2/6/10

आमाको रेस्टुरेन्टको भात मिठो बाउको होटेलमा निन्द्रा प्यारो

म अष्ट्रेलिया आएको दुई महिना पछी मेरो आमाले ईन्टरनेट चयट् पारिदिनु भएछ। घरको वरीपरी झ्यालट्याङ झुल्टुङ सेतो तार, घरमा छोरी छन्जेल पो ए!! छोरीले बिदेशी प्रोजेक्टमा राती घरबाट काम गर्छे नि तेसैको लागि तार हो भनेर गर्वका साथ लाग्छ कि छोरीले सगरमाथानै चढेकी हो जस्तो गरेर कौसीबाटै बाटोमा हिंड्ने छिमेकीले सोधि हालेको खन्डमा भन्नु हुन्थ्यो। म चाँही किन त्यस्तो भन्न पर्छ र भनेर आँखा तर्दै चिढिन्थे।

आज राती सपना देखेकै भरमा मेरो बिहान नेपाल जाने टिकेट १५ मिनेटमा फिक्स भयो। नेपालमा सरपराइज दिने प्लान थियो। आफुसँग नेपाली रुपैयाँ खोतल खातल गर्दा २०० मात्रै भो। नेपालमा यस्तो महङ्गी बढेको बेला २०० रुपैयाँले त मलाई माथि एअरपोर्ट बाट तल ठुलो बडेमानको गेट सम्म पुराउछ होला । अस्ती साथीले एअरपोर्ट बाट चाबेल गएको सात सय तिरे भनेको पनि बिर्सेंको छैन नि। यस्तो बिचल्लीमा पर्न भन्दा अब यो सरपराइज दिने प्लानलाई गोलखाडी खुवाउदै घरमा फोन हाने। नेपालमा टेलकमको आशिर्बाद र मेरो आमाको माधको घाम ताप्ने सेडुवल मिलाउदा मिलाउदा ३ घण्टा सम्म फोनसँग फाइट गरे पछी बल्ल मेरो आमाको हेल्लो सुनियो।

-> ल भगवान भेटे जस्तो भयो मैले भने

->मेरी आमा उताबाट हेल्लो कस्लाई खोज्नु भयो होला..? रे।

->ममी.. छोरीलाई चिन्न छोड्नु भयो? अली आफ्नो हक जमाउदै कड्किए।

-> ए कस्तो अर्कै स्वर सुनिएको घाटी बसेको छ क्या हो। चिसोमा डुलिस कि क्या हो

उताबाट सधैं झै हावामा तिर हान्दै गरेको उत्तर आयो।

यहाँ आफु मर्ने गरेर कराउदा नि घाटी बसेको सुनिने फेरी यता त गर्मी यस्तो छ कि लगाएको लुगा नि कता फालेर हिडु जस्तो मौसममा कता चिसो अब यि सब कुरा प्रस्ट पार्न मलाई आधा घण्टा लाग्थ्यो जुन रिस्क मैले लिन चाहिन् ।

-> सिधा कुरा गर्न लागे, म नेपाल आउँदै छु पर्सी मलाई लिन गाडी पठाइ दिनु।

-> उता बाट जवाफ आयो ईन्टरनेट छैन।

-> ईन्टरनेटबाट आउने हो र ? प्लेन बाट आउने हो।

आडे छोरीको आडे जवाफ ;)
यो अर्थ न बर्थमा बिचमा ईन्टरनेटको कुरा गरेर मेरो ३ घण्टा सम्मको फोन सँगको लडाईंको रिस तेही पोखी राखेको थिए।

-> फेरी उताबाट जवाफ आयो होइन क्या, मैले अस्तिन घर राम्रो देखिएन तार नै तार भयो भनेर काटी दिए अब तिमी आउने भयौ फेरी भाई लाई भनेर जोड्न लगाइदिउ?

उता बाट मेरी आमाले आफ्नै हजुर बुवा को isp भएझै भन्नु भो।


-> पर्दैन पर्दैन ल… अब यो…टाइममा लिन पठाइ दिनु। ल राखे।
घड्याप्प्!!

बाउ आमालाई छोराछोरीलाई के चाहिन्छ भनेर कस्तो प्रस्ट था हुन्छ। हुन पनि त्यो महिना को २५०० तिरेर त्यो ईन्टरनेट घरमा पालेर केही काम थिएन। कहिले काही भाईले porn site हेर्दो हो नत्र भने आमाले भनेको जस्तो, म नभए पछि तारले घरको सोभा मात्र बिगारेको थियो।

यस्तै बाउ आमा गर्दानै छोरा छोरीलाई तान्ने गर्छ अनी सपनामा देखेकै भरमा उडेर जान मन लाग्छ । उही कलेज ताकाकै बेरोजगारि भाषामा
आमाको रेस्टुरेन्टको भात मिठो, बाउको होटेलमा निन्द्रा प्यारो !!
जहाँ गए पनि आमा बाउनै प्यारो। (यो चाँही मैले पछी थपेको है)

5 comments:

Anonymous said...

लेख रमाइलो लाग्यो ,

Anonymous said...

once again interesting....

have a safe trip...

Basanta said...

गज्जब रोचक पाराले मनको कुरा गर्दिनुहुन्छ तपाईँ। तपाईँका लेख पढ्दा सबै कुरा आफैंले भोगिरहेजस्तो लाग्छ। सलाम छ तपाईँलाई!
नेपाल बसाई सुखमय रहोस्!

chudamani said...

सही कुरा ! सारै निस्वार्थ माया हुन्छ बा-आमाको ! तर अलि अलि स्वार्थले भरिएको भएपनि अर्को कोही ..झन् प्यारो जस्तो लाग्छ बेला बेला त !

वसन्त बलामी said...

एकदम सही भन्नुभो बाउ आमालाई छोराछोरीलाई के चाहिन्छ भनेर कस्तो प्रस्ट था हुन्छ।