2/17/09

विवाहमा आउनु होला, केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला

विवाहको लगन धमाधम आउँदैछ। आफन्तको विवाहमा सामेल हुनु सामान्य कुरा हो। कही विवाहमा जान पर्‍योकी धेरै जसोलाइ त बडो टेन्सन् हुन्छ। के लगिदिने कस्तो लगिदिने । खाली हात कसरी लखर लखर जाने आदी इत्यादी। खासमा विवाह भोज आयोजना गर्ने लाई जती टेन्सन हुन्छ। जाने मान्छेलाई के कस्तो उपहार लाने भनेर अलिकती भए नि मानशिक तनाब हुन्छ है। आज भोली त यस्तो खाले कार्ड पनि देखिन्छ है "कृपया जिन्सी सामान नल्याउनु होला।" यस्को मत्लब हामीले बुझ्न पर्‍यो कि नगद लानु परो अब कती नगद दिने हो। खाम बन्दी झन डेन्जर हुन्छ। जती दिए नि था नहुने।

विवाहमा उपहार/दाईजो दिने नि मलाइ त आज भोली वाइहात लाग्छ। यस्ले गर्दा झन् घरमा कलह र काहि काहि त दाइजोले गर्दा आइमाइको ज्याननै पनि गएको सुनिन्छ। सोफा, टि.भी, ओछ्यान, दराज, खाट लिने लाज पचाएका केटाहरु हुन्। आफ्नो औकातले म आँफै जोड्छु भन्न नसकेर ससुरालीको दाईजो सोफामा बस्न कस्तो लाज पनि नलाग्ने होला? जस्तो सुकै धनी केटी पक्ष किन नहोस् दाईजो दिदा मानसिक तथा अर्थिक भार पर्छ। ल दिनै मन लागे आफ्नो बुवा आमाले पछी आफ्नो छोरीलाई सुटुक्क उपहार दिन सक्छन।


ओहो !! हाम्रो नेपालमा त घर कि गृह लक्ष्मी आउनु अगाडि गृह लक्ष्मी दराज आइपुग्छ। जुन केटाले विवाहमा यस्ता सामान लिन्छ उनीहरुले सोच्नु कि आफु तेही दराज , सोफा, कोही कोही त बाइकमा बेचिएको ठान्नु। आफुले जिन्दगीमा केही गर्नै नसक्ने हुतिहारा भएर समाजको अगाडि दाईजो भित्राउनेहरु निच हुन । होइन भने भगवानले बोल्नको लागि मुख दिएका छन। विवाह अगाडिनै केटी पक्षकोमा गएर मलाई दाइजो होइन असल जिबनसाथि मात चाहिएको हो । दाईजोले मेरो आत्मसम्मानमा ठेस पुराउछ भन्दा कुन चाँही छोरीका बाबु आमा खुशी हुन्नन र अहो!!! हुनेवाला ज्वाइसाप् त बडो जाति र बुज्जकि रैछन् है भनेर केटि पक्षका पनि नाक फर्सि जत्रो हुन्छ। कुनै पनि बाबु आमालाइ सामान भन्दा त छोरि नै महत्वपुर्ण हुन्छन् । आफ्नो मुटुको टुक्रालाई अर्काको घरमा पठाउदा यसै त भाव-बिहल भै राखेको हुन्छ। तेही माथि दाईजो उपहारले झन् टेन्सन थपी दिएको हुन्छ।

त्यसैले आजका युवा-युवतिहरुले यो बिषयलाइ गम्भिर रुपले लिनु पर्छ र विवाह गर्दा कुनै किसिमको दाईजो र उपहार नलिएर समाजमा बिध्यमान कुरिती हटाउने सबैले जिम्मा लिनु पर्छ । आखिर ३०० रुपैयाको कप प्लेट सेट ल्याउनु भन्दा चोखो मनले धेरै धेरै आशिर्बाद लाग्छ नि होइन र ? आउने पनि खुशी, पाउने पनि खुशी। समाजमा हामिले ठुला ठुला काम गर्न नसके पनि समाजमा भएका कुरिती नपनाउदा आफ्ना आफ्न्त बिच वाँह वाँह कमाइन्छ। त्यसैले विवाह गर्न ठीक्क पर्नु भएका अथवा विवाहको सोच बनाउनु भएकाले कार्ड मै यस्तो लेख्ने हो कि? कृपया विवाहमा जसरी पनि पाल्नुहोला, उपहार र नगद केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला।

- Your Presence Is Gift Enough
- The Best Gift is Your Presence Please, Drive Safely!
- Your Presence is my favorite Gift
- Thank you for the gift of your presence
- People Want Your Presence Not Your Presents
- Just your presence, no gifts

16 comments:

Basanta Gautam said...

साह्रै चित्त बुझ्दो कुरा गर्नुभयो अर्चनाजी!

प्रवेश पौडेल said...

मलाई पनि राम्रो लाग्यो तपाईँको कुरा । र नेपालका पनि अलि सहरिकरण भएका ठाउँतिर त मान्छेले पहिलाजस्तो दाइजो लिएको पाइँदैन, लिएपनि दाइजोको निहुँमा झगडा कमै सुनिन्छ । पहिलाको भन्दा सुधारोन्मुख छ सहरतिरको अवस्था त । तर तराईतिर मधेशी मुलमा देखिने विकराल समस्या हो अझैपनि दाइजोप्रथा । डाक्टर, इञ्जिनियरलाई र रेट नै हुन्छ अरे कति लाख दाइजो दिने भनेर । तराईका मान्छेमा हामीले यो सोच ल्याउनसक्ने खालका काम गर्नुपर्छ अब !!

कृष्ण said...

अर्चनाजी तपाइँको कुरा सोह्रैअानात् सत्यहो र यसलाइ सबैले शिरोउपर गर्नै पर्छ तर याहा के पनि भन्न मनलाग्यो भने नी यहि समाज र यिनै महिला हुन जसले यसो पनि भन्छन " छ्या !!! फलानो को त कस्ता रहेछन् तेत्रो सम्पति भएर पनि छोरी लाइ एक सरो लुगा देखि केहि दिएनन् । केटा पट्टीका त झन कस्ता माइतीकै लुगामा अन्माएर लगे है । " अव के भन्नु हुन्छ नी यिनिहरूलाइ ।

Anonymous said...

i want to make my blog. how to do? please help me Archana jee. I am working in thailand. now a days i am teaching those boys and girls who are from Burma, like free. I want to post my teaching experiances and some my personal experiences. I hope you will help me. my email address is deepak_parajuli@hotmail.com
bangkok

Kishor said...

Very Relevant and important writeup... May ur words change minds of many people who are going to get married this month...

आकार said...

यो कुरो पनि राम्रै नै हो !

nrilav said...

hey hey kasto laaj pachaune haru kura garnu bhako ma ta testo chaina ni pheri..... being a man.......

sangamkirati said...

होईना बिबाहामा आउनुहोला केहि नल्याउनुहोला!आसिर्बाद दिनुहोला।त भन्नु भयो अर्चना जि,तर बिबाहामा आएर केहि नल्याई केहि पनि नखाई जाने होत?हा,,,हा!!हा!!!! सरी है अर्चना जि सारै राम्रो कुरा उठानु भयो।एस्तो सोच-बिचारहरु हाम्रो नेपालको मुख्य तराईबाशिहरुमा पनि आईदिए कतिपय निर्दोष र निमुखा नेपालि चेलिहरुको ज्यानसमेत जोगिने थियो होला।।।

Blogger Dai said...

अब त्एसो भनेर खाली हात कहाँ आउन सकिएला त?

बिदेस तिर त wishlist हुन्छ क्यारे तीन चार जना ले मिलेर राम्रो सम्झना दिने मा म त positive छु है!

Anonymous said...

Really good article Archana Ji. Keep writing.

Ankit

season said...

Archana, Yes it is really the practical though of present marrrise calture in Nepal. 100% agree with you.

मिलन said...

बोलाउनु त भो तर बिहे चाहीं कहिले पो थियो दीदी ?

eJoshi said...

भान्जी को कुरा त ठिकै पो हो तर दिने ले मनदेखी चाह्यो भने रोक्न त कहाँ सकिएला र । बिशेष गरी विवाह तिर केटाका समस्त पक्षहरु एस्ता कुरामा सहमत हुने भये नयाँ प्रयोग गर्न सकिन्छ होला ।
तर
विवाह कार्ड चै दामी छ, एही डिजाईन फाईनल भा जस्तो छ कि क्या हो? लौ ईमेल मा अट्याच गरेर पठएनी हुन्छ ।
एनीमेटेड कार्ड बनाए झन दामी !
शुभ होस् !
ईजोशी

archana said...

मामाश्री हजुरलाई दिन सार्है आतुरी भैइ सक्यो कि क्या हो?:) त्या भन्दिनु सबैलाई आउन चाँही आउनु पर्छ सबै। लिन चाँही केही लिन्न नि म। लास्ट आओरमा बोर नगर्नु नि फेरि । भन्देको छु अहिले देखी नै।

Gokul said...

Archana,

This is a great piece of writing! I liked it very much.

Binod Rokka said...

I just want to say one or two things Archana. Please do not think I am being negative here.

100% Nepalese and other nationals for that matter do agree on it, no doubt, but everybody who reads this blog, knows that when it comes down to it, it is very difficult to follow these things. We all have gone through marriages whether it is our own or our closest ones. Have we really stood up against it? There is law I think against it, but do we really follow it? Or, do we dare to report against it when we are invited to weddings to give blessings; after all they are our relatives. It’s this hidden emotional black mail kind of situation that it is very hard to deal with.
Only way to change this, in my view, is education, society, and traditions to make it a normal thing not to give dowry. When I say education, I did not mean being a doctor, engineer or something, but to have an inner knowledge about the right or wrong things about the society. Society is made up of individuals, so all of us need to act on it, not just to listen and say “wah wah” and Tali. When enough numbers have not given dowry or rejected it, it becomes only natural not to give one. And that changes the tradition for ever.
Another note, I don't think it’s appropriate to say neither “no boxed gifts” nor "no gifts". End of the day, its people’s preference to give something for remembrance (box or no boxed). Yes, being presence itself is a present, but someone may like to give something else to remember by.