9/6/07

भो! अती भयो !

निर्दोष नेपाली मरिनको लागि ईराक जान नपर्ने भयो, नेपाल आमाकै काखमा बिना कुनै दोष मरिनु पर्ने भयो। कठै आफ्नै सन्ततिको रगतले लतपतिदा अनी आफ्नै सन्तानका अङ्गका चोक्टा चोक्टा निस्केर छरपस्ट हुँदा अनी आफ्नै शरीर सन्तानको रगतको आहालमा डुब्दा कती क्रोधित हुन्छिन होला, कती धिक्कारीन होला, आफ्नै सन्तानले आफ्नै छाती माथि रगतको होली खेल्दा कती आफ्नै कोखलाई सरापिन होला। आज फेरि हामि स्तब्ध भएका छौ।बर्षौ पछी सुनौलो बिहानिको पर्खाइमा थियौ, हाम्रा आशाका लहरहरु मेटिएका थिएनन, धैर्यका बाधहरु फुटेका थिएनन , बस् चुप चाप सहेर बसेका थियौ तर अकस्मात् सुनौलो बिहानीको प्रतिक्ष्यामा रहेका हामीले फेरी अर्को कालो दिन देख्न पर्‍यो अब फेरी एक चोटि त्रास, रिस अनी आक्रोसित् भएका छौ ।

भो ! भो ! अती भयो !!!!

सधैंको बम पड्केको आवाजले कानका जाली फुटी सके, कराउदा कराउदा आवाज पनि सुकी सके, यो बिजुलिको अन्धकारमा बस्दा बस्दा हामी आँखा पनि देख्न छाडि सक्यौ। हरेक कुरको लागि भागम भाग गर्दा गर्दै खुटा पनि दुखी सक्यो । भो ! भो ! अती भयो !!!! अब नेपाल आमालेनै सहनै नसक्ने गरेर अत्याचार र अन्नायले तहस नहस भयो। बुद्धका उपदेशहरु टायर सँगै जलाइए, सगरमाथाका उचाइ सधैंको हत्या हिन्साले बिस्व सामु झुक्न पर्‍यो।

सधैं सधैं नेपाल भनी फुलाउने यो छाती पनि अब दुख्न थाल्यो।
भो ! भो ! अती भयो !!!! अब शान्ती सँग बाँच्न चाहन्छौ।

Peace!!!!

3 comments:

Anonymous said...

तपाईंको नयाँ लेखको लागि धन्यवाद। म चाहन्छु कि यो लेख तिनिहरु ले पनि पढुन जसले तपाईंलाई यो लेख लेख्न वाध्य तुल्यायो।
म पनि जीबनलाई मृत्‍युसँग सधैं समानान्तार बनाएर हिडिरहेछु।तर मेरो सोच प्रिथक नै हुनुपर्छ कम्तिमा यत्तीको क्रुर त
पक्कै छैन।
अरु पनि लेख्नु होला। तपाईंको यो यात्रा सफल रहोस।

Sadhana said...

Exactly...Nepal needs a big time PEACE !!!! Nepali people are doing this and there's noone from outside who is doing this or upon whom we can blame.....so by killing innocent people what will they get....if they can really kill people then why don't they kill those polticians who are makign our beautiful country poor with their bloody corruption.....????????? and after killing all those polticians why don't they kill themselves???

Anonymous said...

i agree with u and and as well sadhana's msg also ....

when the bombing in ktm and injured ppl bring at bir hospital i was there and i saw those injured ppl n 2 burnt dead body (miss anita kc. and mrs kamala ...) in front me, my god i dont want to remember that moment and cant forget it also...
well god bless them ...