब यो प्रचण्डले केही न केही गर्छ भन्थे। अनी मैले पनि तेही कुरा सम्झेर अनी
---प्रचण्ड के भन्छन नि भनेर मैले सोधे?
गफनै बढी गर्छ।
---हा…हा.. हा …… उसो भने नेपालको पत्रीकामा नआएको नयाँ कुरा सुनाउनु न त मैले भने।
अस्ती बत्ती नजाने पालोमा पनि बत्ती गयो रे । नो लाइटमा फोन गरेर झोकिएको त नो लाइटका मान्छेले प्रचन्ड लाई फोन गर्नुस् भन्दियो रे।
त्यस्तो ठाडो जवाफ पाएपछी बिचराको बोल्ती बन्द भएछ। अब कहाँ कस्लाई फोन गरी राख्नु। अब अस्ती भर्खर प्रचण्ड आँफै मैनबत्ती बालेर मीटिङ बस्दै थिए। हा.. हा.. फेरि हासो को फोहोरा उठ्यो।
जसरी हामी सजिलै हास्यौ । लोडसेडिङ्को पिडा तेत्तिकै दु:ख दायी छ तर जस्तो सुकै परिस्थितीमा पनि अनेक समस्याका बाबजुत पनि समस्याको हल पूर्ण रुपले नभएसम्म आफ्नो बेस्ट दिनु नै बुद्दिमान ठहरिन्छ।
नेपालमा रहेका मेरा परिवार र साथीहरुलाई ७० घन्टे लोडसेडिङ् सजिलै सहने भगवानले शक्ति दिउन। जय जय जय धन्य छ प्रभु हाम्रो नेपाल!
12/18/08
Subscribe to:
Post Comments (Atom)

1 comments:
archana didi namaskar didi tapi ahile kaha hunu huncha k gardy hunu huncha pls tapiko barema batanu na la
Post a Comment