2/6/09

साइकलमा नेपालको झन्डा फरर


each one of us on this earth...

has it the ability to lead and inspire..

२४ बर्षे नेपाली ठिटोले आज नेपालको झन्डा लिएर क्यालिफोर्निया देखी प्याटागोनिया सम्म साइकल चलाऊदै गर्दा नेपाल बेखबर छ। कपाल काट्ने निल डेवीडको एक हप्ते तालिम लिन लण्डन जादा ठुला ठुला न्युज बन्ने ठाउँमा कहिले काही साच्चैनै देशको लागि मरिमेट्ने ओझेलमा पर्छन।

१५- २० बर्ष अमेरिकामा बसेको अङ्रेजी कती झार्ने हुन फेरी आफ्नो भताभुङ्गे कम्प्युटर कोठा देखेर कती हास्ने हुन जस्तो पनि मलाई लाग्दै थियो। यो सबै सोच्नको पछाडि कार्लो ढुंगाना भन्ने वेबसाईट बनाउनको लागि भेट्न मेरो घरमा आउदै थिए ।

मेरो घर आउनको लागि उनलाई लिन म रिङ्ग रोडमा गएको थिए । कार्लो हो भनेर सोधे? हो जेफ म भने मलाइ त कार्लो आउछ भनेको थियो त मैले भने । उनले हाँस्दै भने दुई वटा नै मेरो नाम हो वास्तवमा मेरो ममी/बुवा कार्लो र जेफ भन्ने मान्छे बाट खुब प्रभाबित भएर मेरो नाम पनि उहाहरुको नाम बाट राखेको रे। सानोमा नेपालमै पढ्थे रे साथीहरुले कार्लोलाई जिस्काएर कालो कालो भने रे पछी अमेरिका गएर मुख्य नाम जेफ राखेछन्।


मैले सोचेको बिपरित जेफले यती राम्रो नेपाली बोले कि मैले पत्याउन सकिन। तेत्तिका बर्ष अमेरिका बस्दा पनि मान, मर्यादा, अनुशासन नबिर्सेको देखेर म सार्है प्रभाबित भए। उनी तेती बेला UCLA मा anthropology मा masters गर्दै थिए र उनको थेसिसको लागि नेपाल आएका रैछन। उनको नेपाल प्रती माया मोह देखेर म छक्कै परे। यो केटोले पक्कै केही गर्छ है भनेर लख काटेको थिए पछी तेस्को करीब ६ महिना पछी, दिदी म साइकलमा भ्रमण गर्दैछु भन्ने ईमेल पाए। उनी खासमा पासपोर्ट र नागरिकताले अमेरिकन भई सकेका थिए तर मुटु भरी माया त नेपाल कै थियो । उनले भने दिदी मैले नेपालको झन्डा बोकेर हिडि रहेको छु र नेपालको बारेमा प्रचार गर्दै छु मलाई एउटा com.np domain मिलाइदिनु होला।

म त एक्छिन खङरङ्ग भए किनकि मैले उनी अमेरिकामा भएकोले .us दिएको थिए तर उनले आफु नेपाली भनेर चिनाउदै हिंडेको र .us ले मेरो देश प्रतिनिध्त्व गर्दैन भनेर ईमेल गरे।
केही छिनको लागि मलाई कस्तो कस्तो लाग्यो नेपाली नागरिता छातिमा टासेर आफ्नो देशमा कलह गर्ने, भौतिक सम्रचना बिगार्ने, काम केही नगरि अर्काको मुख ताक्ने र नेपालमै बसेर आफ्नो देशको बदनाम गर्ने मान्छे भन्दा नेपालको झन्डा बोकेर अरु देशमा नेपाल राम्रो छ । नेपाल एकचोटि जानु होला भन्दै हिंड्नेको स्थान मैले केही छिन उचो राखे।

मानिसहरु आफ्नो सुबिधा, परिस्थिति, बाध्यताले गर्दा अर्को देशको नागरिक हुन पुग्छन्। के साच्चै नै एउटा कागजको टुक्रो नागरिताले आफ्नो देश प्रतिको अगाभ मायालाइ छेक्न सक्छ र? यो मान्छे यो देशको भै सक्यो है भनेर ट्याग दिएर ल है यस्को नेपालमा केहि अस्तित्व हुनु हुन्न, गुण गान गाइनु हुन्न भन्दा पनि उसले त्यो देशलाई कति माया गरेको छ, कति योगदान दिएको छ, कति मरिमेटेको छ । यो हेरेर इज्जत दिनु ठिक हुन्छ होला जस्तो मलाइ लाग्छ।

अहिले जेफ साल्टा अर्जेन्टिनामा पुगेका रैछन। उनको भ्रमणको बारेमा उनको ब्लगमा पढ्न सकिन्छ।



dream big, feel it, believe it, achieve it.

4 comments:

Anonymous said...

जेफ ढुङ्गानाको साइकल यात्रा पढेर खुसि लाग्यो । बिशेषत उनले यात्राक्रममा लियका फोटाहरु अत्यन्त सुन्दर ।

Basanta said...

देशभित्रै बसेर देश बिगार्नेहरु वा देशबाहिर बसेर कि-बोर्ड ठोकेर मात्रै देशभक्ति खोक्ने म भन्दा जेफ कता हो कता सच्चा नेपाली हुन्। मेरो सलाम छ जेफलाई!
जेफको बारेको यो टाँसो (posting)का लागि अर्चनाजीलाई धन्यबाद!

Sumiran said...

सलाम जेफ।
उत्प्रेरक टाँसोको लागि धन्यवाद

BodhRaj Lamsal said...

Thanks a lot, I am really happy to read in nepali language through blog .
Bodh raj