3/17/11

लोला: हान्नेलाई मस्ती खानेलाई सास्ती


नहान है बाटोमा नचिनेको मान्छेलाई आफु आफु मात्र खेल । बिहान देखी बुवाआमाले भाई र भाईका साथीहरुलाई भन्दै हुनु हुन्थ्यो केटाहरु के मान्थे आँखा झिम्मिक के गरेका थियौ, आफु आफु खेल्दा खेल्दै प्वाकै एउटा केटीको टाउकोमा नै हानेछन्। त्यस पछी ति केटी पनि कम रहिनछिन् हातमा अटेको ढुङ्गा लिएर झ्याम्मै घरको झ्यालमा हानिन घरको झ्यालको सिसा झ्याम्मै। तेती मात्रै होइन उनले बाउ, बाजे, जिजु बाजे सबैलाई सराप्न भ्याइन । तह नलागेका बिग्रेका छाउडाहरु रे । लोला पिडितको गालिले कान भरिए पछी बुवा र आमाको गाली त बोनस छदै थियो।

एकछिन अघी सम्मको रमाइलो बातावरण शान्त हुन्छ। होलीको रमाइलो तेतिकै न्यास्रो हुन्छ। भाईहरुले अब जिन्दगी बाटोमा नचिनेकोलाई हान्ने छैनन तर यदा कदा यो कुरा सम्झेर हामी खुब हास्छौ। सराप लाग्ने भए हामी मरी सकिन्थ्यो भनेर।


अब गल्ती कस्को भन्ने बाउ आमाले त नहान नै भन्छन जोसमा होस हराए पछी केटाकेटी बाटोमा हिंड्नेलाई प्वाक्क अझ कोही कोही त होलीमा लोलाले नहाने फुलले हान्ने त भन्छन?

वास्तवमा रङहरु मलाई असाध्य मन पर्ने भए पनि होली पटक्कै मन पर्दैन कारण हो लोला। होली आउनु १ हप्ता देखी लोला का सुम्ला खाएका नमिठा अनुभव छन्। कस्लाई गाली गर्ने वर पर कोही देखीने भए पो कौसी र झ्यालबाट हानेर लुके पछी कसलाई गाली गर्नु।

अब अहिले लोला हान्नेलाई पुलिस ले पक्डने रे, लोला नहान्न माइकिङ गरेका छन् रे । अब काठमाडौंको सबै ठाउँमा पुलिस पुराएर कहाँ सक्नु बरु त्यो लोला बेलुन बेच्नेलाईनै कारबाही किन गर्दैनन ? पसलमा चाँही खुल्लम खुल्ला बेच्न दिए पछी केटा केटी हरु किन्छन हान्छन।

6 comments:

Pradeep Singh said...

Huna ta Ballon bechna nadiyera kehi control bhaye pani khasai effective hune ta hoina;
Baru ali ali gardai atitude ma nai change aaye sajilo hunthiyo!

Aakar said...

लोला, संस्कृती को नाम मा भित्रिएको विकृति हो ।

साथीहरु बिच होली को दिन, रङ र लोला खेल्दा रमाइलो नै हुन्छ, लोला खाँदा दुख्ने र लोला हान्दा खुशी हुने हुँदा !

Anand Sharma said...

मीठो लेख्नु भएछ ... :)

शेखर said...

सबै मित्र हरुमा होली पर्वको मंगलमय शुभ कामना छ। होली को रंग जस्तै तपाई हरु को जिवन मा पनी सप्तरंगी खुशियाली आवोस।
लुकेर बेलुन हान्ने चलन चाँही काठमाण्डौ मा मात्र छ। अनत्र चाही नचिनेको मान्छे लाई रंग लगाउने वा लोला हान्न छोडी सके। काठमाण्डौ का नेवारहरु स्याल करायो भने घ्याम्पा भित्र छिर्छ भन्छन। त्यसैले होला लुकेर लोला हानेको डर छेरुवाहरु, लोला हान्ने भए अगाडी आएर हान्नुनी बरु। बाटो हिन्ने मानिस लाइ लोला हान्नु अशोभनिय कार्य हो।

beyondrakesh said...

bachhai dekhi aruko dukhama ramauna sikaune samaj ko pratyek byakti ma chetana ayeko bhaye yo topic harek holiko news banne thiyena.
http://beyondrakesh.blogspot.com

bishal gurung said...

dd bau ama pani kaha kam ra...hajur le ta kta kt ko matra kura garnu vo.. maile thulai machhe haru le mathi chhat bata baltin bhari ko pani khanai dera...ma luthukra bhijera raat var jhyoro aayera...:p