5/9/10

हिसाब किताब

अस्ती अस्ती दिनभर दिनभर सगरमाथा टि.भी लाईभ हेरेर राती त प्यानाडोल(सिटामोल जस्तै) खाएर सुत्न पर्‍यो। दिनभर जुलुस र आमसभा हेर्दा हेर्दा राती त टाउको दुखेर औषधीनै खान पर्‍यो। अब टि.भी हेर्दा त टाउको दुख्ने, झन साचिकै आन्दोलनमा हिंड्ने र भोग्नेलाई टाउको मात्रै होइन, के के दुख्यो होला।

साथीले भन्थ्यो, फेसबुकमा जे पायो तेही नलेख है माउदाईले सबैको हिसाब किताब राख्छन रे। मलाई त काठमाडौंबाट पोखरा बसमा जादा खलासि दाइले आधा बाटोमा पुगे पछि हिसाब किताब गर्न ओर्लनु होस् है भन्थे। सबजनाले बुझेर दिसा पिसाब गर्न झाडी तिर पुग्थे। तर यो चाँही हिसाब किताब त मैले बुझिन यार।

राखुन राखुन अन्याय बिरुद्ध ईन्द्र कै बाउ चन्द्रको बारेमा नि लेखिन्छ नि । अब हिसाब किताब राख्नलाई साना तिना कापी अथवा नोट बुकले अथवा साना तिना हार्ड डिस्कले पुग्दैन ठुलै सर्भरनै चाहिन्छ। ल अब तपाईं आँफै हेर्नुस् त सात कक्षा पढ्ने सानी नानीले फेसबुकमा यस्तो स्टाटस राखेको देखेर त म दङ्ग खाए।






चुनाव
ताका मैले एउटा पोस्टमा लेखेकि थिए - “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दललाई एक एक मौका दिनेछन् , दिएको मौकामा पनि गतिलो काम गरेनन् भने जनताले घोक्राउने छन् र नयाँ दल/नेता एंवम रुपले चुन्ने छन् ।

अब यार कस कसका हिसाब राख्ने तिमिनै राख, आफुले बोलेको पनि हिसाब, राख प्रधानमन्त्रीको कुर्चीमा पनि तिमिनै बस, देशको नाम पनि तिमीनै राख, जनताको मनमा पनि तिमीनै बस।

A man's country is not a certain area of land,
of mountains, rivers, and woods,
but it is a principle; and patriotism is loyalty to that principle. - George William Curtis

4 comments:

mskhanal said...

कोहि बहुलायो भनेर लेख्न छाडिदैन। धम्की आउछन जान्छन

mskhanal said...

कोहि बहुलायो भनेर लेख्न छाडिदैन। धम्की आउछन जान्छन

sangesh said...

khoi yeso maoist supporter bloggers haroo chaina koi pani? wanted to know their views and reviews too, what they eally think. were all the people who participated in peace rally are vizalantes? any way hisbad rakhe rakhos, Haami sabai blogger haroo pani hola hai tini haroo ko HIT LIST ma :)

Anonymous said...

यो देश सात दलको मात्र पनि होइन अनि माओबादीको मात्र पनि होइन तर एउटा सत्य के हो भने जनता नै सर्बशक्तिमान छ र जनताको परिबर्तनको चाहना कसले सम्बोधन गर्न सक्छ त्यो नै हो जनताको मित्र शक्ति तेसैले यो देश र जनताको शान्तिको नाममा कसैले पनि गल्ति गरे क्षम्मे हुने छैन अनि अग्रगमन नै जनताको चाहना हो । आजको षड़यन्त्र के भएको छ ति चप्पल लगाउने देखि सुकिला मुकिला सबैलाई थाहा छ अतः यदि कसैले जनताको यो चाहना बिपरित जान खोजे भने हिसाब किताब त जनताले राख्नु नै पर्ने होइन ? यो देश र जनता प्रति २०४६ देखि कसले धोखा दिदै आएको छ र अब के गर्न खोज्दैछन ? जहिले पनि सम्झौता अनि जनता निराश अनि पस्च्यागमन तिर जाने यो हुदै भएन तेसैले जसरि भए पनि अग्रगमनमा जानु नै आजको आबसेकता हो, सदियौ देखिको विभिन्न बिदेसी हस्तक्षेप समेतलाई परास्त गर्नु पनि २१ औ सताब्दिका हामी नेपालीहरुको जिम्मेबारी हो ।