थाकेको छैन हिड्दै छु। समस्या आइ राख्छन सुल्झाउदै छु। ईंग्लिशमा भन्छन नि keep on going हो ठ्याक्कै तेस्तै । मान्छेले आफुलाई पहिला चिन्नु पर्नेरहेछ । त्यस पछी दुनियाँ जगतले जे भने पनि असर नपार्ने रहेछ। पहिला पहिला टिन एज हुँदा म सार्है ठुस्की रिसाहा, कसैले नराम्रो भन्यो कि रिस उठि हाल्थ्यो । कसैले अर्ती उपदेश दियो भने त झन त्यस्को धज्जी उडाइन्थ्यो। बिशेष गरेर मेरो हाइट सानो थियो, सबैले फुच्ची, डल्ली भन्ने, त्यो सुन्यो कि मलाई त सनक चढेर आउथ्यो ।कहिलेकाहि आफ्नो पागलपन र आडेपन सम्झदा हासो उठ्छ। । तर अहिले चाँही अली कती भए पनि आफुलाइ चिन्ने कोशीसमा छु त्यसैले सिमाना भन्दा बढाइ चढाइ गरेनि फरक पर्दैन र झुर काम नलाग्ने भनेर भुइमा थचारे पनि फरक हुन्न। समय र उमेर सँगै मान्छेको बिचार परिवर्तन हुदो रहेछ। यो परिवर्तन पनि कोहीमा आफ्से आफ आउछ भने कोही अरुको बिचार र प्रेरणाबाट र कोही असल गुरुको ज्ञान पाएर भने, कोही आँफै पढेर।
म तेस्तै १९ बर्षको हुँदा मैले You Can Win भन्ने किताब पढ्न पाएको थिए जिबनमा धेरै किताब पढे पनि मैले यो किताब बाट धेरै सिकेको थिए। हुन त यो किताबलाई अरु किताबबाट चोरेर लेखेको पनि भन्छन तर चोरे पनि जे गरेको भएनि मलाइ त मन पर्यो है। तपाईंले पढ्नु भएको छैन भने पढ्नुस् है त।

