3/26/09

हल्लै हल्लाले सबै अष्ट्रेलियाका युबती शन्काको घेरामा


म सोची रहेको थियो यो बिषयमा केही लेख्दिन किन कि यो यस्तो सम्बेदनशील बिषय हो जुन कुराको ठोस प्रमाण नभेटी हावा को भरमा लेख्दा आफ्ना घर परिवार, आफन्त र देशलाईनै चिन्तिन बनाउन सक्छ।

जब नेपालमा अष्ट्रेलियामा नेपाली युबतीहरु देह ब्यापारमा लागेको भनेर पत्र पत्रीकामा छापियो। जवान छोरीहरु पढ्न अष्ट्रेलिया पठाएका बाबु आमा र आफ्न्तका मुटुमा ढयाङ्रो ठोकियो । नेपालबाट धेरै जसो छोरी चेलीको घर बाट के हो एस्तो हल्ला सुनिन्छ नि भनेर फोन आयो। देश मात्र नभएर अरु बिदेशबाट पनि आफ्न्तहरुले फोन गरे। यो समाचारले अष्ट्रेलियामा भएका सबै केटीहरु शन्काको घेरामा परे। यहा पनि नेपाली समुहमा खैला बैला मच्चियो । अहो!!! कस्ले यस्तो काम गरेछ ह !!! एस्तो किन राजदूताबास जस्तो ठाउँ बाट यस्तो गरजिम्मेबारी पूर्वक समाचार ठोस प्रमाण नभै नेपाल पुरयायो भनेर हल्ली खल्ली मच्चियो।

खासै भन्ने हो भने नेपाली दुताबासपनी यहाँ छ है भन्ने जब सम्म एस्तो खबर निस्केन यहाँका नेपालीलाई सुइको सम्म थिएन आफ्नो दु:ख त यहाँ आएका नेपालीहरु आँफै सँग छ। नेपाली दूताबासले साधारण इन्फर्मेसन पनि नेपालीको हितमा दिएको पाइदैन। जस्तो मैले ईण्डियन दूताबासको एउटा पत्रीका पढेको थिए जस्मा विद्यार्थीहरुलाई बिभिन्न जानकारी दिएको थियो जस्तै

" ५ बर्ष अघी मेल्बर्न सुरक्षित मानिन्थ्यो तर अहिले विद्यार्थीले अली सचेत हुनु पर्ने भएको छ । राती हिडडुल गर्दा, राती काम बाट फर्कदा laptop, ipod, महँगो मोबाईल , क्रेडिट कार्ड, डेबिट कार्ड र धेरै पैसा नबोकन्ने, सजिलै job कसरी पाउने, job पाउन के के ट्रैनिङ लिने र ट्रैनमा समुहमा चढदा ठुलो ठुलो स्वरले नबोल्ने" आदी इत्यादी जानकारी थियो।

तर खै नेपाली दूताबासले त अहिले नेपालीको हक हितमा सिन्को सम्म भाचेको सुनिएको छैन।

धन्न नेपाली दाजु भाई दिदी बहिनीहरु बहादुर हुनु हुन्छ र जस्तो सुकै दु:ख आए पनि संघर्श गरेर जीवन यापन गरी राख्नु भएको छ।

यदी कोही रहरले नभएर बाध्यताले त्यस्तो पेशामा लागेको छ भने दूताबासले मात्र होइन हामी सबै अष्ट्रेलियामा बसेका नेपाली मिलेर उद्धार गरेर समस्या सुल्झाउन तत्पर हुन पर्छ । बिदेशमा आए पछी हरेक नेपालीहरुले आफ्नो देशको इज्जत काधमा बोकेर हिंडेको हुन्छ र एक नेपालीले गरेको गल्तीले सबै नेपाली र देशकोनै इज्जत खराब पार्न सक्छ। एन आर एन अस्ट्रेलियाले पनि नेपाली महिला विद्यार्थीको सवालमा चलेको हल्ला माथि छानविन गर्ने तयारीमा छ रे अष्ट्रेलियामा बसेका नेपालीहरुले समाचारको बारेमा दुतावासको स्पस्टिकरण माग पनि गरेका छन्।

7 comments:

Basanta said...

साह्रै राम्रो कुरा उठाउनुभयो अर्चनाजी! यो समाचारले धेरै नेपालीलाई अप्ठेरो बनाएको छ। हाम्रा राजदूतावासहरु भनेका भातका भकारी मात्रै हुन्, चाहिने कुरा केहि गर्दैनन् यस्तै नचाहिने बकम्फूसे कुरामा ज्यान फालेर लाग्छन्। मेरो आफ्नै अनुभव र अन्त बस्ने साथीहरुको कुराको आधारमा त हामीलाई यस्ता राजदूतावसै किन चाहियो र जस्तो लाग्छ।

Anonymous said...

Australia मा त छुइन, तर बिदेशमै भएको ले यस्तो हल्लाको संबेदन्सिलतालाई बुझ्न सक्छु । ०९-११ मा Twin Tower मा plane ले हान्दा नेपालबाट अमेरिका बस्ने सबैको घरमा फोन आयो "तिमिहरु सुरक्षित छौ" भनेर, भलै New york र Honolulu मा हजारौं माइलको दुरी छ । त्यसैले बिदेशको जे कुर पनि generalised गरिन्छ ।

तथ्य सत्य त थ्यक्कै थाहा भएन, तर खतरा को जानकारी दिनु राजादुताबासको काम हो । Australia को भिषा आज्काल पाउन सजिलो छ रे, त्यसैले नेपालीको ओइरो छ त्यता । काम सजिलै पाउंछं भनेर धेरै कन्सल्टेन्सीले प्रलोभन दिएर त्यता पठाउंछन । मेरै साथीहरु त्यहीं Electrical Engineering मा Masters गरेर पनि Bar मा काम गर्छन्, काम त्यती सजिलो त कहाँ छ र । तर म अर्चना जि संग र बसन्त जि संग यस कुरामा सहमत छैन, I would like to give benefit of the doubt to the embassy. I think they raised a bold issue, now lets hope they back that up with sound evidences, and help those in needs.

भोली अमेरिकामा पनि यस्तै कुरो उठ्यो भने, सबै नराम्रो मा लागेका छ्न भनेर assume गर्नु मुर्खता होला

NKM said...

It is really sad that nepali embassies aboard are not doing well as expected.

Students have no idea in the country and they learn later that they have been screwed!
The lack of info is bad.

The consultancies do not care because it is their business.

Unknown said...

I absolutely agree with Prajwol.I think the news might be true to some extent.

I believe in a fact "Prevention is better than Cure". So if minimal % is engaged on such works it can be sort out.

This is a very major issue and I urge everyone to co-operate and try to find out the truth rather than blowing your own trumpet..

Netra P. Paudyal 'Krishna' said...

bad news! The embassy should stop publicizing such news!

कलमबीर_घोताने said...

नेपाली राज्यदूतावासको त कुरा नै नगरे हुन्छ, त्यही हो त्यो समाचारले भने निक्कै अप्ठ्यारो स्थिति सिर्जना गरेको मलाई पनि लाग्दै थियो। तर चिन्ता भने घरपरिवारलाई त्यस्तो समाचारले पक्कै पनि दिन्छ है।

Aakar said...

यस्ता संवेदनशिल कुराहरुलाई, खै मिडिया ले पनि किन बुझ्दैन । कोही एकदुई ले यस्ता काम गरेकै भएपनि, सबैले नै गरे भन्न त मिल्दै मिल्दैन ।

यो एउटा हौवा र प्रचारबाजी मात्रै हो !