12/30/09

टुप्पी भएका, नभएका सबैलाई राज्य, खला मखला सबैलाई राज्य, मुसो बिरालो हात्ती सबैलाई राज्य

यि माउबादीहरु त नचौटे रैछन खाली नाचछन् । फेरी जहाँ पनि नाच्ने। अब हाम्रा नेताहरु नचौटे म परे कम्प्युटरमा काम गर्ने । अब प्रत्येक २ -२ घण्टामा उठेर नाच्न पर्ला जस्तो छ। exercise पनि राम्रै हुने । अफिसमा सबैलाई मनोरन्जन पनि हुने । अनी आफ्नो देशको सस्क्रिती पनि देखाउन पाउने।

मैले देखे अनुसार पहिलो पल्ट हिसिला यमीले सारी लगाएर कम्मर मर्काउदै थिन । नत्र भने तिनी हिसिला त साँढे १ बर्ष अगाडि अष्ट्रेलिया आउदा नि उही बाबुराम जि कै जस्तो केटाको फेसनको कोट फिर्लिङ फिर्लिङ हल्लाउदै बैठकमा आएकी थिन । बिचरा अष्ट्रेलियामा बस्ने नेपाली आउरे बाउरेहरुलाई दौरा सुर्वाल र सारीको जोहो गर्न भ्याइ नभ्याइ थियो भरे त हाम्री भु.पु मन्त्रि परिन कुल (cool) बरा अष्ट्रेलियाका reprehensive चाँही चकित परे होलान। लुगाको बिषय छोडि दिउ पहिरन आफुलाइ जस्तो सजिलो हुन्छ तेस्तै लगाउने हो।

फेरी नाच तिरै फर्कौ अब यो प्रचन्ड र हिसिला नाचेको चाँही काठमाडौं नेवा राज्य भएको उपलक्ष्यमा थियो। नेवार बाउ आमाले जन्माए म जन्मिए। यो घोषणाले म न हर्ष नै भए न त बिषमात नै।

मलाई कसैले त नेवार होस् त काठमाडौंमा मात्र बस भन्यो भने मलाई जेलमा बस भनेको जस्तो हुने छ। म गोर्खामा जन्मिए त्यस पछी पहाड देखी तराइ सम्म २५ वटा जिल्लामा हुर्के बढे मलाई नेपालको हरेक ठाउँ प्यारो छ र मन पर्छ। म अहिले केही समयको लागि बाहिर छु र यो समयमा मैले नेवार होइन नेपाली भनेर चिनाएको छु।

अब यिन्ले त गण राज्य भनेर देश तथा जनतानै टुक्राउने भए। अब मेरो हुने वाला सिरमान बाउन, भोली पर्सी हाम्रा बच्चा होलान ति त ५०% नेवार होलान र ५०% बाहुन होलान। ति खस्केका बाहुन र उभो लागेका नेवार कहलिएलान तेस्तालाई कुन राज्य हुन नि? कि तेस्तालाई ललितपुर र काठमाडौंको कुपुन्डोलको सिमाना बागमती नदी हो। छ्या गनाउने !!

आज बाहुनले राज्य पाउलान, बाउन पनि दुई किसिमका होलान। टुप्पी भएका र नभएका टुप्पी नभएका तिनलाई छुटै छुटै राज्य चाहिएला। नेवार नि दुई थरीका होलान । एउटा नेवार जान्ने अर्को नजान्ने अब यिन्लाई पनि छुटै राज्य चहिएला। कुकुर, मुसो, बिरालो, हात्ती सबैलाई राज्य चाहिएला प्रभु सबैलाई राज्य कस्ले पुराउने हो? नेपालमा यति थरीका जात जाती र धर्म छन कि तिनलाई टुक्राउनुमा भन्दा जोड्नमा बिउटी छ।

यदी तिमीले त्यो काठमाडौं राज्य नेवारलाई मात्रै दिएका हौ भने चाहिदैन मलाई। तिमीले तराइ थारुहरुलाई मात्र दिएका मात्रै हौ भने स्विकार्दिन म। मलाई सिङै नेपाल राज्य चाहिन्छ । त्यस्तो राज्य जहाँ एउटा जातकै भरमा सिमाना कोरिएको नहोस् त्यस्तो राज्य जहाँ नेताहरु नाच्ने मात्रै होइन काम पनि गरेको देखियोस।

United we stand, divided we fall. -George Pope Morris

7 comments:

Aakar said...

एकदम सही कुरानै गर्नु भो ! तर खै, यो कुरा बुझ्नुपर्नेहरु ले बुझ्नचाहिरहेका छैनन् । जातपात मान्नु हुँदैन भनेर मान्नेहरु, आफैँ यो जात र उ जात भनेर छुट्याउँदैछन् । जात र धर्म माथि राजनिति गरेर आफ्नो कुर्सी को खुट्टा दरिलो बनाउन खोज्दैछन् तर तिनिहरु ले बिर्सिए ती कुर्सी का चार खुट्टाहरु चार थरिका हुनेछन्, अनि एउटा ले एक तिर र अर्को ले अर्को तिर तान्नेछन्, तिनीहरु कुर्सीबाट खुस्कनेछन् अनि पतन भएर जानेछन् ।

सारा संसार मा देखिसकिएको छ, जात र धर्म का कारण कति युद्ध र व्दन्द फैलिएकाछन् । अब पालो हाम्रो आएजस्तो छ तर हामी जनता ले दु:ख पाउनुभन्दा पहिले नै यिनिहरु लाई केही गतिलो सवक सिकाउन पाए निकै राम्रो हुन्थ्यो !

पुष्प said...

के सारो भावुक हुनुभएको हो अर्चनाजी ! गणराज्य र संघीय व्यवस्था भएका देशहरू घुमेफिरेका तपाईंजस्तो मान्छे पनि गणराज्य वा स‍घीयता भएमा देश टुक्रिने हौवामा लागेको पाउँदा अचम्ममात्र होइन छाँगाबाटै खसेझैं‍ लाग्यो ।

जातीय राज्यलाई स‍कुचित अर्थमा हेर्नुहुन्न । वास्तवमा गहिरिएर सोच्ने हो भने हाम्रोजस्तो संस्कृति र कलाले भरिएका जातिहरू र उनीहरूको ऐतिहासिक पृष्ठभूमि आदिका आधारमा राज्यको नामाकरण र व्यवस्थापन गर्न दिनुले देश टुक्रिने होइन; अझ मजबुत हुन मद्दत पुग्नेछ । अझ पिछडिएका र दबाइएका जातीहरूको उत्थानमा त यसले सहयोगी भूमिका निभाउन पनि सक्छ ।

अर्चनाजी, एकचोटि विचार गर्नुस् त, तपाईंका हातका औंलाहरू जोडिएको भए के हुन्थ्यो ? पक्कै पनि तपाईंको कार्यक्षमता कम हुनेथियो । औंला छुट्टिएकैले हरेक औ‍लाबाट त्यसको नामअनुसार छुट्टाछुट्टै विभिन्नथरि काम लिन सकिन्छ र चाहिएको बेला एक भएर मुक्का र मुट्ठी पनि बनाउन सकिन्छ ।

Basanta said...

एकदम परिपक्व र राष्ट्रवादी विचार! सलाम छ तपाईँलाई!
अहिले नेपालमा जुन हावा चलिरहेको छ, त्यसले हामीलाई कता पु-याउने हो भन्ने सोच्दा पनि डर लाग्छ। तपाईँकै जस्तो चिन्तन देश चलाउनेहरुमा पनि आईदिए कति राम्रो हुन्थ्यो होला।

डीआर न्यौपाने'सूर्य' said...

अर्चना जी अति मनायोग्य कुराहरु गर्नु भयो । विकासले चुली नाघेका देशमा यो नीति पारदर्शी भएपनि हाम्रो जस्तो देशमा तपाइले दर्शाउनु भएको जिज्ञासा जस्तै हुनेछ ।
नयाँ बर्ष सन् २०१० को तपाई लगायत ब्लग र सम्पूर्ण आगन्तुक हरुमा मिठो शुभकामना!!

Anonymous said...

Good Article.

R Limbu said...

I think a small animal like rabbit or mouse needs a haven of its own to remain safe otherwise it can be killed or squash by big animals like elephant or other predators like leopard, wolves. There is no more Lion in the jungle. Every animal is free to wonder any place it likes. But they need some areas of they own to protect and preserve their life and way of living. They are more venerable to selfish and intelligent animal like human being, who are destroying their habitat and putting them in extinct. Living in a jungle physically is one thing, but living and preserving its habitat is more important. That is what these animals are asking for. Like you say cross breeding is a new way of forming new breed. That is encouraging to bring understanding and unity amongst these animals. But the problems is that do all animals are ready for it?

bishal gurung said...

ek dum ramro lekhnu vako 6 archana ji---yestai bichar sabai nagarik maa vai diye kasto hunthyo hola?