1/5/07

फेरी CAN Infotech

सधैंको बर्ष जस्तो यसपाली पनि CAN Infotech आएको छ । मलाई त यसपाली त झोक चलेको छ ह्य जान्न क्यान स्यान। हुन त क्यान हेर्नु को फाइदा होला तर म त आहिले केही फाइदा देख्दिन ८ बर्ष भयो CAN Infotech हेर्न थालेको पनी खोइ त्यस्तो चम्त्कारी आबिस्कार हेर्न पनि पाएको छैन यसपाली ICT Conference मा भाग लिने बिचार थियो बाफ्रे फी त ३००० रैछ बेकार मा आफ्नो पैसा, टाईम फालेर किन कान पकाउनु भनेर, त्यो सेमिनार मा जाने बिचार लाई पनि त्यागे ।

कलेज टाईम हुँदा रेगुलर ३ बर्ष क्यान स्टल मा बसियो, क्यान को स्टल मा बस्नु को मज्जा नै अर्कै छ अब ज्ञान गुन कुरा लिने त तेस्ताइ हो , कुन स्टल ले के गिफ्ट हयाम्पर बाडेको छ त्यो लिने ध्यान हुन्थ्यो तेती बेला मैले पनि थुप्रै Tshirt र pen थुपारेको थिए अनि केटा हुरु को ध्यान चाँही अरु स्टल का केटी तिर हुन्थे उनिहरु राम्री राम्री केटी भएको स्टलमा गएर आफुलाई नचाँहीने भए पनि इन्फर्मेसन लिन ब्य्स्त हुन्थे, एक दुई जना ले त CAN मै आफ्नो जोडी बनाए । ओहो अर्को रमाइलो कुरा, पुरानो पुरानो साथी त कति कति भेट हुने मामा देखि लिएर अंकल सम्म भेट हुने ।अब त यादे मात्रै बाकी भो सबै साथी हरु बिदेश गए ।


CAN मा COKE. 2000 CAN Infotech

अब CAN हेर्नेको को कुरा गरौ, कत्ती त तेती बेला Brochure मात्रै जम्मा गर्न आउथे, कति चाँही ईन्स्टिच्युट र कलेज ले के अफर गरेको छ बुझ्न आउथे, साना केटा केटी हुरु चाँही कता गेम इन्स्टल गरेको छ त्यो हेर्थे अनि गेमको सिडि बेच्न राखेको छ भने रोइ कराइ बाबु आमा लाइ किन्न लगाउथे।

पोहोर सालको भिड त १२ बर्से पनौती को मेला भन्दा बढी थियो ओहो माथिल्लो तलामा त म झन्डइ नकिचिएको, आफु त दुब्लो पातलो मान्छे ज्यान त जोगाउनै पर्‍यो, यसपाली पनि मैले नयाँ टेक्नोलोजी भन्दा पनि भिड बढ्ने अनुमान गरेको छु, के हामी जस्ता IT Profession मा लागेका लाई नयाँ काम लाग्ने कुरा केही होलान त ?

24 comments:

Anonymous said...

तेही त भन्या नी ।
CAN IN FOOT EeeKHH... THHUUOO.
पहिला पहिला तिर त के के न होला भन्ठन्थ्यो अहिले एसो केही सस्तो सस्तो मा केही किन्न चै ठिकै हो तर अरुउ नयाँ नयाँ चै खासै उप्लब्धी छैन । खाली बिदेशी बस्तु को हाटबजार हो यो त ।
पुरा ना कुरा हरु सम्झदा नै आनन्द छ ।

archana said...

mama, thanks for visiting my blog. keep on visiting hai.

Admin said...

Wow,

Its really nice. Mam i think u should be a Journalist. Kata bata web professional hunu bhayako? But its really really nice.

Ho ni maile pani 4/5 times ta visit gare CAN Infotech ko exhibition. Jahile pani bhidbhad matra. Tara seminar attend garnu napayako ma chahi alik maan khallo bhairaheko thiyo tara hajurko kura thaha paya pachi bhane...tyo ikchha hatera gayo.

Anyway mam, hope for getting more nice blogs....

Unknown said...

can infotch aru kehi hoina ,i will explain u
it is just a collection of computer shops,college broshures,cd chops and collection of ugly so called robots..
and thay are calling the greatest IT show of nepal but i wonder how ???
i tell u, nepali young generations requires new ideas,new job opputunities,the things they are showing at can are just a smalll form of the large computer shops of newroad..
Look at the indian it sector ,in 10 years they become the super powers of it,but the can is moving all along the same way...
I never know when we are able to get the real IT show....

Anonymous said...

पहिलो पटक तिम्रो ल्बगर हेरे त्यो लिङ्गक मेरो साथी उमेशले क्यान सम्बन्धि रिपोर्टिङ्गमा राखेको रहेछ ।
सबै कुराको आआफ्नै फाइदा र बेफाईदा जसको गणितिय भासामा मात्र हेर्न हुदैन । क्यान बेफाईदा तिमिहरु (जतिबेला तिमि कलेज पड्दै हुदा) लाई त्यो ब्याबस्थापनले अनधिकृत रुपमा प्रयोग गय्रो र तेस्तो नकारात्मक कुरा वा आफु दबिएको कुरा तिमिलाई भएको हुन सक्छ अनि तिमी जस्तो मानिसले त्यो marketing strategy भन्दा पनि बाहिर गएर कुरा गर्न अलिक मिल्दैन जस्तो मलाई लाग्छ जाहा घर जाम गरेको अनि केटिहरू भएकोमा केटाहरुको भिडलाग्ने जस्ता कुरा गर्नु भनेको सक्रिण सोचको उपदेयता मात्र हो् । याहा त यो पनि म तिमिलाई ( के हो मैयाँ आफुले नभेटेर या कसैको मायालु नजर तिमि तिर नपरेर वा परे पनि नटिकेर गुनासो गरेको जस्तो छ नि )
भन्न सकिन्छ ।
अरु कुरा छाडेर नेपालमा भएको सूचना प्रबिदिको बिकासलाई हेर्दा can को प्रदर्सन नकार्न मिलदैन यो
त एउटा बजारिकरण रणनितिको अंस हो जुन कुरा हामी सबैको लागि जरुरि छ।

archana said...

मेरो ब्लग हेरी दिनु भएको मा धन्यवाद dpn .तपाईं ले आफ्नो real नाम बाट अगाडि आउनु भएनछ तर केही छैन , मैले त CAN मा बस्दा तेती बेला का केही अनुभब बाढेको हु ।

तपाईं को जानकारी को लागि भन्दिउ, हामी आफ्नो इक्षाले गएको कसैले प्रयोग गरेको पनि होइन र केही दबिने कुरा पनि छैन ।यस्मा
तपाईं ले चिन्ता नै नगरे हुन्छ ।

र अर्को कुरा जहाँ सम्म मायालु नभेटेको कुरा छ तपाईं को जानकारी को लागि भन्दिछु कि त्यो भन्दा अगाडि नै मैले आफ्नो माया
मायालु भेटी सक्एको थिए ।

जहाँ सम्म marketing strategy को कुरा छ एस्को बारेमा हामीले ले नै कुरा गर्ने हो । IT मेलामा खाली समान किन्ने बेच्ने मात्र होइन त्याबाट केही अबसर को पनि निकास् हुन पर्छ ।

अर्को चोटि पोस्ट गर्दा आफ्नो real name र email राख्नु होला ।

Anonymous said...

archu nice to see your blog.
i know u are always courages to do things i am preety sure this makes you one day very successful person and supeeeeer star.

love n luck.
nema

Anonymous said...

Hey!
I have a flashback of CAN. Damn! It is exactly the same show as you have described. New technology? People around the world will laugh at us. When world is playing PS3 and Wii. CAN will be displaying 5 years old models.

I bet its interesting in a way- to see gals and meet friends...

Thapa
Japan

परिवर्तन said...

Archanaa Jee,
Thanks for realistic view point. My personal opinion is also not different from what you felt and expressed. I will be happy if there are more segments showcasing Nepalese IT Professionals and their achievements in CAN INFOTECH. But, it is a bitter reality that CAN INFOTECH is no different from AUTO-SHOWs where new models are put on display merely for securing customers.

S.B.Shrestha

archana said...

SB shrestha ji,
thanks for visiting my blog.
खास्मा मन रुने धेरै ठाउँ छ आफ्नो Achievement देखौने कुरा त कता को कता द्क्ष्य IT professional ले पनि राम्रो काम पैरखेका छैन जभकी Indian ले बर्शेनी IT professional outsource गरेर खर्बौ डलर भित्रौछ
धेरै नेपाली IT Student हरु नेपाल मा काम नपाएर बिदेशिएका छन तेस्मा मेरा पनि थुप्रै साथी हरु छन
हामी के चाहन्छौ भने CAN ले केही अबसर को निकास् गाह्रोस् जस्ले गर्दा IT Professional र देशलाइ पनि फाईदा होस्
होइन भने बिप्लब मान को सपना, जुन तपाईं ले पनि लेख्नु भएको थियो तेस्को बारेमा हो
तेस्ताइ हुन्छ

Anonymous said...

धन्यबाद तापाईलाई केहि जानकारिको स्पस्टिकरण दिनु र छ ।
हतारमा छु पछि केही लेखुला तर आज मेरो मेलमात्र पोष्ट गर्छु।
yourssymbol@gmail.com
dpn

Unknown said...

Archana Ji,
Thanks for your nice blog. First i wish you a very happy new year.
I haven't know about this blog before.
Ma yaha mysansar.com blog ko link bata puge ra blog ramro lagyo.
I will regularly visit this blog form today. and i got many information and new technology about IT sector from this blog.

Unknown said...
This comment has been removed by a blog administrator.
Anonymous said...

Hi
blog निकै चर्चामा छ नि है अनि तिम्रो मिहनेत पनि त कम सहरानिय छैन । आज साथी दिनेशले पनि क्यानमा १२ बर्षे पनौतिमा भन्दा बडि मानिस र तीनीहरुलाई लक्षित गरि राखिएका बग्रेल्ति सूचना प्रबिधिका रग्गि चङ्गि पोकाहरु तेति हुँदा पनि उहि तिम्रो भनाईलाई सम्झदै केटाहरुको ध्यान भने केटि तिर नै भन्दा त कसो मैले दिनेशको जुगा समाउन। पुगिन जे भए पनि किन दोस केटाको मात्र ? केटाहरुको लागि आकर्षणको केन्द्र भनेको के केटि हरु मात्र हो र ? होइन भन्ने कुरामा म बिस्वस्त छु अनि मलाई मेरो कलेज लाईफको याद आउछ केटि कति चोरि चोरि केटाहरु हेर्छन र पट्याउन खपिस हुन्छन भन्ने कुरा त अहिले म डिग्रि पड्दै गर्दा पनि थाहा पाईरहेको छु। तर सार्वजनिक ठाउँमा केटि हेर्रने जिस्क्याउने भनेर किन केटाहरुलाई मात्र भनेको होला अनि जो केटि अलिक हेर्न लायक एनिकि हिस्सि परेकि छैन त्यो केटिको मन मस्तिस्क कति नाजुक हुन्छ भन्ने कुराको ज्ञान पनि मलाई मात्र होइन कि जो कोहिलाई थाहा होला । बास्तमै केटिहरुले केटाहरुको ध्यान मोड्न गरेको नक्ल जस्तै छँदा छँदाका खुट्टा बङ्गाएर लैनो पाडोको जस्तो हिडेको, बाबा, ममीले किनेको ड्रेसले नभएर सर्बागै देखिने छन्दन बन्दका ड्रेस प्रयोग गरेको कुरालाई म किन बिर्सउ!येति मात्र होइन सार्बजनिक ठाँउमा ...... जे होस यो कुरा बिट मारौं " हामी सबको साझा धर्ति यै धर्तिका सन्तान हामी छोरा छोरि दुबै मिली उन्नति गरौ बनि ज्ञानि "
तर सूचना प्रबिधिको बिकासमा कम्पुर एसोसिएसन नेपालले गरेको सहयोग र सद्भाबलाई २/४ जना उरन्ठेउला भाईहरुले लैनो पाडो जस्तो हिड्ने र छन्द न बन्दका पोसाक लागाउने ठिटिहरु हेररे पड्काएको जिब्रोसँग दाँज्ने कुरा मत कल्पना सम्म पनि गर्न सक्तिन।
नेपालीहरुको सुनौलो भबिष्य जोडिएको सूचना प्रबिधिको क्षेत्र बिकासको एउटा मेरु दण्डहो यसको बिकास गर्न हामी सबैको आ आफ्नै किसिमको सहयोग र सद्भाबको जरुरि पर्छ चाहे त्यो कन्फरेन्समा केटि जिस्याएर होस या च्याटमा झुम्मिएर होस् या तिमिले जस्तो blog चलाएर होस्, या मैले जस्तो बल्ग भेटे भनेर आफुलाई मनलागेको कुरा लेखेर होस्।
dpnहोइन म दधिराम नेपाल (प्रतिक) (d(p)n) हुँ ।

archana said...

दधिराम नेपाल (प्रतिक) जि तपाईं ले आफ्नो अ्उल्य समय निकालेर टाईप गर्नु भएको मा म धेरै आभारी छु मलाई त तपाईं को कमेन्ट् पढेर एक्दम् हासो उठ्यो, साचै मलाई त एक्छिन सम्म मरी मरी हासो उठ्यो । कुरा के भने नि तपाईं ले लेखेको कुरा पनि ठीक छ । सबै ले आफ्नो आफ्नो कुरा राख्न पाउछन यो ब्लग ले दिएको अधिकार हो । एस्मा टाउको दुःèउने कुरा नै छैन
एदी मैले लेखेको कुरा कसैलाई मन परेन भने म माफ मात्र माग्न सक्छु अरु खै के भनौ । :)

Admin said...

Je hos... hajurko yo blog le publicity payo... khusi lagyo. Ajako kantipur daily news paperma pani hajurko yo blog ko kura uthayako rahechha, khusi lagyo. And thanx for creating the topic "Feri CAN Infotech". Ma ra ma jasta dherai bektiharulele afno bichar rakhna paya. Specially, DPN (Dadhiram) ra hajurko discuss ramailo lagyo. Huna pani DPN ji ko pani kura thikai ho. Tara what to do Dadhiram ji, we are nepali. And you know it very well about our nature. Sayad leader haru gatilo nabhayako desh bhayara hola janata haru pani testai bhayako. Je kura ko pani negative use matra garne. Sayadai kamai le hola yasko proper use gareko. Tara pani nepalma ahile jun auta speed raheko chha IT ko, yasko bhane hamile awasya pani shraniya garnu parchha. Nepal ma yasko dherai bikash bhai raheko. Yo ta hami sabai lai ramro sanga thaha chha.

Tesaile DPN ji ani archana hajurharu dubai janako kura afno afno thau ma sahi chha.

Akhir je bhayapani hami sabaile yasko sahi utilize garau ra, nepal lai jati sakinchha chhito IT field ma develop garau.

archana said...

हर्क जि फेरी अर्को कुरा नि कुन्ड कुन्ड पानी , मुन्ड मुन्ड बानी भनेको जस्तै सबैको बिचार त एकै हुन गार्हो हुन्छ
जस्तै भोली मैले धारामा पानी आउछ भनेर सिधा कुर गरे भने तेस्का हजार तर्क आउछ
जस्तै :
- आए राम्रो
- किन आउनु पर्‍यो
- आहा दुध आए त क्या गजब हुन्थ्यो
- कहिले नाऔने धारामा पानी आए त चिठा परेको झै हुन्थ्यो आदी इतायदि ।

But lets be positive and lets be united for good purpose. And I also want talented IT People like you be in Nepal. :) :) :) :)

Anonymous said...

hello
साँचि भनेको मैले त मनलागेको कुरा लेख्न पाउने भएर होला आजकाल कति धेरै blog हेर्नमन लाग्छ अनि हेरे छि कोर्न त झनै कति हो कति no limit! तर क्यार्नि नि office मा काम गर्नै पर्यो सबैको blog हेर्नै पर्यो । अनि फेरि आफुत profession को लागि english भाषा चलाए पनि romance भन्ने कुरा नेपालीमा मात्र देख्न सक्छु so i like all Neplease bolg which is based on Nepali language. अनि सुचना प्रबिधिको क्षेत्रमा unicode लाई पनि धेरै धन्यबाद दिनु पर्छ जस्को उपयोग गरेर कम्पुटरले नेपाली text display मा सरल्ता ल्याको छ।
जस्ले गर्दा windowsXP version मा नेपाली पड्न सकिन्छ।
" समयको सहि सदुपयोग २१औं शताब्दिमा सूचाना प्रबिधीको उपयोग"।

Ashish Lohorung Rai said...

yes you are right! CAN is just becoming a regularity rather than new technolgy projection. Though people can get information on various things through this grand exhibition. There is many benefits too. Keep on bloggin !

Anonymous said...

Archana, I agree with you. CAN InfoTech has been started and CAN estimated near around 3laks will visit it.

As an IT professional, I never get any new things that help me practically on my career. Here, if you will see scenario of Nepal, there you will got some discount voucher for course and things on little low price (b cause price has been reduced on benefits).Is that help to you. I am sure that kind of things can easily get on other time as well like Dashain, New Year and so on provided by intuition.

DPN, could you please let us know what you have got on InfoTech. May be new girlfriend who was working on participations stall. Or any other new things. That affect on you life due to CAN :) There is nothing to add tags on things... If you ask with visitors what they got. I am sure they will say. Nothing practically. A crowd :) May be i think it will help for organizar...who is dreaming for it...

I don't know who is DPN, may be InfoTech organizer or related to it. Or may be Marketing guru. Or whoever else. But that doesn't seem he get something. On CAN.

Sadhana said...

Simply Fantastic!!!

You are absolutely right Di, last time ma pani ta thiye ni baffre !!!!! Kasto bhid.....Ma ta aba talai ek karod dinchu jaa bhane pani janna baru marchu tara janna....keta keti haruko romalo matra .... bhagwan janun CAN INFOTECH bhaneko k ho bhanera..... baru tesko satta ghar ma basera ek ghannta google search garera naya naya upalabdi jannee prayash garyo bhane teha bata badi kura janne awasar milcha.....teha janu ta bekkar ko time waste garnu matra ho ani nadukheko tauko dukhaune matra ho...

Absolutely wonderful article Di...You have written everything so perfectly...

Anonymous said...

नमस्कार सबैमा!!!!!!!!!!
क्यानको ज्ञान र प्रबिधीको चेन यसपाली पनि क्यान सकियो गत साल भन्दा कम भयरहित बाताबरणर आयोजकको तर्फबाट बोल्दा सोचे भन्दा अतिनै सफल भएर सकियो भन्लान् तर म आयोजक,प्रायोजक, पा्रटिसिपेटर मध्धेको कोहि पनि नभएको नाताले हेर्दा मलाई प्रसंसा र घृणा दुबे गर्ने छुट छ। तर एउटा जिम्बेवार ब्यक्तिको नाताले कुनै कुराको चुरो थाहानपाई कन यो दुबै गर्नु अलिक गैर जिम्वेबार काम हुने भएकोले गर्न मिलेन।
कारण एस्पाल्को क्यान म डुल्न र हेर्न पाइन अनि तेति गहकिलो कमेन्ट जतिमैले सक्थै दो गर्न सकिन।
visitor day को दिन शनिबार क्यान को ज्ञान लिन गएको थिए तेतिबेला म सबै घुमिन र मैले जति घुमे त्यो तेतिमा कुनै बेठिक भन्नुपर्ने कुरा देखिन तर जतिबेला मैले क्यान सँग आबद्ध ब्यक्तिसँग छोटोकुरा गर्ने मौका मिलो तेति बेला २ पैसे कुकुरे हाड देखाउदै सारा देशको माग क्यानले पुरा गर्ने जस्तो अबिब्यक्ति दिएको देख्दा मैले मेरो बच्पनमा फोन भनेर आमाले गुन्यु तुन्ने धागो छक्याएर लगेर बारि गराको डिलबाटा वल्ला छेउबाट पल्ला छेउमा पुर्याउदै दुबै तिर सलाईको खोललाई धागोमा बाधेर कानमा कानि खुसि गरेर बोल्दै मेरो कुरा सुनिस् भनि साथिलाई भनेको सम्झिदा तेस्का ति दुई पैसे कुकुरे हाड त्यो पिचमा खसालेर अनि हातले टिपेर त्यो केबलको दुइतिर झुन्ढ्याउन मन लागेको थियो किन भने जब कुनै पढेलेखेको मनिसले त्यो ........................... बाँकी भोलि.............

archana said...

क्यान सँग आबद्ध ब्यक्तले के भने कृपया भोली लेख्नुहोला ।

Anonymous said...

commander instrument cheaper numbers latina lamotrigine inventory beans subdebate senegal colin
lolikneri havaqatsu