10/3/09

पासवोर्ड बिर्सेंर बर्बाद

बैंकले दिएको सास्ती

यो बिर्सने बानीले पनि हैरान पार्‍यो। के गर्नु देशी बदाम पनि खाएकै छु बेला मौकामा गाईको दुध पनि खान्छु नै। कहिले काही त छिन का छिन बिर्सन्छु । कहाँ के सामान राखेको अत्तो पत्तो हुँदैन। अस्ती नयाँ पेन किने एक्छिन मै कता राखे कता भुसुक्कै बिर्सें। धेरै खोजे पाइन । पछी ह्या हराओस भनेर छोडिदिए । बेलुका तिर सुत्दा त टाउकोमा कोपेको जस्तो भयो । यसो छामेको त नयाँ पेन त कपालमा घुसारेको रैछु । लौ हेर्नुस् त म कस्ती हुस्सु।


अब यि त साना कुरा भए तर मैले एउटा कुरा बिर्सेंर ठुलो सजाय पाएको छु ल हेर दसैंको मुखमा बैंकको password बिर्सेंर रुनु न हास्नु भएको छ । investment bank को ebanking मा तीन चोटि सम्म password try गरेको त अकाउन्ट नै लक भयो।


म त नेपालको investment बैंकको security सिस्टम देखेर जिल परेको छु। बेला बेलामा automatic password चेन्ज गर्न पर्ने। password बिर्स्यो भने सजिलै नपाईने । तपाईं नेपाल बाहिर हुनुहुन्छ र कसैलाई अन्लाईन पैसा transfer गर्नु छ र password बिर्सनु भयो भने त पक्का डुब्नु भयो। संसारका कुनै पनि बैंकलाई पछी पारेको छ् यो investment bank को security system ले।

अष्ट्रेलियामा पनि net banking हुन्छ। आज ट्राइ गर्दा लक भयो भने भोली password सम्झ्यो भने सजिलै लगिन हुन्छ अथवा password सजिलै पाउने उपाय हुन्छ । तर मेरो गोबर भरेको दिमाखले कस्तो बिर्सेंर बर्बाद भयो। त्यस्तो कडा अती कडा सिक्युरिटी छ भन्ने मलाई कस्तो था नभएर password नै बिर्सेंको होला।


बैंकको कृपा हुन्छ कि भनेर feebcack form(I have forgotten my password and require a new one. ) मा सबै आफ्नो कुन्डली भरेर पठाएको पनि आज दुई हप्ता हुन लागि सकेको रैछ। तर खै त्यो ईमेल junk folder मा गयो अथवा बाटो मै हरायो। नेपाल पठाएको पार्सल जस्तो ईमेल पनि हराउन थालेछ कि क्या हो? ;)

मेरो अरु उपाए पनि छैन कुर्नु बाहेक, अब नेपालनै गएको बेला मेरो दात डिच्च देखाएर पछी password देलान कि?

त्यो ईमेल रिप्लाई नगरने भए किन मान्छेलाई आस देखाएर feedback form राखेका होलान। होइन भन्या, त्यो महिनै नबिराइ लिने सर्भिस सुल्क के का लागि हो जब कि एउटै ईमेल पनि रिप्लाई गर्दैनन् भने। अरु सेवा त परै जावोस। हरेकका दिमाख तेजिला हुँदैनन अहिलेको आधुनिक युगमा संसार नै username र password ले बेरिएको छ सबै कुराको password नै सम्झिराख्न गार्हो।

मेरो त्यस्तो complain गर्ने बानी पनि होइन। तर एउटा ग्राहक भएकीले आफ्नो अधिकार मात्र मागेकी हुँ।

11 comments:

inashrestha said...

मिल्ने भए फीड ब्याकमा तेइ डिच्च दाँत देखिएको एउटा फोटु टाँसेर पठाको भए चाँडै जवाफ फर्काम्थेकि? नभए यसो ५ सौको नोट टाँसेर पठाभे दिन्थेकी । ;P

inashrestha said...

मिल्ने भए फीड ब्याकमा तेइ डिच्च दाँत देखिएको एउटा फोटु टाँसेर पठाको भए चाँडै जवाफ फर्काम्थेकि? नभए यसो ५ सौको नोट टाँसेर पठाभे दिन्थेकी । ;P

archana said...

aba ma testai garne bichar ma chhu :)

Nepali Music Video said...

i think they just started the online banking service in Nepal. you know their works and experiences. there are thousands of examples that we can give . check government websites for instance. not updated for years? why do they have sites? and banks are so unsecure that their so called security can be break by few steps. so you are not only the person suffering but the agend you wrote in your blog is real good and informative and making people to aware iof it.
good article.

NKM said...

It is useful to keep the record in your diary. Insert some extra words so that other people can not read and understand it.

Good Luck!

लेकाली said...

हो त अर्चना जी मैले पनि सानो हुँदा छिमेकीको बारीमा फलेको बदाम चोरेर हदै खाएको हो। बदाम चोरी गरे बापत सिस्नुपानी र हलचल हुन नमिल्ने गरी बाबाको दर्हो लठ्ठी पनि भोगेकै हो यो ज्यानले। गाईको दुध त झन के कुरा गर्नु जन्मे देखी अहिले सम्म छुटेको छैन। तैपनी तपाईंलाई जस्तै बेस्मारी सताउछ भुल्ने बानीले। भुलक्कड हुनु आँफैले आँफैलाई दिएको ठुलो सजाय पो कि जस्तो लाग्छ। भुलबस भनेर नपाईने रहेछ, समयमा बिल तिर्न भुलेर जरिवाना पनि तिरियो धेरै पटक। नोकरी जाने दिन भुलेर झण्डै जागिर नै चट् पनि कसो कसो म्यानेजर साहेबको दिलमा फुल फुलेको दिन परेछ र जोगियो त्यो पनि चेतावनी सहित। बैकमा कार्ड घुसार्यो पैसा निकाल्यो अनी कार्ड छोड्यो मेसिनमा अनी कतिबेला पैसाको जरुरत पर्छ र बल्ल होस् खुल्छ लौ कार्ड कहाँ गएछ? भन्दै रणभुल्ल पर्‍यो र गयो बैकमा रुझेको बिरालो झै म्याउ गर्न। लौ मैले त भुलेछु कार्ड भन्न पनि सरम लाग्ने एक पटक होइन दुई पटक होइन। तै पनि दिन्छ यही होइन तपाईंको कार्ड भन्दै। त्यो मेसिनले खुरु खुरु जम्मा गर्दोरहेछ म जस्तै भुलक्कडको कार्डहरु। सरमले रातो निलो हुँदै कार्ड लियो अनी फेरी केही समय बिते पछी ताल त्यही दोहोरिन्छ। दुई दिन अघी मात्रै समय दियो कुनै काम या प्रोग्राममा जान भनेर तर जानु पर्ने समयमा त छैन ठिटा। कहाँ अर्कै ठाउँमा पो हल्लिराखेको हुन्छ। बेस्मारी साथीको गाली खायो या भनाइ सुन्यो र अन्तमा माफि पाउ हजुर भन्यो अनी उही त हो धिक्कार्यो आँफैलाई। ईमेल आजको जमनाको सजिलो हुलाक सेवा न शुल्क तिर्नु पर्ने न टिकट टांस्नु पर्ने तैपनी पासवोर्ड भुलेर कतीपटक याहूलाई गाली गरियो। कर्म गर्ने आफु गाली खाने याहू बिचरा। ग्राहकको सेवामा नाम मात्रैको हाजिर हुने चलन यहाँ पनि हुदो हो त कुन्नी सास्ती भोगेर आँफै गायब हुन्थ्यो होला। तै पनि समय नबिराइ बदाम र दूध भने छुटेको छैन।

nepalieyes.com said...

>>>>>अब यि त साना कुरा भए तर मैले एउटा कुरा बिर्सेंर ठुलो सजाय पाएको छु ल हेर दसैंको मुखमा बैंकको password बिर्सेंर रुनु न हास्नु भएको छ । investment bank को ebanking मा तीन चोटि सम्म password try गरेको त अकाउन्ट नै लक भयो।

It might be frustrating to get your account blocked but from the security point of view its really essential. There are several software programs and with the hackers around if your account wouldnt get locked with 3 wrong attempts,they may crack your password and you can imagine what can happen next .....

About the Online banking system you talked in Australia as you have mentioned even if ur account gets blocked if you remember the password the next day you are able to log in. This depends on the type of security the online banking system or any other security system has used. Some of the security system locks your account for certain period of time and then unlock it but again it always compromises the security as if some hacker wants to get into your account ,after certain interval of time they can again start to find out your password.

Well its very stupid to ask password through email. Please dont ever send or ask password through emails. Its really unsecure and so far as I know none of the banking institution atleast in Europe will never send you password through mails. You may already have heard about phishing (In the field of computer security, phishing is the criminally fraudulent process of attempting to acquire sensitive information such as usernames, passwords and credit card details by masquerading as a trustworthy entity in an electronic communication. ),vishing and so many other security issues.....
We should always be aware of these various security issues and browse safe .

पुष्प said...

नेपालको बैंक अनि उनीहरूको ई-बैंकिङ । वास्तवमा ईस्-बैंकिङ हुनुपर्ने हो (माफ गर्नुहोला)। मेरो एउटा नेपाली बैंकमा खाता छ; यो बैंकबाट कति दु:ख पाइयो भन्ने कुरा भनी साध्य छैन । एटीएमबाट पैसा नआउनु, तर खातामा पैसा घट्नु । पैसा फिर्ता गर्न हफ्तौ‍ कुर्नु । ई-बैंकिङको पासवर्ड लक हुनु, पासवर्ड लिन अर्को दु:ख । हुँदा-हुँदा सही पासवर्ड हानेर लग-इन गर्यो, पासवर्डको म्याद सकियो, पासवर्ड रिसेट गर भन्ने सन्देश आउँछ । पासवर्ड रिसेट गर्यो, फर्म्याट मिलाएर नयाँ पासवर्ड दिँदा पनि फर्म्याट मिलेन भनेर आउँछ ।

हुनेखानेहरूकोको ठगीखाने भाँडो भएको छ बैंक ।

Anonymous said...

net banking password can not be sent to email, because email is sent as plain text ( unless we use SSL / HTTPS) and other people may read it.

About banks of Nepal, Nepal has got so many banks, but none of them are providing good service. I went to Machhapuchhre bank to open an account. Account opening is free but they charge 200 for ATM and 500 for internet banking which comes 700 per annum. I dont think i'll get 700 intrest in a year, so i didnt open account. I think in other countries they wont charge for internet banking.
None of the bank has customer care phone number, forget about toll free number. if you have any query u have to visit bank. no one reply to email. this is same for other organization as well, no one replies to ur email.

In nepal most of the organization do not update their website. SO called "bank of the year 3004"Nabil bank has not updated their holiday list from last year. http://www.nabilbank.com/bizhrholiday.php

my brother was saying there are so many bank, if he get cheque first hehasto find out where is that bank. then small bank( specially development bank) doesnt have enoough stock of money. if u give 1 lakh's cheque, they will ask you to wait for sometime and they'll get money from other bank

Sunil Shrestha said...

same problem (Laxmi Bank)

mrsilicon said...

३ चोटी सम्म गलत password हान्नु तपाईं को गल्ति हो नि | Secuirity लाई account Lock त गर्नु पर्यो नि | नत्र अरु ले धेरै चोटी HIT and Try गरेर तपाईं को पैसा आफ्नो मा झ्याम पर्यो भने क गर्ने नि | I would like to suggest you to mail them using same email address that you have mentioned them. They will reply you.