8/30/07

नाङिनु कतै रहर कतै बाध्यता

पत्रीकाहरु ले ठुला ठुला अक्षरमा नेपालमै पहिलो पटक भनेर पेटिकोट र ब्रा मात्रै लगाएको फोटो टासे । कसैले फोटो देखेर बिचरा भने, कसैले आहा भने, कसैले छि के देख्नु परेको भने ।

बादी महिला करले cybersansar.com कि यि model रहरले

यो नग्नताले ठुलै चुनौति दिएको छ अब public ठाउँमा कस्तो बेलामा नागिनु पर्छ भनेर सबैले सोच्न परेको छ। आफ्नो हक अधिकारका लागि जबर जस्ति लुगा खोल्न आट गरेका बदिनिहरु अब उनिहरु को मागमा वास्ता गरेन भने त निर्बस्त्र जुलुस निकाल्ने रे।

बदिनिहरु एक्दम राम्रो सँग नाच्न्छन् म सानोमा सल्यानमा हुदा यिनिहरुको नाच हेरेको थिए यिनिहरु ग्रुपमा दाङ् देखि आउथे र सल्यानमा एउटा ठुलो चौर छ तेहि सबै जना गीत गाउदै नाच्थे। तिनिहरु सङै सबैजना ठुला देखि साना सबै नाच्थे। तेति बेला ठुलो खैला बैला पनि सुनिन्थ्यो कुन बदिनिको छोराको अनुहार को सँग मिल्यो भनेर । तेति बेला त तेस्तो कुरा बुझिएन तर अहिले त बुझ्न सकिन्छ नि।

खासै भन्ने हो भने तिनिहरुको अवस्था सार्है नै दयनिय छ जवानि रहुन्जेल् मात्रै रमझम् बुढेस्कालमा गुजारा चलाउन गार्हो । ति उमेर गै सकेकि महिला लाइ आफ्नो हक अधिकारको लागि खुलेआम नाङिनु ठुलै वाध्यतालेनै होला।

बदिनि मात्रै नभएर हरेक महिलाहरु आफ्नो शरीर बेचेर आय आर्जन गर्ने को एकदिन न एकदिन भबिस्य त नाजुक नै छ ।

होइन म त दोष ति महिलाहरुलाइनै दिन्छु जवानि, बल छन्जेल कुनै सिपमुलक काम गर्न तिनि हरु लाइ कस्ले छेकेको थियो र? पढ्ने नै भए पनि हरेक जिल्लामा सरकारी स्कुल थियो राम्रो सँग पढ्न कस्ले छेकेको थियो र? अथवा अरु काम काज गर्न कस्ले रोकेको थियो र?

जवानि छन्जेल आफ्नो बल छन्जेल् रमाइलो गरेर बिताउने अनि बुढेसकालमा सडकमा नागिने अनि लौ म सँग को को सुत्न आयो सबै को लिस्ट् बाहिर निकाल्छु भन्ने? होइन भन्या यो नेपाल सरकारले पनि कति लाइ के के गरोस् । भोलि अब कामै नगरि घर घरमा तलब आवोस् भनेर जुलुस् निकाल्न बेर छैन। यो अल्छि जनता पाउनाले पनि बित्यासै पार्यो जे कुरा मा पनि अरु को भर पर्नु पर्ने।

अब यो नग्न जुलुसले एउटै पाठ् पढाउछ भबिस्यमा गएर एउटा औला अरुलाइ ठडाउदा चार वटा आँफै तिर ठडिन्छ । अब अहिलेका जुलुस निकाल्ने ले त राहत पाउलान । के गर्नु लौ !! नाम को लिस्ट नै निकाल्दिन्छु भनेर नेताहरुलाई तर्साए पछी त केही न केही त गरी देलान तर अब अरु जो यो पेशामा लागेका छन् बेलैमामा बुद्दि फिरे उनिहरुकै भलो हुन्थ्यो।

6 comments:

NKM said...

Nice! I appreciate your views; But should not we be thinking from the other side too?
It is easy for you and me to give lecture on what could they have done in their age regardless of knowing their social background. Ya, its really easy to spit on anyone than to have some microscopic view on social lifestyle. I hope a next episode on this series will justify it.

Basanta said...

अर्चनाजी, वादीहरुको आन्दोलनलाई सहानुभूति हेर्नेहरुको खडेरी परेको बेलामा तपाईँले आफ्नो ब्लगमा ठाउँ दिनुभएकोमा खुशी लाग्यो तर तपाईँको सोचाई पनि बढी एकोहोरो भएको छ र वादीहरुको आन्दोलनलाई अप्रत्यक्ष रुपले छाडापनजसंग जोड्नपुग्नु भएको छ।
वादीहरुको समस्या बिल्कुलै फरक हो। उनीहरुलाई समाजका सामन्त, ठूला-बडाहरुले देह-ब्यापार गर्न बाध्य पारेका हुन्। उनीहरु अहिलेसम्मको हाम्रो सामन्ती पुरुषप्रधान सामाजिक संरचनाले सबैभन्दा पिडित समुदाय हुन्। वादी समुदाय स्वेच्छाले नांगिएको समुदाय हेन, यो कुरा हामीले बिर्सनु हुँदैन। के तपाईँ शदियौंदेखि यौन शोषणमा परेको एउटा समुदायको पिडा महशूश गर्नसक्नुहुन्छ? वादी त्यो समुदाय हो, जस्का लोग्नेमान्छेहरुको कुनै अस्तित्व छैन अहिलेसम्म र आइमाइहरुको अस्तित्व यौनदासीको रुपमा मात्रै छ। तिनै ठूलाठालुहरुको संसर्गले बच्चा जन्मिन्छन्, तर ठूला भएपछि 'बाउ' को ठेगान नभएको भनेर नागरिकता दिँदैन राज्य? यो पिडा किन बुझ्दैनन् हाम्रा नेताहरु?!

वादीहरुले बल्ल अलिकति सचेत भएछन् र आफ्नो अधिकारको लागि आन्दोलन गर्न थालेका छन्। यो कुराले मलाई एकदम खुशी लागेको छ। तर हाम्रो सरकार हिँसाको आवाजमात्रै सुन्छ, वादीजस्तो थोरै संख्या भएको कमजोर र गरीब समुदायको आवाज सुन्न सक्दैन। वादीहरु 'जनसेना' बनाउन सक्दैनन्, अथवा ठाउँ-कुठाउँमा बम पड्काउन सक्दैनन्, त्यसैले राज्यले उनीहरुको वास्ता गरेको छैन। वादी महिलाहरुले नांगिएर विरोध गर्नुपरेको त्यसैले हो। उनीहरु नांगिएको भनेको हाम्रो सामजिक संरचना र सरकार नांगिएको हो।

तपाईँ भन्नुहुन्छ "होइन म त दोष ति महिलाहरुलाइनै दिन्छु जवानि, बल छन्जेल कुनै सिपमुलक काम गर्न तिनि हरु लाइ कस्ले छेकेको थियो र? पढ्ने नै भए पनि हरेक जिल्लामा सरकारी स्कुल थियो राम्रो सँग पढ्न कस्ले छेकेको थियो र? अथवा अरु काम काज गर्न कस्ले रोकेको थियो र?"
यहाँ तर्क गर्न सकिने थुप्रै कुराहरु छन्। तर मलाई सोध्न मन लागेको एउटै कुरो, वादीहरु बाहेक पनि जो-जो अशिक्षित छन्, उनीहरुपनि वादीहरुजस्तै 'मोज' गरेर बसेका हुन्? जनसंख्याको दाँजोमा हाम्रो देशमा स्कूलहरु एकदम कम छन् र सबैको पहुँच छ शिक्षामा भन्नु हावादारी कुरामात्र हो। दोश्रो, वादीहरुलाई त 'तिमीहरु पढ्ने होईन, नाचगान गरेर हाम्रो सेवा गर्ने हो।' भनेर भुल्याइएको थियो। यो सरकारले वादीहरुका समस्या हल गर्दिएपछि वादीको अर्को पुस्ताले अवश्य पढ्छ र तपाईँ हामीले उनीहरु नांगिएको देख्नुपर्नेछैन।

यो नेपाल सरकारले नचाहिने अनेक ठाऊँमा पैसाको खोलो बगाउन सक्छ, केहि सय वादी परिवारलाई थोरै जग्गा र सीपमूलक तालीमहरु दिएर ब्यबश्थित गर्न सक्दैन। राजालाई बेरोजगार भत्ता १२ करोड 'भक्तिपूर्वक' 'टक्राउन' सक्छन् यिनीहरु, त्यो भन्दा धेरै कममा वादीका धेरै समस्याहरु हल हुनसक्छन्।

वादीहरुमाथि भएको अन्याय हाम्रो इतिहासको एउटा कालो धब्बा हो। वादीहरुलाई यत्तिकै छोडेर र लत्याएर आएको कथित 'नयाँ नेपाल' नयाँ हुनैछैन, 'पूरानै'को निरन्तरता मात्र हुनेछ।

Unknown said...

Archana,

You are 100% right.....Everyone is begging....why????....Many NGO's and INGO's are working in this sector...and they are calling these people to protest...even they don't know why they are protesting....well. NGO's and INGO's who bring them to protest and expenses huge amount for their stay in Kathmandu and bus fair.....Is not that waist of money?? That money can utilize to make them independent for sustain their life....Habit of protest is killing Nepalese People...They want to reservation....why reservation required???...why they don't protest to make them competitive and independent??? WHY???WHY?? Quota and reservation system will bad in long term......but also many indigenous group is protesting for quota in parliament and other place......hahaha.. There is politic and they are using by their own people to fulfill their own interest. They will even not see back after fulfilling their interest.....Those people who are bring to protest will be always victim by their own people to fulfill their own interest...they really want to see the development of those people...they will protest to bring the government to educate, make them competive ..That will be real protest; I swear I will be among them in that protest.

Basanta Ji,

Don't you know...Our statute has given the right to issue the Nationality by the name of Mother.........

archana said...

बसन्त जि, मेरो ब्लगमा आफ्नो बिचार लेखी दिनु भएकोमा धन्यवाद। म तपाईं को बिचारको सम्मान गर्छु।

म बादिहरुको नागरिकताको हकमा उनिहरुको बिरोधमा सहमत् छु।

बादिहरुको आन्दोलनलाई छाडापन नभने पनि वास्तवमा बादीहरु ले गर्ने कृयाकलाप अबश्य छाडा हुन्छन् । बादीहरु बस्ने ठाउँ जस्तै जाजरकोट, सल्यान , दाङ, बर्दियामा म बसी सकेको छु उनीहरु ले गर्ने ठुला बडासँगको नाच जस्तै कुम जोडी जोडी नाच्ने, छाति जोडी जोडी, हासी हासी नाचेको देखेर त मलाई तिनै ठुला बडाले मात्रै शोसन गरेको जस्तो त लागेन। बसन्त जि बादी नारी मात्रै होइन हरेक नारी बर्षौ देखी हरेक् क्षेत्र पीडित भएका छन तेही कारण त नारीहरु पछाडि छन ।

तर हामी सबै नारीहरु यसरी हामी माथि शोषन भयो भनेर सडकमा गएर
जुलुस गर्न भन्दा पनि आ-आफो ठाउमा आफुले कसरी बचाउ गर्ने अनी कसरी लड्ने अनि कसरि आफु अगाडि जाने कसरि आफु empower हुने भनेर सोच्न सके राम्रो । जती पनि नारीहरु आज अगाडि आएका छन उनिहरु अथक मिहेनेत र समाजसँग लडेर आएका छन ।

अरु कहाँ कहाँ स्कुल छन त्यो त थाहा छैन तर बादी हरु जहाँ जहाँ बस्छन त्यहाँ चाँही स्कुल पक्कै छ । तिनिहरु सजिलै पढ्न जान सक्थे, पढ्न जाने लाई ठुला बडाले खुले याम रोक्न आउने आट गर्दैनथे होलान् ।

जहाँ सम्म “तिमीहरु पढ्ने होईन, नाचगान गरेर हाम्रो सेवा गर्ने हो” कुरा छ त्यो हद सम्मको सेवामा एउटा दुइटा लाई होइन पुरै बादी समुहलाई नै कसरी एकहोरे पारा ले भुलाउन सक्छन र?

हरेक कुरामा सरकारलाई दोष दिन मिल्दैन किनकी नेपालको सरकार कस्तो छ भनेर हामी सबै लाई थाहा भएकै कुरा हो । महाबिर पुन र सन्डुक ले सरकारले गर्दा म्यागसेसे पाएका होइनन्, मन्जुश्री सरकारले गर्दा लेखक बनेकी होइनन, अनुराधा कोइराला सरकारले गर्दा समाजसेबी बनेकी होइनन ।

बसन्त जि तपाईं नेपाल आएर हेर्नुहोस् अहिले सरकारसँग हरेक जातीका आ-आफ्नै माग छन दलित का आफ्नै माग , लिम्बुवान का आफ्नै माग मधेशीका आफ्नै माग
सबै को माग आ-आफ्नो ठाउँमा ठीक छ ।

तर मलाई कहिले काही अजिब लाग्छ के सरकारले मात्र सबै को माग पुरा गर्न सक्छ?

के हामी हाम्रो तर्फबाट केही गर्न सक्दैनौ?

जस्तै म एउटा सानो उदाहरण दिन्छु, नेपाल मा हामी जथाभाबी बाटो काट्छौ अनी गाडीले किचेर मान्छे मर्यो भने उल्टै गाडी जलाइदिएर चक्का जाम गरेर सरकार सँग क्षेतिपुर्ती माग्छौ।

के हामि सधै अरुलाइ दोष् दिएर, हात् फैलाउदै बस्ने ? के हामीले पूर्ण रुपमा एउटा नागरिकको हक ले गर्नु पर्ने कर्तब्य छ, त्यो पालना गरेका छौ र ?

धन्यवाद

Anonymous said...

अर्चनाजी,

बडो सार्थक बहस गर्नु भो। त्यसमा बसन्तजीको तर्क पनि राम्रै लाग्यो मलाई । हुन त बादी समूदाय बहुल एरियामा लामो समय म बसेको छैन, तर प्रत्यक्ष रुपमा यिनका गतिविधिलाई नियाल्ने एकाध अवसर नपाएको भने होईन। शहर-गल्लीमा यौन पेशामा लाग्नेहरु भन्दा वादीहरुको स्थिति निक्कै भिन्न छ । पश्चिम नेपालमा सामाजिक सँस्कारकै रुपमा रहेको वादी परम्परालाई मलजल त्यहाँको सामन्ती सँस्कारले गरेको हो। वादीहरुले सामन्तको घरमा नाच्नु पर्ने र शरीर सुम्पनु पर्ने अवस्था भूमिहिन हुनुका कारणले नै आएको हो। यदि वादीहरु पनि भूमिपति भएका भए कसैको यौन शोषणमा पर्ने वा कसैको यौन दास भएर बस्नु पर्ने थिएन। सामाजिक सँस्कारलाई भजाएर भूमिपुत्रहरुका जग्गमा कब्जा गर्नेहरुले आर्थिक शोषण त गरे गरे त्यसमा यौन दास पनि बनाउन पुगे। वादीहरुको स्थिति, यहाँसम्मको विकासक्रम र चेतनाको विकासले नै हो उनिहरुमा जागरण आउन थालेको र हामी कसैका कमारा-कमारी होईनौँ भनेर उठेका। हामी यो पेशा छाडन चाहन्छौ, सरकारले हामीलाई सुविधा दिनु पर्यो भनेर केही हजार वादीहरुले भनेका कुरा नाजायज छैन। साँस्कृतिक विकृतिलाई ठीक पार्न सरकार आफै लाग्नु पर्ने ठाँउमा बादीहरुले सरकारलाई घच्घच्याउनु एकदम सही कदम हो। यसले सरकारमा बसेर ठूल्ठुला डीँग हाक्ने, हामी नयाँ नेपाल बनाउँछौ भन्ने र लोकतन्त्रमा सबै समान हुन्छन भन्ने हाम्रा महान नेताहरुलाई वादी महिलाको नाँगो शरीरले कर्तव्यबोध गराएको हुनुपर्छ।

अब जहाँ सम्म पढने कुरा छ, त्यसमा वादीहरु मात्र होईन, कमजोर आर्थिक अवस्थाका अन्य नेपालीहरु पनि पछाडी नै छन । सीपमूलक काम सिकेर केही वादीहरुले उन्नती नगरेका पनि होईन। तर सबैले तालीम लिने अवस्था म देख्दिन । त्यसैले, वादीहरुका सँबन्धि सरकारले केही गर्नु पर्छ।

अब जहाँ सम्म लिष्ट निकाल्ने कुरा छ, त्यो मेरो विचारमा मुद्दालाई उछाल्न गरेको एउटा स्टन्ट बाहेक केही होईन। लिस्टनै निकाल्ने हो भने त के राजनितिमा लाग्नेहरु मात्र होलान र?

Lava Kafle said...

One truth about Badi Women: as i have known about them since childhood through close friends at far western region (not sher bahadur deuba), THEY ARE living a naked life. They need protection. The models showing bikinis and bras has separate meaning while Badis nakedness has different scenarios. You can connect it to Blue Diamond Society or Aids Group.