2/19/07

सुचना तथा संचार प्रविधी आइटी पार्क बाट होइन, गाउ गाउ बाट सुरु हुनु पर्छ

अहिले म जुन भाडो अगाडी बसेको ब्लग टाईप गरिरहेछु, कति गाउले दिदी बहिनि/दाजु,भाईको लागि यो त रहश्यमय बक्सा नै होला नेपालको डाटा केलाएर हेर्ने हो भने प्रत्येक एक हजार जनामा ३२ जनाले टेलिफोन लाइन पाउछन्, ८ जनाले टिभि, ३९ जनाले रेडियो र ५ जनाले मात्र कम्प्युटर चलाउन पाउछन् ।

यो डाटालाई पनि शहरी क्षेत्रले मात्र धानेको होला गाउको ५% मात्र होला यो डाटालाई कसरी बढाउदै लाने त भन्दा यो काम त सरकारकै हो भनौला तर यहाँ एउटा एस्तो सफलताको कहाँनी लेख्दै छु जस्को अथक प्रयासले म्याग्दी जस्तो ठाउँमा ईन्टरनेटको सुबिधा त्यहाँका मानिसले पाइरहेका छन् ।

मलाई त जहिले पनि गाउको बिकास नभै शहरको बिकास हुँदैन जस्तो लाग्छ र गाउले नै देश को प्रतिबिम्ब देखाउछ र यो कुरा लाई म्याग्दीका महावीर पुन ले प्रमाणित गर्दै कम्प्युटर मार्फत आफ्ना गाउबासी लाई बिश्व शयर गराइदिएका छन् । अब कथा अगाडि बढाउ, १९९७ मा महावीर पुनले पहिलो चोटि ईन्टरनेट जोडने इच्छा राख्न्नु भो । त्यतिबेला हिमान्चल स्कुलमा चारवटा अस्ट्रलियन विद्यार्थीले उपहार दिएको कम्प्युटर थिए । तर त्यतिबेला त्यहाँ ईन्टरनेट जोडन फोन लाइन थिएन, satellite फोन को लागि राजनीतिज्ञ हरुलाई धेरै चोटि पुकार्दा पनि वास्ता गरेनन् ।

तर उहांले हिम्मत हार्नु भएनछ । २००१ मा बिबिसी लाई उहांले सस्तो ईन्टरनेट जुन गाउंको लागि उपयुक्त छ त्यस्को बारेमा बत्ताईदिन एउटा लेख पठाउनु भयेको रहेछ । बिबिसि को त्यो लेख प्रसारन पछि बिभिन्न देशका मान्छे ले सहयोग का हात बढायेर उहालाइ भरपुर इन्फर्मेसन दिएछ्न र पछि बिभिन्न देशका मान्छे आएर महावीर पुनसगै wireless networking का लागि धेरै
टेस्ट गरेछन् । खुशीको कुरा त्यो त सफल भएछ ।

बिभिन्न देशका मान्छेहरुको सहयोगमा ७ बर्ष पछी यो प्रोजेक्ट सफल भएछ अगस्त २२,२००३ देखि वाएरलेस एकुइप्मेन्टले काम गरेको र त्यहाँ देखि निरन्तर रुपमा इन्टरनेट को सुबिधा म्याग्दीबासीले लिन पाएका रहेछन ।

दुखको कुरा पनि छ नेपाल सरकारले अहिलेसम्म लाइसेन दिएको रैनछ, टेक्निकल्ली यो networking अबैधानीक हुन्छ जस्ले गर्दा आफुलाई चाँहीएको equipment जस्तै Wi-fi radios र antenna बिदेश बाट ल्याउन नपाईने हुन्छ । तर उहा ले हिम्मत हार्नु भएको छैन ईंग्लिशमा एउटा भनाई छ नि " where there's a will, there's a way" त्य्हीलाई साथ लिदै अशम्भब लाई सम्भब बनाउदै आउनु भएको छ ।

अहिले महावीर पुन Nepal Wireless Networking Project को टिम लिडर हुनुहुन्छ र यो सुबिधा कास्की, पर्बत र म्याग्दी जिल्ला भरि बिस्तार गर्ने योजनामा हुनुहुन्छ ।

महावीर पुन जस्ता हरेक गाउमा जन्मन पर्छ अनि मात्रै हाम्रो गाउको बिकास हुन सक्छ, उहाको राम्रो कामलाई सलाम छ

Picture source: nepalwireless website

Data info : various website

11 comments:

Anonymous said...

महाविर पुनलाई धन्यबाद । स्वनामधन्य महारथीहरु भन्दा यी साधारण नेपालीले राम्रा काम गरेका छन । आईटीको फाईदा नेपालीहरुले उठाउनका लागी नेपालीहरुले गाँउ-गाँउबाट यसमा समाहित हुनु पर्छ । नत्र अन्य क्षेत्र जस्तै यहाँ पनि कार्टेल घुस्ने, सिन्डीकेट छिर्ने र सिमित वर्गका पोल्टामा नेपालको आईटीको सर्वाधिकार पर्न सक्नेछ ।

Anonymous said...

Mahabir Pun !
He is a challenge to millions dollar project for ICT in Nepal. Everybody knows millions of dollar project are flowing in Nepal for the socio-economic development of Nepal with the new fame of e-Nepal. Do you think these project have suceed or in the process? Answer is NO!.
But this man has contributed a lot effort to Nepalese esp. people of Myagdi district that millions dollar project have never reached.
You all have already read the story behind him posted by Archana.
I would like to add one more thing that I met him at 7th IT Conference 2007 held at BICC, baneshwor organised by CAN. He was so practicle and there was a presentation from him about his wireless project. His each and every words were the implementation of Information Technology services.
And I would like to metion one more important thing he told that reflects his personality. He said he is always ready to provide any wireless service for anyone anywhere in Nepal. The only thing we have to do is and if intrested is just sponser the bus tickets and lunch. that's enough. He won't charge even a single penny extra for his service provided.
Finally:
सुचना तथा संचार प्रविधी आइटी पार्क बाट होइन, गाउ गाउ बाट सुरु हुनु पर्छ

Anonymous said...

Mahavir Pun is a great guy. He is also one of the Ashoka Fellows. He has indeed develop his village. His other work is to provide solar light to the village and He is doing it.
A small solar lamp is used to provide light for one room but the high cost is to charge the battery of the solar lamp via solar panel. He arrange a high power solar system in a school where the students can bring their lamp and charge the solar lamp in day time and took with them to their home which will reduce the cost of solar panel.
Good to see these news.
Keep writing.

archana said...

thanks dipen and all for additional information.

Me said...

Hats off to Mr.Pun.

Yes for the real revolution in IT, the remote rural areas should be included.

Wanna read Vahsek's Ramblings?

Ashish Lohorung Rai said...

I really do appreciate the man who has broke all the barriers to overcome the huge wall between the village community to the outside world. Great cheers to him! I wish that every steps that he takes will be successfull. And thanks for archana for mentioning that article. I think many peopel around the world will be thankful to his great work. My best wishes are with him.

Admin said...

Hahaha... ke ho mam, u dont' like journalism bhaneko hoina? Feri ke ho yo?

Bhane pani kuro bujhiyo.. u like journalist but u dont' like journalism.. rite? Just kidding...

Anyway mam its really nice. Thanx for providing such a kind information.

archana said...

harka ji, i like my IT profession. as you know yo profession ma kati fun hunchha. blog ma ta yeso information matrai rakheko :)

Ajaya said...

Mr. Pun !
You are great. And we need at least 75 great people like you in Nepal to do the same thing in all districts.

प्रज्वल said...

Wow that's pretty impressive stuff from Mahabir Pun, hat's off to you. Like Dipenn mentioned, it would be very idiotic if government fails to tap his expertise and exhuberence.

acpmasquerade said...

Meronepalma.com and Mahavir Pun...

Interview of Mahavir Pun
http://www.meronepalma.com/merozindagimerobishwas/6

Mahavir Pun in Picture Gallery
http://gallery.meronepalma.com/index.php?album=gallery_images%2Finternational_heroes%2FMahavir_Pun