खै त आको प्रचन्डजी शान्ती नेपालमा..

जता हेर्यो रातै रातो, अहो पानी पनि नखै कस्तो नाच्न सकेको हुनपनी यो तीज भन्ने प्रोग्राम कती राम्रो सँग डिजाइन गरेको है राती १२ बजे सम्मा दर खाने जस्तै पुरी, खिर, तरकारी, अचार, मासु, मिठाइ मज्जा ले खाने त्यसपछी भोली पल्ट त पेटलाई जे होस् आराम नै हुन्छ। उता बर्त बसेको जस्तो पनि हुने, श्रीमानको कल्यान पनि हुने, भगवान प्रति आस्था पनि देखिने अनी एक्दिन भोकै बस्दा पेटको इन्जीन पनि सफा हुने क्या ग्रायन्ड डिजाइन गरेका रैछ्न् है।
आफु नेवार भएकोले कहिले पनि तीजको बर्त बसेको छैन र मेरो मुमा, हजुरमुमा ले पनि कहिले पनि तीजको बर्त बसेको थाह पाइन । जहाँ सम्म मलाई थाहा छ धेरै जसो नेवारहरु तीजमा बर्त बस्दैनन् । हर साल टि.भि हेर्दा महिलाहरुलाई किन बर्त बस्नु भएको भन्दा आफ्नो लोग्ने को सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै बसेको भन्छन । बिहे नगरेकाले राम्रो पती पाउन बर्त बसेको भन्छन। अहो तेसो भए त नेवारका लोग्ने रोगी र अल्पायुनै हुन पर्ने अनी बर्त नबस्नेका केटी हरुले कुरुप र अयोग्य बर पाउन पर्ने।
तर पनि भगवती पार्वती देखि चली आएको चलन, आफ्नो रितिरिवज बचाउनु सबैको कर्तब्य हुन्छ।
एउटा विश्वाश अनी आस्थाले राम्रो सँग प्रार्थना गरेपछी मनको कामना अवस्य पुरा हुन्छ।
Happy Teej !!
Click here for more information about Teej
No comments:
Post a Comment