अष्ट्रेलियामा आजकाल बाढीनै आएको छ। तपाईं छक्क पर्दै तात्तो न छारो केको यहाँ बाढी आउनु नि सेती नदीमा पो आएर बिजोग छ भन्नु होला। मेरो आसय हो कार्यक्रमको बाढी।गएको अप्रिल महिनामा मात्रै मैले मेल्बर्नमा चार वटा कार्यक्रम हेर्ने मौका पाए। नेपथ्य कन्सर्ट, नेपाल नाच्छ सुदिन पोख्रेल, दिनबन्धु पोख्रेलको भागवत गीता र ध्यान सिबिर।अझै उदय र मनिलाको प्रोग्राम र मिस यू फ्लिमलाई त जानी जानी नै मिस गरेको हो। जान त जहाँ नि मन लाग्छ नि तर बाबा सबै ठाउँमा कसरी जान सक्नु नि।गत आइतबार मात्रै एकैदिनमा मेल्बर्नमा तीन वटा प्रोग्राम थियो। बुद्ध जयन्ती, फुट्बल र साहित्य संगीत जमघट ।
हप्तामा दुई दिन बिदा हुन्छ शनिबार ढिला सम्म सुतेर जानी आईतवार चाँही सोमबारको चिन्ता गर्दा गर्दै जानी।लुगा धोइदिने, घर सफा गर्दिने ठुलदिदी यहाँ पाइन्न क्यारे। सधैं सिक लीभ(sick leave) लिन नि नमिल्नी गर आँफै गर नगर आँफै सडेर बस हो। :))
अब यो माथिको प्रोग्राम बाहेक मिनी प्रोग्राम त अझै छदै छ जस्तै जन्म दिनको पार्टी, न्वारनको पार्टी, भात खुवाको पार्टी, बच्चा झरना (baby shower) को पार्टी, विवाहको पार्टी, घर गर्मीको (house warming )पार्टी। बाफरे बाफ नेपालमा हराउनैआटेको चलन पनि यहाँ अर्कै माध्यम बाट बिउतितै छ। विवाहको कार्डमा no box gift please रे त्यस्को अर्थ पैसा ल्याउनु भनेको त हो नि ही..ही...न ल्याउने मान्छेले बक्स भरी पैसानै ल्याइदिन्थे कि अथवा बक्स भित्र अती आवश्यक चिज बिज पो ल्याइदिन्थे कि? ;)

नेपालमा जन्म, बर्तबन्ध, विवाह जस्ता कर्मकान्डमा हुने गरेका कतीपय फोस्रा आडमबर र चलनहरु हामी बिदेश आउँदा पनि टप्क्क टिपेर ल्याएका छौ। जसरी नेपालमा पहिले हुने खानेले देखावटी गरे र पछी तेहीनै चलन हुन पुग्यो त्यसरीनै देखावटी, ठुलो तामाझामले भबिस्यमा बिदेशमा बस्ने नेपालीलाई मर्का पर्न सक्छ।लौ लौ अब ज्ञानीहरुको माझ के ज्ञान बाडौ, कुन चाँही प्रोग्राममा तपाईं जानी कुनमा नजाने जिम्मा तपाईंलाई नै छोड्दै म चाँही भात पकाउन हिडे!!
ब्लगरको फेसबुकमा झुन्डिनु होस https://www.facebook.com/Archanablogs
3 comments:
अर्चना जी, पाठक लाई बिचमा छाडेर (आलपत्र पारेर) आफु चाहीं खाना पकाउन जाने? यसो त गर्नु भएन नी !
अर्चना जी, पाठक लाई बिचमा छाडेर (आलपत्र पारेर) आफु चाहीं खाना पकाउन जाने? यसो त गर्नु भएन नी !
अर्चना जी, पाठक लाई बिचमा छाडेर (आलपत्र पारेर) आफु चाहीं खाना पकाउन जाने? यसो त गर्नु भएन नी !
Post a Comment