11/17/08

बैंकिङ् सेवा होइन सास्ती



दुई दिन भई सक्यो इन्भेस्टमेन्ट बैंकको ebanking login गर्न खोजेको मरिगए भएको होइन। password नै चेन्ज गरेछन्। password लिन अफिस मै जान पर्ने रे अस्ती भर्खर पनि चेन्ज गरेका थिए २ महिनामा समय मिलाएर गएको थिए। अब म नेपाल नगए सम्म बैंक अकाउन्ट चलाऊन नपाउने भए । password सेट गर्ने बेला ईमेल लिन्छन, ईमेलमा किन password पठाउदैन? किन मान्छेहरु लाई दु:ख दिएका होलान? website बाट १० चोटि ईमेल गरे होला मरी गए रिप्लाई गर्दैनन्।
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।

तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?

एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।

Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।

एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची बस्न जान्थे फेरी लाइनमा बस्न आउथे
नाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।

न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्‍यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।

नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए । आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए । सोचे अब ३-४ दिन त लागिहाल्छ। commenwealth भन्ने बैंकको ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन । म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।

धेरै कुर्नु पर्‍यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला। म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।

आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। आफु ग्राहक भएर मान सम्मान पाएकोले मक्ख पनि भए। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन, कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।

13 comments:

Anonymous said...

:) Well.. blog padher.. ramailo lagyo.. tara euta kura.. tyo nepal bank na bhayako bhaya.. ma kahilyai.. sankata jane thiyana hola.. kaamai napari k janu.. tara.. bank ma line le garda.. atleast ekchoti ta gaya... aniferi.. tyo bankka manchhe sangako jhagada (afno ta bani nai chha... chitta bujhena ki jhagada gari halne..)response ta.. ramrai mukhale garda ni hunchani... boliko rate pani ahileko $ko rate bhanda mahango..!

Anonymous said...

अलिकती त यसकुरा मा पनि मद्दतभयो जस्तो लाग्यो नारायणजी भोक लगेको बेलामा खाजा पनि त खान पाइयो नि नत्र कामले गर्दा खजा खाने मौका पनि नरहने हुन्छ नि होइन । नेपाल म बैंक को महत्वो नै लिने बस्ना ले बढेकोछ नि कती जना सँग चीनजान गर्ना पाईन्छ । अनी अफिस बाट पनि बैंक जने भनेर एकदिनको बिद लिना पाईन्छ नि। नत्र कहाँ बाट भ्याउनु नि । अफिसले पनि कुरबुझछन जे होस

Anonymous said...

तपाईंको ब्लग २-४ दिन अघी पढेको थिए र कमेन्ट लेखुल भनेर सोच्दै थिए। आज मैले पनि तपाईंले जस्तै सस्ती पाये अनी कमेन्ट लेख्दै छु money transfer को बारेमा सोध्न बैंक अफ काठमाडौं को साईट बाट ईमेल ठेगाना लिये अनी ईमेल गरेको त एउटा ईमेल बोउन्के भयो। कस्तो ईमेल अद्द्रेस्स राख्या होल।।। अर्को अद्द्रेस्स म त ईमेल गयो तर त्यो पनि रिप्लाई आउने हो को होइन थाहा छैन।

सबै नेपाली वेबसाईट हरुको हालत यस्तै छ। ५ -६ महिन अगाडि दिल्ली बाट काठमाडौं को फ्लाईट टिकेट किन्नु थियो, कोस्मिक एअर को साईट म हेरे , अन्लाईन बूकिङ छ रहेछ, तर फ्लाईट डेट सेलेक्ट गर्न लग्य त २००८ नै छैन रहेछ, २००७ मात्र रहेछ।।। के साईट बनको होला।
अनी RNAC को साईटमा गए, online booking को मैले आशै गरेको थियिन, flight schedule नै बुझ्न सकिन, एअरपोर्ट code मात्र छ , ठाउँ को नामनै छैन, एअरलाईनस को कर्मचारी लाई मात्र हो क्य त्यो साईट,

नेपाल फोन गर्न सस्तो हुन्छ भनेर idocall.com बाट ५ डलर को account लिए। पेपल बाट पे गरेपछी error page आयो, मैले username,password केही पेन।।। अनी ५-१० चोटि email ग्अरे, केही ईमेल आएन, मैले सोछे मेरो ५ डलर खाए छोरा हरुले। २-३ महिन पछी तिनिहरुको सर्भिस चलु भयो भनेर ईमेल आयो, अनी मैले रिप्लाई गरेर username,password मागे, अनी बल्ल पाए, २-४ दिन त काम गरेथ्यो पछी घन्ती जने तर कसैले receive नगरने हुन थालयो। अनी बैंक रहेको २-३ डल्लर लाई माया मारेर कन समते।

एउटा भाई को एस.एल.सी को रेसुल्त प्रिन्तोउत गरेर दिनु थियो, शिक्षा मन्त्रालय को वेबसाईटमा हेरेको त २०६५ सालमा २०६३ सालको result मात्रै। घुम्दै फिर्दै NTC को साईटमा पुगे, रेसुल्ट् हेरेको त fuill marks नदेखौने, marks obtained मात्र देखौने, के बनाको होला।
अनी educationsansar.com मा पुगे। सबै marks देखौने राइछ, marks सँगइ print थियो। Print म क्लिक गर्य त २ पेजमा advertise हरु शाहीत पुरै पेज प्रिन्ट भयो, ३ टा सुब्जेक्त को marks एउटा पेज मा बाँकी अर्को पेज मा। क् बनको होलअ। कस्ले बनको होल भनेर हेर्य त dreams&ideas ले रे।


aru kati lekhne, dherai bhayo.
nepali website haru ko biswas nai lagdaina

Anonymous said...

i also asked some question thru investment bank contact form but they never replied my question's answer. i m wondering that i got regular forwaded email from radhika@nibl.com.np. some time she sent me Incredible SCULPTURES picture sometime Feather Painting picture. yesto yesto email forward garna time hunchha yiniharu lai. customer ko email reply garna time hudaina.

Anonymous said...

Blog ko heading "banking sewa hoina sasti" bhaye pani comment haru chahi " nepali website haru ko halat" hola jasto chha hai.
maile feri arko sasti bhognu paryo.
prabhu money transfer ko 2ta email address ma mail gare, malasiya ko address ma mailbox full re, ani nepal ko address prabhux@mail.com.np ma pathako ta prabhux@mustang.mos.com.np bata yesto po reply aayo

Your mail has been administratively rejected.
Reciptent will not receive this mail due to quota limit .
############################################################

reply pathaune le ni same address bata pathako bhaye ta malai sajilo hunthyo ni, malai sasti nai diyo.

information said...

शायद यसमा हाम्रो पनि कमजोरी होला किनकी हामी अनेक समस्य झेलेर पनि आफ्नो काम सके पछि चुपचाप हिडछौ कतै पनि कम्प्लेन गर्देनौ ।

Anonymous said...

आफ्नो पनि त्यहि ताल भइरहेको छ। इन्भेष्टमेन्ट बैंकमा खाता खोले पछि बेला बेलामा अनलाइन ट्रान्सफर गर्न पाइन्छ होला भन्ठानेर अनलाइन लग इन र पासवर्ड लिएर नेपाल छाड्नु भन्दा पहिले सब चेक गरेर चल्छ भन्ने पक्का भएर हिडेको त युरोप टेकेको १ हप्ता भित्रै चेक गर्न खोज्छु एकाउण्ट हेर्न मिल्छ तर ट्रान्सफर गर्न मिल्दैन, इमेलबाट कहिले रेस्पोन्स गर्दैन, अनलाइन कमेन्ट बक्सबाट पटक पटक कमेन्ट गर्दा पनि जवाफ आउंदैन । त्यसैले नेपाल मा नै एकजनालाई १ महिना सम्म दौडाएपछि बल्ल काम लाग्ने भएको सिमित सेवा अब फेरि आंफै उपस्थित भएर पासवर्ड नलिए सम्म चलाउन नपाइने रे ! कस्तो दरिद्र बैंक, कति दरिद्र सिस्टम !

छि छि मलाइ वास्तवमै यि बैमक हरु देखि घिन लाग्यो । कमसे कम नसक्ने भए त सक्दिन भन्नु नि ।

त्यसैले मेरो बिचारमा उपभोक्ता ऐन अनुसार यी बैंक हरुमाथि मुद्दा हालेमा मात्र यिनिहरु सुध्रेलान नत्र बादर को जति पनि बुध्दि र आइडिया नभएका जनावरहरु ले चलाएको बैंक को के कुरा ।

gau_boy@yahoo.com

Anonymous said...

ati ramro lagyo tapaiko blog padera kehi kura sikna pani paiyo ati ramro tapaika kalam haru baddai jaunbhhne kamana garda chau



rajan rimal
www.rajanrimal.wordpress.com

Unknown said...

Archana Ji,

I like your article regarding of harassment in the any Banking System in Nepal. I am also the end user of ebanking service from the Nepal Investment Bank.

Sachin J said...

ma pani hajur sanga agree garchu didi.. NIBL le ghari ghari password change garera hairaan bhaisakyau hami pani..

Sachin J said...

ma pani hajur sanga agree garchu didi.. NIBL le ghari ghari password change garera hairaan bhaisakyau hami pani..

Anonymous said...

I saw your Blog Ad in Yosansar.com Fine view of our Banking system. I was happy to go through.

Anonymous said...

Yah...
tension ta atti nai hunchha..
ani yo "bank of the year" bhanne tag ta bank harule palaipalo line ho