10/29/07

कुश्मा - फलेवास, पर्वत यात्रा

नाम अनुसारनै पर्वत(Parbat) जिल्ला पहाड नै पहाड ले भरिएको छ तर काही काही समथर भाग पनि भेटिन्छ । धौलागिरी अञ्चलको स्वागत गेट को रुपमा पर्बत पर्दछ। कुश्मा चाँही पर्वत जिल्लाको सदरमुकाम हो। कुश्मा पुग्न को लागि पोखरा बाट करीब १:३० घण्टा गाडीमा लाग्दछ। पोखरा बाट करिब ५८ कि. मि को दुरिमा छ र पोखरा बाट घुम्दै घुम्दै आएर कुश्मा, बाग्लुङ्, बेनि सम्म पुगेर एक्दिनमै फेरि पोखरानै फर्कन सकिन्छ।

कुश्मा(Kushma) नाम कसरी रह्यो?
करीब १५० बर्ष अगाडि हालको कुश्मा बजार बेनाम को थियो यो बजारको कुनै नाम थिएन । तेतिबेला राइनस्टार, लम्जुङ बाट भाजवीर जोशी मुक्तिनाथ यात्रामा निस्केका रैछन् मुक्तिनाथको दर्शन गरी फर्कदा यो ठाउँ एकदम सुन्दर लागेछ अनि उनि आफ्नो घर लम्जुङ पुगेर सर-सल्लाह गरेर हालको कुश्मामा बसाइ सर्ने निधो गरेछन।

तेती बेला त्यो ठाउँमा फाटफुट गिरीहरु बस्दथे रे नेवार जोशीहरु आएपछी पूजा - आजाको लागि कुश रोपेका रैछन । कुश नै कुश भएको ठाउँ भएको ले कुसुम बजार भनेर भन्दा रैछन पछी त्यही नाम लाई परिमार्जित गरेर कुश्मा बजार नाम राखेका रैछन ।


बि.स१९६४ मा भाजवीर जोशी ले बनाएको नारायण स्थान मन्दिर, सँगै जोडीएको उनका पनाती चेत नारायण जोशी ले बि.स २०५३ सालमा बनाएको मन्दिर। नारायण स्थान कुश्माको सबै भन्दा पुरानो मन्दिर हो । यो मन्दिरले केही महिना भित्रनै स्वर्ण महोत्सब मनाउदै छ।

बसाइ सरेका जोशिहरु कपडाको ब्यापार गरेर जिबिका उपार्जन गर्दै बसेछन। तेती बेला बिशेष गरेर तानमा कपडा बुनेर एक ठाउँ बाट अर्को ठाउँमा लगेर बेच्दा रैछन र अहिले सम्म पनि धेरै जसो जोशि परिवारले ब्यापारलाइनै मुख्य पेशा बनाएका छन्। अहिले कुश्मामा तेतिबेला आएका जोशिहरुको ५-६ पुस्ता पुगिसकेको छ।
कुश्मा बजार सर्लक्क एक लाइनको बजार छ गाडीमा ५ मिनेटमा बजार घुमेर सकिन्छ । कुश्मामा ३ खाले बजार छ माथिल्लो बजार, तल्लो बजार र बडा गांउ । माथिल्लो बजार सुन्सान छ । ब्यापारको हिसाबले तल्लो बजारमा अली चहल पहल छ। बडा गांउमा बिशेष गरेर सरकारी अफिसहरु छन

लोक्तान्त्रिक चोक(Loktantrik Chowk) - पहिला यहाँ राजा महेन्द्रको शालिक थियो २०६३ को जनआन्दोलन-2 मा गोबिन्द नाथ शर्मा शहीद भएपछि राजा महेन्द्रको सालीक हटाएर उनको शालिक राखिएको हो। गोबिन्द नाथ शर्मा लाई धौलागिरि अञ्चलकै प्रथम शहीद घोषणा गरिएको छ।

हुन त लोक्तान्त्रिक चोक भनेपनि बोलि चालिको भाषामा यहाँका मान्छे ले चाँही उही महेन्द्रको शालिक चोकनै भन्दा रैछन ।

कुश्माको अर्को आकर्षण भनेको गुप्तेश्वोर गुफा (Gupteshwor Cave) हो। यो गुफा तह तह परेर बनेको छ यो नेपालकै लामो गुफा मध्य पर्छ । गुफा भित्र बत्ति जोडीएको छ र भित्ता घिउ कलरको देखिन्छ । गुफा भित्र कतै टल्कने चिज देखिन्छ, कतै ५ पान्डवको आकृति देखिन्छ, कतै शिवलिंगको आकृति देखिन्छ र बिच बिचमा बिभिन्न देबी देवताको मुर्ती भेटिन्छ। यो गुफा धेरै समय सम्म गुप्त रहेकोले गुप्तेश्वोर गुफा भनिएको हो । यहा मुख्य मुख्य चाडबाडमा भक्तालुहरुको भिड लाग्ने गर्दछ।
कुश्मा बजार स्थित स्कुल् र १०+२। डाटा अनुसार् पर्बतमा ७०% ले शिक्षा पाएका छन्। स्कुल र कलेजको नाम पनि नारायण स्थान मन्दिरको नाम बाट राखिएको हो यो बि.स २०१६ सालमा स्थापित भएको कुस्माकै जेठो स्कुल हो।


फलेवास (Phalewas) - कुश्माबाट करीब ३ घण्टा हिंडे पछी फलेवास आइ पुग्छ। फलेवास एक्दम रमाइलो ठाउँमा रहेको छ वरिपरि डाडा बिचमा समथर भुभाग छ र करिब १ किलो मिटर को दुरिमा कालि गण्डकी बगेको छ। पढ्न को लागि स्कुल कलेज पनि छ। फलेवास नाम रहनुमा मैले २ वटा कहानि सुने।

१) यो ठाउँमा एकदम धेरै फलफुल पाइने हुनाले फलहरु पाइने वास फलेवास भनियो रे।
२) यो ठाउँमा राम्रो बास नपाईने हुनाले फालिएको वास भन्दा भन्दै फलेवास भनियो रे। बनै बन हिड्दा झ्याउकिरी कराएको आवाज सुनिन्छ । कुस्मा बाट ओरालो झर्दा त बाटो अप्ठेरो नै छ कोही कोही ठाउँ बाट त छर्लङ भिर देखिन्छ लड्यो भने त सिधै काली गण्डकीमा पुगिन्छ।


कालिगण्डकी र मोदी खोला मिसिएको पनि फलेबास जाने बाटो मै देखिन्छ। दुई खोला मिलन भएपछी यो ठाउँ लाई मोदिबिनी(modibini)भन्छन।

कालिगण्डकीमा(kali gandaki) बिशेष गरेर शालीग्राम Shaligram(fossil) पाईन्छ र परापुर्ब कालको पुराण अनुसार भगवान बिष्णुलाइ जालधरको श्रीमती ब्रिन्दाको श्राप अनुसार बिना आकार को कालो ढुङ्गा होस भनेकोले पछी गएर तेही कालो ढुङ्गा शालीग्रामलाईनै बिष्णुको रुपमा मानेर पूजा गरिन थालियो। शालीग्राम गण्डकीमा मात्र पाईन्छ।

बिशेष चाडपर्बमा गंगा नदिको शाखा नदी गण्डकी भएकोले यहाँ नुहाउन आउछन। गंगाजिमा नुहायो भने पाप पखालिन्छ भन्ने विश्वाश छ। काली गण्डकीलाई नै प्रयोग गरेर नेपालको एक ठुलो hydroelectricity प्रोजेक्ट पनि चलिरहेको छ।

कुस्मा बाट फलेवास आउँदा बिच बाटो मा पर्ने रमनिय सिर्सुवा ।


फलेवासको भड्खालबाट देखिने रमाइलो द्श्य। यहा बिषेश गरेर धान, मकै, गहु र मकै खेति हुन्छ।
क्रमश......

5 comments:

Anonymous said...

archana ji, beautiful place. i've heard about this place but never got chance to see it.

thanx fo pics.

suman

Lava Kafle said...

Superb pics, analysis , and history revealations. I was close to Kushma for 3 years but never knew these details, history, and conventions. I sincerely thank Archana for such best efforts not seen by any National TV, NEWS..channels..Dhawalagiri Zone's entry point from kaski to Parbat District has one of the oldest, unproductive diesel powered Elecricity power station too, apart from the powerful Kaligandaki project as mentioned by Archana.

Manoj Paudel said...

Hey, Thanks for this post and these beautiful pictures. I have been there few times, it was around a decade ago and I remember that place is really beautiful. Though I was born and raised in Bharatpur, my parents are from there and I have some emotional touch with that place, which forced me to write this comment.

Rajganesh said...

Archana ji, thanks for descricbe about the Parbat district.

Sanjeev said...

thanx 4r tht wonderful description abt those places. while i was reading n looking those pictures, it reminded me of my past and those moments when i used to walk by that places holding my mothers hand.