2/28/11

सुत्केरी लाई तेल र ट्यान

बङलामुखीसम्मको हिडाई सुपर लाइस्क् भनेर मैले अघिल्लो ब्लग पोस्टमा भनेको थिए। बङलामुखीबाट सिधै सानो गल्ली छ त्यो गल्लीबाट चाकुपाट छिर्ने बाटो छ। चाकुपाट पुग्न त्यो गल्लीबाट २ मिनेट जती हिंड्न पर्छ होला मैले अहिले त्यो गल्लीको नाम नै बिर्सें हे प्रभु!! त्यो गल्ली यस्तो गनाउछ कि कुरै नगरौ, नाक, मुख थुनेर हिंड्न पर्छ। अझै कहिले काही त आँखा नै छोप्न पनि मन लाग्छ किनकी आमा बाउले नानीहरुलाई घर अगाडिनै आची गराइ रहेका हुन्छन।

ठस् ठस् गनाउने फोहोर, घरै घरले कचाक कुचुक परेको त्यो ठाउँमा पछाडि दाँया बाँया कतै ठाउँ छैन । सानो ठाउँ छ त्यो हो घर अगाडिको सडक!! प्रभु पाचौ पटक सुत्केरी बनेको जस्तो भ्यात्त परेको ज्यान प्रदर्सन गरेर सडकमै बसेर तेल लगाए पछी कुइरेहरु नि यही हो मौका भनेर नाक मुख थुन्न छोडेर फोटो खिच्न ध्यान हुने। त्यो बडो अजङ्ग ज्यान भएको सुत्केरी र लुते बालकले तेल लगाएको देखेर त भर्खरै दौडमा जित्छन् कि जस्तो लाग्ने।

मैले कुनै पनि बिकशित मुलुकमा सुत्केरीले यसरी घाममा सेकिएर तेल लगाएको देखेको छैन हो हामी सबैलाई भिटामिन डि चाहिन्छ जस्को लागि १५ मिनेट जती घाममा बसे पुग्छ अरु बेला वास्ता छैन तर सुत्केरी भएको बेला मात्रै घाममा बस्ने अनी घिउ र भात खाने अनी ड्रम जस्तै मोटाउने।


मैले केही दिन अगाडि टुइट गरेको थिए विवाह गरे पछी नारी को आधा लाज हट्छ अनी बच्चा भए पछी सम्पूर्ण लाज हट्छ। सायद त्यो आमाको माया र ममता हो तर बाटोमै यसरी बस्दा खैरेहरु लाइ दाउ पर्दो रैछ अनि फोटो खिचेर कडा कपिराइट् राख्दा रहेछन्। मैले देखेको सिन पनि करिब यस्तै हो । जस्लाई टोड र भयाम्पायर सिटी भन्नेले (माथिको फोटो) आफ्नो क्यामरामा कैद गरेको रहेछन्।

धेरै जसो त सुत्केरी बेला बेस्करी घिउ खाएर मोटाएर पछी सम्म पनि महिलाहरु पहिलाको सेपमा आउदैनन् कत्तीले भन्छन बच्चा पाउदा जिउ बढ्छ तर म भन्छु केहीको बच्चा पाएर होला तर धेरै जसोको त्यो बेला चाहिने भन्दा बढी फ्याट खाएर नचाहिएको वजन पाउने गर्छन् जस्ले गर्दा पछी गएर बिभिन्न रोग लाग्ने गर्छ । हुन त म डाक्टर होइन तर गुगल गर्दा सुत्केरि हुदा जे भएको घिउ भातमात्र नखाएर त्यो बेला प्रसस्त मात्रामा भिटामिन, प्रोटिन, आइरन क्याल्सियम र फलफुल खानु पर्छ भनेर भेटियो । खै किन को कुन्नी नेपालमा त चुहिने गरेर घिउ र भातनै खाएको देखिन्छ।


अर्को कुरा केटा केटीलाई गाजल लाइदिने । सायद नेपालमा कसैलाई था' छैन होला साच्चै गाजलले के फाईदा पुराउछ। यदी सोध्नु भयो भने भन्छन आँखा राम्रो हुन्छ रे, तेसो भए त नेपालमा आँखाको डाक्टरनै नचाहिनु पर्ने किनकि ९०% आमाले छोरा छोरीको आँखामा गाजल धसिदिएका हुन्छन। हे भगवान शिव जी!! दिमाख लगाउनुस् न आँखा राम्रो हुन्छ भनेर खुर्सानी लगाउने त? मैले गुगलमा सारा खोजे गाजलले आँखा चम्किलो बनाउछ भनेर कतै भेटिन,एउटा कुरा मानौ सौन्दर्यको हिसाब ले राम्रो, हिस्सी, कियुट बनाउला तर बरा बिचरा बच्चालाइ के था उसको आँखाको गाजल लत्पतिएर पुरा अनुहार नै तर्साउने जस्तो हुन्छ।

मेरै कुरा गरौ मेरो सबै सानो बेलाको फोटोमा गाजल लगाइको छ त्यस्को मतलब मेरो आँखा भयंन्कर चम्किलो तेजिलो हुन पर्ने तर मैले अहिले एउटा आँखामा ४.५ अर्को आँखामा ५ को पावर छ त्यो पनि मैले १२ बर्षको उमेर देखी लगाउन सुरु गरेको। चस्मा लगाएन भने पाच मिटर पारी सबै धमिलो देखिन्छ। अब तपाईं आँफै भन्नुस् म कसरी यो गाजले कुरा पताउ?

अन्तमा तपाईं सुत्केरीमा बेस्करी तेल लगाउनुस, पाथीका पाथी घिउ खानुस, छाला डढ्ने गरि घाममा बस्नुस, बच्चाको आँखा भरी गाजल लाइदिनुस्, भटमास जत्रो कालो टिका पनि लाई दिनुस् मलाई समस्या छैन तर पढे लेखेको मान्छे भएर हामी के गर्दै छौ त्यसको असर फाईदा जनक छ कि छैन बुझेर परम्परा फलो गर्ने हो कि?

6 comments:

Satellite said...

ramroo chha...............

शेखर said...

अर्चना जी, तपाई चस्मा नलगाई ५ मीटर पर धमिलो देख्छु भन्नुहुन्छ। तर, तपाई को ब्लग स्क्रिन को फोटोमा चस्मा नलगाई ल्याप टप हेर्दै हुनुहुन्छ। कुरो अली नमिलेको जस्तो छ।
सुत्केरीमा घाम मा बसेर तेल लगाउनु राम्रो कुरो हो। यसले शरीर लाई बलियो बनाउँछ। तर, सार्बजनिक स्थानमा होइन। तपाई ले भन्नु भएको '...बच्चा भए पछी नारी को सम्पूर्ण लाज हट्छ।' भन्ने कुरो चाही सत्य नै हो की?

archana said...

shekhar jee contact lens lagauchhu ni ta

"ओजोन" सन्दिप निरौला said...

very helpful and social. well i couldn't get some points, i hope i may get with time being familiar with yours style.
Thank you.

Puspa said...

अर्चनाजी,

तपाईंले प्रस्तुत गर्नुभएको फोटो र ठाउँमा परम्परागत जीवनशैलीमा बाँच्नेहरूको बस्ती हो । जथाभावी फोहोर गर्नु राम्रो होइन, तर सबै परम्परागत कुराहरू नराम्रा हुँदैनन् ।


- सुत्केरीको छालाका प्वालहरू अरुबेलाको भन्दा बढी खुला हुन्छन्, जसले गर्दा चिसोले सजिलै समाउन सक्छ र यसो भएमा शरीरलाई दीर्घकालीन असर पर्न सक्छ । हुनेखानेहरू त एसी भएको कोठामा बस्छन् । तर नहुनेहरूलाई घाम र मक्बाकल ताप्हेनु बाहेक अरु उपाय छैन ।

- मोटाउने मामिलामा पश्चिमा मुलुकका नागरिकहरू हामी नेपालीहरूभन्दा अगाडि छन् । यसको कारण उनीहरूको दैनिक भोजनमा चिल्लोचेप्रोको मात्रा बढी हुन्छ, त्यसकारण उनीहरू सुत्केरी हुँदा घ्यू खाइराख्नुपर्दैन । भिटामिन, आइरन, क्याल्सिमको आदि औषधिको सेवनमा चाहिँ हामीले नेपालीले उनीहरूलाई पछ्याउनुपर्छ ।

- गाजल लगाउनाले आँखाको ज्योति राम्रो हुने वा चम्किलो हुने नभई यसले आँखामा लाग्ने रोगहरूजस्तै आँखा पाक्ने, चिलाउने, कचेरा लाग्ने, पानी बग्ने आदिबाट जोगाउँछ । अब फोहोर लाग्ला कि भन्ने डर हुने ठाउँमा बस्ने खैरेहरूले किन गाजल लगाउँदैनन् भन्ने कुरा तपाईजस्तो पढेलेखेको मान्छेलाई भनिरहनुपर्दैन होला ।

Anonymous said...

100% agree with ur blog Archana. These are my concerns too about tel ghasne, ghew khane, gajal lagaune etc etc. We Nepelese should certainly rise above this. Aankha saaf rakhna sadhai safa pani le anuhar nai dhuna sikhaye bhai halyo ni. Saag-paat, phal-phul ta Nepal ma nai prasasta painchha ra tyo khaye bhai halyo ni, chuhune garu ghew khanai pardaina. Tato le pores haru jhan khulchhan, tesaile ghar bhitra nai basera tel lagaye pani hunchha. Gham ma nango dhad dekhaunai pardainna.
Good one Archana, u speak ur mind off. Well done!