
मेल्बर्न लाई festivals र event को सिटी भनिन्छ। यहाँ दिनहु जसो केही न केही भई रहेको हुन्छ । आज यहाँ सार्वजनिक बिदा छ। नेपालमा घोडे जात्रा भने जस्तैयहाँ Horse racing हुने रैछ । यो Horse racing हेर्न बिभिन्न देशका सेलिब्रेटी देखी लिएर बिजनेसम्यानहरु र अरु थुप्रै थुप्रैले चाख लिएर हेर्न आउने रैछन् ।

यो एक किसिम को जुवा जस्तो पनि हुने रैछ । मनिसहरु घोडामा बाजि पनि राख्ने रैछन्। रेस जित्नेले मोटा रकम र कप पाउने रैछ । रेसको अर्को पक्ष भनेको फेसन हो आजको दिन सिटी नै फेसनमय भएको छ । केटा हरु सार्है फर्मल लुगा लगाएर जाने केटी हरु पनि ठुला ठुला hat अनी राम्रो डिजाइनका लुगा लगाएर race जाने हेर्न जाने रैछन् ।
रेस बाहेक फेसन प्रतियोगिता पनि तेही हुदो रैछ। रेसकोर्सहरुमा बिभिन्न फुलहरुले सजाएका हुने रैछन । ति मध्य पनि गुलाफको फूल बिशेष महत्वका साथ सबैले लगाएर हिंड्ने रैछन आजको रेसको फूलको कोड चाँही पहेलो गुलाफ(yellow rose) थियो ।
No comments:
Post a Comment