1/10/10

नेपाल बन्दले छेक्यो लब गर्नी लाई

नेपाल बन्द साना स्कुल जाने भुरा भुरीलाई काइदा
राजनीतिक पार्टीलाई फाईदा
काम गरेर खानेलाई मरीजा
अनी लब परेकोलाई पिडा

त्यो एउटा गीत नै छ नि "माया ले बोलायो नेपाल बन्दमा"अब बन्द को बेला बोलाए पछी परेन त फसाद। हो मलाई पनि यस्तै फसाद परेथ्यो। २००० तिर मेरो खुब जोडदार लब परेको थियो। अहिले पनि परी रा छ है :) तेती बेला बिशेष भन्नु पर्‍यो। दिन दिनै भेट्नु पर्ने एकदिन भेटेन भने पनि त्यो दिन निन्द्रा नलाग्ने , छटपट्टि हुन्थ्यो। अब अरु त के कुराले रोकथ्यो र भेट्नलाई तर यो नेपाल बन्द चाँही हाम्रो लागि दुश्मन नै थियो। तेती बेला पनि बन्द कहिले लगातार ३ दिन, कहिले अनिस्चितकाले हुन्थ्यो।

एकदिन त हाम्रो हिंडेर बिच बाटोमा भेट्ने प्लान भयो ललितपुर र काठमाडौंको बिचमा । तर भेट्न आउने बेलामा त जोश हुन्छ खुइ खुइ हिडिएला तर फर्केर आउने बेला त लुखुर लुखुर झ्याउनै हुन्छ नि त्यसैले घरमै सडेर बसिन्थ्यो।

आज भोली पनि लब गर्नी लाई नेपाल बन्दले रोकेको छ कि छैन तपाईंहरु भन्नु होला तर गरी खाने सोझा, पढ्ने विद्यार्थी र देशको प्रगती पथलाई चाँही पक्कै रोकेको छ । ।

Please politicians STOP this dirty game now.

8 comments:

Aakar said...

हा हा हा ! निकै रमाइलो पो लाग्यो है !
खै, लब गर्निलाई केही ले छेक्दैन भन्थे, नेपाल बन्द त शत्रु नै भएर आएछ !
:P

R said...

लौ लौ होला ! अस्ति नै टुँडिखेलमा भ्यालेन्टाईन जोडि लाई समाते जस्तै केही रहेछ कि भन्ठानेको !
अब अहिलेको मा के हुने हो ?

madhav karmacharya said...

archana nepali bata kasari lekne?

madhav karmacharya said...

archana nepali bata kasari lekne?

मुग्लाने said...

म त लब गरेर डेटिङ्ग्मा गाको त छैन तर। डेटिङमा जादा भन्दा अौदा बोर नै हुन्छ रे । यसमा नेपाल बन्दलाई दोस दीइरहनु मात्र हो । लब गर्नेलाई कसैले पनि रोक्न सक्दैन। तपाईं अस्ट्रिलिय भए पनि लब त गरिरहनु भाको होला ललितपुरे मायालुलाई । गरिरहनुस् सन्सारै लबमा आडेको

मुग्लाने said...

म त लब गरेर डेटिङ्ग्मा गाको त छैन तर। डेटिङमा जादा भन्दा अौदा बोर नै हुन्छ रे । यसमा नेपाल बन्दलाई दोस दीइरहनु मात्र हो । लब गर्नेलाई कसैले पनि रोक्न सक्दैन। तपाईं अस्ट्रिलिय भए पनि लब त गरिरहनु भाको होला ललितपुरे मायालुलाई । गरिरहनुस् सन्सारै लबमा आडेको

head sir said...

..ha.ha.ha ..ramailo lagayo..

Anonymous said...

रमाईलो कुरो | आफुलाई नि गारो हुने भो | नेपाल जाँदा सबै बन्दको कार्यक्रममा अपडेट भएर मात्र जानु पर्ने भो... हे हे