
पर्छन । लक्ष्मी मित्तल, मुकेश अंबानी, अनिल अंबानी र कुशल पाल सिंह। ईण्डियाले आफुलाई संबृधीतिर लम्केको देखाउन खोज्दा खोज्दै पनि ब्रिटेनका निर्देशक Danny Boyle ले एसियाकै ठुलो झुपड्पट्टी मुम्बाईको झुपड्पट्टी र त्यहाँ बस्ने मनिसको बारेमा फ्लिम बनाएर ८ वटा ओस्कर हात पारि सकेका छन्।
यता मुकेश अंबानिले २७ तले आफ्नो लागि घर बनाउदै गर्दा त्यस्को केही किलो मिटर दुरिमा लाखौं मान्छे बस्ने धरबी झुपड्पट्टी देख्न सकिन्छ र यहि झुपडपट्टिको कथामा बनेको छ slum dog millionaire।
धेरै जसो शहरमा बस्ने र अङ्रेजी जान्नेहरुको बिचारमा आफ्नो देशको बेज्जत गरेको आरोप slumdog millionaire का निर्देशक लाई लगाएका छन् भने झुपड्पट्टीमा बस्नेहरु ओस्कार पाउनुको जित आफ्नै जित भए जस्तै गरेर नाचेको टि.भीमा देखियो। यस्ले गर्दा ईन्डियाले आफुले आफुलाइ कसरी देखाउछन् र बिस्वले यिनीहरुलाई कसरी हेरी राखेको छ भनेर प्रस्ट पार्छ ।
एउटा चाइनिजले आफ्नो phd को लागि रिसर्च गर्दै थिए। उनले अरु देशको तुलनामा ईन्डियाका मान्छेहरु ९०% ले आफ्नो देश प्रती गौरबवान्वित भएको पाएर छक्कै परेछन्।
यो फ्लिमले जित्नु भनेको संसारले आँखा ट्वाल्ल पारेर उनिहरुको समस्या/गरिबिलाई पनि हेर्नु हो। अहिले सम्म बिस्वको अगाडि हिन्दी फिल्ममा राम्रा राम्रा बगैचा, ठुला ठुला महल र ताज महल अगाडि मात्रै नाचेको देखाइको थियो अझै भएन भनेर बुद्ध पनि ईन्डिया मै जन्मेको भनेर पटक पटक ईण्डियन फिल्ममा पनि देखाउन पछी परेनन्। जसरी महात्मा गान्धी, ताज महल, अनिल अंबानी प्रती गौरब गर्छन् तेसै गरेर उनीहरुको गरीबि झुपडपट्टि पनि आत्मसाथ गर्लान त?