12/8/08

नेपालीपन जोगाउने ठेक्का नेपालीलाईनै

आकाना (यी गोराहरुले मेरो नाम भन्नै जान्दैनन् हामी भने यिनिहरुको भाषा सजिलै बोल्छौ यिनीहरुलाई जती सिकाए पनि नाम मात्र उच्चारन गर्न पनि कठिन छ) हो भन्दै जेस भन्ने यही बनाएकी साथीले फोन गरी र के लगाएर जान्छस भनेर सोधी छि कस्तो नेपालका आइमाइ जस्ता कही कतै जान पर्यो कि लुगा लागाउनेको ध्याउन्न भएको होला भन्ठाने। अनी एक्छिन चुप लागेर ..केही ड्रेस कोड भनेर सोधे? उस्ले भनी उम्म छैन! तर छोटो स्कर्ट घुडा भन्दा माथि, हाइ हिल भएको जुता अनी कपाल जगल्टाएको जस्तो (messy ) बनाएर आइज सेक्सी देखिन्छ, हामि पनि तेस्तै लगाउछौ भनी । मलाई त मुसुमुसु हासो उठि सकेको थियो अब यो अजिब हावा लाग्ने ठाउमा साप्रा देखाउदै स्कर्ट लगाउदा के हाल होला। त्यै पनि बादबिबाद नगरी ओके ओके भन्दै मैले हेरौला भने।

यो सबै लुगाको टन्टो क्रिस्मस पार्टीको लागि भएको थियो । क्रिस्मस आउनु अगाडिनै यहाँ करिब ५० जना IT Professional लाई भेला पारेर पार्टी दिन लागिएको थियो। त्यो पार्टीमा मलाई पनि बोलाइएको थियो। नेपालबाट प्रतिनिधि म मात्रै थिए त्यसैले मेरो जाने निस्चित नै भयो।

यो लुगाले पनि अचम्मै पार्ने रैछ। अमेरिकि राष्ट्रपतीकि श्रीमतीको पनि ओबामाले जित्ने बितिकै उनले लगाएको पहिरन, पहिरनको रङको बारेमा खुब चर्चा परिचर्चा भयो । हाम्री मन्त्री हिसिला यमीले जिन्समा सपथ खादा सबैले कुरा काट्नु काटे झन् हाम्रा प्रधानमन्त्रीले त नेपाली पोशाक दौरा सुर्वालनै किक आउट गर्दिएर टल्कने सुटमा अमेरिका समेत पुगे। सबै नेपाली लाटाले पापा हेरेको जस्तो हेरेको हेरेयै भए। अब आफ्नो भाषा भेष भुषा कस्ले बचाउने हो । जनता सबै अनेक फेसन गर्दै हिंड्ने बिचरा नेता मात्रै किन दश ठाउँमा तुना बान्दै हिडथे त। लौ खा त भनेर सुटमै टल्कन थाले।

बरु अब दौरा, चोलो, फरिया सबै म्युजियममा राखे भयो अबका पचास बर्ष पछी नयाँ पुस्ताले देख्न पाउछन होइन भने हाम्रो राष्ट्र भाषा अङ्रेजी, खाना म. म , बर्गर, लुगा सुट जिन्स भन्न बेर छैन ।

मेरो पार्टिमा जाने दिन आयो तर मैले आफ्नो थाइ देखाउदै स्कर्ट लगाउन सकिन मैले सारी लगाउने निर्णय गरे । मेरी बहिनीले त जिस्काउदै थि अब काग को बिचमा बकुल्ला हुने होला ल्यापटप समात्ने हो कि सारी समात्ने हो भनी आ…जे सुकै होस् भनेर म सारीमै गए । म पुग्दा त धेरै जसो आइसकेका रैछन् । म ढोका भित्र छिर्ने बितिकै सबैले ताली बजाए म त लाजले भुतुकै भए। पछि पो म एकदमै फरक ड्रेसमा भएकोले सबैले इज्जत दिएर पो ताली बजाएको भने। पार्टीमा खुब रमाइलो भयो मैले धेरै देशको IT Professional लाई भेटे र आफ्नो देशको बारेमा मैले सके जति सबैलाइ फुइ लगाए। हाम्रो देशमा बन्दुक चलाउने मात्रै होइन कम्प्युटर चलाउने पनि छन् भने र आफुले गरेको केहि प्रोजेक्ट पनि देखाए।

धेरैले खुब चाख मानी मानी म सँग फोटो खिचे कोही कोही आफ्नो देशको लुगा नलगाइ आएकोमा पछुतो मान्दै थिए। पार्टि सकियो म घर फर्केर ईमेल चेक गर्न बसे एकजना रसियाको जाभा डेभलपरको ईमेल थियो ईमेलमा “तिमी लाई भेटेर सार्है खुशी लाग्यो तिमी र म अब कहिले भेट्ने था छैन र तिम्रो अनुहार् म सम्झ्न्छु कि सम्झन्न पनि था छैन तर तिमीले लगाएको तिम्रो देशको राम्रो लुगा मेरो दिमाखमा सधैं रहि रहने छ”।

10 comments:

आकार said...

नेपाली पहिचान जोगाउने ठेक्का त नेपाली कै हो नि !
दार्जीलिङ को उदागरण हेर्ने हो भने, उनीहरुले आन्दोलन कै लागि नेपाली पोशाक मा सजिए ।

तर हामीलाई लाज लाग्छ, नेपाली पोशाक मा सजिन । अहिले सम्म मैले दौरा सुरुवाल भेटेको छैन । तर मेरो लाउने धोको भने छ ।

Basanta Gautam said...

राम्रो कुरा गर्नुभयो नेपालीपन जोगाउने भनेको नेपालीलेनै हो। तर पोशाकको महत्व र 'symbolism' आफ्नो ठाऊँमा हुँदा-हुँदै पनि अलिकति ब्याबहारिकता हे-यो भने केहि फरक सोचाई आऊँछन्। सारी ब्यस्त कामकाजी जीवनको लागि कत्तिको सुहाऊँदो छ त? टेबुलमै बसेर गरिने कामहरुसम्म त तैबिशेक ठिकै होला तर अलिक बढी कुद्नुपर्ने काममा के गर्ने? अनि भूकम्प, आगलागी आदिको बेलामा हतारिएर भाग्नुपर्दा सारीले कति झञ्झट देला?

तपाईँ गएजस्तै कहिलेकाहींका औपचारिक कार्यक्रमहरुमा सारी र अरु बेलाका लागि काम सुहाऊँदो छरितो लुगानै ठीक होला।

मेरो आफ्नो ब्यक्तिगत विचार बाँडेको मात्रै है!

Muna said...

Woh Archana its great, well done go ahead , lets save our tradition and Dresses just like Darjaleeing nepali Daju Bhai, Didi bhaini .

sangamkirati said...

धन्यबाद अर्चना जि तपाईको जस्तै सोचबिचार सबै नेपालिहरुहो मनमा जागृत होस!आफ्नो देशको पहिचान गर्नु भएकोमा फेरि पनि धन्यबाद!!!!

sangamkirati said...

धन्यबाद अर्चना जि तपाईको जस्तै सोचबिचार सबै नेपालिहरुहो मनमा जागृत होस!आफ्नो देशको पहिचान गर्नु भएकोमा फेरि पनि धन्यबाद!!!!

braZesh said...

अर्चना, तपाईंको विचार मलाई सुन्दर लाग्यो भन्नलाई मात्र लेखेको हुँ है ।

Suraj said...

dhanyabaad. You did as you say.Remember you said me "you are so close to Nepal even though you are so far from" Mero salaam chha tapailai.

eJoshi said...

Bravo !
wowww.
Good luck dear.
eJoshi

थानेश्वर said...

Proud of You. एकदम राम्रो गर्नु भो अर्चना जि। संधै सारि-चोलो र दौरा सुरुवाल लगाउनु पर्छ भन्ने होइन तर यस खाले बिशेष अवसरहरुमा सकेसम्म आफ्नो पहिचान दिने पहिरन लगाउनु राम्रो कुरा हो।

Neeti Aryal Khanal said...

loved this post! i m in melbourne too. We may run into each other one of these days in connex, never know!!