छु जुल - के भयोबजी - च्युरा
माक - बाँदर
गन - कहाँ
ढेवा मरु - पैसा छैन
छमी कला हाकु चा - तिम्रो श्रीमती काली
मखला - होइन र?
सबै भन्दा लामो नेवारी आउने:
समाचार कोचल
छु जुल - के भयो
बि.स१९६४ मा भाजवीर जोशी ले बनाएको नारायण स्थान मन्दिर, सँगै जोडीएको उनका पनाती चेत नारायण जोशी ले बि.स २०५३ सालमा बनाएको मन्दिर। नारायण स्थान कुश्माको सबै भन्दा पुरानो मन्दिर हो । यो मन्दिरले केही महिना भित्रनै स्वर्ण महोत्सब मनाउदै छ।
कुश्मा बजार सर्लक्क एक लाइनको बजार छ गाडीमा ५ मिनेटमा बजार घुमेर सकिन्छ । कुश्मामा ३ खाले बजार छ माथिल्लो बजार, तल्लो बजार र बडा गांउ । माथिल्लो बजार सुन्सान छ । ब्यापारको हिसाबले तल्लो बजारमा अली चहल पहल छ। बडा गांउमा बिशेष गरेर सरकारी अफिसहरु छन
लोक्तान्त्रिक चोक(Loktantrik Chowk) - पहिला यहाँ राजा महेन्द्रको शालिक थियो २०६३ को जनआन्दोलन-2 मा गोबिन्द नाथ शर्मा शहीद भएपछि राजा महेन्द्रको सालीक हटाएर उनको शालिक राखिएको हो। गोबिन्द नाथ शर्मा लाई धौलागिरि अञ्चलकै प्रथम शहीद घोषणा गरिएको छ।
कुश्मा बजार स्थित स्कुल् र १०+२। डाटा अनुसार् पर्बतमा ७०% ले शिक्षा पाएका छन्। स्कुल र कलेजको नाम पनि नारायण स्थान मन्दिरको नाम बाट राखिएको हो यो बि.स २०१६ सालमा स्थापित भएको कुस्माकै जेठो स्कुल हो।
बनै बन हिड्दा झ्याउकिरी कराएको आवाज सुनिन्छ । कुस्मा बाट ओरालो झर्दा त बाटो अप्ठेरो नै छ कोही कोही ठाउँ बाट त छर्लङ भिर देखिन्छ लड्यो भने त सिधै काली गण्डकीमा पुगिन्छ।
कालिगण्डकी र मोदी खोला मिसिएको पनि फलेबास जाने बाटो मै देखिन्छ। दुई खोला मिलन भएपछी यो ठाउँ लाई मोदिबिनी(modibini)भन्छन।
कालिगण्डकीमा(kali gandaki) बिशेष गरेर शालीग्राम Shaligram(fossil) पाईन्छ र परापुर्ब कालको पुराण अनुसार भगवान बिष्णुलाइ जालधरको श्रीमती ब्रिन्दाको श्राप अनुसार बिना आकार को कालो ढुङ्गा होस भनेकोले पछी गएर तेही कालो ढुङ्गा शालीग्रामलाईनै बिष्णुको रुपमा मानेर पूजा गरिन थालियो। शालीग्राम गण्डकीमा मात्र पाईन्छ।
बिशेष चाडपर्बमा गंगा नदिको शाखा नदी गण्डकी भएकोले यहाँ नुहाउन आउछन। गंगाजिमा नुहायो भने पाप पखालिन्छ भन्ने विश्वाश छ। काली गण्डकीलाई नै प्रयोग गरेर नेपालको एक ठुलो hydroelectricity प्रोजेक्ट पनि चलिरहेको छ।
कुस्मा बाट फलेवास आउँदा बिच बाटो मा पर्ने रमनिय सिर्सुवा ।
फलेवासको भड्खालबाट देखिने रमाइलो द्श्य। यहा बिषेश गरेर धान, मकै, गहु र मकै खेति हुन्छ।
यसपालिको दसैं पनि सकियो। मैले सबैभन्दा धेरै को हातको टिका लगाएको यही साल होला । हुन पनि काठमाडौं देखी लिएर टिका लगाउदै कुश्मा- पर्बत, फलेबास, बाग्लुङ, बेनी देखी लिएर गलेश्वोर- म्याग्दी, अनी पोखरा सम्म आएर फेरी काठमाडौंमा छुट्पुट टिका लगाउन भ्याइयो । यो दसैं भन्ने पनि गजब नै हुन्छ। निधार भरी टिका लाउन पर्ने धेरै आफन्त भएको बेला मा त नांग्लो जत्रै निधार भए पनि नपुग्ने जस्तो। मेरो पनि यस्पालि त निधार भरिएर टिका त अर्धचन्द्र आकारमा गाला सम्म टिका आइपुगेको थियो।
लाइनमा बस्दै - लाइन त सेल रोटी जस्तै घुमेको थियो
पलान्चोक भगवती - बाजेले नित्य पूजा गर्दै। नित्य पूजा गर्ने बेला देबी लाई बिषेश रुपमा स्रिङारर्ने रैछन जस्तै नुहाइदिने, चांदिको गहना लगाइदिने , देबिलाई चांदिकै कवच दाँया बाँया लगाइदिने र पूजा आराधाना गर्ने रैछन।भगवतीको त मज्जा ले पूजा भयो। त्यसपछि आफ्नो पेट पूजा गर्न तर्फ लागियो। नजिकैको रिजोर्टमा। त्यो रिजोर्ट त सानोतिनो संग्रालयनै रैछ
जातो बाट अन्न पिनिन्छ तर मैले त पिन्नेको त के कुरा हल्लाउन समेत सकिन :)

ढिकि - बडा मुस्किल रैछ यस्लाइ उचाल्न त!!
दही जमाउने ठेकी - अबका शहरी पुश्ता ले एस्ता नेपाली चिज रिजोर्ट मै देख्न पाउने भए ।
दसैंको बेलामा एकचोटि भुइ छोड्नु पर्छ रे भन्दै थिए फर्कदा फर्कदै
पिङ पनि ठ्याक्कै भेटियो। लौ भुइ पनि छोडियो :)