बेलैमा आफुले बुक नगरदा विवाह गर्ने समयमा उचित पार्ट्नर खोज्न बडो मुस्किल पर्ने रैछ। त्यो मैले आफ्नै परिवार भित्र महसुस गरेको कुरा हो। यो ब्लग लेख्दा लेख्दै मेरो एकजना भाई च्याटमा भन्छ "बेलामा लप नगरेर अहिले दु:ख पाइयो" बिचरा दस वटा केटी हेर्यो होला कहिले काली भन्छ, कहिले पुड्की भन्छ, कहिले गालामा ठुलो कोठी रैछ भन्छ, कहिले केटीले मन पराइन भन्छ। अब यो हेर्ने र खोज्ने क्रम जारी छ।
खोज्ने कै कुरा गर्दा अहिले त केटा केटी स्कुल देखीनै खोज्न थालि सके। अब नेपालमा लप परेकामा डेटिङ स्पटको ठुलो समस्या छ। कती कुराहरु समाजलाई अपाच्य हुने हुनाले कि त गती नै छाड्न पर्यो कि त आफ्नो मर्यादामा बसेर हिंड्न पर्यो।

हामी नेपाली जतीनै परम्पराबादी भए पनि अहिलेको नयाँ पिढीलाई घरमा अथवा स्कुलमा सही तरिकाले यौन शिक्षा दिएर सुरक्षित हुन र पछी आइपर्ने दुर्घटनाबाट बचाउन सकिन्छ।
प्रेम दिवसको सबैलाई शुभ-कामना!! have a safe n sound love!!
You may like related post>>
प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा
नेपालमा बिहेको लागि दुलही खडेरी
1 comment:
अर्चना जि नमस्कार, प्रेम दिवस को अवसर मा एउटा राम्रो विषय 'यौन शिक्षा'को चर्चा गर्नु भएको छ। यो समय को माग हो। यसलाई स्विकार गर्नु नै पर्छ। हामि ले समयमा नै छोरा/छोरी लाई यौन शिक्षा दिन सकेनौ भने भोली दूर्घटना हुन पनि सक्छ। विद्यालयमा सरकारले 'यौन शिक्षा' लागु गर्नु पर्छ भनेर बाटो हेरेर बस्नु भन्दा यो काम आफुले नै शुरु गर्नु बुद्धिमानी हुनेछ। राम्रो स्वास्थ्य पत्रिका को माध्यम बाट यस्तो शिक्षा दिनु पर्दछ।
Post a Comment