3/7/09

कत्ती दिवस मात्रै मनाउने?


कतिनै ठुलै मेडल जिते जसरी नारी दिवसका शुभकामनाहरु भकाभक ईमेलमा आइ रहेको छ । नारी हुँदैमा दिवस मनाउनु पर्छ र? किन, कसरि मनाउनु पर्ने हो मैले पट्क्कै बुझेको छैन्। अब आफुले गर्दा नारी भएको हो र? बाबु आमाले जन्माए, आफु जन्मियो यस्मा के को हर्ष के हो बिस्मात।

साचै है तपाईहरु रिसाए रिसाउनु, म त यो दिवस मनाउनुको कुनै तुक देख्दिन। नेपालको दुर्गम भन्दा दुर्गम गाउमा म गएको छु। जस्तै सल्यान, जाजरकोट, मुस्ताङ, पर्बत, म्याग्दी, जुम्ला जहाँ पनि घरमा आईमाईकै शासन हुन्छ है । घरको बुढीले भने पछी त्यो फाइनल!! हन् म त बरु कता कता केटा मान्छे पो पिल्सिएको पाउछु। यि नारीहरु पनि अब अल्छि हुन लागे बुढोले पाली हाल्छ नि भनेर धनी बर खोज्ने अनी आफु चाँही केही नगरि दिन भरी टि.भी हेरेर मोज सँग बस्ने दाउ हुन्छन्। तेस्ता लाई के को नारी दिवस नि?? ल्वाप्पा खुवाउन पर्ने!!

खाने मुखलाई जुङ्गाले छेक्दैन भनेको जस्तै घर परिवारको जती नै जिम्मेवारी भए पनि अरु बाहिरी काममा पनि सफल भएको थुप्रै नेपाली आईमाईहरु छन्। लौन सबै नेपाली नारी रणभुमिमा उत्रनु पर्‍यो । हामी पनि सफल नारी मध्य एक बन्न सक्छौ। केही गरेर देखाउन सक्छौ अनी यस्ता उत्सब जती पनि मनाउला।

"Do not wait for leaders; do it alone, person to person." -Mother Teresa

"I'm not afraid of storms, for I'm learning to sail my ship."--Louisa

"I am only one, but still I am one.
I cannot do everything, but still I can do something;
And because I cannot do everything
I will not refuse to do the something that I can do." --Helen Keller


8 comments:

Prabesh said...

एकदमै सहि कुरा !! नारी भएर तपाईँले यति सोच्नु एकदमै ठिक हो । यो सोच सबैमा विकास हुन सकोस् । अरूले नभनेपनि नारी आफैँ कमजोर छौँ भन्दै आरक्षण खोज्ने र दिवस मनाउने गलत प्रवृत्तिको अन्त्य गर्नको लागि तपाईँको यो लेख पहिलो कदम बनेको छ !!

Anonymous said...

नारीहरु पनि अब अल्छि हुन लागे बुढोले पाली हाल्छ नि भनेर धनी बर खोज्ने अनी आफु चाँही केही नगरि दिन भरी टि.भी हेरेर मोज सँग बस्ने दाउ हुन्छन्। तेस्ता लाई के को नारी दिवस नि?? ल्वाप्पा खुवाउन पर्ने!!

कुरो गजब को गरनु भो !

Anonymous said...

Yeah Archana, you are right.I dont know what woman are facing about discrimination and they want equal oppertunity and again asking for reservation...all bakwas.

We feel shy or lazy to work. But we are on top while doing these unnecessary stuffs or political assembly or protest.

We should avoid these bad cultures from NEP

Anonymous said...

Thanks archana fr ur sympathies fr oppressed ‘purus’ like us sobs :D …actually its associating female characteristics like movement, virginity, pregnancy, & motherhood with the person & their family’s dignity that tortures us most, whether u’re a nari or a purus…certainly a father can’t be happy when his daughter suffers, nor a son feels good when his mom cries, and so on.

Anonymous said...

Archana ji,
I like your article and it is very honest. It is very refreshing to read honest writing/opinion rather than pretentions. Hope to read more in future.

Anonymous said...

yeah i agree with Deepak on ur writing style… i think i’d visited this blog before but wasn’t impressed that much at that time. there’s a post on IT that i wasn’t interested in…i was in fact taking archana as just another of the few lucky girls from Nepal who is an IT professional…but my, u really have a writing style too… and after commenting the last time, i read all your posts on front page… sincere & humorous and with a message…while all posts on the front page (sorry archana, i haven’t read your older posts & i dunno when i’ll visit again) are interesting & informative, i enjoyed “Nepalma dulahi khaderi”, “Adhyaraka baat” and “Chitra ma rel dekhnu…” the most...

sangamkirati said...

अर्चना जि तपाईको जस्तै सोच र बिचारहरु हाम्रा सम्पुर्ण नेपालिनारीहरुमा पैदा होस अनि नारी पुरुष नभनि सबै मिलेर देशको बिकाश होस!सबैमा चेतना भया!!!!

Gokul said...

This makes sense!