10/30/07

जी नेवा: ख:

यी नेवारहरु र मधेशिहरु उस्तै हुन आफ्नो जातको मान्छे भेट्यो कि खला मखला, कि भएल गरी हाल्न पर्ने, पार्टिमा होस् या बाटोमा होस् या अफिसमै किन नहोस् आफ्नो भाषा बोली हाल्न पर्ने अरुलाई बाल मतलब नदिने भनेर मेरो साथीले जहिले पनि भन्ने गर्छ।

यी सबै कुरा गरिरहदा तपाईंहरुले मलाई कतिन नेवारकै उस्ताद रैछ भन्ठान्नु भएको होला तर माथिको टाइटल पनि अनलाइनमा साथी सँग सिकेको वास्तवमा मलाई कहिले काही अजिब सँग फरर नेवारी बोल्न मन लाग्छ अझ नेवार साउजी परेको पसलमा त नेवारी आएको भए कत्तिन डिस्काउन्ट गर्थे जस्तो लाग्छ। म सधैं ममिलाई सानैमा नेवारी सिकाएन भनेर किच किच गरी रहन्थे र अझै पनि कहिले काही गर्छु :) स्कुलमा श्रीजना भन्ने साथी थिइ त्यस्ले नेवारी सिकाउन हजार कोशीस गरि होला तैपनी मैले सिक्न सकिन दिउसो ब्रेकमा सिकाउथि घर जाने बेलामा म सबै बिर्सन्थे। अब भन्न त लाज लाग्छ तर नेवार भएपनी मलाई एकदम थोरै नेवारी आउछ जस्तै:

छु जुल - के भयो
बजी - च्युरा
माक - बाँदर
गन - कहाँ
ढेवा मरु - पैसा छैन
छमी कला हाकु चा - तिम्रो श्रीमती काली
मखला - होइन र?

सबै भन्दा लामो नेवारी आउने:

ठो रेडियो नेपाल ख
समाचार कोचल

Photo by Kamal

14 comments:

Anonymous said...

अर्चनाजी,

"मखला" को ठाँउमा "मखुला?" र "समाचार कोचल" को ठाँउमा "समाचार कोचाल" हुनुपर्छ जस्तो मलाई लाग्छ।
"समाचार कोचाल"को प्रसँगले एउटा पुरानो घटना याद आयो। विदेशमा केही नेपाली साथिहरु भेटेका थियौँ। यस्तै, एउटा ग्यादरिँगमा पश्चिम नेपालकी एउटी महिलासँग पनि भेट भयो। अनि भेटघाटका वेलामा कुरै-कुरामा रेडियो नेपालमा समाचारको कुरा उठ्यो। त्यसपछि ति महिला म तर्फ हेर्दै मरी-मरी हाँस्न थालिन। किन हाँसेको यसरी भनेर मैले सोधेको थिएँ, अनि "कोचाल" भन्ने शब्दको कारण हाँसेको रे। किनभने "कोचालको" अर्थ पश्चिम नेपालको लवजमा "उल्टो चाल" हो कि यस्तै केही हुन्छ रे। नेवारहरुले उल्टो काम गर्छ भनेर पो भन्दो
रहेछ। वास्तवमा पहिलो पटक भेटेको मान्छेसँग यसरी अपमानित ढँगले प्रस्तुत हुन त नहुनै नै थियो र सकुन्जेल अरुको भाषा र सँस्कृतिलाई पनि होच्याउन नहुने थियो। तर, के गर्नु आफू र आफ्नै सँस्कृतिमात्र राम्रो ठान्ने व्यवहार वसेको हाम्रो समाजमा अरुलाई हेप्न यस्ता बेतुकका कुरा गर्नु कुनै अनौठो कुरा होईन। शायद ति महिला
लाई अझै थाहा छैन होला कि नेवार भएर पनि नेवारी बोल्न र प्रयोग गर्न हामी धेरैलाई कठिन छ। यस्तोमा भाषा सँबन्धि तुच्छ टिप्पणी गर्नु भनेको आफ्नो पाखेपन देखाउनु र दरिद्र मानसिकता देखाउनु वाहेक अरु केही होइन।

archana said...

नेवारी भाषा भनेको अब पाठ्यक्रम बिकास केन्द्र को स्कुल को सेलेबस मै सिमित रहने भयो । काठमाडौं का अहिले का पिढिले त जे होस् नेवारी बोल्छन तर काठमाडौं बाहिरका अहिलेका पिढी लाई नेपाली र ईंग्लिश भाषाले चुर्लुम्म डुबाएको छ। बाउ आमाहरु पनि ईंग्लिश नै फरर बोलोस भन्ठान्छन।

आफु नेवार भन्ने था पाउने बितिकै अर्का नेवार साथिले फरर नेवारी बोल्दा आफुले फर्काउन नजान्दा र आउदैन भनेर भन्न कम्ता लाज त हुदैन। अब आएर सिक्ने चाजो पाजो पनि मिलाउनै गार्हो।

मैले त टुटे फुटे का एक दुई वटा नेवारी जाने तर अब आउने पिढी ले त तेहि पनि नजान्लान जस्तो छ। के नेवार जातिले अबको केहि बर्षमा आफ्नो भाषाको अस्तित्व गुमाउला त?

jk10976 said...

N = Noble
E = Efficient
W = Wonderful
A = Affectionate
R = Reliable

We are proud to be NEWAR :-)

Anonymous said...

भाषाको समस्या अहिले हरेक जातिको नयाँ पुस्तामा छ। म आफै पनि आफ्नो मातृभाषा जान्दिन (यसबारे मैले आफ्नो शायद दोश्रो पोष्‍ट हो, त्यसमा लेखेको पनि थिएँ) तर सिक्ने क्रम जारी छ। परिवर्तनजीले भन्‍नुभए जस्तै अरुको भाषा र संस्कृतिको खिल्ली उडाउनु वास्तवमा एउटा असभ्य मानिसको पहिचान हो।

archana said...

चाम्लिङ जि हो ठीक भन्नु भयो अर्काको भाषा र संस्कृतिको लाई खिल्ल्ली उडाउनु भनेको साच्चै नै अपमानित गर्नु हो माफ गर्नु होला मैले बुझ्न सकिन यदी मलाईनै भनी रहनु भएको हो भने सबैलाई आफ्नो जात जाती, धर्म , देश प्यारो हुन्छ र कसैले तेस्को बिरुद्ध बोल्दा पक्कै आफु अपमानित भएको महसुस हुन्छ। आफ्नै भाषालाई अपमान गर्नु पक्कै पनि मेरो उदेश्य होइन।

NKM said...

Finally, You are dragged into these contradictions!
मेरो भासा र मेरो सस्कृति अरु ले आयेर बचाउदैन, म आफै लाग्नु पर्छ |
We should be clear on that.
It is true that I can not even write the whole comment in Nepali because I am familiar with the English typing.
I mean,
जब हात्ति चले बजार तो कुत्ता भोके हजार
KASO MAICHA?
ajabgajab.blogspot.com

Binod said...

Everyone loves his/her language and culture. Now I am in US most of the time I need to speak English. if I found Nepali speaking partner I switch my code in Nepali it is easy amd meke me happy but if I am in public palces like in cafteria or classes and I speak in Nepali with nepali guy other people take it is as rude, they think that we are talking about them so if I am able to skeak in Englsih/any lingua frank, It is far better not to speak in native language where other lingual are together. It is the smae in Nepal too, if you can speak Nepali and you are with other linagual people in meeting or in public buses/paces it bette to use Nepali as lingua fanka if we/u strat khala makhala or vayel i/ other people think that u are talking some bad thing about me . Everyone needs to love his her mother toung and onoene needs to harm other langual feelings too, that's my point.

Anonymous said...

ek arkaa ko bhasa, sanskriti lai sammaan gare nai desh ko bikahs hunchha .haina ra??

Anonymous said...

म पनि परिवर्तनजी र चाम्लिङजी सँग सहमत छु, अरुको भाषा र संस्कृतिको खिल्ली उडाउनु भनेको वास्तवमा असभ्यताको परिचय दिनु हो। त्यसैले सबै भाषा अनि संस्कृतिको सधै सम्मान गर्नु पनि हाम्रो कर्तब्य हुन आउछ । लेखनमा त्रुती हुनु सामान्य कुरा हो तर जानाजान गर्ने गल्ती कहिल्यै माफी योग्य हुँदैन ।

Anonymous said...

Please visit NEWAR COMMUNITY.

www.newar.com.np

Bhintuna said...

Dear Archana ji,
Thanks for exploring your own Newar capability. I respect your love for mother languge and honour the efforts you made in your childhood. I would not have learned it if my parents did not teach it. Nobody shoudl be blamed and those who speak it (like me) should also not be boast of it. We should also do something to help others speak it. Do blame us and provoke us to do something.

You started a nice topic here.

I like your blogs. It was an accidental visit but I enjoyed it.

Did you try some more Newar blogs?
www.samaybaji.blogspot.com or
www.bhintuna.blogspot.com

See you later.

eJoshi said...

अर्चू भान्जी,
तिमीलाई त मेरै रोग लाग्या जस्तो छ । घरमा हुँदा मलाई चै ,धर्मपत्निले सिकाउने कोशीस त भाको हो, तर सकिएन । खोइ आफु नेवार भएर पनि घरमा सबै जनाले नेवारी प्रयोग नगरिदिएकाले अहिले सिक्दै बोल्न गाह्रो हुँदो रहेछ ।
अब रमाइलो कुरा के भने मेरो धर्मपत्निले मौका पाइन भने चै गजबक साथ मलाई नेवारीमा छेड हान्छिन । तेतिबेला आफु चै लाटोले केरा हेरेको झै हेरेर ङिच्च हास्नु पर्छ ।

लौ ! अब चै फुर्सत निकालियो भने नेवारी सम्बन्धी भाषाज्ञान लिने प्रयास गरिन्छ ।
ईजोशी

archana said...

haa haa. mama tapain pani programming language java, c++, c# ma ChheD haandinu na maaiju le ta jhanai tha paunu hunna. lol

Anonymous said...

नमस्ते अर्चना जी, जस्तो मलाई परेको छ तपाईलाई पनि त्यस्तै भएको रहेछ। म गोरखाको एउटा गाँउमा जन्मिएको जहाँ नेवारी समुदाय भएर पनि कसैले नेवारी बोल्ने थिएन। सायद त्यसैले होला म पनि सानै उमेर बाट नेवारी सिक्नबाट वन्चित भएं। जब पढाईको सिलसिलामा म काठमाण्डौमा बस्न थाले त्याहाँ वरीपरि सबै नेवारी सुमादाय थियो। जब म पनि नेवार भनेर थाहा पाउना साथ त्याहाँका मान्छेहरु नेवारीमा कुरा गर्थे। मलाई पनि नेवारी बोल्न सिक्न मन नलागेकोत होईन, तपाईले जस्तै गरेर साथीमार्फत्
कपिमा लेख्न लगाएर थोरै थोरै कुराहरु सिकेको थिए, अहिले म आफ्नो जन्मभुमी नेपाललाई छोडेर कतारमा कार्यरत छु। कतारको यात्रासंगै अहिलेत त्यहि अलि अलि जानेको पनि बिर्सिसकेको छु।

सुबाश श्रेष्ठ
गोरखा नेपाल (हाल दोहा कतार